‘एक जना चिनियाँ भाषा बुझ्ने प्रहरी तत्काल दरबारमार्ग पठाइदिनुस् त।' शनिवार दिउँसो करिब साढे ४ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीको फोन कलले पर्यटक प्रहरी भृकुटीमण्डपमा तनाव नै भयो। के गर्ने? कसलाई पठाउने? एसएसपी सुवेदीले पर्यटक प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी होलान् भनेर फोन गरेका रहेछन्। तर, उनले सोचेजस्तो अवस्था थिएन। उपत्यकामा पर्यटकलाई पर्ने समस्याको जानकारी लिन…
काठमाडौं : शनिवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गतिर हुँइकियो। टोलीको कमाण्ड समालेका थिए - डिएसपी होविन्द्र बोगटीले। 'हाम्रो एटिएमबाट अस्वाभाविक रुपमा पैसा झिकियो। एउटै व्यक्तिले रकम झिकेको देखियो।' यो सूचनासँगै प्रहरी टोली हतारिएको थियो। गन्तब्य थियो, दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम। त्यहाँ पुग्दा रकम झिकिरहेका व्यक्ति गायव भइसक्ने भय पनि थियो जसले मिसन अपूरो बनाउन सक्थ्यो। करिव साढे…
काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले ठमेलमा रहेको डिस्को र नेपालय मनिचेन्जरका देवनाथ लामिछाने सहित रोसन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको हो। शनिवार माया मनोर बुटिक होटेलबाट फरार भएका व्यक्तिहरुले मनिचेन्जरमा पुगेर २९ लाख ९९…
काठमाडौं : एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो। ‘विशेष निगरानीको आधारमा नियन्त्रणमा लिएका छौँ। अहिले थप बयान भइरहेको छ,' परिसरका डिएसपी होबिन्द्र बोगटीले भने। प्रहरीले नियन्त्रणमा लिएका सु एटिएम ह्याकरमध्येका एक सदस्य भएको प्रहरीको…
काठमाडौः ‘हाम्रो एटिएमबाट अस्वाभाविक रुपमा पैसा झिकिएको छ। एउटै व्यक्तिले रकम झिकेको देखिन्छ।‘ शनिवार दिउँसो करिब ४ बजेतिर प्रभु बैंकका कर्मचारीको फोनले प्रहरीलाई झस्कायो। लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गमा रहेको एटिएम बुथतिर लाग्यो। नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिक जस्तै देखिने युवक पैसा झिकेर निस्किँदै थिए। उनी प्रहरीको शंकाको घेरामा परे। सिभिल ड्रेसमा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लियो। विदेशी भएकाले नेपाली बुझ्ने…
काठमाडौं : एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौँ रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन्। नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रवार उनीहरु पर्यटन भिसामा नेपाल प्रवेश गरेका थिए। पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए।…
सोल्टी होटेलबाट निस्किएपछि चोकैमा छ एउटा ब्युटी पार्लर। पार्लरमा महिलामात्र होइनन्, पुरुषलाई समेत मसाज लगायतको व्यवस्था छ। त्यसैले पुरुषहरुको पनि चहलपहल देखिन्छ यहाँ। करिब एक वर्षअघि चिनियाँ नागरिक जिङ थिङ जोङ पनि यही पार्लरमा पुगेका थिए। सोल्टी होटेलमा पुगेका सेवाग्रही पार्लरका पनि ग्राहक हुन्। व्युटी पार्लरकी सञ्चालक हुन् ४२ वर्षीया उषा कुमारी घिमिरे। लमजुङ घर भएर सानेपामा बस्दै आएकी घिमिरेको…
काठमाडौं : तिमीलाई केटा कस्तो लाग्यो? रीना तामाङ (बिबिरानी) सविना(नाम परिवर्तन)लाई सोध्छिन्। ठीकै लाग्यो। स्काइपमा देखिएका एक चाइनिज नागरिक क्वान जान पेनलाई हेरेपछि सविना विवाह गर्न तयार हुन्छिन्। क्वान जान र सविनाको स्काइपमा भर्चुअल भेटमात्र भएको हो। उनले यसअघि न त उनको नाम सुनेकी थिइन् न त चिनेकी नै। सविना बोलेको न पेनले बूझ्छन्। न सविनाले नै पेनको बोल्ने चिनियाँ भाषा। तर…
‘मिडिया! तपाईँहरूले के गर्नुहुन्छ? दिदी बिरामी छे।' पत्रकार हुँ भन्दै परिचय दिएलगत्तै कानमा बजारिएको चर्को आवाज थियो यो। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। अँअँअँ भन्दै अकमकाउनुको विकल्प थिएन। पत्रकार शालिकराम पुडासैनी प्रकरणमा केही कुरा पुष्टि गर्नु थियो। चितवन पुगेर घटनामाथि थप जानकारी संकलन गर्दा पुष्टि गर्नुपर्ने केही सूचना प्राप्त भएका थिए। पुष्टि अन्य व्यक्ति र निकायबाट सम्भव थिएन। शालिकरामकी…
काठमाडौं : गत साउन २० गते मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको विषय अझै पेचिलै छ। मृत फेला परेका पुडासैनीको संचारकर्मी रवि लामिछानेसँगको सम्बन्धले घटनालाई फरक मोड दियो। त्यो सँगै पुडासैनीको घटना आत्महत्या नभएर हत्या भएको समाचारले झनै मानिसमा भ्रम पैदा गरिदिएको छ। घटना भएको दिन पत्रकार पुडासैनी काठमाडौंबाट चितवन कसरी पुगे? उनी सिधै चितवन आत्महत्या नै गर्ने गएका थिए?…
काठमाडौं : गत साउन २० गते मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको विषय अझै पेचिलै छ। मृत फेला परेका पुडासैनीको संचारकर्मी रवि लामिछानेसँगको सम्बन्धले घटनालाई फरक मोड दियो। टेलिभिजनमा लोकप्रिय बनेका रवि पक्राउपछि त माहोल झनै तात्यो। प्रहरीले साउन ३० गते रविसहित ३ जनालाई पक्राउ गर्यो। दुई पटक म्याद थप गरेर अनुसन्धानपछि प्रहरीले अभियोगपत्र सरकारी वकिलमा बुझायो। अहिले जिल्ला…
काठमाडौः ‘पैसा नदिए मर्दिन्छु।‘ गरिमाले फेसबुकमा म्यासेज पठाएपछि सरोज केही हच्किन्छन्। शुरुमा उनलाई गरिमाले जिस्किएको जस्तो मात्र लाग्छ। त्यसपछि पनि गरिमाले पैसा माग्न छोड्दिनन्। ‘साँची भनेको विष खाएर मर्दिन्छु', सरोजलाई गरिमाले पैसा नदिए विष खानेसम्मको घुर्की लगाइरहन्छिन्। एकछिनमा सरोजको मोबाइलमा अर्को म्यासेजको घण्टी बज्छ। म्यासेज उनै गरिमाको। एउटा तस्बिर पठाएको हुन्छ। तस्बिर देखेपछि उनको खुट्टा लगलग काँप्न थाल्छ। गरिमाले पैसा…
चितवन : भुईँको एक छेउ पहेँलो नै हुने गरी केसरी छरिएको छ। कुस र सुकेका दुबोका टुक्रा पनि यताउती छरिएका। एउटा सानो बोतामा सुकेको केसरी र दुबो पनि देखिन्छ। अनि पानीको बोतल आधा भरिएको। चार तलामाथि उक्लिएपछि पुगिने यो साँघुरो कोठामा कसैले भर्खरै श्राद्ध गरेजस्तो देखिन्छ। कोठामा दुई वटा पलङ छन्, म्याट्रेस छ तर तन्ना छैन। एउटा पुरानो टिभी पनि देखिन्छ।…
काठमाडौं : गत बुधवार दिउँसो एक विदेशी नागरिक निलो रङ्गको सुटकेश घिसार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै थिए। अग्लो कद र कालो वर्णका उनी थिए, ३५ वर्षीय मार्सेल गुली। अफ्रिकी मुलुक आइभेरिकोष्टका उनी दोहा हुँदै काठमाडौं उत्रिएका थिए। विमानस्थलको भन्सार कक्षमा रहेको एक्स-रे मेसिनबाट लगेज बाहिरियो। उनी लगेज लिएपछि उनी बाहिरिन अघिमात्रै के बढेका थिए प्रहरीले उनलाई नियन्त्रणमा लिइहाल्यो। लागू औषध नियन्त्रण…
काठमाडौं: बिहीवार साँझ न्युज २४ टेलिभिजनको कार्यालयबाटै सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे। उनीसँगै अर्का पत्रकार युवराज कँडेललाई पनि प्रहरीले समात्यो। सञ्चारकर्मी लामिछाने पक्राउ पर्नुको एउटै कारण थियो पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण। साउन २० गते नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठामा सञ्चारकर्मी शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले उनलाई होटेलको कोठा रहेको पंखामा डोरी लगाइ मृत…
काठमाडौँ: पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी डिआइजी शैलेश थापाले जानकारी दिए। उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ। 'चितवन प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो,' डिआइजी थापाले भने। लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको…
काठमाडौंः लागुऔषध सहित प्रहरीले नेपाली सेनाका मेजरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय इटहरीले ३८ वर्षीय अजित प्रताव सिंहलाई नियन्त्रणमा लिएको हो। मोरङको हलगाडा वडा नम्वर २ स्थित आर्मी क्याम्प नजिकै रहेको खाजा घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए। 'विषेश सुचनाको आधारमा लागुऔषध सहित नियन्त्रणमा लिएका हौं।' डिएसपी खरेलले भने। लागुऔषध नियन्त्रण व्यूरो र इलाका…
काठमाडौं : बिहीवार एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी अस्पताल महाजगञ्ज पुगिन्। उनको स्वास्थ्यमा समस्या थियो। त्यसैले परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। उपचारका लागि अस्पताल पुगेकी उनलाई त्यहाँ रहेका एक प्रहरीले अप्रत्यासित रुपमा नियन्त्रणमा लिए। किन आफ्नै बर्दीमा खटिएका प्रहरीलाई नियन्त्रणमा लिए त? नियन्त्रणमा लिने प्रहरी उनीभन्दा तल्लो दर्जाका (सई) थिए। अस्पतालमै नियन्त्रणमा लिइएकी उनलाई सिधै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो।…
काठमाडौं : लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई बारम्बार पैसा माग गर्दै धम्की आइरहन्थ्यो। पछिल्लो पटक त २ करोड रुपैयाँ चाहियो भन्दै धम्की दिएका थिए। नदिए छोरीदेखि परिवारका अरु सबैलाई मार्न सुरु गर्छु भन्ने धम्की दोहोरिएपछि खड्का निक्कै आत्तिए। 'मार्छु नै भनेपछि बाध्य भएर प्रहरीकहाँ पुग्नै पर्यो,' खड्काले पहिलोपोस्टसँग भने, 'एकदमै धम्क्याएपछिमात्र प्रहरीकहाँ पुगेँ।' लामो समयदेखि तनावमा रहेका खड्का अहिले काठमाडौंमा नै…
काठमाडौं : लुटेराको समूहलाई नियन्त्रमा लिन महानगरीय अपराध महाशाखाको टोलीले दुई राउन्ड गोली प्रहार गरेको छ। प्रहरीले गोली हानेपछि अमृत तामाङ र लोप्साङ भनिने मिलन तामाङलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी केदार ढकालले पहिलोपोस्टलाई जानकारी दिए। 'दुवै जना रामेछाप घर भएका हुन्,' ढकालले भने, 'उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएका थिए।' उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घुँडामुनि गोली हानिएको ढकालले दावी…