काठमाडौं : जब तपाइँले कसैको नाम लिएर केही भन्नु छैन भने नेपाली जनजिब्रोमा प्रयोग हुने शब्द हो 'फलानो' र 'ढिस्कानो'। एउटा जघन्य अपराधको अनुसन्धान गरिरहेको प्रहरीलाई अहिले यस्तै भएको छ। गत चैत २४ गते ताहाचलस्थित टंकेश्वर पुलमुनि भएको झगडापछि मारिएकाको न त पहिचान हुन सकेको छ न त अभियुक्त नै। आइतबार बिहान तरकारी बोक्ने भरियाबीच हानाहान हुँदा एक जना पुरुषको…
काठमाडौं : यत्रो गाँजा के मा ल्याएछन्? महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रकार सम्मेलन कक्षमा उभिएका एक प्रहरी अधिकृतले प्रश्न सकिन नपाउँदै जवाफ दिए- एउटा झोला छ नि। जेब्रा झोला, त्यसैमा। 'जेब्रा झोलामा प्याकिङ गरेर बाटोमा हिँड्दै गर्दा सामातेका हौं। शंका लाग्यो बाहिर जेब्राको बुट्टा भित्र गाँजा,' उनले थप अर्थ्याए, 'गाँजा बोक्नदेखि मान्छे छोप्नेसम्म अहिले यही झोलाको नै प्रयोग हुन थालेको…
काठमाडौं : लुट्नै लागि कोही भारतका विभिन्न ठाउँबाट काठमाडौंसम्म आइपुग्छन् भन्दा तपाईँलाई अनौठो लाग्ला। सीमावर्ती क्षेत्रमा सामान्य लागे पनि भारतका विभिन्न ठाउँबाट काठमाडौंसम्मै यस्ता अपराधीको यात्रा हुन थालेको केही घटनाहरुले स्थापित गर्छ। महानगरीय प्रहरी बृत्त लैनचौरको टोलीले केही दिन अगाडि असनबाट तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। भारत मोतीहारी जिल्ला ठाना पकरीदयाल ढाकाग्राम घर भएका २० वर्षीय दीपक जैसवाल, १९ वर्षीय…
काठमाडौं : गत सोमवार काठमाडौंको सुन्धरामा प्रहरीले बा २ ज १८४१ नम्वरको ट्याक्सी नियन्त्रणमा लियो। ट्याक्सीसँगै केही मानिस पनि पक्राउ परे। काभ्रे देउराली गाउँपालिका ३ घर भएका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ, १९ वर्षीय सुवास श्रेष्ठ र नुवाकोट दुप्चेश्वर गाउँपालिकाका ३३ वर्षीय पूर्णबहादुर तामाङ समातिनेमा थिए। प्रहरीले उनीहरु सवै जनाको शरीर खानतलासी गर्यो। तीन जनाको खल्तीमा जनही ३…
काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। खनालले एक वर्षमा विगत केही वर्षदेखि रोकिएको सरुवा, बढुवा, अभिवृद्धि विकास, सीमा सुरक्षामा प्रगति, अवैध सामानको पैठारी तथा निकासीमा कडाइ लगायत काममा सफलता हात पारेको दाबी गरे। सोमबार प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले संगठन चेन अफ कमाण्डमा चलिरहेको बताए। उनले भिआइपीको…
काठमाडौँ: नयाँ वर्षको पहिलो दिन नै विमान दुर्घटना भयो। समाचारले धेरैलाई दुःखी बनायो। तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान बिहान टेक अफका क्रममा रनवेबाट चिप्लिँदा पार्किङ गरी राखिएको हेलिकोप्टरसँग ठोक्कियो। दुर्घटनामा विमानका को–पाइलट सुजित ढुङ्गाना तथा दुई प्रहरीको मृत्यु भयो। बिहानदेखि नै सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो। असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो।…
गत वैशाख ६ गते साँझ एउटा समाचार बन्यो। राजीव गुरुङ उर्फ दीपक मनाङ्गे स्वयम्भुको तीनधारबाट पक्राउ परे। गुन्डा नाइके भनेर चिनिएका गुरुङ पक्राउ पर्नु सामान्य नै हुन्थ्यो अन्य समयमा। मनाङ्गे र प्रहरी बीच चोर पुलिसको खेल झै थियो। ३३ किलो सुन प्रकरणमा प्रहरीदेखि व्यापारीसम्म पक्राउको समाचार भइरहेका समयमा मनाङ्गे पक्राउ समाचार बेग्लै फ्लेबरको थियो। सनम शाक्य हत्या र ३३ किलो…
