काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ। राजपा संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो। बैठकले संसदमा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। उनका अनुसार नवनिर्वाचित…
गुलरिया : सबै नक्कली र किनबेच हुने भए पनि बाबुआमा भने सक्कली हुने यथार्थको विपरित घटना भएको छ। नागरिकता बनाउनकै लागि नक्कली बाबुआमा बन्ने समातिएका छन्। नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका हुन्। बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए। तीनै…
सुरुङ्गा : कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए। धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए। तर, विवाहको छोटो समयमै प्रकाशको निधन भयो। प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह आज सोही ठाउँ निवासी…
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ। वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ। वाइड…
काठमाडौँ : काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले बताए। पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा न्युरोड र दरबारमार्गबाट नागरिकले पाउनेछन्। ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ। …
चरिकोट : दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्। दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो पातलका अन्दाजी १९ र २० वर्षीय सुवास तामाङको मृत्यु भएको हो। जीपको अगाडिको सिसा फुटेर भूइँमा खसेका चालकको सोही जीपले किचेर मृत्यु भएको हो। जिल्लाको वैत्यश्वर गाउँपालिका–७ मार्वुबाट धानको भूस…
काठमाडौँ : सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए। बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति…
मुना कार्की- काठमाडौँ : मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन। विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो। रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र एशियन…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ। बिहान ५:२० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। पहिरो पन्छाएर दिउँसो ३:५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए। ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन…
सोल : उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा छलफल सुरु भएको छ। दुई कोरियालाई रेल सेवाले जोड्ने र आधुनिक सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाका रेल सेवाका अधिकारीहरु बैठकमा बस्दैछन्। दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा तीन-तीन जनाको टिम पानुमजोममा रहेको ‘पिस हाउस’ मा भएको वार्तामा सहभागी भएका छन्। उक्त बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट…
काठमाडौँ : ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताए। “प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान…
काठमाडौँ : ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ। मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशी रु एक लाख रहेको छ। मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन यथार्थको उत्खनन गरेबापत प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिइन्। लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौँ उपत्यकामा…
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ। शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेडसिट उपलब्ध गराइएको र छानबिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि…
काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ। छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गरे। डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात…
प्रकाश सिलवाल - काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन्। परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म…
रत्ननगर : पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ। राति २:३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन्। पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य…
काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। समयमा कार्यालय नआउने र पोशाक नलगाउने कर्मचारीहरु कार्वाहीको सिफारिसमा परेका हुन्। केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए। उनका…
चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन्। उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन्। जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो। तनावमा रहेको…
नयाँ दिल्ली : पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ। अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो। सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई…
काठमाडौँ : वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ। कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए। “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले भने। ‘वैभव’ नामक मेनपावर…