मिति : २०७५ असोज १३ गते स्थानः कपन, काठमाडौँ २६ वर्षकी प्रकृति राई कोठामा झुन्डिएको अवस्थामा फेला परिन्। कोठाको भित्तामा झुल टाँग्न ठोकिएको किलामा सलको पासो बनाएर आत्महत्या गरेको प्रहरीको मुचुल्कामा देखियो। ओखलढुङगा लिखुबृन्दा गाउँपालिका घर भएका प्रकृतिका श्रीमान् प्रकाश खत्री भने पेन्टरको काम गर्छन्। उनीहरूको विवाह भएको पाँच वर्ष बितिसकेको थियो। प्रहरीले घटनाको अनुसन्धान गर्यो। डाक्टर र प्रहरीको रिपोर्टले…
काठमाडौँ : ‘तिम्रो घर पहिले नै धरौटीमा राखिएको रहेछ। अब फेरि अर्काको नाममा राख। अनि ऋण निकाल।' राजन लिम्बु (परिवर्तित नाम)लाई पाल्पाका चिनजानका अर्याल थरका एक व्यक्तिले सुझाव दिए। कुरो दुई वर्ष अघिमात्रको हो। राजनलाई अस्ट्रेलिया जान भूतले छोपिसकेको थियो। तर, विदेश जानका लागि आवश्यक पर्ने रकम साथमा थिएन। घर धान्दै आएका बुबाको पनि पाँच वर्ष अगाडि नै मृत्यु भइसकेको…
काठमाडौँ : गएको चैत २८ गते मन्त्रिपरिषद्को बैठकले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गर्यो। खनालले फूली लगाएको २४ घण्टा पनि बित्न नपाउँदै महानिरीक्षकको प्रतिस्पर्धामा डिआइजी रमेश खरेलले राजीनामा दिए। खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सँगै निरीक्षकको परीक्षा उत्तीर्ण गरी…
काठमाडौँ : माघ १० गते साँझ। मनिष गुप्ता रात्रि बस चढेर जनकपुरदेखि काठमाडौं आइपुगे। जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ बस्ने गुप्ता वैदेशिक रोजगारीको सिलसिलाका क्रममा विगत दुई वर्षदेखि काठमाडौं धाइरहेका थिए। तर, यसपटक गुप्ताको काठमाडौँ यात्रा अलिक फरक थियो। काठमाडौँमा ओर्लिएपछि गुप्ता काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर खरिबोट स्थित बबिता साहको घरतिर लागे। साह र गुप्ता धनुषामा छिमेकी समेत हुन्। उनी…
‘लाऊ यो खाऊ।‘ माघ १२ गते राति अब्बास अन्सारीले ममताको हातमा ब्रेडचप (पाउरोटीभित्र आलु हालेर मैदामा चोपेको एक परिकार) राखिदिए। ममताले सहजै स्वीकार गरिनन्। भनिन्, ‘ मलाई खान मन छैन।‘ अब्बासले पटक-पटक खान कर गरिरहे। ममताले खाने मनै गरिनन्। अनि अब्बास त्यहाँबाट हिँडे। माघ १३ गते, बिहान। विराटनगरको बलुवाहीबाट एउटा डरलाग्दो खबर चारैतिर फैलिन्छ। १० वर्षकी रुमती दासको शव सिङ्गिया…
‘तिमीलाई हङकङ पुर्यायो आइडी कार्डैले मलाई घाइते बनायो तिम्रै आइडीले।' झन्डै दुई दशक अगाडि गायिका सत्यकला राईले गाएको यो गीत जीवन श्रेष्ठ (परिवर्तित नाम) को जीवनसँग ठ्याक्कै मेल खाएको छ यतिखेर। 'गीत त ठ्याक्कै मिलेजस्तो छ त?' प्रहरीले सोधे। ३२/३३ वर्षका देखिने जीवनले भने - 'त्यस्तै भयो सर के गर्ने?' जीवन काठमाडौँको रैथाने। बालाजुमा घर। गीतको प्रसंग कुनै दोहरी वा रेस्टुराँमा उठेको…
काठमाडौं : बुधवार दिउँसो प्रहरीमा एउटा खबर आयो- लाजिम्पाटको खोर्सानीटारमा रकम लुटियो। महानगरीय अपराध महाशाखाको टोली खोर्सानीटार पुग्यो। प्रहरी घटनास्थल पुग्दा एक युवक अर्थ बेहोस अवस्थामा थिए। प्रहरीले तत्काल ती युवकलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्यायो। बेहोसीको हालतमा थिए- स्याङ्जा नगरपालिका वडा नम्बर ११ घर भइ हाल धापासी हाइट बस्ने २३ वर्षीय तिलकराम अधिकारी। अस्पतालको रिपोर्टमा देखियो अधिकारीलाई बेहोस…
काठमाडौं : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरू सार्वजनिक भएपछि यति बेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। तर, सार्वजनिक सवारी साधनभित्र नै अश्लील क्रियाकलाप गर्ने युवक को थिए भन्ने अझै पत्ता लाग्न सकेको छैन। उक्त व्यक्तिको पहिचान नै नखुलेपछि कारबाहीको दायरमा आउने त कुरै भएन। तर, महानगरीय अपराध महाशाखाको टोलीले पुरुषको खोजी सुरु गरिसकेको छ। गाडीको पहिचान भइसकेको…
काठमाडौँ : ‘पुलिससित भिड्न आए हामीलाई पनि हतियार बोक्न मात्र दिएको होइन। परेको अवस्थामा प्रयोग पनि भइहाल्छ,‘ प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले मंगलबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कार कार्यक्रम भने। यस्तो अभिव्यक्ति दिएको २४ घन्टापनि नबित्दै बुधबार बिहानै सप्तरीमा ३५ वर्षीय दीपेन्द्र चौधरी प्रहरीको ‘इन्काउन्टर’मा मारिए। चौधरी प्रहरीको खोजी सूचीमा थिए। तर के चौधरीलाई नियन्त्रण लिन प्रहरीले गोली नै चलाउनु पर्ने…
काठमाडौँ : गएराति करिब १२ बजेतिर रुपन्देहीमा प्रहरीसितको मुठभेडमा मारिएका व्यक्ति सिद्धार्थनगर नगरपालिका - ६ गल्लामण्डीका केदार साहनी भएको पुष्टि भएको छ। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका साहनीको सिद्धार्थनगर नगरपालिका १० देशार पोल्ट्री फार्म अगाडिको चोक नजिकै प्रहरीसँगको जम्काभेट हुँदा गोली लागेर मृत्यु भएको हो। ‘ड्युटीमा रहेका प्रहरीसँग जम्काभेट भयो। उनीहरूले फायर खोलेपछि प्रहरीले जवाफी फायर खोलेको हो। प्रहरीको गोली…
काठमाडौँ: विवेकशील साझा पार्टी फुटेको छ। पार्टीका एक संयोजक रहेका उज्वल थापाले शुक्रवार नै निर्वाचन आयोग पुगेर नयाँ दलको लागि निवेदन दिएका छन्। केन्द्रीय सदस्यमध्ये १६ जनाले निर्वाचन आयोग पुगेर निवेदन दिएका हुन्। २०७४ साउन ११ गते विवेकशील र साझा पार्टीबिच एकीकरण भएको पार्टी किन फुट्यो? विवेकशील साझा पार्टी केन्द्रीय सदस्य रञ्जु दर्शनासँग पहिलोपोस्टका सम्वाददाता सविन ढकालले गरेको कुराकानी तपाईहरुको…
काठमाडौं : ‘हाम्रो एउटा गोप्य अनुसन्धान छ। प्रहरीलाई सहयोग गर्नुहोला,' चौध दिनअघि कमलादीको तिरुपति होटेलमा पुगेका एक व्यक्तिले भने। करिब ५ फिट ७ इन्च उचाई र खाइलाग्दो शरीर। 'हाम्रो अपरेसनमा मान्छेको बाक्लो आवत जावत हुनसक्छ। यो सबै कुरा गोप्य राख्नु होला। अनुसन्धानमा कुनै बाधा नहोस्,' उनले बेलाबखत होटेल व्यवस्थापकलाई भनिरहेका थिए। उनको कोभर्ट अपरेसन के होला? कुनै ठूलै गिरोहलाई समात्न…
काठमाडौँ: हाल प्रचलनमा रहेको नेपाली भिसा स्टिकर सुरक्षाको हिसाबले गुणस्तर नभएको भन्दै अध्यागमन विभागले मेसिन रिडेबल भिसा ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षभित्रमा नै केही भिसाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मेसिन रिडेबल बनाउने अध्यागमनका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए। महानिर्देशक पौडेलले भने, ’अहिले हस्तलिखित भिसाको कारण विभिन्न समस्या आएका छन्। अब केही महिनाभित्रमा नै हामी मेसिन रिडेबल भिसा प्रचलनमा ल्याउँदै छौँ।…
कति भयो?-शिवराम पौडेल सोध्छन्। १८ लाख २२ हजार रुपैयाँ-साहुजीको जवाफ। टोखामा रहेको रामप्रसाद श्रेष्ठको रक्सीको डिलरबाट विभिन्न महँगा ब्रान्डका रक्सी किनेर गाडीमा लोड गरेपछि पौडेलले साहुलाई १८ लाखको चेक थमाउँछन्। १८ लाखको रक्सी बिक्री भएपछि साहु पनि मक्ख। चेकसँगै शिवराम आफ्नो नागरिकतासमेत देखाउँछन् श्रेष्ठलाई। नागरिकता देखाएर विश्वास जित्नु थियो। नागरिकता काभ्रेपाल्चोकबाट जारी भएको उल्लेख हुन्छ। रक्सी लिएर शिवराम बाटो लाग्छन्।…
काठमाडौं : 'मामा तपाईँलाई भेट्न आउनुभएको छ।' 'मामा' सम्बोधन गर्दै एक युवकले भित्रपट्टि हेर्दै बोलाए। बाहिरबाट ढोका जस्तो देखिने र केही रडले बेरिएको खोपीबाट आवाज आयो- 'को आउनुभएको हो? बस्दै गर्नुहोस् भन्नुहोला, म आइहाल्छु।' 'त्यहाँ बस्दै गर्नुहोस्। एकछिनमा मामा आउनुहुन्छ रे।' सायद, उनी भित्रपट्टि केहीमा व्यस्त थिए। पुसको दिन भए पनि काठमाडौंमा बिहानैदेखि लागेको घाम पारिलो थियो। आगन्तुक बस्नको लागि…
काठमाडौं : काभ्रेकी कुसुम कायस्थ र अफ्रिका आइभरीकोस्टका ओतुटा अकाकागनीबीच भर्चुअल भेट भयो, फेसबुक मार्फत्। च्याटले दुवैलाई जोड्यो। यो जोडाइ यति गहिरियो कि उनीहरु बिहेका लागि तयार भए। अभौतिक भेटबाट भौतिक भेट हुनुअघि नै बिहे टुंगो लाग्यो। काभ्रे घर भएकी ३२ वर्षीय कुसुमलाई भेट्न ओतुटा काठमाडौं उत्रिए। अन्तर्देशीय बिहे पनि भयो यी दुईबीच। त्यसपछि ओतुटा नेपालमा मै बस्नथाले। ठग्ने काइदा…
काठमाडौँ : ‘प्रहरीले खोजी गरिरहेको छ। भेट्ने बित्तिकै ठोक्छ रे।' सिन्धुलीमा एकाएक फैलिएको यो खबरले लालकाजीको मुटु नहल्लिने कुरै भएन। के गर्ने? कसो गर्ने? लालकाजी समूहका मानिसहरूको भेला नै भयो। काठमाडौँ जिल्ला अदालतबाट हतकडी सहित भागेर बुधवार राति ससुराली गाउँ सिन्धुली पुगेका 'अपराधी' हुन् लालकाजी तामाङ। उनीसँग जोडिएका विभिन्न समूहको भेला बसिरहेको थियो। भेलामा केहीले सल्लाह दिन्थे भागेर भारत (दिल्ली)…
काठमाडौं : रातिको करिब ८ बजेको थियो। घरको गेट खुल्लै थियो। तीन युवकहरू गेटबाट घरभित्र छिरे। उनीहरुलाई कसैले रोकटोक नै गरेन। घर थियो जडीबुटीस्थित गणेशमान श्रेष्ठको। त्यसको केही समयमा करिब १० जनाको समूह घर नजिकै पुग्यो। केही युवक घरभित्र छिरे। बाँकी रहेका युवकले घरलाई घेरा हाले। उनीहरू परिचित युवा थिएनन्। केही बेरमा एउटा रहस्य खुल्यो। पहिले घरभित्र छिरेका तीन जना…
काठमाडौं : नसुल्झिएको बलात्कार र हत्याकाण्डमा धेरैखाले 'प्लट'हरु एकपछि अर्को गर्दै देखा परे। पछिल्लो पटक पटाक्षेप भएका पात्र हुन् प्रदीप। यी तिनै हुन्, जसलाई देखाएर रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममै भनेका थिए - निर्मला पन्तको हत्यारा फेला परिसकेको छ। कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन सातासम्म नियन्त्रणमा लिएका १७ वर्षीय प्रदीप रावलले हिरासतबाट…
काठमाडौं : प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले सपथ ग्रहणका लागि गण्डकी प्रदेश सभामा निवेदन दिएका छन्। सर्वोच्च अदालतको आदेश अनुसार मनाङ्गे गत शुक्रबार रिहा भएका हुन्। रिहा भएलगतै मनाङ्गेले विशेष कारणले शपथ ग्रहण लिन नपाएको भन्दै बिहीवार पुनः सपथ ग्रहणको व्यवस्था मिलाइदिन निवेदन दिएको गण्डकी प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए। पहिलोपोस्टसँग सचिव खड्काले भने,…