PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

  • एनसेल विस्फोट रियाक्सनः विप्लवको गाउँमा ७ घन्टासम्म प्रहरीको सर्च

    एनसेल विस्फोट रियाक्सनः विप्लवको गाउँमा ७ घन्टासम्म प्रहरीको सर्च

    काठमाडौं : प्रहरीले बिहीवार बिहान कपिलवस्तुको शिवराज नगरपालिकाभित्रको अंचलपुर लगायतका स्थानमा सर्च अपरेसन गरेको छ। प्रहरीले लामो समय लगाएर सर्च गरेको यो ठाउँ नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्र विक्रम चन्द विप्लवको क्षेत्र हो। सर्चकै क्रममा भाग्न खोज्दा प्रहरीको गोलीबाट ४० वर्षीय दुर्गाबहादुर रोका घाइते भएका छन्। उनी विप्लव नेतृत्वको नेकपाका स्थानीय नेता हुन्। छापा मार्न खोज्दा भाग्न खोजेपछि गोली प्रहार…

    विस्तृतमा पढ्नुस्

  • ज्यान लिनेगरी भएको विस्फोटमा संलग्न भन्दै समातिए राजु कार्की

    ज्यान लिनेगरी भएको विस्फोटमा संलग्न भन्दै समातिए राजु कार्की

    काठमाडौं : एनसेल विस्फोट प्रकरणमा प्रहरीले भूमिगत रुपमा सक्रिय रहेका विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता राजु कार्कीलाई पक्राउ गरेको छ। कार्की नेपाल कम्युनिस्ट पार्टीको किसान महासंघका अध्यक्षसमेत हुन्। प्रहरीले कमलपोखरीमा रहेको आँगन स्विट्समा शंकास्पद वस्तु छाड्ने व्यक्तिको खोजी गर्दा कार्कीको संलग्नता फेला पारेको थियो। त्यसैका आधारमा उनलाई प्रहरीले हिजो पक्रेको हो। आँगनमा कार्यरत तीन कर्मचारीलाई हटाएपछि उनीहरु विप्लव नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको सहज सवारीका लागि हेलिकप्टर दुर्घटनाका पाँचवटा शव बोकेका गाडी जाममा!

    राष्ट्रपतिको सहज सवारीका लागि हेलिकप्टर दुर्घटनाका पाँचवटा शव बोकेका गाडी जाममा!

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई सहज बनाउँदा राजधानीमा आज असहज दृश्य देखियो। हेलिकप्टर दुर्घटनामा परी निधन भएका पाँच जनाको शव बोकेका गाडीहरु टुँडिखेलबाट सहजै निस्किए पनि दरबारमार्ग-कमलादी खण्डमा भने नराम्ररी ट्राफिक जाममा फसे।  राष्ट्रपति भण्डारी आफै श्रद्धाञ्जली अर्पणका लागि टुँडिखेल पुगेकी थिइन्। तर, ट्राफिक व्यवस्थापनको तालमेल नमिलाउँदा उनैले श्रद्धाञ्जली अर्पण गरेर पुष्पगुच्छा चढाइएका शवहरु भने केही समय उनकै सवारी चलाउँदा…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरमा सिट नपाउँदा जो भाग्यले बाँचे...

    हेलिकप्टरमा सिट नपाउँदा जो भाग्यले बाँचे...

    काठमाडौँ : सांसद विजय सुब्बा बुधवार बिहान एउटा फोनको प्रतीक्षामा थिए। फोन गर्नेवाला थिए पर्यटन मन्त्री रवीन्द्र अधिकारी। फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म घण्टी बजेन। सिंहदरबारमा बिहान राज्य व्यवस्था समितिको बैठक बसिरहेको थियो। नागरिकता विधेयकमा छलफल चलिरहेकै थियो। सांसद सुब्बालाई मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनको लागि सँगै जान…

    विस्तृतमा पढ्नुस्

  • अर्जुन घिमिरे : मन्त्री अधिकारीको सुरक्षामा साथ दिँदादिँदै मृत्यु पनि साथसाथै

    अर्जुन घिमिरे : मन्त्री अधिकारीको सुरक्षामा साथ दिँदादिँदै मृत्यु पनि साथसाथै

    काठमाडौं : बुधवार बिहान हेलिकप्टर दुर्घटनामा सात जनाको निधन भयो। मृत्यु हुनेको नामको सूचीमा एक थियो अर्जुन घिमिरे। घिमिरे को हुन् त? नेपाली सेनाका ३६ वर्षीय जमदार हुन् अर्जुन घिमिरे।  कालीदल गणको दरबन्दीबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सुरक्षाका लागि परिचालित थिए उनी। जमदार घिमिरे मन्त्री अधिकारीको सुरक्षा कमान्डमा गत भदौ १० गतेदेखि सुरक्षामा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय भन्छन् : दुर्घटना हुँदा चर्को हिउँ र हुरी!

    स्थानीय भन्छन् : दुर्घटना हुँदा चर्को हिउँ र हुरी!

    काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटना किन भयो र कसरी भयो भन्नेमा धेरैको चासो छ। आखिर हाइप्रोफाइल मन्त्री, कर्मचारी र व्यवसायी लिएर उडेको हेलिकप्टर कसरी दुर्घटना हुन पुग्यो त? बिहानदेखि नै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा विमास्थल निर्माण क्षेत्रको अवलोकन गर्ने पुगेका थिए। यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटना : जीवित कोही रहेनन्, मन्त्री र पिएसओको शव पहिचान, अरु चिनिएनन्

    हेलिकप्टर दुर्घटना : जीवित कोही रहेनन्, मन्त्री र पिएसओको शव पहिचान, अरु चिनिएनन्

    काठमाडौ : हेलिकप्टर दुर्घटनामा सबै सात जनाको निधन भएको दुखद् खबर प्राप्त भएको छ। पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ यात्रु र एक पाइलटको मृत्यु भएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा सातै जनाको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।  आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभरा जाँदै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टर दुर्घटनास्थलमा ६ शव भेटिए, एक जनाको खोजी जारी

    हेलिकप्टर दुर्घटनास्थलमा ६ शव भेटिए, एक जनाको खोजी जारी

    काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा ६ जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। दुर्घटनामा परेका एक जनाको भने खोजी भइरहेको छ। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र छ जनाको शव फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • 'मौसम खराब छ, नजानुस्' भन्दाभन्दै उडेको थियो हेलिकप्टर

    'मौसम खराब छ, नजानुस्' भन्दाभन्दै उडेको थियो हेलिकप्टर

    काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। बिहान देखिनै मन्त्री अधिकारी तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकन गर्न पुगेका थिए। यहाँ आएपछि ताप्लेजुङमा रहेको पाथिभारा मन्दिरको दर्शन गर्न भन्दै एयर डाइनेस्टीको नाइन एन एएमआइ…

    विस्तृतमा पढ्नुस्

  • #Breaking पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

    #Breaking पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

    काठमाडौं : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। 'दुर्घटना भएको खबर आयो,' राईले भने, 'तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।' दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट प्रकरणः नेकपाका नेता भुजेल पक्राउ, मुख्य अभियुक्त भएको प्रहरीको दाबी

    नख्खु विस्फोट प्रकरणः नेकपाका नेता भुजेल पक्राउ, मुख्य अभियुक्त भएको प्रहरीको दाबी

    काठमाडौँः ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रबार राति भएको विस्फोटको अनुसन्धान गरिरहेको प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेललाई नियन्त्रणमा लिएको छ। प्रहरीले भुजेल मुख्य अभियुक्त भएको दावी गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरोको टोलीले भुजेललाई काठमाडौँको कलंकीबाट पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए। घटनाको बेला उनी नख्खुमै रहेको प्रहरीको दावी छ।  विस्फोटको जिम्मा विप्लव समूहले लिइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • एक ठिटो जसले जिल्लाका प्रहरी प्रमुख र सिडिओलाई नै फनफनी घुमायो

    एक ठिटो जसले जिल्लाका प्रहरी प्रमुख र सिडिओलाई नै फनफनी घुमायो

    काठमाडौं : सोमवार दिउँसो पोखराको लेकसाइडमा रहेको तेन्जिङ हिलारी होटेलबाट वडा प्रहरी कार्यालय बैदाममा फोन आयो - ‘एक युवकले होटेलमा बसेर खाएको पैसा नतिरेर लफडा गरिरहेको छ।'  प्रहरी टोली होटेल पुग्यो। प्रहरी होटल पुग्दा 'म सहसचिव स्तरको मान्छे,' भन्दै ती व्यक्ति कराउँदै थिए। होटेलवाला भने त्यहाँ बसेको खर्च ३५ हजार रुपैयाँ माग्दै थिए। सहसचिव भनेपछि प्रहरी समेत केही हच्कियो। ती…

    विस्तृतमा पढ्नुस्

  • हत्या गर्नेले स्वीकार्दा पनि प्रहरीको 'हाउजिङ' बाहिरै विस्फोटका दोषी

    हत्या गर्नेले स्वीकार्दा पनि प्रहरीको 'हाउजिङ' बाहिरै विस्फोटका दोषी

    काठमाडौँ : एनसेल कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिए पनि अधिकांश चिनिएका नेताहरु प्रहरीको 'हाउजिङ'भित्र अटाउन सकेका छैनन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाको जिम्मेवारी लिइसकेको छ। आइतबार साँझ नेकपाका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली विस्फोटको जिम्मेवारी लिएका थिए। तर, अहिलेसम्म विप्लव नेतृत्व समूहका केन्द्रीय तहका नेता भने…

    विस्तृतमा पढ्नुस्

  • एनसेलमा पड्काउने, अन्त तर्साउने :  विप्लव रणनीति

    एनसेलमा पड्काउने, अन्त तर्साउने :  विप्लव रणनीति

    काठमाडौं : शुक्रवार राति ६ वटा प्रदेशका २० जिल्लाका विभिन्न स्थानमा एनसेल टावर र भवनमा करीब करीब एकै समयको फेरोमा आक्रमण भयो। ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा राति ८ बजे भएको विस्फोटको घटनाले धेरैलाई त्रसित बनायो। सुरक्षित भनिएको राजधानी उपत्यकामै एक जनाको ज्यान जानेगरी घटना हुनुले सुरक्षाको अवस्थामाथि पनि प्रश्न उठ्यो। घटनमा परी दुई जना घाइते भए।  ज्यान जानेगरी भएको घटनाको…

    विस्तृतमा पढ्नुस्

  • नख्खु विस्फोट : एनसेलकै सुरक्षा गार्ड नियन्त्रणमा, विप्लवका ज्वाइँ शंकाको घेरामा

    नख्खु विस्फोट : एनसेलकै सुरक्षा गार्ड नियन्त्रणमा, विप्लवका ज्वाइँ शंकाको घेरामा

    काठमाडौँ : एनसेल कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा एनसेल कार्यालयकै सुरक्षा गार्डसमेत छन्। एनसेलकै सुरक्षा गार्डलाई चाहिँ प्रहरीले किन लियो नियन्त्रणमा? शुक्रवार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। उनको पाटन अस्पतालमा पोस्ट मार्टम हुँदैछ। विस्फोटमा परी घाइते…

    विस्तृतमा पढ्नुस्

  • युट्युवबाट सिकेर नक्कली नोट : यसरी फन्दामा परे प्रेमी-प्रेमिका

    युट्युवबाट सिकेर नक्कली नोट : यसरी फन्दामा परे प्रेमी-प्रेमिका

    काठमाडौँ : नक्कली नेपाली रुपैयाँ छाप्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।  वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली मंगलवार मकवापुरको हेटौंडा ९ घर भएका ३३ वर्षीय प्रेमबहादुर तामाङ र २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए। उनीहरुको साथबाट १९ हजार नक्कली नोट फेला परेको छ। उनीहरुले माघ २२ गते पोखरा महानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • राजीनामाबारे न्यायाधीश जोशीको रिप्लाइ : सबै जिम्मेबारीबाट हटाइयो, अनि किन बसिरहनु?

    राजीनामाबारे न्यायाधीश जोशीको रिप्लाइ : सबै जिम्मेबारीबाट हटाइयो, अनि किन बसिरहनु?

    काठमाडौं : सर्वोच्च अदालतबाट विवादित न्यायाधीश दीपकराज जोशीले मंगलवार बिहान राजीनामा दिए। प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाएका जोशीले पहिलोपोष्टसँग प्रतिक्रिया दिँदै भने, 'मलाई सबै जिम्मेवारीबाट हटाइयो। अनि म किन बसिरहनु त?' प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि…

    विस्तृतमा पढ्नुस्

  • जुस र चाउचाउले लोभ्याएर बलात्कार, हत्यापछि नाचगानमै फर्किएका थिए निरज

    जुस र चाउचाउले लोभ्याएर बलात्कार, हत्यापछि नाचगानमै फर्किएका थिए निरज

    काठमाडौँ : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषा वटेश्वर वडा नम्बर ४ घर भएका २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको हो। मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी  रेश्मा भनिने दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला…

    विस्तृतमा पढ्नुस्

  • एकाएक नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको गाडीसँग जोडिएको क्राइम कनेक्सन

    एकाएक नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको गाडीसँग जोडिएको क्राइम कनेक्सन

    काठमाडौं : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा करिब एक महिना अगाडि एउटा उजुरी पर्‍यो। उजुरी मानिस हराएको भन्नेमा थियो। आफ्नो भाइ हराएको भन्दै दाजुले उजुरी दिएका थिए। उजुरीको आधारमा प्रहरीले खोजी थाल्यो। केही दिन अगाडिमात्र हराएका ती व्यक्ति फेला पनि परे। उनी फेलामात्र परेनन्, उनीसँगै एउटा रहस्यमय घटनाको पर्दाफास पनि हुन पुग्यो। प्रहरीमा हराएको भन्दै उजुरी परेका व्यक्ति अरू कोही नभएर…

    विस्तृतमा पढ्नुस्

  • केटीको निहुँमा साथीकै हत्या, यसरी भयो विभत्स घटना

    केटीको निहुँमा साथीकै हत्या, यसरी भयो विभत्स घटना

    काठमाडौं : आफूसँगैको किशोरीसँग बिहेको कुरा गरेको निहुँमा पोखरामा युवकले आफ्नो टिनएजर साथीको हत्या गरेका छन्। 'केटी'का विषयमा विवाद भएपछि १४ वर्षीय सचिन सिंजालीको हत्या भएको हो। उनको हत्या अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मगलवार पर्वत जिल्ला मल्लाज बस्ने २१ वर्षीय बेनी काले भनिने कुमार गर्बुजालाई पक्राउ गरेको डिएसपी रविन्द्रमान गुरुङले जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell