PahiloPost

Apr 3, 2025 | २० चैत्र २०८१

  • दिउँसो टिपर चलाउन पाउनुपर्ने भन्दै निषेध खारेजको माग

    भक्तपुर : दिउँसोको समयमा उपत्यकाभित्र ट्रक तथा टिपर गुडाउन निषेध गर्दा व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिपर व्यवसायीले निषेध खारेज गर्न सरकारसँग माग गरेका छन्।  व्यवसायीले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दिउँसो ट्रक, टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसाय समस्यामा परेको गुनासो गरेका हुन्। भक्तपुर ट्रक तथा टिपर व्यवसायी संघका निर्वतमान अध्यक्ष नवीन प्रजापतिले रातिको समयमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा प्रहरीका असईको मृत्यु

    उर्लाबारी : मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।  जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय बुद्धनगरमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो।  दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • बन्न नपाइ भत्किएको सिक्टा आयोजनामाथि उच्चस्तरीय छानविन समिति

    बन्न नपाइ भत्किएको सिक्टा आयोजनामाथि उच्चस्तरीय छानविन समिति

    काठमाडौँ : सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भएको बदमासीको सत्यतथ्य पत्तालगाई दोषीमाथि कारवाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन समितिलाई निर्देशन दिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा मन्त्रालयका दुई वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • चाबहिल - जोरपाटीको बाटो अनुगमनमा गएका मन्त्रीलाई स्थानीयको प्रश्न : कहिले बन्छ सडक?

    चाबहिल - जोरपाटीको बाटो अनुगमनमा गएका मन्त्रीलाई स्थानीयको प्रश्न : कहिले बन्छ सडक?

    रमेश लम्साल -  काठमाडौँ : घाम लाग्दा धुलोे र पानी पर्दा हिलो। चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो। तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ। सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत सम्भार गर्ने भएकोले हिलो धुलोबाट राहत मिल्ने भएको हो।  पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात…

    विस्तृतमा पढ्नुस्

  • महानगर बन्ने होडमा नेपालगञ्ज

    महानगर बन्ने होडमा नेपालगञ्ज

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको छ।  ‘महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ,’ नगर प्रमुख डा धवलशम्शेर राणाले भने।   महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत छुट्याइएको छ। प्रदेश नं ५ सरकारले…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

    श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

    दोलखा : घरायसी विषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु भएको छ।  मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ। मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।  घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • हत्यामा आफ्नै भाइ : दाजु, भाउजु र भतिजीको हत्या

    राजविराज : सप्तरीको राजविराज १५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपत्ता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको तथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

    सोलु : सोलु दूधकुण्ड नगरपालिका ७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ।  विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।  केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिए। उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

    सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताएका छन्।  ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताए। …

    विस्तृतमा पढ्नुस्

  • कन्टेनर पल्टिँदा डिब्बाभित्र बसेका ३ जनाको मृत्यु

    कन्टेनर पल्टिँदा डिब्बाभित्र बसेका ३ जनाको मृत्यु

    रसुवा : धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • स्वेच्छिक अवकाश खोज्ने ६ सह सचिवसहित ४६७ कर्मचारीले लिए निवेदन फिर्ता

    स्वेच्छिक अवकाश खोज्ने ६ सह सचिवसहित ४६७ कर्मचारीले लिए निवेदन फिर्ता

    काठमाडौँ : स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन्।  सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए। सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव,  २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन…

    विस्तृतमा पढ्नुस्

  • भारतसँग साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रचण्डको विश्वास

    भारतसँग साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रचण्डको विश्वास

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्। कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेस सांसदले मागे चन्दा, नदिएपछि दिए धम्की'

    भक्तपुर : प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको रु २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाएका छन्। भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले चन्दा नदिएकै कारण आफूलाई…

    विस्तृतमा पढ्नुस्

  • फोहरले नछाड्ने भयो काठमाडौं

    सर्मिला  पाठक - काठमाडौँ : तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार नगर्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने खतरा बढेको छ। केही दिन अघिमात्र करिब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ।   पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गरेको छ। यसरी समस्या बढ्दै जाने हो र सम्बन्धित निकायले…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग जोड्ने एकमात्र पक्की नाकाको पुल जोखिममा, सवारीसाधनमा रोक

    चीनसँग जोड्ने एकमात्र पक्की नाकाको पुल जोखिममा, सवारीसाधनमा रोक

    रसुवा : टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पुर्‍याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो। हल्का सवारीसाधनलाई भने आवातजावतमा…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

    पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो।  पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ भन्न नसकिने उनले बताए।  सो सडक विस्तारको काम अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • फोहर राख्‍ने सिसडोल भरियो, काठमाडौं खाल्डोको फोहोर जहीँको तहीँ

    फोहर राख्‍ने सिसडोल भरियो, काठमाडौं खाल्डोको फोहोर जहीँको तहीँ

    काठमाडौँ : एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै  उठ्न सकेको छैन।  अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ। कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनाँै स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ।  काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै  छ। काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर व्यवस्थापन गर्न…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरसहित राजानीका सबै नगरका लागि २० करोड डलरको परियोजना स्वीकृत

    काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो। बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत पहिलो ‘प्याकेज’को कार्यान्वयनका लागि विकासकर्ता कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय खारेज, कर्मचारीमा खैलाबैला

    बनेपा : संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएसँगै कर्मचारीमा कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेबारे अन्यौल छ। जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले सरकारले १ साउनदेखि लागू हुने गरी जिल्ला कार्यालय खारेज गरेकाले आफूहरुले भाडामा सञ्चालन गर्दै आएको कार्यालयको सामान सारिसकेको बताए।  “हामी कार्यालयमा भएको सामान कुनै जिल्ला समन्वय समितिको भवनमा, कुनै…

    विस्तृतमा पढ्नुस्

  • साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत 

    रमेश लम्साल - काठमाडौँ : तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ।       तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ।       सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell