काठमाडौं : निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेष्ट हुने भएको छ। प्रहरी प्रधान कार्यालयले निलम्वित एसपी डिल्लिराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो। आइतवारमात्र घटनाको छानविन गर्न डिआइजीको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हो। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आवश्यकताअनुसार पोलिग्राफ टेस्ट लिइने तयारीमा रहेको जानकारी दिए।…
काठमाडौ : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न नेपाल प्रहरीले पुनः अर्को समिति गठन गरेको छ। आइतवार डिआइजीको नेतृत्वमा थप चार सदस्य छानविन समिति गठन गरेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको उनले बताए। सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक…
काठमाडौं : देशकै सुरक्षित स्थान सिंहदरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको घरभित्र एउटा घटना घट्छ। सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या हुनपुग्छ। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए, पूर्वराजदुत केशव झा। घटना भएको एक महिना वितिसक्दा पनि हत्यारा त परको कुरा, घटनाको कारण समेत प्रहरीले पत्ता लगाउन सकेको छैन। राजधानीमा भएको घटना भए पनि यस विषयले कतै कही आन्दोलित बनाएको छैन,…
काठमाडौँ : निर्मला पन्त बलात्कार-हत्या काण्डमा विवादित एसपी डिल्लीराज बिष्टको डिएनए परीक्षण हुने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै टोलीसमेत गठन गरेको छ। टोलीले एसपी विष्ट, विष्टका छोरा किरण, भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण गर्न रगत पठाएको नेपाल प्रहरीका प्रवक्ता एसएपी शैलेस थापाले बताए। उनले भने, 'हामीले रगत…
काठमाडौँ : हरेक दिनजसो नयाँ ट्विस्ट जोडिएको निर्मला पन्तको बलात्कार पछिको हत्याको ५० दिन पुगेको छ। यति लामो समयसम्म दोषी पहिचान हुन नसकेको यो केसमा अनुसन्धानमाथि नै अनुसन्धान हुनेक्रम बढेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानमाथि नै फेरि प्रहरीको अर्को टोलीले अनुसन्धान सुरु गरेको छ। जटिल प्रकृतिका अनुसन्धानका लागि स्थापित केन्द्रीय अनुसन्धान व्यूरो(सिआइवी) पनि निर्मला पन्त प्रकरणमा विवादित बन्न…
काठमाडौँ : १३ वर्षीय किशोरी निर्मला पन्तको अनुसन्धान दिनदिनै रहस्यमय बन्दै गएको छ। ४८ दिन बितिसक्दा पनि हत्यारासम्म प्रहरी पुग्न सकेको छैन। उल्टै प्रहरीको अघिल्लो अनुसन्धानको कमजोरी खुल्दै जाँदा प्रहरी सङ्गठनकै शाख लगातार गिर्दो छ। भदौ ७ गते सरकारले घटनाबारे छानबिन गर्न बनाएको समिति सदस्यको राजिनामाले अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न खडा गर्यो। समितिका सदस्य तथा उप-सचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गर्दै…
काठमाडौं : चर्चित र नसुल्झेको कञ्चनपुरको निर्मला बलात्कार-हत्याको अनुसन्धान गर्न गठित छानविन समितिबाट राजिनामा दिएका उप सचिव वीरेन्द्र केसीले राजिनामा फिर्ता गर्दै पुन: अनुसन्धान समितिमा रहेर काम गर्ने भएका छन्। समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजिनामा गरेका केसीले भर्खरै गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजिनामा फिर्ता लिएको जानकारी दिए। आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले नाटकीय…
काठमाडौँः १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रकाउ परेका दिलीपसिंह विष्टको मंगलवार रिहासँगै घटनाले अर्को मोड लिएको छ। कञ्चनपुर अदालतले प्रमाण नपुगेको भन्दै विष्टलाई रिहा गर्न आदेश दिएको हो। करिब डेढ महिनाको अनुसन्धानसम्म पनि मुख्य अभियुक्त भनिएका व्यक्ति रिहासँगै प्रहरी अनुसन्धान पुनः शून्यमा पुगेको छ। बलात्कारको मुख्य अभियुक्त मानिएका विष्टविरुद्ध कुनै प्रमाण जुट्न नसकेपछि बोलाएको बेला उपस्थित हुने…
काठमाडौः मालपोत कर्मचारीको मिलेमत्तोमा ६ करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरि बिक्री भएको खुलेको छ। अर्काको नामको जग्गा कीर्ते कागजपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले मालपोत कार्यालयका अधिकृतसहित चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल मालपोत कार्यालयमा कार्यरत अधिकृतसहित चार जनलाई सोमवार दिउँसो नियन्त्रणमा लिएको हो। मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु…
काठमाडौं : झापामा एक व्यापारीको अपहरणपछि हत्या भएको छ। कमल गाँउपालिका ६ मंगलवारे घर भएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। प्रहरीले पौडेलको शव मंगलवार गौरीगञ्ज ६ स्थित देविगन्जमा हत्या गरेर फालिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। पौडेल कपडा व्यवसायी हुन्। व्यवसायी पौडेल सोमवार साँझदेखि सम्पर्कविहीन थिए। व्यापारिक कारोबारको रकम उठाउन सोमवार…
काठमाडौः १३ वर्षीय बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित समितिमा असन्तुष्टी देखिएको छ। छानबिन समितिका एक सदस्यले छानबिनबारे थप भएको समयमा असन्तुष्टि जनाएका छन्। समितिको छानबिन समय सकिएर गृहमन्त्रालयलाई प्रतिवेदन बुझाउने समयमा उपसचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गरेका हुन्।उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हुन्। सरकारले घटनाको अनुसन्धान गर्ने आइतवार १५ दिन म्याद थप गरेको…
काठमाडौः नक्कली एटिएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गरिरहेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार बिहान ठमेलबाट तीन जना भारतीय र एक जना नेपालीलाई पक्राउ गरेको हो। ठमेलको एक होटेलमा नक्कली एटिएम कार्ड बनाइरहेको अवस्थामा भारतीय गिरोहलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले बताए। एसएसपी लामाले भने,' नेपालमा आएर विदेशी नागरिकको एटिएसको डाटा चोरी…
काठमाडौः रोल्पामा आइतबार दिउँसो करिब पौने ५ बजे इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै गोली प्रहार गरी तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या भयो। छातीमा दुई र पेटमा एक गोली लागेका २९ वर्षीय पुनको घटनास्थलमै मृत्यु भएको थियो। गोली कुनै अज्ञात समुहले नभएर एउटै टेवलमा वसेका व्यक्तिले नै चलाएका थिए। गोली देवबहादुर घर्तीले चलाएका थिए। पुन र घर्तीको पुरानै…
काठमाडौः प्रहरीले आइतवार साँझ एक जना युवकलाई पक्राउ गरेसँगै दुई किशोरीको बलात्कार भएको घटना बाहिरिएको छ। बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले कैलाली घर भएका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो। खत्रीले गत बिहीबार १३ र १४ वर्षीय किशोरीलाई साथीको कोठामा बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको वृत्तका प्रमुख डिएसपी अनिल खड्काले जानकारी दिए। कसरी भयो…
काठमाडौं : १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अभियुक्त सार्वजनिक भएदेखि नै कञ्चनपुर तनावग्रस्त बन्यो। ४१ वर्षीय दिलीपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएपछि स्थानियवासी आक्रोशित भए। यही आक्रोशमा जन्मिएको विरोध तथा प्रदर्शनमा प्रहरीको गोलीले एक जनाको अकालमै मृत्यु समेत भयो। स्थानीयबासीको एउटै दाबी रहिरह्यो - बिष्ट निर्मलाको हत्यारा हुन सक्दैन। त्यसो भए हत्यारा को हो त? स्थानीयको शङ्काको घेरामा निर्मलाकी…
काठमाडौं : कीर्ते कागजपत्र बनाइ ७० करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने १२ जनलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधवार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। ३३ वर्षीय जीतबहादुर मगर लगायतका अन्य व्यक्तिहरु मिलेर शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को शेयरधनी, संचालक र कम्पनीको अध्यक्ष हुँ भनी कम्पनीको नाममा काठमाडौंको बालुवाटरमा रहेको तीन रोपनी जग्गा, घर, सतुंगलमा…
काठमाडौँः भदै ४ गते पूर्वराजदूत केशव झाको बबहरमलस्थित घरभित्र नै सुतिरहेको अवस्थामा शव फेला पर्यो। प्रहरीलाई झाको घटना छुट्ट्याउन कुनै मुस्किल नै भएन। प्रहरीले भन्यो झाको हत्या भएको हो। उनको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको थियो। तर दुई साता वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। हत्या किन र कसले गर्यो? रहस्यमै छ। पूर्वराजदूत हत्याको घटना…
काठमाडौं : टोले गुन्डा सत्यमान लामालाई प्रहरीले फेरि पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले तामाङलाई मंगलवार पक्राउ गरेको हो। उनलाई महाराजगञ्जबाट पक्राउ गरेको महानगरीय प्रहरी महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। एसएपी सिंहले भने, 'ज्यान मार्ने धम्की दिएको उजुरीका आधारमा नियन्त्रणमा लिएका हौं। उसले धम्की दिएको अडियो रेकर्ड समेत छ।' लामाले मानबहादुर तामाङ भन्ने व्यक्ति र उनका परिवारलाई धम्की…
काठमाडौं : १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको वास्तविक दोषी को हो? प्रहरीको अनुसन्धानले वास्तविक हत्यारालाई कानुनको कठघरामा उभ्याउन सक्ला? कहिले टुङ्गिएला प्रहरी अनुसन्धान? के गर्दैछ प्रहरी? एसपी डिल्लीराज बिष्टले के गरेका थिए? सदनदेखि सडकसम्म तताएको निर्मला हत्या प्रकरणले जन्माएका प्रश्न हुन् यी। धेरै मानिस अहिले यिनै प्रश्नको उत्तरको खोजीमा छन्। सुदूर पश्चिमको घटना राष्ट्रिय चासोको विषय बनेपछि पछिल्लो समय…
काठमाडौं: नयाँ बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्दै हिड्ने देव श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले आइतवार श्रेष्ठलाई माछापोखरी क्षेत्रबाट पक्राउ गरेको हो। वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका एकजनाको रकम असुली दिने भन्दै एकलाई अपहरण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको वृत्तका डिएसपी दान मल्लले जानकारी दिए। पहिलोपोस्टसँग डिएसपी मल्लले भने,' अपहरणको केसमा श्रेष्ठलाई नियन्त्रणमा लिएका हौं। कमिसनको लोभमा…