PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • मुक्तिनाथ विकास बैंकमा राखिएको बम सेनाले पार्‍यो निस्क्रिय

    मुक्तिनाथ विकास बैंकमा राखिएको बम सेनाले पार्‍यो निस्क्रिय

    सल्यान : सल्यानको बागचौर नगरपालिका-२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम बिहीवार नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। नेपाली सेनाको सवुज गण सिमखर्कबाट गएको सहसेनानी सन्देश थापाको बम डिस्पोजल टोलीले बिहीवार दिउँसो १ः२४ बजे सो बम निस्क्रिय पारेको हो। बैंकमा बम रहेको हल्ला फैलिएपछि प्रहरीले सो ठाउँलाई नियन्त्रणमा लिई शिलबन्दी गरेको थियो। बमसँगै जनपरिषद् सल्यानको नाममा राखिएको…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीदेखि आएको एम्बुलेन्समा नक्कली बिरामी, काठमाडौंसम्मको भाडा १४ हजार

    सर्लाहीदेखि आएको एम्बुलेन्समा नक्कली बिरामी, काठमाडौंसम्मको भाडा १४ हजार

    काभ्रे : नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई बिहीवार बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका…

    विस्तृतमा पढ्नुस्

  • तलदेखि माथिसम्म मिलाउने भन्दै एक लाख घुस, अख्तियारको पार्‍यो फन्दामा

    तलदेखि माथिसम्म मिलाउने भन्दै एक लाख घुस, अख्तियारको पार्‍यो फन्दामा

    बलेवा : बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन्। उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ। ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए। अधिकारी लामो समयदेखि पोखरामा बस्दै…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्सा जारीपछि भारतीय सेना अझ तल झर्‍यो, पहिले नेपालीले हिँड्न पाउने बाटो पनि रोक्यो

    नयाँ नक्सा जारीपछि भारतीय सेना अझ तल झर्‍यो, पहिले नेपालीले हिँड्न पाउने बाटो पनि रोक्यो

    नरेन्द्रसिंह कार्की  दार्चुला : दार्चुला व्यास क्षेत्रको कालापानीसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन। नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ। कालापानीसम्म नेपालका…

    विस्तृतमा पढ्नुस्

  • सलहले ढपक्कै ढाकेपछि तनावमा किसान, टिन र थाल ठटाउँदा नि भागेनन्

    सलहले ढपक्कै ढाकेपछि तनावमा किसान, टिन र थाल ठटाउँदा नि भागेनन्

    प्युठान : यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ। सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन्। किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन्। लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • पुरानै भाडादरसहित सुन्दर यातायातले भोलिदेखि बस सञ्चालन गर्ने

    पुरानै भाडादरसहित सुन्दर यातायातले भोलिदेखि बस सञ्चालन गर्ने

    काठमाडौं : नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मंगलवारदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ। प्रालिले कोभिड-१९ को संक्रमण नेपालमा भित्रनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो। सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यात्रुको स्वास्थ्यलाई ध्यानमा…

    विस्तृतमा पढ्नुस्

  • तनहुँका विभिन्न ठाउँमा पहिरोमा पुरिएका दश जनाको शव भेटियो

    तनहुँका विभिन्न ठाउँमा पहिरोमा पुरिएका दश जनाको शव भेटियो

    दमौली : तनहुँका विभिन्न ठाउँमा पहिरोले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ। आइतवार रातिदेखि परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव सोमवार भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले भारतीय बाटो बन्द, नेपालबाटै जाने ठाउँ छैन, छाङ्गरु र तिङ्करमा चामल अभाव, मौसमले हेली पुग्न सकेन

    लकडाउनले भारतीय बाटो बन्द, नेपालबाटै जाने ठाउँ छैन, छाङ्गरु र तिङ्करमा चामल अभाव, मौसमले हेली पुग्न सकेन

    नरेन्द्रसिंह कार्की - दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ। गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो। विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले लियो २ जनाको ज्यान, पाँच बेपत्ता

    पहिरोले लियो २ जनाको ज्यान, पाँच बेपत्ता

    दमौली : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

    मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

    कलैया : प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेका लागू औषध कारोवार गर्ने व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि त्यसैका आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। पक्राउ परेका साहलाई अदालतबाट १०…

    विस्तृतमा पढ्नुस्

  • चमेलियामा बेपत्ता ९ वर्षीय बालक भारतको झुलाघाटमा भेटिए मृत, नाका खोलेर आज ल्याइँदै

    चमेलियामा बेपत्ता ९ वर्षीय बालक भारतको झुलाघाटमा भेटिए मृत, नाका खोलेर आज ल्याइँदै

    बैतडी : चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन्। बैतडीको डिलाशैनी गाउँपालिका–६ चौसेराका नौ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। डिलाशैनी–६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका ती बालक बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका हुन्। बाख्रा चराउन चमेलिया किनार…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको लुभूमा भाडामा बस्ने दुई जनासहित एकै घरका १० जनामा कोरोना पुष्टि

    ललितपुरको लुभूमा भाडामा बस्ने दुई जनासहित एकै घरका १० जनामा कोरोना पुष्टि

    ललितपुर : महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। बल्खुस्थित वयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनाको नतिजा पनि पोजेटिभ आएको हो। ल्याब टेक्निसियनले आफू संक्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको…

    विस्तृतमा पढ्नुस्

  • अदालतको अवहेलना मुद्दामा सर्वोच्चले एन्फाका नाममा जारी गर्‍यो कारण देखाउ आदेश

    अदालतको अवहेलना मुद्दामा सर्वोच्चले एन्फाका नाममा जारी गर्‍यो कारण देखाउ आदेश

    काठमाडौं : सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न एन्फाको नाममा आदेश जारी गरेको हो। अधिवक्ता केसीले…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक ८ गतेदेखि लागू हुने भनिएको ‘क्लिन फिड’ नीति साउन १ बाटै लागू गर्न माग

    कात्तिक ८ गतेदेखि लागू हुने भनिएको ‘क्लिन फिड’ नीति साउन १ बाटै लागू गर्न माग

    काठमाडौं : सरोकारवाला संघसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित ‘क्लिन फिड’ नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले आइतवार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताका हितमा रहेको सो नीति विलम्ब नगरी कार्यान्वयन गर्न…

    विस्तृतमा पढ्नुस्

  • झापामा बाढी : एकको मृत्यु, एक बेपत्ता, ७४९ जना विस्थापित

    झापामा बाढी : एकको मृत्यु, एक बेपत्ता, ७४९ जना विस्थापित

    भद्रपुर : झापामा अविरल वर्षापछि कनकाइलगायतका नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ। त्यस्तै, एक जना बेपत्ता भएका छन् भने ७४९ जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विरिङ नदीमा नुहाउन गएका झापा गाउँपालिकाका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ। त्यस्तै, भद्रपुर-३ का ३३ वर्षीय हिरण राई मेची नदीमा नुहाउँदा बगेर…

    विस्तृतमा पढ्नुस्

  • पहिरोको पिरलोले जंगलमा बास : ९ शव भेटिए, ५ सय परिवार विस्थापित

    पहिरोको पिरलोले जंगलमा बास : ९ शव भेटिए, ५ सय परिवार विस्थापित

    हेमन्त केसी - जाजरकोट : पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ। विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर…

    विस्तृतमा पढ्नुस्

  • पूर्वतिर झरीको कहर : एकको मृत्यु, जोखिमबाट बच्न मौसम विभागको एसएमएस

    पूर्वतिर झरीको कहर : एकको मृत्यु, जोखिमबाट बच्न मौसम विभागको एसएमएस

    बनियानी : झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए। बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए। कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार…

    विस्तृतमा पढ्नुस्

  • वेपत्ता भएका १० जनाको शव पहिरोमा भेटियो

    वेपत्ता भएका १० जनाको शव पहिरोमा भेटियो

    म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ। वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो। सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ। रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो। मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ,…

    विस्तृतमा पढ्नुस्

  • सलह किन्न पाँच लाख बजेट !

    सलह किन्न पाँच लाख बजेट !

    बनियानी : झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए। 'सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ,' उनले भने, 'नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ।'  खरिद गरिएको…

    विस्तृतमा पढ्नुस्

  • हेटौडाबाट कुलेखानी हुँदै काठमाडौं आउने तयारीमा हुनुहुन्छ? पहिरोले बाटो रोकियो त

    हेटौडाबाट कुलेखानी हुँदै काठमाडौं आउने तयारीमा हुनुहुन्छ? पहिरोले बाटो रोकियो त

    हेटौँडा : बिहीवार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell