PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • तीन वर्षे जोलीलाई एक वर्षपछि भए पनि मिल्यो सफलता

    तीन वर्षे जोलीलाई एक वर्षपछि भए पनि मिल्यो सफलता

    काठमाडौं : २०७५ भदौ ४ गते। देशको सबैभन्दा सुरक्षित स्थान सिंहदरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको घरभित्र एउटा अप्रत्यासित घटना घट्छ पुग्यो। सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या भयो। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए त पूर्वराजदुत केशव झा। बन्द कोठा भित्र हत्या कसले गर्‍यो? घरभित्र कै सदस्य भित्र शंकाको सुइ तेर्सिएको थियो। झाको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको हिरो, जसले अपराधीको पदचापलाई सजिलै गर्छ 'ट्रयाक'

    प्रहरीको हिरो, जसले अपराधीको पदचापलाई सजिलै गर्छ 'ट्रयाक'

    'हिरो सलुट गर' तर हिरो मानिरहेको थिएन। उल्टै उसकै आवाजमा केही भनिरहेको थियो। 'मैले भनेको मान्दैन। उसको गुरुलाई नै खोज्छ। गुरु सँगै रमाउँछ।' केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जमा भेटिएका प्रहरी नायव निरीक्षक (सई) रवीन्द्र थापाले सुनाए। रवीन्द्रले 'हिरो' कुनै व्यक्तिलाई सम्बोधन गरिरहेका थिएनन्। हिरो प्रहरीको तालिम प्राप्त कुकुर थियो। उनका ह्यान्डलर (कुकुरका गुरु) ले उनको नाम हिरो राखिदिएका थिए। 'बोलाउन सजिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले पूरा गर्‍यो महरामाथिको अनुसन्धान, सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा के छ?

    प्रहरीले पूरा गर्‍यो महरामाथिको अनुसन्धान, सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा के छ?

    काठमाडौं : बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान प्रहरीले सिध्याएको छ। बीस दिन अनुसन्धानपछि महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन शुक्रवार दिउँसो बुझाएको छ। अदालतले महराको अनुसन्धान गर्न प्रहरीलाई बिहीवारमात्र सात दिनको म्याद थप गरेको थियो। त्यस्तै, बिहीवारमात्र उनको डिएनए परीक्षण गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो। 'अनुसन्धान सक्काएर प्रतिवेदन पेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा नयाँ ट्विस्ट : भेजिनल स्वावबाट निकालिएको 'मेल कम्पोनेन्ट डिएनए' मै शंका

    निर्मला प्रकरणमा नयाँ ट्विस्ट : भेजिनल स्वावबाट निकालिएको 'मेल कम्पोनेन्ट डिएनए' मै शंका

    काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा फेरि नयाँ ट्विस्ट आएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्माला पन्तको बलात्कार प्रकरणमा अपराधीको पहिचान गर्ने 'अस्त्र' भनिएको डिएनए नै त्रुटिपूर्ण रहेको फेला परेको छ। यससँगै निर्मला प्रकरणमा परीक्षण गरिएका सबै डिएनए स्वत: अयोग्य बन्न पुगेको छ। डिएनए परीक्षणका लागि लिइएको भेजिनल स्वाब नै त्रुटिपूर्ण भएकाले यसअघि प्रहरीले अनुसन्धानका लागि गराएका परीक्षणहरुले कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • 'हामी यस्तै त हो नि ब्रो...' का गायक भिटेन पक्राउ, 'प्रहरीलाई डन्ठे भन्ने?'

    'हामी यस्तै त हो नि ब्रो...' का गायक भिटेन पक्राउ, 'प्रहरीलाई डन्ठे भन्ने?'

    काठमाडौं: पछिल्लो समय 'हामी यस्तै त हो नी ब्रो गीत'बाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई नियन्त्रणमा लिएको हो।'  गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको पाइयो,' महाशाखाका एसएसपी सहकुल थापाले भने। गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेका छन्। प्रहरीले केही दिनअघि मात्र…

    विस्तृतमा पढ्नुस्

  • कहिले 'स्यालुट' त कहिले हत्कडी! जनताबाट निर्वाचितहरुको लामबद्ध हिरासतयात्रा

    कहिले 'स्यालुट' त कहिले हत्कडी! जनताबाट निर्वाचितहरुको लामबद्ध हिरासतयात्रा

    काठमाडौं : सधैंजसो अगाडि पर्दा तनक्क तन्किएर सलाम ठोक्ने बानी परेका प्रहरीले पछिल्लो महिनादेखि केही फरक अनुभूति हुने गरी तिनै भिआइपीलाई पक्रिँदै हिरासतमा पुर्‍याउन पर्‍यो। असोज महिनामा मात्र प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि प्रदेश मन्त्रीलाई समेत गिरफ्तार गर्‍यो। सभामुखलाई नै समात्नुपर्ने अवस्था पहिलो अनुभव बन्यो नेपाल प्रहरीका लागि। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असोज १९ गते सभामुख कृष्णबहादुर महरालाई उनको सरकारी निवास…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रहरीकै घर भाडामा लिएर नक्कली नोटको कारखाना, रिचार्ज कार्डमा साट्थे नक्कली नोट

    पूर्वप्रहरीकै घर भाडामा लिएर नक्कली नोटको कारखाना, रिचार्ज कार्डमा साट्थे नक्कली नोट

    काठमाडौं : प्रहरीले सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई नक्कली नोटको कारोबार गरेको खुलेको हो। उनीहरुले नक्कली नोटको कारोबार गर्न भाडा लिएको घर नेपाल प्रहरीका पूर्व इन्स्पेक्टरको भएको खुलेको छ। करिब ७ महिना अगाडि उनीहरुले घर भाडामा लिएका थिए। भाडामा लिएपछि उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित, मुद्दाको प्रक्रिया अगाडि बढ्ने

    नेकपाका सांसद पार्वत गुरुङ अदालतमा उपस्थित, मुद्दाको प्रक्रिया अगाडि बढ्ने

    काठमाडौं : अदालतले पक्राउ पुर्जी जारी गरेका सासंद तथा ने क पा केन्द्रीय सदस्य पार्वत गुरुङ अदालतमा उपस्थित भएका छन्। आइतवार उनी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्। काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। वीरध्वज खड्काको…

    विस्तृतमा पढ्नुस्

  • 'बाघे' : गुण्डागर्दीका मात्र हैनन् ठगीका पनि नाइके!

    'बाघे' : गुण्डागर्दीका मात्र हैनन् ठगीका पनि नाइके!

    काठमाडौं: अनेक नाम भए पनि प्रहरीको रेकर्डमा धेरै भेटिने नाम हो सन्देश तामाङ (बाघे)। धेरैले उनलाई बाघे नामबाटै चिन्छन्। बाघेको लागि प्रहरी र प्रहरीका लागि बाघे नौलो होइनन्। राजधानीमा गुन्डागर्दी नियन्त्रण गर्नु पर्‍यो भने प्रहरीले बाघेलाई खोजेर हिरासतमा हालिहाल्छ। उनको पहिचान नै गुन्डा नाइकेमा परिचित छ। स्वयम्भू, बालाजुलगायतका क्षेत्रमा गुन्डागर्दी गर्दै आएका छन् बाघे। धाकधम्की लगायत गुन्डागर्दीमा बाघे १७ पटकभन्दा…

    विस्तृतमा पढ्नुस्

  • शहीद गंगालाल अस्पतालको सफ्टवेयर ह्यकिङ, फिरौती रकम नदिए सूचना लिक गरिदिने ह्याकरको धम्की

    शहीद गंगालाल अस्पतालको सफ्टवेयर ह्यकिङ, फिरौती रकम नदिए सूचना लिक गरिदिने ह्याकरको धम्की

    काठमाडौं: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सफ्टवेयर ह्याक भएको छ। ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ। यद्यपि अस्पतालकी प्रशासन प्रमुख बिमला अर्यालले अस्पतालको सिस्टम ह्याक भएको स्विकार गरिन्। पहिलोपोस्टसँगको कुराकानीमा अर्यालले भनिन्, 'अनुसन्धानमा भएको कुरा गोप्य राख्दा ठीक होला। हामीले सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • बालुवा गिट्टीमा ग्राहक ठग्न ट्रकमै ढलान र फलामे फ्रेम राख्छन् व्यवसायी, यसरी परे प्रहरीको फन्दामा

    बालुवा गिट्टीमा ग्राहक ठग्न ट्रकमै ढलान र फलामे फ्रेम राख्छन् व्यवसायी, यसरी परे प्रहरीको फन्दामा

    काठमाडौं: महानगरीय अपराध महाशाखाको टोलीले बालुवा, गिटीलगायत निर्माण सामाग्रीमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ। टोलीले शुक्रवार बिहान काठमाडौंका विभिन्न स्थानमा रहका निर्माण सामाग्री ढुवानी डिपोहरुमा अपरेशन सञ्चालन गरेको थियो। २३ वटा डिपोमा छापा मार्दा २३ वटाले नै उपभोक्तालाई ठगी गर्ने गरेको भेटिएको प्रहरीले जानकरी  दिएको छ। डिपो सञ्चालकहरुले निर्माण सामग्री ढुवानी गर्ने ट्रकहरुमा ढलान गरेर वा फलामको फ्रेम बनाएर उपभोक्ता…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका नेता कार्यकर्ता कुन प्रदेशबाट कति समातिए?

    विप्लवका नेता कार्यकर्ता कुन प्रदेशबाट कति समातिए?

    काठमाडौँ : बिहीवार प्रहरीले दाङबाट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ गर्‍यो। नेपाल–भारत सीमामा रहेको दाङको राजपुर गाउँपालिका–४ मुग्रेटा खोला स्थित जङ्गलबाट उनीहरुलाई बैठक बसिरहेकै ठाउँमा पुगेर प्रहरीले नियन्त्रणमा लिएको हो। सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुन २८ गतेदेखि प्रतिबन्धित गरेको छ। विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पत्नीले बहुविवाहको उजुरी गर्दा दोस्री पत्नीसँगको डिभोर्सपत्र : मिलापत्रतिर पुलिसको ध्यान!

    पहिलो पत्नीले बहुविवाहको उजुरी गर्दा दोस्री पत्नीसँगको डिभोर्सपत्र : मिलापत्रतिर पुलिसको ध्यान!

    काठमाडौं : २०७३ मंसिर २४ गते सरिता लम्साल (नाम परिवर्तन) र प्रविनबाबु ढकालको विशेष दिन थियो। काठमाडौंको गुहेश्वरी मन्दिरमा उनीहरु विवाह बन्धनमा बाँधिदै थिए। सामाजिक परम्परा अन्तरगत नै विवाह हुँदै थियो। जनप्रशासन क्याम्पसमा प्राविधिक पदमा कार्यरत प्रविनका घर परिवारले मागी विवाह गराएका थिए। विवाहपछिका केही दिन उनीहरुको राम्रैसँग नै बिते। त्यसपछि भने सरिताको जीवनमा खुशी भित्रिएन। बिहेको केही महिनामै दाइजोको…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा व्यवस्था 'अन्डर कन्ट्रोल' हुँदाहुँदै पनि महरा प्रकरणले डुबाएको प्रहरीको छवि

    सुरक्षा व्यवस्था 'अन्डर कन्ट्रोल' हुँदाहुँदै पनि महरा प्रकरणले डुबाएको प्रहरीको छवि

    काठमाडौँ: असोज १२ गतेदेखि प्रहरीले विशेष चाडपर्व सुरक्षा योजना लागू गर्‍यो। तर, त्यही रात देश नै हल्लाउने घटना हुन पुग्यो। प्रहरीको 'कन्ट्रोलभन्दा बाहिर' रहेको अपराध भयो। त्यति बेलासम्म प्रहरीको योजनामुताबिक सुरक्षा व्यवस्था चुकेको थिएन। त्यतिखेर अपराधको आरोप लागेका व्यक्तिलाई नियन्त्रणमा लिने त टाढाको कुरा, पीडितले दिएको जानकारीलाई समेत बेवास्ता गर्दै बसिरह्यो। सुरक्षा योजनामा सफलता पाइरहेको प्रहरी यही प्रकरणमा भने नराम्ररी…

    विस्तृतमा पढ्नुस्

  • ने क पाका अर्का सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी, भन्छन् 'म त चियापानमै छु, कहाँ फरार?'

    ने क पाका अर्का सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी, भन्छन् 'म त चियापानमै छु, कहाँ फरार?'

    काठमाडौं : सासंद तथा ने क पा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। वीरध्वज खड्काको जाहेरीले गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने…

    विस्तृतमा पढ्नुस्

  • योभन्दा 'लाइट' र हाउडे फिल्म पनि बनाउन सक्छु : दीपेन्द्र लामा

    योभन्दा 'लाइट' र हाउडे फिल्म पनि बनाउन सक्छु : दीपेन्द्र लामा

    पूर्व सिनेमा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'छ माया छपक्कै' अहिले प्रदर्शनरत छ। यसअघि घामपानी र गोपीको निर्देशन गरेका लामाको तेस्रो फिल्ममा 'थी डी'को समायोजन छ- दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामा। अघिल्ला दुई फिल्मलाई फरक रुपमा प्रस्तुत गरेर अलग पहिचान बनाउने होडमा हिँडेका लामा यतिखेर मूलधारे व्यावसायिक फिल्म बनाउने टीमसँग 'टीम अप' भएर मैदानमा उत्रिए। त्यसैको प्रतिफल…

    विस्तृतमा पढ्नुस्

  • सरकारी वकिलको कार्यालयमा महराको पौन दुई घण्टा बयान : स्वास्थ्य समस्या देखाउँदै आलटाल !

    सरकारी वकिलको कार्यालयमा महराको पौन दुई घण्टा बयान : स्वास्थ्य समस्या देखाउँदै आलटाल !

    काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलवार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ। नर्भिक अस्पतालबाट महरालाई सीधै सरकारी वकिल कार्यालय लगिएको थियो। करिब पौने २ घण्टा सरकारी वकिल कार्यालयमा महराको बयान लिइएको छ। शुरुमा महराले आफू अस्वस्थ भएको भन्दै बयान दिन आनाकानी गरेका थिए। तर, वकिलले बयान जहिले भए पनि लिनैपर्ने अडान राखेपछि उनी बयान…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि अपहेलना मुद्दाको तरबार झुन्डिँदा पक्राउ परे सांसद आलम

    प्रहरीमाथि अपहेलना मुद्दाको तरबार झुन्डिँदा पक्राउ परे सांसद आलम

    काठमाडौँः पहिलो संविधानसभा निर्वाचन पूर्वसन्ध्याको घटना। धेरैले बिर्सिसकेको एउटा अत्याशलाग्दो बम विस्फोट प्रकरण। प्रहरीको अनुसन्धान फाइल थन्किएको अवस्था थियो। अभियोजनकर्ता निकायले प्रहरी प्रतिवेदन थन्क्याएको थियो। घटनाको १२ वर्ष बितिसकेको थियो। तर, आइतबार बिहानबाट १२ वर्षको घटनाक्रम एकाएक चर्चामा आयो। कारण, उक्त बमकाण्डको आरोपितमध्ये एक वहालवाला सांसद् मोहम्मद अफताब आलम पक्राउ पर्नु। आलम रौतहट २ बाट कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।  किन…

    विस्तृतमा पढ्नुस्

  • सी काठमाडौंमा उत्रिँदा ३० जना हिरासतमा, के भारतको धर्मशालाबाट विरोधका लागि आएका थिए?

    सी काठमाडौंमा उत्रिँदा ३० जना हिरासतमा, के भारतको धर्मशालाबाट विरोधका लागि आएका थिए?

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा ३० जना शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फ्री तिब्बत मुभमेन्टमा संलग्नहरुको चिनियाँ राष्ट्रपतिविरुद्ध हुनसक्ने गतिविधिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३० जनालाई पक्राउ गरेको हो। राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं उत्रिसकेका छन्। उनको आगमनअघिदेखि नै सुरक्षा निकायको बलियो उपस्थिति छ काठमाडौंमा। तीनवटै सुरक्षा निकाय सी जिनपिङविरद्ध…

    विस्तृतमा पढ्नुस्

  • सरकारी निवासबाट महराको हिरासत यात्रा : बलात्कारको दावी भएको ७ दिनपछि समातिए पूर्व सभामुख

    सरकारी निवासबाट महराको हिरासत यात्रा : बलात्कारको दावी भएको ७ दिनपछि समातिए पूर्व सभामुख

    काठमाडौं : बालुवाटारस्थित सरकारी निवासबाटै कृष्णबहादुर महरा पक्राउ परेका छन्। यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई रातो कारमा प्रहरीले सभामुख निवासबाट निकालेको थियो। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ। बालुवाटारमा रहेको सभामुख निवासमा प्रहरीले पक्राउ पूर्जी हात पारेलगत्तै निगरानी थालेको थियो। आइतवार नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell