काठमाडौं : अदालतबाट पक्राउ पुर्जी जारी भएलगतै बलात्कार प्रयासको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोली महरालाई नियन्त्रणमा लिन आइतबार उनको सरकारी निवासमा पुगेको हो। बालुवाटारमा रहेको सभामुख निवास अगाडि प्रहरी पुगिसकेको छ। उनलाई नियन्त्रणमा लिइसकेको भन्ने चाहिँ खुलेको छैन। आइतबार नै जिल्ला अदालत काठमाडौंले महरालाई नियन्त्रणमा लिन प्रहरीलाई अनुमति दिएको थियो।…
काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। यससँगै प्रहरीले महरालाई नियन्त्रणमा लिएर बयान र अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ। संसद सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 'हाम्राकुरा अनलाइन'मा भिडियोसहित रिपोर्ट गत सोमबार प्रस्तुत गरेपछि घटना बाहिरिएको थियो। घटना बाहिरिएसँगै…
काठमाडौं : गत शनिवार काजीमान गोपालले कास्कीबाट कार्साङ डोल्मा तामाङको नाममा पि.आर. ३८५७२२२७६ नम्बरबाट पानस रेमिट्यान्समा ६० हजार रुपैयाँ पठाए। शनिवार परेकाले डोल्माले रकम निकाल्न पाइनन्। भोलिपल्ट उनी पुगिन् पानस रेमिट्यान्स पुगिन् र काजीमानले पठाएको रकमको नम्बर कोड दिएर पठाएको रकम सजिलै बुझिन्। तर, यसैगरी रकम पठाउने र निकाल्ने क्रम छिनछिनमै चलिरह्यो। फरक फरक नाम तर उति नै रकम ट्रान्सफर…
काठमाडौं : नेपालको बैंकबाट पाँच अर्ब रुपैयाँ लुट्ने योजनासहित परिचालित भएका १२ जना एजेन्टलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ। कृषि विकास बैंकका कर्मचारीको आइडी प्रयोग गरेर रकम झिकिएपछि अनुसन्धानमा परिचालन भएको महाशाखाको टोलीले उनीहरुलाई पक्रेको हो। 'भारतमा बसेर बैंकबाट पैसा लुट्ने योजना बनाएको देखिन्छ,' महाशाखाका एसएसपी सहकुल थापाले भने, 'उनीहरुले ५ अर्ब रुपैयाँ लुट्ने लक्ष्य लिएका रहेछन्।' काले भनिने…
काठमाडौँः कृषि विकास बैंकको खातामा रहेको करिब तीन करोड रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेको छ। बैंकको सिस्टम ह्याक गरेर विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको हो। बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको छ। खातामा रकम ट्रान्सफर गरेर झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं लगायत अन्य जिल्लाबाट उनीहरुलाई नियन्त्रणा लिएको हो। 'आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा…
काठमाडौं : प्रहरीले अपहरणको 'अभिनय' गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका बडा नम्बर ११ फुलबारी बस्ने ४२ वर्षीय नारायणप्रसाद पौडेललाई नियन्त्रणमा लिएको हो। असोज ४ गते गते दिउँसो करिब साढे १ बजे अपहरणमा परेको भनी प्रहरीलाई जानकारी गराएपछि प्रहरीले पौडेलको खोजी थालेको थियो। पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी राजकुमार केसीको मोबाइलमा…
काठमाडौं : असोज १ गते बिहानै कपनमा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परिन्। कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी थिइन्। कोठाभित्र हात र मुख सलले बाँधिएको अवस्थामा उनको शव भेटिएको थियो। शवको प्रकृतिले कमलाको हत्या भएको इसारा गरिरहेको छ। तर, हत्या नै हो भनेर…
काठमाडौं : गत भदौ २२ गते महानगरीय प्रहरी वृत्त बौद्धमा एउटा उजुरी पर्यो। उजुरीको विषय थियो - सुन सस्तोमा दिने भन्दै लुटिएको। लुटिएको रकम चाहिँ १० लाख रुपैयाँ। रकम लुटिएको २५ दिनपछि प्रहरीमा पुगेका थिए, नारायण श्रेष्ठ। प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बौद्धबाट एक जनालाई पक्राउ गर्यो। उनको साथमा भेटियो एक किलो सुन। श्रेष्ठलाई केही दिनअघि सोलुखुम्बु घर भएका नर्बु…
काठमाडौं : बुधवार दिउँसो शान्तिनगरमा गुड्दै गरेको एउटा जिपलाई एक युवकले हात दिएर रोके। भारतीय नम्बरको बिआर ३० पी ८६०७ को गाडी रोकियो। केहीबेरमै अरु युवा पनि थपिए र थाले खानतलासी। जीपमा थिए भारतको सीतामढी ३७ वर्षीय अभिषेक कुमार जयसवाल। जिप रोक्ने चाहिँ लागुऔषध नियन्त्रण व्यूरोबाट विशेष सूचनाको आधारमा खटिएको 'अप्रेसन' टोली। सिभिलमा रहेका प्रहरीलाई गाडीमा प्रतिबन्धित लागुऔषध भएको सूचना आएको थियो।…
काठमाडौं : काठमाडौंको गोलढुंगामा प्रहरीले साजन गुरुङलाई नियन्त्रणमा लिन गोली चलाएको छ। शुक्रवार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको गोलीले पटक पटक गुण्डागर्दीमा पक्राउ परेका साजन गुरुङलाई नियन्त्रणमा दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। दुवै खुट्टामा गाेलि लागि घाइते भएका गुरुङकाे विर अस्पतालमा उपचार भइरहेकाे छ। ‘प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएको…
काठमाडौं : काठमाडौंको गोलढुंगामा गोली चलेको छ। गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ। गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीसमेत हुन्। अपडेट : साजनमाथि किन चल्यो प्रहरीको गोली?
