बागलुङ : बन्द भएको २६ वर्षपछि विमानस्थल संचालनमा आएको बलेवा विमानस्थल पुग्ने सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ। सदरमुकामदेखि १३ किमीको दूरीमा रहेको विमास्थल पुग्न मोटरमा डेढ घण्टा लाग्ने गरेको छ। वर्षा नलाग्दैको छिटफुट झरीले सडक हिलाम्मे भएको छ र स्तरीय सडक नहुँदा विमानस्थलसम्मको आवातजावत कष्टपूर्ण बनेको छ। चालिस मिनेटको बलेवा-काठमाडौँ हवाई यात्राका लागि बलेवा पुग्न कठिनाइ व्यहोर्नु परेको यात्रुको गुनासो छ।…
नुवाकोट : नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट-११ ले एडिभिजन क्लब फ्रेण्ड्स काठमाडौँलाई फराकिलो गोल अन्तरले हराएको छ। बट्टारस्थित खेल मैदानमा शनिवार भएको खेलमा नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्ड्सलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। नुवाकोट टोलीले खेलको पहिलो हाफको ३३ औँ मिनेटमा कप्तान राजकुमार कुमालले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थिए। थप…
काठमाडौँ : धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ। कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो। ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिका नगर प्रहरीका…
रमेश लम्साल - काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ। लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने बारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना शुरु गर्ने नीतिगत व्यवस्था गरेको हो। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो आयोजनाको मुआब्जा वितरण गरी निर्माण…
वैतडी : पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ । मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ । प्रदेश नं ७ का लागि छुट्याइएको कूल रु २१ अर्ब ७० करोड ७६ लाख बजेटमध्ये डडेल्धुराका…
चितवन : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन्। नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे। “भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डा अदालतमा हुन् अथवा…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन्। उनले भने, “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो। सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ। लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ। यसमा ढुक्क रहन म…
काठमाडौँ : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ। प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिए। प्रतिष्ठानले सातवटै प्रदेशका तीनदेखि चार जिल्ला छनोट गरी अध्ययन शुरु गरेको हो। ती जिल्लामा मोरङ, धनकुटा,…
नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताए। काभ्रेबाट…
काठमाडौँ : गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ। यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान दिएवापत् कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडकाले जानकारी दिए। फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने…
पूर्णप्रसाद मिश्र - काठमाडौँ : पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो। कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को कामसमेत सम्पन्न भएको आयोजनाले…
काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताए। आरोहण सकेर आज घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो काम आरोहण गर्ने भएकाले स्वास्थ्य राम्रो भए आगामी वर्ष पनि सगरमाथा चढ्ने बताए। आरोही शेर्पालाई स्वागत गर्न उल्लेख्य संख्यामा आफन्त…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ। त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको…
काठमाडौँ : प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताएका छन्। आज प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडौँमा आयोजित भेलामा उनले चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी गराए। “प्रदेश नं ३ मा अधिकांश सडक अझै कालोपत्रे…
रसुवा : अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले जितेका छन्। शिवलाल गणका पिउठ भाटले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। नारायण दल गणका अमल्दार भरत खत्री दोस्रो र सोही गणका सिपाही सुवास कार्कीले तेस्रो भए। यसैगरी महिलातर्फ सोलुखुम्बुकी निरकला गुरुङ राईले ४ घण्टा ५७ मिनेट १३…
इटहरी : विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो राष्ट्रिय इटहरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। किसान बचत तथा ऋण सहकारीको सहकार्यमा सेभेन स्टार क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बिहीवार भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। आर्मीले उपाधिसँगै नगद ७५ हजार हात पारेको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले ४०…
अजयकुमार साह/रासस - महेन्द्रनगर, धनुषा : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ। दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन…
विराटनगर : संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारेन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन्। विराटनगरमा पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पारे। संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको…
अजयकुमार साह/रासस महेन्द्रनगर, धनुषा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति आज प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका…
सिवी अधिकारी - काठमाडौँ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१…