काठमाडौं : यस पटक भने अस्मिता राजी भइन्। उनीसँग उम्कन कुनै बाटो थिएन। त्यसो त उनले केशवलाई समेत मन पराउन थालिसकेकी थिइन्। एक वर्षसम्म आफूलाई नै कुरेर बसेपछि अस्मिताको मनमा केशवप्रति थप माया र विश्वास समेत पलाइसकेको थियो। केशव भट्ट र अस्मिता भट्टराई (नाम परिवर्तन) दुवै खुशी थिए। खुशीको कारण थियो नजिकिँदै गरेको उनीहरूको बिहे। एक वर्षसम्मको चिनजान र प्रेम…
काठमाडौँ: 'राजेन्द्र सर मलाई कल गर्नु न। एमर्जेन्सी छ। तपाईंको नम्बर बिजीमात्र भन्छ। तपाईं ह्वाट्स्एप खोल्नु ल। केही एमर्जेन्सी छ। कुरा सुन्दै म आत्तिए। यो साथीको नम्बर हेर्नुहोला।' चैत ७ गते ५ बजेर २५ मिनेटमा ९८४३९४७२९४ नम्बरको फोनबाट एक युवकले सुनाए। लगत्तै फोन काटियो। कल गर्ने को थिए? अझै खुल्न सकेको छैन। तर रिसिभ भएको मोबाइल बोक्ने व्यक्ति भने सांसद…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोन मार्फत् फिरौती तथा मार्ने धम्की दिनेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। झापाका तिलकदास पराजुलीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मंगलवार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। पराजुलीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौंको…
काठमाडौं : सांसदलाई नै फिरौती मागेर धम्की आउँछ भने, त्यसले कस्तो अवस्था सिर्जना गर्ला? सन्दर्भ हो प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देनको। केही दिन अघि सांसद लिङ्देनको मोबाइलमा फोन आयो। अनि म्यासेज पनि। म्यासेजमा ५० लाख रुपैयाँ माग गरिएको थियो। नदिएमा उनलाई मार्ने धम्की पनि। 'केही साता भयो। मोबाइलमा मलाई धम्की र फिरौती माग भएको,' झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व…
काठमाडौं : गएको पुसको तेस्रो साता सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको कुर्सी सम्हाल्दै गर्दा चोलेन्द्र शम्शेर जबराले विवादित न्यायाधीश दीपकराज जोशीलाई अदालतबाट बहिर्गमनको बाटो देखाउनु धेरैका लागि अनपेक्षित थियो। त्यसपछि उनले प्रस्तुत गरेको न्यायालय सुधार्ने एजेन्डाले धेरैको ध्यान तान्यो पनि। प्रधान न्यायाधीश नियुक्तिपछि अदालतको गरिमा बढाउने उनको योजनासहितका ती अभिव्यक्ति तीन महिनापछि छताछुल्ल हुन पुगेको छ। न्यायालय सुधार्ने त टाढाको कुरा,…
काठमाडौं : फागुन २९ गते मोबाइलको म्यासेज घण्टी बज्यो। कन्ट्रोल रुममा खटिएका प्रहरीले हतारहतार हेरे। त्यतिखेर दिउँसोको २ बजेर ३५ मिनेट गएको थियो। ९८०४९३४….बाट आएको म्यासेज एनसेलको नेटवर्कबाट पास भएको बुझ्न प्रहरीलाई समय लागेन। मोबाइलको कोड अनुसार झापाका मोबाइल प्रयोगकर्ताबाट आएको थियो म्यासेज। प्रहरीले मोबाइलको म्यासेज हेरे जसले उनीहरुलाई ने असमन्जस्यमा पार्यो। अन्योलमा पार्ने त्यो म्यासेज खासै लामो थिएन। जम्माजम्मी…
काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गर्ने निर्णय गरेसँगै प्रहरी विप्लवका नेताको खोजीमा थियो। नख्खुमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल टावरमा विस्फोटलाई लिएर सञ्चारमाध्यममा छाइरहेका पोलिटव्युरो सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन’ प्रहरीको निसानामा थिए। नेकपा समूहको तेस्रो तहका नेतासमेत रहेका ओलीलाई नियन्त्रणमा लिन सके विप्लवको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का पुग्ने प्रहरीको विशेष टोलीले विश्लेषण गरेको…
काठमाडौं : आज सवारी साधन लिएर कतै जाँदै हुनुहुन्छ? काठमाडौं उपत्यकाका १ सय ७ स्थानमा ट्राफिक प्रहरीले आज चेकिङ गरिरहेको छ। फागु पूर्णिमा मनाउनेहरुले मादक पदार्थ सेवन गरेर सवारी चलाएको हुनसक्ने आशंकामा चेकिङ कडा पारिएको हो। यसरी हुने चेकिङका क्रममा मादक पदार्थ सेवन नगर्ने पनि पर्ने गरेको दावी हुँदै आएको छ। के मादक पदार्थ नखाँदा पनि प्रहरीको कारबाहीमा पर्नुपर्छ त? विशेष गरी…
काठमाडौँ : प्रतिबन्धित नेकपाका कार्यकर्ता पक्रने क्रममा मंगलबार राति प्रहरीले काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको छ। प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको जानकारी आएपछि नियन्त्रणमा लिन गएको महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको एसपी केदार ढकालले जानकारी दिए। एसपी सोमेन्द्रसिंह राथौडको नेतृत्वमा महाशाखाको टोली मिसनमा गएको थियो। एसपी ढकालका अनुसार प्रहरीले एक जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
स्थानः महानगरीय प्रहरी परिसर काठमाडौँ, टेकु मितिः २०७४ चैत ४ गते समयः करिब १२ बजे दुवै जनाको शिरमा ढाका टोपी। एकजनाले कालो धर्के कोट पाइन्ट लगाएको। अर्काको सेतो सर्टमाथि खैरो हाफ ज्याकेट। चिटिक्क परेका चम्किला पहिरमा दुई अधवैसे। हेर्दा भलाद्मी। यी हुन् भीमबहादुर मल्ल, वर्ष ५२ र मानबहादुर सुवेदी, वर्ष ४४। भीमबहादुर पश्चिम म्याग्दीका र मानबहादुर पूर्व ओखलढुङ्गाका। 'सर यिनै…
काठमाडौं : गत फागुन २७ गते प्रहरीको एउटा टोली मध्य बानेश्वरमा पुग्यो। प्रहरीको साथमा चोरीमा समातिएका दुई युवक सँगै थिए। बा १ ज ११९२ नम्बरको ट्याक्सी भरि चोरी भएका सामान राखिएको थियो। अरू केही छ? सामान कहाँ छन्? प्रहरीले बारम्बार प्रश्न गरिरहेको थियो। तर, जवाफ शून्य। वरपरका मानिसलाई पनि प्रहरीले ती दुई युवकका बारे सोधखोज गरिरहेको थियो। जवाफ कतैबाट आएको…
काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा समूहलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा प्रहरीले दुई भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रामेछाप घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदार रहेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘उपत्यकाभित्र समूह बनाएर चोरी गर्ने ठूलो गिरोह हो यो।…
काठमाडौँः १३ वर्षीय निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुलाई अनावश्यक रुपमा जोडेर गाली बेइज्जती गरेको भन्दै घटनामा मुछिएकी बबिता भनिने अनिता बमले गाली बेइज्जती मुद्दा दर्ता गरेकी छिन्। बिहीबार जिल्ला अदालत कञ्चनपुरमा बबिताले मुद्दा दायर गरेकी हुन्। मुद्दामा कानुन व्यवसायी एवं मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालसहित तीन जनालाई विपक्षी बनाइएको छ। जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले मुद्दा दर्ता भएको बताए। विपक्षी बनाइएका अर्याल नेपाल…