काठमाडौं : हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा यतिखेर प्रहरी नियन्त्रणमा छन्। थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो। थापासहित अन्य ८ जनालाई बुधवार अदालतमा उपस्थित गराएर ३ जनाको बयान लिइएको छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती…
काठमाडौं : काठमाडौंको उत्तरमा रहेको पुरानो बस्ती टोखामा बस्दै आएकी संस्कृति दाहाल (नाम परिवर्तन) तस्करको नजरमा परिन्। नेपाली एक महिला मार्फत् चिनियाँ तस्करले संस्कृतिलाई चीन लैजाने सपना देखाए। गाउँबाट केही समय अगाडि मात्र काठमाडौं आएकी उनका लागि चीन सपनाकै देश बन्न थाल्यो। भिजिट भिसामा चीन जाने अनि राम्रो आम्दानी हुने भएपछि संस्कृतिमा लोभ पलाउनु स्वाभाविक नै थियो। उनी चीन जाने…
काठमाडौं : घटना भएको १८ वर्ष बितिसकेपछि यस्तो परिस्थिति आउला भन्ने भीमसेन भण्डारीले सोचेका पनि थिएनन्। तर, सोचेकैजस्तो सधैं किन हुन्थ्यो? उनी एकाएक सोमबार भक्तपुरमा पक्राउ परे। भक्तपुर नगरपालिका - २ को बसपार्कबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई समात्यो। १८ वर्ष अघि भीमसेन २० वर्षका मात्र थिए, जतिखेर एउटा जघन्य अपराध भयो। २०५८ साल साउन ७ गतेको त्यही घटनाले उनलाई…
काठमाडौं : योगेशका बुवा गंगालाल अस्पतालको शैयामा छटपटाइ रहेका थिए। बुवाको उपचारको लागि नवलपरासी बर्दघाटका बालकृष्ण सुनचाँदी पसल सञ्चालन गर्दै आएका योगेश विक भने गत बिहीवार अर्कै धन्दामा थिए। बुवालाई अस्पतालमा कुरेर बसेका विकको मोबाइलमा पटक पटक फोन आएपछि बिरामी बुवा छोडेर उनी सामाखुसी बसपार्कतिर लागे। सुन व्यवसायी उनलाई कसैले सस्तोमा एक किलो सुन मिलेको भन्दै बोलाएका थिए। बसपार्कमा रहेको…
काठमाडौं : अवैध हतियार चिनियाँ पेस्तोल बोकी लुट्धन्दा मच्चाउने समूहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार प्रहरीले यस समूहका उनीहरुलाई दुई वटा चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, योर्सङ घले, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन्। प्रहरीकै हेयरस्टायलमा घर…
काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की 'जीवन्त' करिब पाँच महिना जेल जीवन बिताएर निस्किएका छन्। गत चैत १ गते कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि विभिन्न मुद्दामा म्याद थप गर्दै पाँच महिना प्रहरी हिरासतमा नै राखिरह्यो। सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले अहिलेसम्म विप्लवका ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ। सरकार र…
काठमाडौंः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयकमा दफावार छलफल जारी छ। संशोधनकर्ता तथा समितिका सदस्यहरुको धारणा बुझेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको प्रारम्भिक प्रतिवेदनमा अहिले दफावार छलफल भइरहेको छ। प्रतिवेदनको प्रस्तावना, सिद्धान्त, कर्मचारीको कार्यसम्पादन सम्झौता लगायतका केही विषयमा सहमति भइसकेको छ। अन्य विषयमा दफावार छलफल जारी छ। गत…
काठमाडौं : एटिएम नै ह्याक गरेर करोडौं नेपाली रुपैयाँ उडाउने चिनियाँको फरार हुने तयारी सुन्दा तपाइँलाई अनौठो लाग्न सक्छ। एटिएम ह्याकरहरुले आफू बच्नका लागि हेलिकप्टरको समेत प्रयोग गरेको देखिएको छ। चोरीका लागि हेलिकप्टरसम्मकै प्रयोग गर्नसक्ने भनेपछि अन्दाज गर्नुस् यिनीहरु कति तयारीका साथ भित्रिएका थिए नेपाल। गत शनिवार साँझ पौन ६ बजेतिर ठमेलमा रहेको डेस्को र नेपालयन मनी चेन्जरबाट चिनियाँ नागरिकहरु…
‘कोदो रोप्न आएको दिदी। केही दिनमा फेरि काठमाडौं नै जान्छु,' २० दिनअघिको भेटमा उमिताले बोलेको यो वाक्य अझै पनि ताजै छ चन्द्रकला राईको स्मृतिमा। कोदो रोपेर टिप्ने बेलामा फर्कने गरी काठमाडौँ गएकी उमिता अब कहिल्यै फर्किन्नन् भन्ने चन्द्रकलालाई एकछेउमा पनि लागेको थिएन। तर, गएको बुधवार बिहान बतासे शैलीमा आएको एउटा खबरले उनलाई स्तब्ध बनायो। खबर थियो - गौशालाको जंगलमा एउटै…