PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • एकै समय दुई स्थानमा विस्फोट, तीनको मृत्यु : नियोजित कि दुर्घटना?

    एकै समय दुई स्थानमा विस्फोट, तीनको मृत्यु : नियोजित कि दुर्घटना?

    काठमाडौः आइतवार दिउँसो सुकेधारास्थित ढलाने पुल नजिकै रहेको कपाल काट्ने सैलुन र घट्टेकुलोस्थित एउटा घरभित्र लगभग एकै समयमा विस्फोट भयो। राति ८ बजे यो समाचार तयार पार्दासम्म तीन जनाको ज्यान गुमिसकेको छ। तर घटना कसरी भयो? कसले गरायो? अहिलेसम्म  खुल्न सकेको छैन। दिउँसो करिब सवा ४ बजेतिर सुरुमा सुकेधारामा भएको विस्फोट सामाजिक सञ्जालका कारण छिट्टै फैलियो। लगभग उही समयमा  करिव पाँच किलोमिटरको…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'

    अस्पताल लैजाँदै गर्दा घाइतेले भने, 'साथीको घर गएको थिएँ, ड्याम्म पड्क्यो'

    काठमाडौं: घट्टेकुलोमा भएको विस्फोटनमा परी घाइते एक जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता भएको प्रहरीले आशंका गरेको छ। वीर अस्पतालमा उपचार भइरहेका रवीन केसी त्रिचन्द्र कलेजका विद्यार्थी नेता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।  'उनी विप्लव निकट विद्यार्थी नेता भएको सुनिएको छ। तर पुष्टि भने भइसकेको छैन,' महानगरीय कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले भने। आइतबार सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु

    काठमाडौंमा विस्फोट: सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु

    काठमाडौँ: आइतबार सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। सुकेधारामा दुई जना र घट्टेकुलोमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए।  'सुकेधारा र घट्टेकुलो विस्फोटमा घटनास्थलमा एक/एक जना र सुकेधारामा भएको विस्फोटमा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ,' डिआइजी पोखरेलले भने। मृतकको सनाखत हुन सकेको छैन। घटना नियोजित भएको प्रहरीले दाबी गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • 'रिस्की मिसन': थाइल्यान्ड गएर पीडित आफैंले पक्राए ठगलाई

    'रिस्की मिसन': थाइल्यान्ड गएर पीडित आफैंले पक्राए ठगलाई

    काठमाडौं : बैंककका लागि उड्दा घर परिवारकाले उनलाई भनेका थिए, 'जोखिम हुन्छ भैगो नजाउ।' क्यानडामा व्यवस्थित जीवन बिताउने सपना बोकेर सेनाको जागिर छाडेका यिनी यसपटक फरक उद्देश्य लिएर थाइल्यान्ड जाँदै थिए। एउटा विशेष 'मिसन' बोकेका यिनी त्यस्तो जोखिमपूर्ण काम गर्न हिँडिरहेका थिए जुन हत्तपत्त कसैले आँट्दैन। थाइल्यान्ड जाँदै गरेका यिनी अर्थात्, थाम्पु परियार। यसअघि उनी क्यानडा जानका लागि थाइल्यान्ड पुगेका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली पासपोर्ट रद्ध, तै पनि थाइल्यान्डमै रहेर तस्करी र ठगी, 'डिपोर्ट'पछि काठमाडौंमा सार्वजनिक

    नेपाली पासपोर्ट रद्ध, तै पनि थाइल्यान्डमै रहेर तस्करी र ठगी, 'डिपोर्ट'पछि काठमाडौंमा सार्वजनिक

    काठमाडौं : थाइल्यान्डलाई आधार बनाएर मानव तस्करीमा सक्रिय परशुराम गुरुङलाई प्रहरीले आज सार्वजनिक गरेको छ। वैदेशिक रोजगारमा लगाउने भन्दै २ सयभन्दा धेरैबाट १३ करोड रुपैयाँभन्दा बढीको ठगीका अभियुक्त गुरुङलाई यही १० गते काठमाडौं ल्याइएको हो। इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका गुरुङविरुद्ध ५० जनाभन्दा धेरैले उजुरी गरेका थिए। अभियुक्त गुरुङको २०७२ साल जेठ २२ गते राहदानी रद्ध गरिएको थियो भने असार…

    विस्तृतमा पढ्नुस्

  • एउटा नियमित आकस्मिकता: युनुसको जेल यात्रा कति अपराध कति बाँच्ने रहर?

    एउटा नियमित आकस्मिकता: युनुसको जेल यात्रा कति अपराध कति बाँच्ने रहर?

    काठमाडौं : पूर्व मन्त्री सलिम मिया अन्सारीका छोरा युनुस अन्सारी शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। 'चुच्चे ढुङ्गो उही टुङ्गो' भने झै विमानस्थलमा उनको गिरफ्तारी लामो समयका लागि पुन: जेल यात्राको मेलो बनिरहेको त होइन? आशंका स्वभाविक थियो। यसपटक समातिँदा पनि उनी पुरानै धन्दाका कारण जोडिए - नक्कली भारतीय नोट। रोचक चाहिँ के हो भने, भारतमा मोदीले पुन: सत्ता…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको 'इन्ट्री', बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन्

    नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको 'इन्ट्री', बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन्

    काठमाडौं : शुक्रबार दिउँसो साढे चार बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीको एउटा कक्ष भरिभराउ थियो। अपर्झटको पत्रकार सम्मेलन भएकाले पत्रकारको बाक्लै उपस्थिति हुनु स्वभाविक थियो। प्रहरीको उपस्थिति पनि उतिकै। करीब दुई वर्षपछि कार्यालयमा एकाएक पत्रकार सम्मेलन हुँदै थियो। प्रहरी अधिकारी र पत्रकार सबैको प्रतीक्षामा थिए - युनुस अन्सारी। कतिखेर प्रहरीले उनलाई ल्याउला र फोटो खिचौँला भनेर तम्तयार थिए फोटो पत्रकारहरु। सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • युनुस फन्दामा पर्नेगरी विमानस्थलमा भएको त्यो ४ घन्टा लामो 'कोभर्ट अप्रेसन'

    युनुस फन्दामा पर्नेगरी विमानस्थलमा भएको त्यो ४ घन्टा लामो 'कोभर्ट अप्रेसन'

    काठमाडौं : कतारको दोहाबाट आएको क्यु आर ६४४ विमान बिहान ८:२४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो। सधैँ झै विमानस्थलमा नेपाल प्रहरी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी खटिएका थिए तर फरक रुपमा। ल्यान्ड भएको विमानबाट यात्रुहरु बाहिरिनेक्रम सुरु भयो। अरु यात्रु झै एक पाकिस्तानी नागरिक कालो सुटकेस गुडाउँदै निस्किए। सतर्क अवस्थामा रहेको सुरक्षा निकायले उनको सामानको जाँच गर्‍यो। तर, केही पनि भेटिएन।…

    विस्तृतमा पढ्नुस्

  • अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी

    अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी

    काठमाडौं : युनुस अन्सारीसहितको समूहबाट प्रहरीले आज जफत गरेको नक्कली नोट गन्ती गर्नेक्रम जारी छ। दिउँसो १:३० बजेसम्म प्रहरीले ३ करोड ५० लाख रुपैयाँ गनिसकेको छ। विमानस्थल प्रहरीका अनुसार गन्ती हुन बाँकी रकम अझै आधाभन्दा माथि छ। 'अझै आधाजति रकम गन्न बाँकी छ,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने, 'अहिलेको हिसाबमा ६ करोडभन्दा माथिको रकम जफत भएको हो।' पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी, अन्य केही पनि प्रहरी नियन्त्रणमा

    दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी, अन्य केही पनि प्रहरी नियन्त्रणमा

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो परिमाणमा भारतीय जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नक्कली नोटसहित युनुस अन्सारीलाई शुक्रवार बिहान नियन्त्रणमा लिएको हो। पक्राउ परेका युनुस अपराधिक पृष्ठभूमिसँग पटक पटक जोडिएका छन्। उनीमाथि केन्द्रीय कारागारमै गोली प्रहारसमेत भएको थियो। नक्कली नोटकै प्रकरणमा उनी पटकपटक समातिएका छन्। कुनै समय टेलिभिजन संचालनमा समेत सक्रिय रहेका अन्सारी नक्कली नोटसहित सन्…

    विस्तृतमा पढ्नुस्

  • एक रहस्यमय घरकी निर्दयी आमा, जसले छोरालाई सिकाए 'ड्रग्स' खान

    एक रहस्यमय घरकी निर्दयी आमा, जसले छोरालाई सिकाए 'ड्रग्स' खान

    काठमाडौं: सावित्री कोठाबाट नै घर कम्पाउन्डको निगरानी गर्छिन्। घरभित्र कसलाई पस्न दिने र कसलाई पस्न नदिने रिमोट कन्ट्रोल उनकै हातमा छ। सिसी क्यामराबाट हेरेर आफूले चिनेको र जानेको मान्छेलाई मात्र घर प्रवेशको अनुमति दिन्छिन् उनी। अपरिचित व्यक्ति आए गेटबाट नै फर्कनुपर्छ। घरबाहिर चारैतिर सिसी क्यामराको निगरानी। बन्द घरभित्र के भइरहेको भन्ने कुरा पत्तै हुँदैन। निकै रहस्यमय सावित्रीको घर! काठमाडौँ महानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

    मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

    काठमाडौं: महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी गरेको छ। उपत्यका भित्र भएका दुर्घटनाको विश्लेषण गर्दै तिनै जिल्लामा मोटरसाइकल पछाडि बस्नेले  हेलमेट लगाउनु पर्ने नियम ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। प्रहरीले यातायात व्यवस्था विभागलाई यातायात व्यवस्था ऐनमा नै राखेर मोटरसाइकल चालकले हेटमेट लगाउनु पर्ने नियम…

    विस्तृतमा पढ्नुस्

  • हत्यामा आफन्तकै हात!

    हत्यामा आफन्तकै हात!

    गत बिहीवार पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले गोली हानी दाइको हत्या गरे। ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादका कारण हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान फारुकको मृत्यु भयो। घाइते फारुकलाई उपचारका लागि काठमाडौँ ल्याउनेक्रममा मृत्यु भएको हो। कटुवा पेस्तोलबाट प्रहार गरिएको गोली फारुकको दाहिने पाखुरा छेडेर छातीमुनि लागेको थियो।सेरामुद्धिनलाई पेस्तोल तथा तीन राउन्ड…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको सुन पसलबाट एसिड ल्याएर 'विष्णुले श्रीमती जलाए'

    काभ्रेको सुन पसलबाट एसिड ल्याएर 'विष्णुले श्रीमती जलाए'

    काठमाडौँ: बुधबार साँझ कालोपुलमा एक युवतीमाथि एसिड आक्रमण भयो। साँझ भएको एसिड आक्रमण अरु कसैले नभइ आफ्नै श्रीमानले गरेको खुल्यो। एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइयो। अहिले उनको उपचार भइरहेको छ। आपसी विवादमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • अपराधीको छनौटमा बालबालिका : चार वर्षमा ३ सय ५० बालबालिकाको हत्या, चिनजानकै व्यक्तिबाट बढी खतरा

    अपराधीको छनौटमा बालबालिका : चार वर्षमा ३ सय ५० बालबालिकाको हत्या, चिनजानकै व्यक्तिबाट बढी खतरा

    गत फागुनको पहिलो साता जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा (दुतीया) एकाएक घरबाट हराइन्। केही घन्टाको खोजीपछि घर नजिकै रहेको उखुबारीमा उनको शव भेटियो। उनको हत्याको अनुसन्धानमा जुटेको प्रहरीले २२ वर्षीय नीरज जर्गा मगरलाई समात्यो। उनले नशाको सुरुमा बलात्कार गरेर हत्या गरेको प्रहरीमा बयान दिएका थिए। गत साउन ११ गते कञ्चनपुरमा बालिका निर्मला पन्तको…

    विस्तृतमा पढ्नुस्

  • घाँटीबाट छुटेको साढे ३ तोलाको सिक्री ५ दिनपछि यसरी सग्लै सहदेवको हात लाग्यो

    घाँटीबाट छुटेको साढे ३ तोलाको सिक्री ५ दिनपछि यसरी सग्लै सहदेवको हात लाग्यो

    काठमाडौँ: ‘मेरो घाँटीको सिक्री हरायो। कहाँ गयो? प्रहरीले भ्यानमा कोच्दै गर्दा मैले भनेको थिएँ। तर, प्रहरीले मलाई उल्टै 'बढी बोल्छस्' भन्दै हप्काए।' बौद्धका सहदेव चौलागाईँले सुनाएको प्रसङ्ग हो यो। लामो समयदेखि धुलो उडेर बसिनसक्नु हुन थालेपछि बौद्धमा बाटो बन्द गर्ने निर्णयमा पुगे स्थानीय। प्रहरी बाटो खुलाउन जुट्यो। स्थानीय थप आक्रोशित भए। त्यही क्रममा प्रहरीसँग घम्साघम्सी पनि भयो। अश्रु ग्यास र ढुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • दोहाबाट डिपोर्ट, काठमाडौंमा कर्‍यापझ्याप !

    दोहाबाट डिपोर्ट, काठमाडौंमा कर्‍यापझ्याप !

    काठमाडौं : झण्डै दुई वर्षपछि २६ वर्षीय धनेन्द्रकुमार यादवको परिवारसँग भेट हुँदै थियो। वैदेशिक रोजगारीको सिलसिलामा यादव कतारको राजधानी दोहा उडेका थिए। आर्थिक अवस्था सुधार्ने सोच बोकेका यादवको विदेश यात्रा खासै सफल भएन। गएको केही समय त राम्रोसँगै बित्यो। तर, कमाइ सोचे जस्तो भएन। बरु अर्को लफडा आइलाग्यो। मदिराको सुरमा साथीभाइसँग उल्टै झगडा पर्‍यो। स्वदेशजस्तो कहाँ हुन्थ्‍यो? उनी परे प्रहरीको फन्दामा। जतिखेर…

    विस्तृतमा पढ्नुस्

  • विदेश जाँदा सीम कार्ड, फर्कँदा सुनका डल्ला : जारी छ विमानस्थलबाट तस्करी

    विदेश जाँदा सीम कार्ड, फर्कँदा सुनका डल्ला : जारी छ विमानस्थलबाट तस्करी

    काठमाडौं : दोहाबाट उडेको नेपाल एयरलाइन्सको बिमान आइतवार बिहान करीब १० बजे काठमाडौंमा अवतरण भयो। अवतरण भएसँगै एक युवक धावनमार्गतिर दौडिए। विमानको गति रोकिएपछि ती युवकले दुवै पाङग्रामा ओट लगाए। त्यसपछि विमानबाट यात्रुहरु झरे र त्यहाँ नजिकै अड्याइएको बसमा चढे। गुडिसकेको बस अलिकति पर पुगेपछि अर्कोतिर तेर्सियो। एक युवक बसको छेउमा पुगे। उनलाई विमानबाट आएका यात्रुले केही सामान दिए। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपाल वायु सेवा निगमका कर्मचारी सुनसहित विमानस्थलबाट पक्राउ

    नेपाल वायु सेवा निगमका कर्मचारी सुनसहित विमानस्थलबाट पक्राउ

    काठमाडौः विमानस्थलबाट बाहिरिएको अवैध सुनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  महानगरीय प्रहरी परिसरको टोलीले आज साँझ सुनसहित नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जित कुमार यादवलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले पुष्टि गरे।  यादवले विदेशबाट आएको सुन धावनमार्गमा पुगेर लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले यादवको साथबाट ३० तोला सुन बरामद गरेको हो।  

    विस्तृतमा पढ्नुस्

  • कसरी भयो रीनाको मृत्यु? रहस्यमा जेलिएको पथरी प्रकरण

    कसरी भयो रीनाको मृत्यु? रहस्यमा जेलिएको पथरी प्रकरण

    एक हप्तादेखि सामाजिक सञ्जालमा रीना बस्नेतको नाम चर्चामा छ। यो साता युट्युबको नेपाल ट्रेन्डिङमा १२ वटा भिडियो यसैसँग सम्बन्धित छ जुन लाखौँ पटक हेरिएका छन्।  प्रहरीले अनुसन्धानमा लापरवाही गरेको आरोपमा स्थानीय बासिन्दाले गरेको आन्दोलन र त्यसलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास चलाउनु पर्ने अवस्थामा पुगेपछि घटना थप गम्भीर हुन्छ।  यो प्रकरणमा आखिर भएको के हो? अहिलेसम्म प्राप्त जानकारी यस्तो छ- •  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell