काठमाडौं : अर्काको खाता प्रयोग गरेर चेक मार्फत् रकम झिक्ने 'चोर'हरुलाई प्रहरीले सार्वजनिक गरेसँगै नेपाली बैंकहरुको सुरक्षामा प्रश्न उठेको छ। के बैंकका सेवाग्रहीहरुको रकम सुरक्षित त छ? छ भने कसरी? जब कि सजिलै फर्जी कागजपत्र बनाएर चोरदेखि ह्याकरहरुले निरन्तर बैंकबाट लाखौंलाख रुपैयाँ झिकिरहेका छन्। यस्ता घटनामा बैंकका कर्मचारीको मिलेमतो हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेका छन्। बुधवार प्रहरीले सार्वजनिक गरेको घटनामा…
काठमाडौं : नक्कली कागजपत्र बनाइ अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने ६ जनाको गिरोहले मुक्तिनाथ विकास बैंकमा पनि कारोबार गरेको खुलेको छ। प्रहरीले बुधवार गिरोहका ६ जनालाई सार्वजनिक गरेपछि सो समूहले आफ्नो बैंकमा समेत कारोबार गरेको जानकारी गराएको हो। 'मुक्तिनाथ बैंकबाट हामीलाई कारोबार भएको जानकारी आएको छ। कसको खाता हो? के हो? थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौका…
समय : आइतवार दिउँसो करिब ३:३० बजेको हुँदो हो। गोपालमान राजबहाकको मोबाइलमा घन्टी बज्यो। फोन उठाए। आवाज चाहिँ परिचित थिएन। 'म जनता बैंकबाट बोलेको। केही प्राविधिक गडबडी आएको छ। डेढ घण्टा जति मोबाइल अफ गर्नुहोला।' सिस्टममा समस्या आएको ब्रिफिङ सहित मोबाइल अफ गर्न दिइएको सुझाव उनले तत्कालै पालन गरे। मोबाइल अफ भयो। उनले करिब सात बजेतिर मोबाइल अन गरे। तोकेको…
काठमाडौं : नक्कली कागजपत्र बनाइ अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोहका ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्। उनीहरुले जनता बैंकबाट १९ लाख ९ हजार रुपैयाँ निकालेको खुलेको प्रहरीले जनाएको छ। उनीहरुबाट १८ लाख ५०…
काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री हेरफेर गरे। नयाँ सासंदले मन्त्री हुने मौका पाए भने पुराना केही मन्त्री घर फर्किन बाध्य भए। त्यसै मध्येका एक हुन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित। २०७४ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसको केही समयपछि मन्त्रालय परिवर्तन गर्दै पण्डित सामान्य…
काठमाडौं : जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको 'तुच्छ सजाय' अन्तर्गत कारगार पठाएको छ। मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवान सहित एक घण्टा कारागार पठाएको हो। पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन्। जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो। मुद्दामा जिल्ला…
‘धेरैतिरको आश मरिसक्यो। अब एउटा आश उहाँको मात्र छ। जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।' मलिन अनुहार पारेर छोटुले यस्तै सुनाए। उनको भनाइ र अनुहारको भावभंगीले प्रस्ट पारिरहेको थियो - धरै तिरबाट धोका खाइसके यिनले। अनि जीवनसँगै हार मानिसकेका पनि। हातमा दुई वटा झोला, त्यसभित्र केही लत्तकपडा र दजनौं कागजपत्र। ‘कति पटक धाइसके अझै भएकै छैन। कहिले के कहिले के, आज…
काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योति रिहा हुने भएका छन्। उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ। 'पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भयो,' सरकारी वकिल कार्यालयका एक वकिलले भने। अब रुपज्योति हाजिरी जमानीमा छुट्ने भएका छन्। यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी…
काठमाडौं : आठ वर्षअघि भारतमा बेचिएकी नेपाली चेलीको उद्दारसँगै उनलाई बिक्री गर्ने महिलालाई पनि प्रहरीले समाउन सफल भएको छ। मानव बेचविखन व्यूरोको टोलीले १५ वर्षीया बालिका बेचेको अभियोगमा नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर ६ की ५० वर्षीया कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामालाई बुधवार नियन्त्रणमा लिएको हो। १५ वर्षको कलिलो उमेरमा बेचिएकी बालिका २२ वर्षको हुँदा उद्दार भएको हो।…
काठमाडौं : पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिको अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले प्रहरीलाई नै फिर्ता पठाएको छ। अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले बिहीवार फाइल फिर्ता पठाएको हो। बुधवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। प्रहरीको अनुसन्धानमा ठगी भन्ने प्रष्ट खुल्न नसकेपछि फिर्ता पठाएको सरकारी वकिल कार्यालयले जानकरी…
'घरबाट पैसा झिका, नत्र मार्दिन्छौं।' बारम्बारको धम्की। चारजना एकै ठाउँमा। दक्षिण पूर्व अफ्रिकाको मुलुक मलावीको ब्लान्टायर शहरको एक घरमा बन्धक बनाइएका उनीहरुसामु धम्की जारी थियो। धन कमाउने र सुखी जीवनको सपनाले अमेरिकासम्मको गन्तव्य बनाएका उनीहरुलाई यस्तो दिन आइलाग्ला भन्ने कल्पनासमेत थिएन। तर, सोचे जस्तो किन हुन्थ्यो? गुल्मीका २२ वर्षीय सरोज जीसी, २४ वर्षीय निरोज रोकाया, २६ वर्षीय रविन रेग्मी र…
काठमाडौं: पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति पक्राउ परेसँगै प्रहरीले उनकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको हो। अध्यक्ष रुप ज्योतीलाई बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। ' छोरीलाई पनि हिजो नै नियन्त्रणमा लिएका हौं। अनुसन्धान भइरहेको छ।' महानगरीय प्रहरी…
विरामीका कारण सुस्ताएको चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली यसरी सक्रिय देखिए कि उनको आलोचना गर्नेहरु हेरेको हेर्यै रहे। किड्नीले काम गर्न नसकेपछि ग्रान्डी अस्पतालमा उपचार गराएका ओलीको डायलासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको दुई दिन लगातार डायलासिस गरियो जबकि उनलाई फलो-अपका लागि मात्र त्यहाँ लगिएको थियो। अप्रत्यासित रुपमा प्रधानमन्त्रीको डायलासिस गरिएपछि प्रश्न उठ्नु स्वभाविक थियो - प्रधानमन्त्री अब सक्रिय…
काठमाडौं : केही दिनअघि भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भयो। काभ्रेका विकास तामाङको व्यासीतर्फबाट आउँदै गरेको बा ४ ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका कमल बिनायक नजिकै रातिको समयमा ठक्कर दिएको थियो। मृत्यु हुने श्रेष्ठ पैदलयात्रु थिए। यो एउटा प्रतिनिधि घटना मात्र हो। सवारी साधनको ठक्करको कारण जेब्राक्रसिङदेखि फुटपाटसम्म हिडिरहेका पैदलयात्रुको दुर्घटनामा मृत्यु भएको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखासँग…
काठमाडौं : लक्ष्मी पूजाको अघिल्लो रात महाराजगञ्जबाट पक्राउ परेका 'हाइप्रोफाइल' जुवाडेहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले दोस्रो पटक सात दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको हो। १० दिनदेखि हिरासतमा रहेका यी धनाड्य जुवाडेले प्रहरीको चिसो हिरासतमा कष्टकर रुपमा रात बिताइरहेका छन्। त्यसैले नै हो, उनीहरुमध्ये केही अदालतमा बन्दी प्रत्यक्षीकरणमा रिट दिए कसैले उपचारको बहानमा…
काठमाडौं : काभ्रेको नमोबुद्ध ८ स्थित तल्लो हटियामा मृत अवस्थामा फेला परेका दम्पतीको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। मंगलवार बिहान प्रहरीले घरभित्र श्याकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकमायालाई मृत अवस्थामा फेला पारेको थियो। घटनाको प्रकृति हेर्दा दुवै जनाको खुर्पा प्रयोग गरी हत्या भएको देखिएको छ। 'हामीले बिहान जानकारी पाएपछि घटनास्थल पुगेर हेर्दा खुर्पा प्रयोग गरेर हत्या गरेको…
काठमाडौं : आइतवार दोलखाको मुडे देउरालीबाट काठमाडौं आइरहेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुन पुग्यो। बस सडकबाट सुनकोसी नदीमा खस्यो। नदीमा पानीको बहाव बढी भएकाले उद्धारमा समस्या पर्यो। यस दुर्घटना पारी मर्नेको संख्या १७ पुगिसकेको छ। दुर्घटनाको कारण के थियो ? तिब्र गति ? सडक वा यान्त्रिक खराबी? कि चालकको लापरबाही ? गत बिहीवारमात्रै मेलम्चीबाट काठमाडौं आउँदै गरेको बस शंकरापुर नगरपालिका–४…
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरा २५ दिनदेखि हिरासतमा छन्। एक महिलामाथि उनकै कोठामा पुगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ उनीमाथि। शुक्रवारदेखि जिल्ला अदालतमा बहस समेत शुरु भइसकेको छ यो विषयलाई लिएर। सभामुख महराले भने सरकारी वकिलदेखि अदालतसम्म दिएको बयानमा आफू पीडित महिलाको कोठामा नै नपुगेको दावी गर्दै आएका छन्। तर, प्रहरीको अनुसन्धान र अन्य व्यक्तिको बयानले भने महरा…
काठमाडौं : केही समययता पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा चोरीले आतंक मच्चाउने एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भारतीय नागरिक रघुबरप्रसाद साहलाई नियन्त्रणमा लिएको हो। साहले केही महिनादेखि तीन जिल्लामा रातिको समयमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'हामीले पहिलेदेखि नै निगरानी गरिरहेका थियौं। यसपटक भने समात्न सफल भयौं,' इलाका प्रहरी कार्यालय…
काठमाडौं : तीन दिनदेखि रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई प्रहरी हिरासतमा छन्। विद्यार्थी राजनीतिमा उच्च तहसम्म पुग्ने सम्भावना बोकेका नेता राईलाई संगीन आरोप लागेको छ। उनीमाथि लागेको आरोप पुष्टि भएमात्र १० वर्षभन्दा बढी कैद सजाय हुनेछ। भाइटीकाको अघिल्लो दिन ( कार्तिक ११) राईले एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले मंगलवार बिहान नियन्त्रणमा लिएको हो।…