PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • जुवाडे समातिँदा १४ लाख ६५ हजार रुपैयाँ बरामद

    जुवाडे समातिँदा १४ लाख ६५ हजार रुपैयाँ बरामद

    सोलुखुम्बु : सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो। सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले राष्ट्रिय 'रोड सञ्जाल'बाट टुटायो बाजुरालाई, सदरमुकाम र ग्रामिण भेऊमा दैनिक उपभोग्यको अभाव

    पहिरोले राष्ट्रिय 'रोड सञ्जाल'बाट टुटायो बाजुरालाई, सदरमुकाम र ग्रामिण भेऊमा दैनिक उपभोग्यको अभाव

    गङ्गराज पण्डित - बाजुरा : लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ। सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ। तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २०…

    विस्तृतमा पढ्नुस्

  • फरार रहेका बैकिङ कसुरका दोषीलाई पक्राउ गरी अदालतमा पेश

    फरार रहेका बैकिङ कसुरका दोषीलाई पक्राउ गरी अदालतमा पेश

    काठमाडौं : बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार रहँदै आएका एक व्यक्तिलाई मंगलवार प्रहरीले अदालतमा पेश गरेको छ। मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका-१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमवार पक्राउ गरी मंगलवार ललितपुर जिल्ला अदालतमा पेश गरेको हो। काठमाडौंको मातातीर्थमा लुकीछिपी…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियोगमा पाँच पक्राउ

    हत्या अभियोगमा पाँच पक्राउ

    चितवन : भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ। भरतपुर महानगरपालिका–१० मैयादेवी कन्या कलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो। पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका–१ घर भई सोही स्थान बस्ने…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

    जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

    अमरगढी : डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन्। नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। च्याउ खाँदा विरामी भएकी…

    विस्तृतमा पढ्नुस्

  • घर भत्कियो, एक जनाको मृत्यु

    घर भत्कियो, एक जनाको मृत्यु

    ठिनी (मुस्ताङ) : मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुसार घर भत्किँदा निशानका हजुरबुबा ७० वर्षीय रनप्रसाद गौचन घाइते भएका हुन्। ढुङ्गा र माटोले बनेको घर वर्षाले भत्किएको बताइएको छ। बाजे नाति सुतेको अवस्थामा घर भत्किएको थियो। स्थानीयवासी र…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा कोभिड १९ केस निल

    जुम्लामा कोभिड १९ केस निल

    जुम्ला : जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो। प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भने, 'प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो। अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन म आग्रह…

    विस्तृतमा पढ्नुस्

  • २० जना सशस्त्र प्रहरीमा कोरोना भाइरस देखिएपछि मेची नगरमा 'मास टेस्टिङ'

    २० जना सशस्त्र प्रहरीमा कोरोना भाइरस देखिएपछि मेची नगरमा 'मास टेस्टिङ'

    झापा : समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ। मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो। पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए। गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को…

    विस्तृतमा पढ्नुस्

  • ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

    ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते

    हेटौंडा: मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्। बारा जिल्लाबाट मकै…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पुर्‍यो स्काभेटर, टिपर र ट्र्याक्टर, दुई जना चालक बेपत्ता

    पहिरोले पुर्‍यो स्काभेटर, टिपर र ट्र्याक्टर, दुई जना चालक बेपत्ता

    बागलुङ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ। ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७…

    विस्तृतमा पढ्नुस्

  • झापामा व्यवसायीको हत्या गरि फरार एक जना पक्राउ

    झापामा व्यवसायीको हत्या गरि फरार एक जना पक्राउ

    झापाः  झापाको मेचीनगर २ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा एक युवा पक्राउ परेका छन्। शुक्रवार पसलमा रहेको अवस्थामा आचार्य माथि धारिलो हतियार प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी एक…

    विस्तृतमा पढ्नुस्

  • उडानको अन्यौलले रोक्न सक्छ सन्दीपको सीपीएल रफ्तार

    उडानको अन्यौलले रोक्न सक्छ सन्दीपको सीपीएल रफ्तार

    विक्रम गिरी - काठमाडौँ : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ। सन्दीपले सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ। यसका लागि अहिलेसम्म हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन। हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए। ‘ट्रिनिडाड एण्ड टोबागो…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा सबै सवारी साधनका लागि शुरु भयो इम्बोस्ड नम्बरप्लेट वितरण

    वाग्मती प्रदेशमा सबै सवारी साधनका लागि शुरु भयो इम्बोस्ड नम्बरप्लेट वितरण

    काठमाडौं : सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा शुक्रवार टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका हुन्। मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेटका रुपमा इम्बोस्ड प्लेट देशभरका सबै सवारी साधनमा राख्ने योजनानुसार सरकारको…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटमा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर पुरिए

    अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटमा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर पुरिए

    नुवाकोट : अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। बेलकोटगढी नपा-८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए। ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, बेलकोटगढीको दुई पिपल डबली नजिकै…

    विस्तृतमा पढ्नुस्

  • भैसी बचाउन जाँदा मान्छेको मृत्यु!

    भैसी बचाउन जाँदा मान्छेको मृत्यु!

    धादिङ : भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। राति गोठमाथिबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो। पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको…

    विस्तृतमा पढ्नुस्

  • इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

    इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

    मिसगाभ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गरेको छ। मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ। यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४:२० बजे पहिरो खसेको थियो। सो पहिरो पन्छाएर बिहान ९:१० बजेदेखि सडक सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८:४५ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला सदरमुकामको सशस्त्र गुल्म छाङरुमा सारिँदै, बीओपी कालापानीको फेदमै राख्ने सरकारको निर्णय

    दार्चुला सदरमुकामको सशस्त्र गुल्म छाङरुमा सारिँदै, बीओपी कालापानीको फेदमै राख्ने सरकारको निर्णय

    दार्चुला: सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ। जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो। असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय गरेको हो। गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ। बैठकले वैशाख ३१ गते स्थापना भएको छाङरुको बोर्डर आउट पोस्ट (बीओपी)लाई…

    विस्तृतमा पढ्नुस्

  • चारकिलोमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक फेरि रोकियो

    चारकिलोमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक फेरि रोकियो

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो। निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ…

    विस्तृतमा पढ्नुस्

  • पहिरोेका कारण गोरखाका ६९ घरपरिवार विस्थापित, ६ वटा विद्यालयमा क्षति

    पहिरोेका कारण गोरखाका ६९ घरपरिवार विस्थापित, ६ वटा विद्यालयमा क्षति

    गोरखा : बारपाक सुलिकोट गाउँपालिकामा केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका छन्। गाउँपालिकाको वडा नम्बर १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। लगातारको वर्षापछि आएको पहिरोले वडा नम्बर ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell