काठमाडौँः भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भीडन्त भएको छ। भीडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। भोजपुर बजारको बसपार्कमा गोली हानाहान भएको हो। मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए। ‘प्रहरीलाई विप्लव समूह आएको सूचना थाहा थियो। फलो गर्ने क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनीहरुले…
काठमाडौँ: जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलको मोबाइल फोन बजिरह्यो। पटक–पटक फोन गर्दा पनि उनले फोन उठाएनन्। गत बुधबार गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले एसपी रावललाई घटनाको जानकारी गराउन फोन गरेका थिए। आफूभन्दा माथिल्लो निकायका अधिकारीले फोन गर्दा पनि किन उठाएनन् त? डिआइजी घिमिरेले व्यक्तिगत मोबाइल छोडेर अफिसको सञ्चार सेटमा खबर छाडे। बिहानको समय थियो। डिआइजीलाई…
काठमाडौं : मङ्गलवार बिहानै करिब पौने ६ बजे मुलपानी ‘बाबा चोक’ क्षेत्रमा त्रसित बन्यो। ओछ्यानमा आँखा खुल्दै गरेका मानिस पनि जुरुक्क उठेर के? कता? भन्दै दौडिन थाले। बिहानको सुनसान समयमा एक्कासी आएको ठूलो आवाजले सबैलाई तर्साएको थियो। सबैलाई अत्याउने कारण रहेछ टिपर। अर्थात् टिपर आतंक। बिहानै छोरी ज्वाइँको घर हिँडेकी एक बुद्धालाई टिपरले ठक्कर दिएको रहेछ। आफ्नो बाटोमा हिँडिरहेकी सिन्धुली…
काठमाडौं: तीन वर्षपछि लीलाबहादुर बस्नेत नेपाल फर्किँदै थिए। वैदेशिक रोजगारीका लागि कतार पुगेका बस्नेतको मनमा आफन्त र परिवारसँगको भेटघाटलाई लिएर छुटै उमङ्ग थियो। आइतवार बिहान हिमालयन एयरलाइन्सको विमानबाट उनी त्रिभुवन विमानस्थलमा अवतरण गरे। विमानस्थलबाट बाहिरिन नपाउँदै उनी अपरिचित व्यक्तिको कब्जामा परे। कानमा मुन्द्रा, घाँटीमा सिक्री लगाएका हेर्दै गुन्डाजस्ता देखिने केही मानिसले उनलाई काम छ भन्दै नियन्त्रणमा लिए। विमानस्थलभित्र रोकी राखेको…
काठमाडौं: कतारबाट फर्किएका एकजनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले लीलाबहादुर बस्नेतलाई पक्राउ गरेको हो। परिसरका डिएसपी होबिन्द्री बोगटीले कतारबाट फर्किएका थापा पक्राउ परेको पुष्टि गरे। उनको साथमा बच्चाले लगाउन २५ भन्दा बढी डाइपर भेटिएको र ती डाइपरमा सुन भेटिएको प्रहरीले जनाएको छ। तीन वर्ष कतारमा काम गरेर फर्केको थापाको…
काठमाडौँ: भनिन्छ, प्रेममा परेपछि मान्छेले आँखा देख्दैन। तर कतिसम्म आँखा नदेख्लान् प्रेममा परेकाहरुले? एउटा घट्नाले भन्छ, प्रेमीहरु आफूलाई जन्मदिने आमाको हत्या गर्नेसम्म गरी आँखा देख्दैनन्। घटना आइतवारको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीया सावित्री भट्टराइको हत्या भयो। धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले सोही दिन साँझ धादिङ्को गजुरीबाट एकजनालाई पक्राउ गर्यो। अनुसन्धान गर्ने क्रममा पत्ता…
काठमाडौं: आफ्नो प्रेममा बाधक बनेपछि एक छोरीले आफ्नी ६० वर्षीया आमाको हत्या गरेको खुलेको छ। आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीय सावित्री भट्टराईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। सोही घटनाको अनुसन्धानको क्रममा साबित्रीको हत्या उनकै कान्छी छोरी इश्वरी भट्टराईले गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या आरोपमा प्रहरीले इश्वरी, दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले…
काठमाडौँ: एक युवकले बाटोमा हिँडिरहेकी युवतीलाई सिरिन्ज घोचेर भाग्यो। प्रहरीमा अचानक आएको सूचनाले प्रहरीलाई एक्सनमा उत्रिन बाध्य बनायो। महाजगञ्जमा एक युवतीमाथि आक्रमण भएको सूचना आएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्यो। ‘प्रहरी पुग्दा एक युवती मरेँ, मरेँ भन्दै रोइरहेकी थिइन्,’ महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले सुनाए। केही महिनादेखि राजधानीमा ‘सिरिन्ज आक्रमण’ भनेर आतङ्क नै फैलिएको थियो। पाँचजना युवती आक्रमणमा परिसकेको…
काठमाडौं: हरिबहादुर कार्की फेसबुक चलाइरहेका थिए। एक्कासी नचिनेको फेसबुक आइडिबाट साथी बन्ने रिक्वेस्ट आयो। फेसबुक नोटिफिकेसनमा देखिएको साथी बन्ने रिक्वेस्ट पठाउने एक सुन्दर युवती थिइन्। नाम थियो संगिता बस्नेत। दोलखा सैलुङ घर भएका हरिबहादुर नेपाली सेनामा जागिरे थिए। अविवाहित पुरुष। उनले तुरुन्तै स्विकार गरे। साथी बन्ने अनुरोध स्विकारेको एकैछिनमा कार्कीलाई संगिताले हेलो भन्दै म्यासेज गरिन्। हेलोबाट शुरु भएको फेसबुक संवाद…
काठमाडौँ : ‘म पासपोर्ट लिएर आउँछु है। एकै छिन पर्खनुहोला।' गत शुक्रवार दिउँसो त्रिभुवन विमानस्थलमा डायनाले भनेकी थिइन्। जैन श्रीपालीले उनको पासपोर्टका बारेमा केही सोध्न नपाउँदै उनले नै थपिन्- ‘म पासपोर्ट बोकेर हिँड्दिन जुन देशको अध्यागमनले पनि एउटा चिट दिन्छ त्यही देखाए पुग्छ। मेरो पासपोर्ट यहीँ छ।' श्रीपालीले 'ओके' भनेपछि उनले बताएअनुसार 'अध्यागमनमा रहेको आफ्नो पासपोर्ट' लिन हिँडिन्। श्रीपाली र…
‘३० हजारको बाइक छ। एक हजार कसरी तिरौं सर?’ हातमा हेल्मेटम बोकेका एक युवक विशाल ट्राफिक प्रहरीसँगै प्रतिवाद गरिरहेका थिए। बा ३४ प ३४१८ नम्बरको पुरानो स्कुटर सडकको किनारा लगाइएको थियो। हातमा रातो चिट बोकेका ट्राफिक प्रहरीले ‘नियम नै यस्तै छ’ भन्दै सम्झाइरहेका थिए। चिटमा हजार रुपैयाँको जरिवाना दस्तुर काटिसकेका थिए। युवक सहजै चिट समात्ने पक्षमा थिएनन्। दिउँसो चर्को घाममा युवक…
‘सुब्बा दाइ बच्चाकी आमा हराई। खोज्न जानु पर्यो।' सोमबार राति १० बजेतिर निन्द्राकै सुरमा श्याम तामाङले मोबाइल उठाएपछि सुनिएको आवाज यही थियो। श्यामलाई बोली ठम्याउन मुस्किल पर्यो। नम्बर सेभ रहेनछ। कुरा गर्दै गएपछिमात्रै आवाज पहिचान भयो। फोन ज्वाइँ बुद्धिराज योञ्जनको पो रहेछ। ‘मैले सुरुमा चिनिन,' श्यामले सुनाए। फोनमा बोल्ने व्यक्ति चाहिँ थिए, बौद्धस्थित समता अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेकी रामेछाप…
काठमाडौं : आइतवार महानगरीय प्रहरी परिसर काठमाडौँमा निकै खचाखच थियो। सेवाग्राहीको लागि सेवा दिनको लागि बनाएको हलमा आइतबार सेवाग्राही भने थिएनन्। मुखमा माक्स लगाएका अधिकांश टिनएजरले भरिएको थियो हल। वरिपरि प्रहरीको घेराबन्दी। ८२ जना पुरुषको भिडमा चार महिला। सायद, उनीहरू पनि २० काटेका छैनन्। सबैको हातमा हथकडी। हलको पछाडिपट्टि एउटा नाबालक रोइरहेको आवाज आइरहेको थियो। मुख माक्सले ढाकिएको, पहेलो कुर्था…
#२०७५ जेठमा विषेश अदालत काठमाडौंले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापालाई म्याच फिक्सिङ्को आरोपको मुद्दामा प्रहरीको दाबी नपुगेको भन्दै सफाई दियो। तर प्रहरीले उनलाई अदालतमा मुद्दा दायर गर्नुअघि नै म्याच फिक्सिङ्का दोषी भन्दै सार्वजनिक गर्यो। उनलाई एसियन फुटबल फेडेरेसनले आजीवन फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगायो। राष्ट्रिय टोलीको कप्तान भैसकेका सागरलाई समाजले अपराधीको ट्याग लाग्यो। यता करिअरमा पूर्णविराम।…
काठमाडौं : ‘तपाइँको श्रीमतीको हत्यारालाई हेर्नुहुन्छ? तर प्रश्न भने गर्न पाउनुहुन्न है,' झोला भिरेका दुब्लो कदका एक व्यक्तिलाई प्रहरी अधिकृतले भनिरहेका थिए। दबिएको स्वरमा ती व्यक्तिले टाउको हल्लाउँदै 'हस्' भने। उनलाई त्यहाँ रहेका प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को हिरासततिर आउन भने। उनी भनेअनुसार पछिपछि लागे। हिजोमात्रै प्रहरीले समातेका देवीरमन अधिकारीलाई हेर्न पुगेका यी हुन्, तुल्सीभक्त प्रजापती। १९ वर्ष अघि श्रीमतीको हत्या…
काठमाडौं : भक्तपुर कटुन्जेकी विजयश्वरी प्रजापतीको हत्यामा संलग्न देवीरमन अधिकारीलाई प्रहरीले रुपन्देही जिल्लाको सीमावर्ती क्षेत्र बेहलियाबाट पक्राउ गरेको छ। २०५७ असार ८ गते ३३ वर्षीया प्रजापतीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पर्साको जिल्ला बन अधिकृत हुँदा तुल्सीभक्त प्रजापतीले त्यहीँ करारमा कार्यरत अधिकारीलाई आफ्नो सरुवासँगै घरेलु कामदारका रुपमा ल्याएका थिए। घरेलु कामदारका रुपमा सात महिना काम गरेपछि…
काठमाडौँः पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीमाथि भ्रष्टाचारको अभियोग लागेको डेढ दशक बित्यो। मुद्दा चलेको करिब एक दशकमा जोशी सुरु अदालतबाट दोषी करार भए। ६ वर्षदेखि जोशी मुद्दा पुनरावेदनको चक्करमा छन्। जोशीको भस्टाचार सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ। ६ वर्षको अवधिमा ३२ पटक सुनुवाइका लागि पेस भयो। कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइने, यस्तै यस्तै भइरह्यो। २०७० कार्तिक १२ गते दामोदरप्रसाद…
काठमाडौं : 'राज तिम्रो सपना भन्ने कोही साथी छ? मलाई भेट्न भन्दै थिइ,' इन्गेजमेन्टको अघिल्लो दिन सरिता (नाम परिवर्तन)ले आफ्नो प्रेमी रौनराज अर्याललाई अचानक प्रश्न गरिन्। अनायसमै आएको प्रश्नले राज अलमलिए झै लाग्यो। न कुनै जवाफ नै फर्काए। 'खै भुलेँ कि? फोटो देखाएपछि चिन्छु होला सायद,' राजको यतिमात्र भने। स्वभाविक हो, नामले मात्र सबैलाई चिन्न सकिन्न। त्यसपछि सरिताले सपनाको फोटो…
काठमाडौं : गत साता इन्टरपोल रेड कर्नर नोटिसमा राखिएका परशुराम गुरुङलाई नेपाल ल्याइयो। थाइल्यान्डमा बसेर नेपालीलाई प्रलोभन देखाउँदै ठग्दै आएका उनलाई थाइ प्रहरीको सहयोगमा नेपाल ल्याइयो। धेरै नाम राखेर ठगी गरेका उनलाई प्रहरीले सार्वजनिक गरेपछि 'ठगिने'हरुको संख्या थप बढ्यो। त्यसपछि ठगिएको रकम फर्किने आशामा पुगे धेरै। सरोज फुयाल तीमध्ये एक हुन्। विदेशमा रोजगारी दिलाउने भन्दै थाइल्यान्ड बोलाउने र त्यहाँ ठगेर…
सोमबार ललितपुरको चापागाउँ जाने बाटोमा राखिएको बम सेनाले डिस्पोज गर्यो। मिडियाहरु बम डिफ्युज गर्दाको क्षण कैद गर्न यहाँ केन्द्रित भइसकेका थिए। बमलाई असफल बनाएपछि ‘कूल’ पारामा यिनी हिँडेको देख्दा धेरैलाई अनौठो लाग्यो। कम्ब्याटमा रहेका यिनले हातमा प्रेसर कुकर बोकेका थिए। मिडियाले यिनको तस्बिर खिचे। बम पड्केर क्षति हुन नदिन गरेको मेहनत यिनको मुस्कानमा छचल्किएको थियो। लुक्स ठ्याक्कै हलिउड अभिनेता जेरमी…