सल्यान : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ। बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन्। मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको…
वीरगंज : हतियारसहित प्रहरीले हिजो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेका छन्। भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। यसैगरी…
काठमाडौँ : एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपालले ओमनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा बुधवारदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समय अनुसार बिहान ७:५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ। एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन्। नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा…
काठमाडौँ : धरहरा निर्माणका लागि आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय आठौँपटक स्थगित भएको छ। पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको हो। राष्ट्रिय पुनः निर्माण प्राधिकरणले असार मसान्तमै शिलान्यास गर्ने भने पनि भदौ मध्यसम्म पनि प्रस्ताव खोलिएको छैन। वैशाख ३१ गते प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो। सूचनामा दिइएको समयमा छवटा प्रस्ताव पेश…
चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन्। दाङबाट काठामाडौँ जाँदै गरेको ना ७ ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना ५ ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो। बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार…
वासुदेव पौडेल/निरज थकाली पोखरा : उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ। जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ। हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ। तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन…
लहान : श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ। आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो। गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएको सूचनापछि खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले…
काठमाडौँ : सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। विसं २०७२ वैसाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो। ज्ञवालीले यसअघि…
काठमाडौँ : आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन्। नेपाल प्रेस युनियन र सेन्टर फर मिडिया रिसर्च–नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिले उक्त संहिताले समाचार सङ्कलनदेखि प्रकाशन प्रसारण गर्नसमेत अप्ठेरो अवस्था सिर्जना गर्ने भन्दै त्यस्ता विषय…
काठमाडौं : सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन्। मन्त्री ज्ञवालीले प्रस्तुत गरेको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीको भनाइ छ। उनले भने, “अहिले अत्यन्तै आवश्यक भए…
भक्तपुर : यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन्। काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ। नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा छिन्। उनीमात्रै होइन ६ वर्षअघि…
मोहिनी मिश्र रिसाल - काठमाडौँ : पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पुर्याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिने उनको पार्टीले शुक्रबार जानकारी दिएको छ। त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उनले सपथ लिने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो। प्रत्येक वर्ष अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ। सन् १९४७…
काठमाडौं : सरकारले छ वटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ। गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको…
काठमाडौँ : सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो। टिपर चालकको लापर्वाहीका कारण दुर्घटनामा परी मर्नेक्रम बढेपछि हालै दिनमा टिपर चलाउन निषेध गरिएको छ। रातमा समेत टिपर चालकको लापर्वाहीले ज्यान लिएको हो।…
बुटवल : बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई बौद्ध सर्किटका माध्यमबाट जोड्न मोनोरेल सञ्चालनका सम्भाव्यता बारेमा चिनियाँ रेलबे कम्पनीको टोलीसँग आज प्रदेश नं ५ को सरकारले छलफल गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलबे इन्टरनेशनल गु्रपको एक टोलीले आज भेट गरी रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको हो। भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन…
धादिङ : जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ। डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्। जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग…
काठमाडौँ : एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ। थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ एन्फाले जनाएको छ। यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो। बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले…
काठमाडौं : साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्कघात भएपछि यज्ञनिधिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो। दुई दशकअघि यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो। गत बुधवार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको हो। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज…
नयाँ दिल्ली : भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीवार जानकारी दिएका छन्। मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ। केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६…
इस्ताबुल : टर्कीको एजिन तटीय क्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गर्न लागेका आप्रवासी बोकेको एक डुङ्गा बिहीबार दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जानकारी दिएका छन्। टर्कीको दक्षिणपश्चिम प्रान्त एदिनको कुसादासी जिल्लामा रहेको तटीय क्षेत्र एजिनमा सो दुर्घटना भएको राज्यद्वारा सञ्चालित माध्यम अनाडोलुले जानकारी दिएको छ। टर्कीको दैनिक समाचार पत्र हुरियेतका…