काठमाडौँ: केही सातादेखि राजधानीमा नक्कली नेपाली नोटको बिगबिगी छ। प्रहरीले बजारमा भएका नक्कली नोट खोजी गरिरहेको छ। केही दिन अगाडि मात्र प्रहरीले नक्कली नोटको कारोबार गर्ने पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। नक्कली नोटका मुख्य कारोबारी इन्द्रबहादुर श्रेष्ठले पाँच लाख बराबरको नक्कली नोट छापेको दाबी गरिरहेका छन्। तर प्रहरीले ३ लाख ८० हजार रुपैयाँका नक्कली नोट बरामद गरेपनि अरू…
काठमाडौँ: सवारी चालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को वितरण सहज बनाउन निजी कम्पनीले पनि लाइसेन्स छाप्न सुरु गरेका छन्। यातायात व्यवस्था विभागले मात्र छाप्दै आएको लाइसेन्स माग अनुसार वितरण गर्न नसकेपछि निजी कम्पनीलाई पनि छाप्ने अनुमति दिइएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार मालिका इन्कर्पोरेट प्रालिले छपाई अनुमति पाएको हो। कम्पनीले ४/५ दिनदेखि परीक्षणका रुपमा छापिरहेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। प्रवक्ता उपाध्यायले…
काठमाडौं: गत भदौ १० गते महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी चोरी भयो। छिमेकमा हल्लाखल्ला मच्चियो। परिवार छरछिमेक शिशुको खोजीमा लाग्यो। कतै भेटिइनन्। हराएको करिब २ घण्टापछि प्रहरीलाई खबर गर्यो। प्रहरी शिशुको खोजीमा लाग्यो। केही समयपछि औरही ८ स्थित जंगलमा शिशुको शव फेला पर्यो। शिशुको शरीरबाट रगत बगिरहेको थियो। बालक त भेटिइन् तर कसले यस्तो गरायो…
काठमाडौं: प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राती किर्तीपुर नगरपालिका मच्छेगाँउ ४ बाट पक्राउ गरेको हो। कोठा भाडामा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटकालागि आवश्यक कागज र नक्कली नोट समेत बरामद गरेको छ। प्रहरीले…
काठमाडौँ: प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति मच्छेगाँउबाट पक्राउ गरेको हो। कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ। प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी…
काठमाडौँ : शरीरमा पहेँलो वस्त्र, हातमा कमण्डलु र निधारमा खरानी। काम दिनभर काठमाडौँका घर-घरमा पुगेर माग्ने। भारत घर भएका जगनाथ जोगी र राजवीर जोगीको दैनिकी थियो। आफूलाई जोगी र माग्ने बताउने यी दुई जना प्रहरीको फन्दामा परे। प्रहरीको हात लागेसँगै उनीहरूको राज खुल्यो। जोगीको भेषमा चोरको 'खबरी'। महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र वृत्त जनसेवाले केही दिन अगाडि भारतको हैदरावाद घर…
काठमाडौं : गुन्डा नाइके गणेश लामा छुटेका छन्। हतियार खरखजाना मुद्दामा सजाय भुक्तान गरिरहेका लामा सोमवार रिहा भएका हुन्। सोमवार उनी कैद भुक्तान गरेर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए। एसएसपी लामाले भने, '७ महिनाको कैद थियो। कैद समय भुक्तान गरेर निस्किएका हुन्।' गत फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा…
काठमाडौँ : दशैंको समयमा सबैलाई नयाँ नोटको रहर लागेको छ। यही मौका छोपी कारोबारीहरुले नक्कली नोट बजारमा लग्ने गरेको भेटिएको छ। प्रहरीले सोमबार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नेपाली रुपैयाँको नक्कली नोटसहित ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुर बस्नेतलाई पक्राउ गरेको हो। काठमाडौँको महाबौद्धबाट १ हजारका १० वटा नक्कली नोटसहित बस्नेतलाई…
काठमाडौं : सनम शाक्य हत्या र सुन प्रकरणमा प्रहरीले आइतबार संयुक्त अरब इमिरेट्समाबाट प्रकाउ गरी काठमाडौँ ल्याइएका ३२ वर्षीय बेनु श्रेष्ठको प्रहरीले बयान लिएको छ। सोमवार बिहान श्रेष्ठसँग सरकारले सुन प्रकरण बारे छानबिन गर्ने गठित उच्चस्तरीय छानबिन समितिका केही सदस्यले बयान लिएका हुन्। बयानमा श्रेष्ठले आफ्नो सुन तस्करीमा संलग्नता रहेको स्वीकार गरेको एक प्रहरीले जानकारी दिए। 'सुरुमा त गोरे लगायत…
काठमाडौँ : 'प्रहरीभित्र लेनदेनको कुरा सुनिरहेको छु। आजबाट सुन्न नपरोस्,' प्रहरीले आर्थिक लेनदेन गरिरहेको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही दिनअघि आफू मातहतका कर्मचारीलाई चेतावनी दिए, 'अब म सहन सक्दिनँ।' उनी यति मै रोकिएनन्। केही दिनअघि महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको घटना ताजै थियो। उनले…
काठमाडौँ : काठमाडौंको मच्छिन्द्र* बहाल चोक नजिकै ३५ वर्षीया सिर्जना विकलाई पछाडिबाट कसैले च्याप्प समाउँछ। उनी झस्किन्छिन्। सिम्पल कुर्ता सुरुवाल लगाएकी, चिटिक्क कोरेको केश। भलादमी देखिने सिर्जनामाथि कसले शंका गर्ला - उनी लुटेर होलिन् भनेर। तर, लुटेर भाग्दै गरेको अवस्थामा सिर्जनालाई सिभिलमा खटिएको प्रहरीले नै पक्र्यो। रूप र पहिरनले उनको अपराध के छोपिन्थ्यो। 'अपराधी जस्तो भेषमा पनि हुन सक्छन्'…
काठमाडौँ: सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए। सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ।
काठमाडौँ : बुझाएको १२ दिनसम्म गोप्य राखिएको निर्मला हत्याबारे छानबिन समितिको प्रतिवेदन अपराधीको छेउछाउसमेत पुग्न सकेको छैन। तर सूक्ष्म अध्ययन र विश्लेषण गर्ने हो भने देखिन्छ, प्रतिवेदनले एउटा शक्तिशाली व्यक्तितर्फ स्पष्ट संकेत गरेको छ। यो त्यस्तो शक्तिशाली व्यक्ति हो जसका लागि प्रहरी भएका प्रमाण नष्ट गर्दै हिँड्छ, नक्कली अभियुक्त खडा गरी नक्कली प्रमाण बनाउँदै हिँड्छ। शंकास्पदलाई बचाउन प्रमाण जुटाउँदै हिँड्छ।…
काठमाडौँ : 'नो वन किल्ड निर्मला।' किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको सत्य तथ्य विवरण छानबिन गर्न गठित समितिको ३७ पेजको प्रतिवेदनको एकै वाक्यको सार यही हो। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनेको पाँच सदस्यीय छानबिन टोली लर्तरो भने थिएन। यसमा तीन सुरक्षा अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य थिए। साथमा सात नम्बर…
काठमाडौँ : निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रमाणको खोजीमा जुटिरहेको प्रहरीले सिसिटिभी क्यामेराबाट केही ‘क्ल्यु’ पाउन सक्ने आशा राखेको थियो। तर सिसिटिभी क्यामेराको हार्डडिस्क ‘रिकभर’ नभएपछि यो प्रयास पनि असफल हुन पुगेको छ। भीमदत्त नगरपालिका अन्तर्गत घटनास्थल र शंकास्पद गएको होटल ओपेरा वरपर राखिएका १७ वटा क्यामरामध्ये केही फुटाइएको, केही बन्द भएको देखिएको भन्दै स्थानीय आक्रोशित बनेपछि प्रहरीको ध्यान…
काठमाडौँ : शुक्रबार राति अबेर खबर आयो- मूलपानीस्थित जुवा खेलिरहेको एउटा घरमा प्रहरीले छापा मार्दा साढे तीन तलाबाट हाम्फालेर भाग्न खोज्दा दुई जना घाइते भए। प्रहरी स्रोतबाट आएको खबरमा दुवै ‘सिकिस्त’ भएको भनिएको थियो। शनिबार बिहानसम्ममा ती दुई जना युवकको मृत्यु भएको खबर पुष्टि भयो। जुवा खेलेको अभियोगमा गिरफ्तार भएकाहरुलाई अदालती प्रक्रियामा मुद्दा नै चलाइए पनि दुई सय रुपैयाँ धरौटीमा…
काठमाडौं : दशैंको मुखैमा प्रहरीले छापा मार्दा जुवाको खालबाट भाग्न खोज्ने दुई जनाको छतबाट खसेर मृत्यु भएको प्रहरीले दावी गरेको छ। काठमाडौंको कागेश्वरी मनोहरा वडा नम्बर ७ मा जुवाखाल चलेको सूचना पाएपछि प्रहरी परिचालन भएको थियो। गए राति जुवाखालमा प्रहरी पुगेको थियो। चेन गेट लगाएर जमिरहेको जुवा खालमा प्रहरी पुगेपछि भागाभाग भएको प्रहरीले जनाएको छ। जुवाखालमा प्रहरी पुग्नासाथ सरोज घले…
काठमाडौँः बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेको तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले ज्ञवालीलाई भारतबाट पक्राउ गरेको हो। महाशाखाले उनलाई नेपाल ल्याइसकेको छ। मुद्दामा दोषी भई फरार रहेका ज्ञवालीलाई अब फैसला कार्यान्वयनका लागि पेस गरिनेछ। ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालतले पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो। त्यसयता…
काठमाडौं: 'खै त सुन तस्कर? सार्वजनिक गर्नु पर्यो।' बुधवार महानगरीय प्रहरी परिसर काठमाडौं परिसरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारको प्रश्न र आग्रह थियो यो। सबैलाई सुन तस्कर हेर्ने हुटहुटी थियो। परिसरले मंगलवार साँझ साढे सात बजे पाँच किलो सुनसहित पक्राउ गरेका अभियुक्तलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो। प्रहरी पनि घटनाको सबै वृत्तान्त सुनाएर सुन तस्करी सार्वजनिक गर्ने तरखरमा थियो।…
काठमाडौं: गत भदौ १७ गते काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा प्रहरीले नियन्त्रणमा लिन गोली चलाएका भनिएका सिटिभी मोबाइल कम्पनीका सञ्चालक किसान राई पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए। एसपी लामाले भने, 'राईलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेका छौं।' एक युवतीले राइले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएकी थिइन्।…