काठमाडौं : काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली चलेको हो। महानगरीय अपराध महाशाखाको टोलीले अपरेसनका क्रममा दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए। गोली किन चल्यो भन्ने विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। अपडेट : लुटेराको समूहलाई नियन्त्रमा लिन महानगरीय अपराध महाशाखाको टोलीले दुई राउन्ड गोली प्रहार गरेको छ। प्रहरीले गोली हानेपछि…
काठमाडौं : झन्डै डेढ घन्टासम्म आगोमा पौंठेजोरी खेलेर असिनपसिन भएर निस्किँदै थिए उनी। सजिलोसँग साससमेत लिन पाएका थिएनन्। युट्युबर र अन्य पत्रकारको टोलीले झ्याप्पै छोपिहाल्यो। ‘तपाईँ त फुटेको पाइप लिएर आउनु भएछ। कसको लापरबाही हो?' आगोको रापबाट निस्किएका उनलाई मनमै पोल्ने प्रश्न। जसरी सुबिसुको भवनमा पानीको फोहोराले आगो निभाएका थिए। त्यसरी नै उनी पत्रकारका प्रश्नको ट्याकल पनि गर्दै थिए। ‘कहिलेकाहीँ यस्ता…
काठमाडौं : बालुवाटारको व्यस्त चोक नजिकै आगो लाग्दा नेपाल हाउसका संचालक टीका गौतम त्यहीँ थिए। वुधबार मध्यान्न १२:३० को समय। नजिकै नेपाल राष्ट्र बैंक, प्रधानमन्त्रीको र भिआइपीहरुका निवास। मुलुकको केन्द्रमा रहेको यो चोकमा आगो लाग्दा सबैभन्दा छिटो पुगेको दमकल आगो दन्किन सुरु भएको २५ मिनेटपछि मात्रै पुगेको थियो। 'पहिलो पटक आएको दमकल २५ मिनेटपछि आयो तर त्यसमा पानी धेरै थिएन,'…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिए। विपी मार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने सुनकोसी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्न पुगेका अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै 'बकबक गरिरहे' जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिएका थिए। पार्टीका…
काठमाडौं : आफ्नै अपहरणको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी पर्साको टोली झुटो हल्ला फैलाउने दुई जनलाई नियन्त्रणमा लिएको हो। विन्दवसिनी गाउँपालिका वडा नम्बर ४ मधुवल बस्ने २३ वर्षीय उपनेस चौरसिया र २१ वर्षीय सनुप दास तत्वालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमिन्द्रसिंह राठौरले जानकारी दिए। उपनेस चौरसियालै आफू अपहरण भएको हल्ला फैलाउन लगाएको एसपी राठौरले…
काठमाडौं : लागु औषध कारोबारी प्रहरीका लागि सधैं 'ठूलो माछा' हुने गर्छ। कदम्, त्यस्ता ठूला माछा जालमा पर्यो भने बढो तामझामका साथ सार्वजनिक गरिन्छ। अझ समातिने अभियुक्त विदेशी नागरिक रहेछ भने त ठूलै हल्लाखल्ला हुन्छ। पत्रकार सम्मेलन आयोजना हुनु सामान्य बन्छ त्यस्तो अवस्थामा। समातिएको कारोबारी स्वदेशी पर्यो भने कम्तिमा प्रेस रिलिज निकालेर प्रहरीले आफ्नो सफलताको राम्रै प्रचार गर्छ। यस्ता सबै…
काठमाडौं : प्रमाणले एउटा देखाउँछ तर अभियुक्तको बोली ठ्याक्कै उल्टो भएपछि परेन फसाद! अब गर्ने के? प्रहरीसामु सधैं तेर्सिने प्रश्न। प्रमाणलाई झुट भन्ने कि अभियुक्तको पत्यारलाग्दो शैलीको बोलीलाई? अभियुक्तले बोल्ने बोलीको सत्यता मापन गर्ने प्रविधि नभएको होइन। प्रहरीले प्रयोगमा ल्याउने यस्तै प्रविधि हो, पोलिग्राफ जसले झुट र साचोको सीमाना निर्धारित गर्छ। अहिले यसको प्रयोग नेपाल प्रहरीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
काठमाडौं: १२ वर्ष अगाडि एक युवतीको हत्या गरी फरार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रवार ललितपुरको सानेपाबाट सानु भनिने ३७ वर्षीय राजेश लामालाई पक्राउ गरेको हो। लामाले १२ वर्षअघि २२ वर्षीय युवती तारा भन्ने सुनिता लामालाई ललितपुरको इमाडोलमा छुरी हानी निर्ममतापूर्वक हत्या गरी फरार भएका थिए। ‘लामा पहिलेदेखि नै शंकाको घेरामा थिए। हामीले उनलाई खोजी…
आजभन्दा ठीक एक वर्ष अघि अर्थात् २०७५ साउन १० गते। बिहानै दुर्गादेवी पन्त घरबाट निस्किइन्। गाउँका अरु महिलाहरु पनि उनीसँगै निस्किए। वनबासा जानका लागि दुर्गादेवी आफैंले साथीहरुलाई खबर गरेकी थिइन्। घरमा तीन छोरीहरु मनीषा, निर्मला र सरस्वतीलाई छाडेर उनी सरसामान किन्नका लागि सीमावर्ती बजार गइन्, अरु बेलामा जस्तै। १२ वर्षअघि नै श्रीमान यज्ञराज पन्तले अर्की ल्याएपछि तीन छोरीको लालनपालनमा आफूलाई समर्पण…
काठमाडौं : केही दिनदेखि धनकमल गुरुङ हराएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी पर्यो। प्रहरीले गुरुङको खोजी थालिहाल्यो। तर, गुरुङमात्र भेटिएनन् उनीसँगै ठूलो परिमाणको सुनसमेत प्रहरीले बरामद गर्यो। अवैध रुपमा लुकाइराखेको करिब १२ किलो सुन गुरुङसँगबाट बरामद भएको हो। ओढारमा लुकिरहेको सूचनाका आधारमा प्रहरीले धार्चे गाँउपालिका ३ को खोर्लेसीस्थित एक ओढारमा छापा मारेको थियो जहाँ गुरुङमात्र भेटिएनन्, सुन पनि फेला पर्यो।…
४ बजेर २६ मिनेटमा एउटा म्यासेज आउँछ। ‘तिमीले नेताहरू चोर भनेर पोस्ट गरेको रहेछौ।' एकैछिनमा नै जवाफ आउँछ- 'उम् गरेको के भो त।' यति लेखेर स्माइली। 'तिमीलाई जेल हालौँ' एङ्ग्री इमोजी प्रयोग हुन्छ। सामान्य रूपमा मानिसले जेल हाल्ने व्यक्ति प्रहरी नै हो भन्ने बुझ्छन्। यी दुई बीचको च्याटमा एक जना प्रहरी भएको देखिन्छ। यस मानेमा कि च्याट गर्नेको प्रोफाइल पिक्चरमा नेपाल…
'हेलो! म जया बोलेको। तपाइलाई भेट्नु छ।' असार २८ गते कल आयो। 'को जया, के काम?' सौरभ( नाम परिवर्तन) एकछिन अलमल पर्छन्। तर जयाको फोन आउने क्रम रोकिदैन। दिनभर जसो समय समयमा फोन आइरहन्छ। जया खानले आफूलाई परिचय दिँदै सम्पर्क बढाइरहन्छिन्। उनीहरुको सम्पर्क अब फोनमा मात्र सीमित रहदैन। फेसबुक, इमो हुदै भिडियो च्याटसम्म पुग्छ। असार १ गते बेलुका उनीहरु भेटघाट हुने…
काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई गृह मन्त्रालयले अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौतीका रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा (बादल)ले स्वीकार गरेका छन्। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको जनाउँदै विप्लवप्रति मन्त्री बादलले सफ्ट टोन प्रकट गरे। 'संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह…
काठमाडौं: प्रतिबन्धित नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका उपत्यकाका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट चन्दा संकलन गरेको चार सय जनासँग चन्दा लिन तयार पारिएको सूची फेला परेको छ। शनिबार राति पक्राउ परेका लामाको चन्दा उठाउन तयार पारिएको लिस्ट भेटिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। लामाले सानादेखि ठुला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको थापाले बताए। उनलाई महाशाखाको टोलीले राति…
काठमाडौं : गत सोमवार जिल्ला अदालत कञ्चनपुरले दिएको एउटा फैसलाले धेरैको ध्यान खिच्यो। अदालतको यो फैसला सामान्य भन्दा केही फरक थियो। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको मुद्दामा जिल्ला अदालतले सोमवार पत्रकार खेम भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनायो। धेरैलाई लाग्यो यस्तो पनि हुन्छ र? न्यायाधीश…
काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई २५ दिनपछि धरौटी बुझाएर छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंको आदेश अनुसार तीन जनाले जनही तीन लाख रुपैयाँ धरौटी बुझाएर हिरासत बाहिर रहेर मुद्दा लड्न पाउने बाटो खुला भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी…
उफ्! अफिस कसरी जाने होला? बिहान आँखा खोलेदेखि नै यही प्रश्नले सताइरहेको थियो। रातिदेखि नै परिरहेको असारे झरीले नराम्ररी अत्त्याएको थियो। देशको केन्द्रीय राजधानी भएर के गर्नु, यस्तो सिकसिके बाटोमा? सडकमा केही मिटरको दुरीमा भेटिने भैसी आल बस्ने जस्ता दह पार गर्ने हिम्मत सजिलै जुट्दैन। नियमित झैं आज पनि मुलपानीदेखि १० किलोमिटरको दुरीमा रहेको पहिलोपोस्ट अफिस दरबारमार्ग पुग्नु थियो। सधैं झै…
काठमाडौः काठमाडौं मनसुनी वर्षाको चपेटामा परेको थियो। चारैतिर पानीले घेरिसकेको थियो। महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय पानीले भरिएको थियो। कार्यालयभित्र रहेका एक प्रहरीले काँधमा अर्का एकजनालाई बोकेर बाहिर निस्किए। दुवैले सुन्तला रङ्गको बर्षादी ओढेका थिए। काँधमा चढ्ने अरु कोही थिएनन्, प्रहरी नै थिए। बिहीवार रातिदेखि आएको वर्षाको कारण डुबानमा रहेको राजधानीको फोटो खिच्दै हिँडेका थिए- एजेन्सी फ्रान्स प्रेस (एएफपी) का…
काठमाडौ : सोमवार बिहानै समाचार आयो, ‘महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासत कक्षबाट चार जना कैदी फरार।‘ प्रहरी प्रभागका थुनुवाहरुलाई हिरासत कक्ष सुरक्षाका हिसाबले सामान्य किसिमका हुन्छन्। शौचालयको अवस्था पनि उस्तै नाजुक हुन्छन्। भएपनि थुनुवाहरु सजिलै भाग्न सक्ने अवस्था हुँदैन। भैंसेपाटी प्रभागबाट थुनुवाहरु शौचालयको झ्यालको ग्रील काटेर भागेको देखियो। झ्यालको ग्रील काट्नको लागि कम्तीमा पनि ह्याक्सो ब्लेडको आवश्यकता पर्छ। त्यसमाथि ग्रील काट्दा…
काठमाडौँ : भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएको छ। भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। एक प्रहरी जवान घाइते भएका छन्। भोजपुर नगरपालिका -७ स्थित पाँचधारे होटल नजिकै गोली हानाहान भएको हो। मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका एसपी रमेश थापाले जानकारी…