PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

  • को हुन् राई जसलाई नियन्त्रणमा लिन सिटिसी मलमा प्रहरीले गोली चलायो?

    को हुन् राई जसलाई नियन्त्रणमा लिन सिटिसी मलमा प्रहरीले गोली चलायो?

    काठमाडौँ : आइतबार काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा गोली चलेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। तर प्रहरीले भने गोली चलाएको स्वीकार गरेको छैन। सई लोकेन्द्र पण्डितको कमान्डमा मध्याह्न १२ बजेतिर टोली मलमा पुगेको थियो। सई पण्डितले गोली चलाएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीको चाइनिज पेस्तोलबाट गोली प्रहार भएको बुझिएको…

    विस्तृतमा पढ्नुस्

  • के काठमाडौँको सिटिसी मलमा प्रहरीले गोली चलाएकै हो?

    के काठमाडौँको सिटिसी मलमा प्रहरीले गोली चलाएकै हो?

    काठमाडौँ: काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा गोली चलेको खबर बाहिरियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक ब्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको भनिएको थियो। सिटिसी मलको चौथो तलामा रहेको सिटिभी मोबाइल कम्पनीका किसान राईमाथि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले समेत बताएका थिए।मलका सेक्युरिटी अफिसर लंकबहादुर तामाङले करिब सवा १२ बजेतिर गोली चलेको आवाज सुनेको पहिलोपोस्टलाई बताए।   के प्रहरीले गोली चलाएको थियो…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा नाइके दावा लामा पक्राउ, यस्तो छ उनको अपराध यात्रा

    गुन्डा नाइके दावा लामा पक्राउ, यस्तो छ उनको अपराध यात्रा

    काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो। लामा दिल्लीमा पक्राउ परेका हुन्। उनलाई दिल्ली विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दाबा लामामाथि गोली प्रहार भएको थियो। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली…

    विस्तृतमा पढ्नुस्

  • नटवरलाल प्रशन्न खाती : दुई करोड गुटमुट्याएर जब भाग्दै थिए…

    नटवरलाल प्रशन्न खाती : दुई करोड गुटमुट्याएर जब भाग्दै थिए…

    काठमाडौँ : अग्लो कद,  गोरो वर्ण,  खैरो कपाल। झट्ट हेर्दा जो कोहीले पनि ठान्थे - विदेशी रै’छ। विदेशी झै लाग्ने युवक प्रशन्न खाती। उनीसँग फेसबुकले जोड्यो पूजा (नाम परिवर्तन)लाई। गोकर्णेश्वर नगरपालिका बस्ने २७ वर्षका प्रशन्न खाती र पूजाको करिब २ वर्षको फेसबुक सम्बन्धपछि भेट भयो। ‘अमेरिकाबाट काठमाडौँ आएपछि’ पूजासँग भेट गरेका थिए उनले। 'अमेरिकाको डिस्कवरी च्यानलको कर्मचारी हुँ तिमीलाई सजिलै…

    विस्तृतमा पढ्नुस्

  • स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परेका हवल्दार श्रेष्ठ भन्छन् : अघिल्लो बाइक स्लो हुँदा चिप्लिएँ

    स्कर्टिङको मोटरसाइकल दुर्घटनामा परेका हवल्दार श्रेष्ठ भन्छन् : अघिल्लो बाइक स्लो हुँदा चिप्लिएँ

    काठमाडौं : म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा खटिएका एक प्रहरी बुधवार मोटरसाइकल दुर्घटनामा परी घाइते भए। प्रहरी हवल्दार दिनेश श्रेष्ठ प्रहरी प्रधान कार्यालको सवारी महाशाखाबाट स्कर्टिङका लागि खटिएका थिए। कालिमाटी चोकमा आइसकेपछि उनले चलाएको मोटरसाइकल एक्कासी अनियन्त्रित भयो र दुर्घटना हुन पुग्यो।  बीच सडकमा पल्टिएको मोटरसाइकल घस्रिँदै सडकको किनारमा पुग्यो। दुर्घटनाबारे हवल्दार श्रेष्ठले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'एक्कासी मोटरसाइकल अनियन्त्रित भइदियो। अगाडि स्कर्टिङ…

    विस्तृतमा पढ्नुस्

  • लेनिन बिष्ट प्रकरण : गृहले प्रधानमन्त्रीलाई पठायो लिखित जवाफ, रकम हिनामिनाको आरोप

    लेनिन बिष्ट प्रकरण : गृहले प्रधानमन्त्रीलाई पठायो लिखित जवाफ, रकम हिनामिनाको आरोप

    काठमाडौं : पूर्व लडाकु लेनिन बिष्टलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको विषयमा गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएको छ। मंगलवार दिउँसो गृह मन्त्रालयले कारणसहित लिखित जवाफ प्रधानमन्त्री कार्यालयलाई पठाएको हो। गृहले प्रधानमन्त्रीलाई पठाएको जवाफमा बिष्टले आर्थिक हिनामिना गरेको र अन्तर्राष्ट्रिय जगतमा पार्ने असरबारे उल्लेख गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, 'यथार्थ कारणसहित जवाफ पठाएका छौं।' थाइल्यान्डको…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सांसद तथा माओवादीको गोरखा 'जेल ब्रेक'का कमाण्डर उमा भुजेल पक्राउ

    पूर्व सांसद तथा माओवादीको गोरखा 'जेल ब्रेक'का कमाण्डर उमा भुजेल पक्राउ

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको टोलीले पोलिटव्यूरो सदस्य भुजेललाई बालाजुबाट मंगलवार नियन्त्रणमा लिएको हो। भुजेललाई चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीको दावी छ।  नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा 'जेल ब्रेक'की कमाण्डर समेत हुन्। भुजेलले जेलब्रेककै विषयमा पुस्तकसमेत प्रकाशनमा ल्याएकी छिन्। पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्य थिइन्।  प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला बलात्कार प्रकरणः दिलीपसिंह विष्ट निर्दोष ठहर भए प्रहरीलाई के हुन्छ कारबाही?

    निर्मला बलात्कार प्रकरणः दिलीपसिंह विष्ट निर्दोष ठहर भए प्रहरीलाई के हुन्छ कारबाही?

    काठमाडौँः १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना पूरा भएको छ। घटनाको अनुसन्धान झनै रहस्यमय बन्दै गएको छ। प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठिरहेको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई जिम्मेवारीबाट मुक्त गराएर गृह मन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेठी, अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी हेडक्वार्टर फिर्ता बोलाइएको छ। घटना भएको २४ दिनपछि प्रहरीले निर्मलाको…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: एसपी डिल्लीराज बिष्ट निलम्बित 

    अन्तत: एसपी डिल्लीराज बिष्ट निलम्बित 

    काठमाडौं : १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा विवादित जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई गृह मन्त्रालयले निलम्बन गर्ने भएको छ। शनिवार गृह मन्त्रालयमा बसेको बैठकले छानविन अवधिभर एसपी बिष्टलाई निलम्वन गर्नका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ। आजको बैठकमा गृहमन्त्रीसँगै तीनवटै सुरक्षा निकायका प्रमुखहरु संलग्न थिए। प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि किन गुमिरहेको छ भरोसा?

    प्रहरीमाथि किन गुमिरहेको छ भरोसा?

    काठमाडौं : केही समयदेखि प्रहरी सङ्गठनले गरेका अनुसन्धान तथा कामकारबाही शंकाको घेराभित्र परेकाले तिनको खुलेर नै विरोध हुँदै आएको छ। ३३ किलो सुन प्रकरण, जुम्लामा डाक्टर गोविन्द केसीको अनशनमा गरिएको झुटो माइकिङ, भक्तपुरको इन्काउन्टर र कञ्चनपुरमा बलात्कार-हत्या काण्ड प्रहरीको विश्वासनीयतामा प्रश्न उठाउने पछिल्ला घटनाक्रम हुन्।   कञ्चनपुरमा भइरहको घटना प्रहरीका लागि चुनौतीको विषय बन्ने निश्चित छ। प्रहरीले अपराधी भनेर सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • झरी थामिएपछि उठेको आन्दोलनमा लगातार गोली, बालकको गयो ज्यान, फेरि कर्फ्यू

    झरी थामिएपछि उठेको आन्दोलनमा लगातार गोली, बालकको गयो ज्यान, फेरि कर्फ्यू

    काठमाडौं : चार दिनदेखि १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर महेन्द्रनगर तनावग्रस्त थियो। स्थानीय, व्यापारीदेखि विद्यार्थीसम्म सडकमा ओर्लिएका थिए। कारण एउटै थियो - प्रहरीले निर्मलाको हत्यारालाई संरक्षण गरेर गैर अपराधी समात्यो। र, मुद्दालाई सामसुम पार्न आँट्यो।   यही घटनालाई लिएर प्रहरी र प्रदर्शनकारीबीच बिहवार दिउँसो झडप समेत भएको थियो। प्रहरीले बिहीवार पनि फायर खोलेको थियो। प्रहरीको गोली…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या : किन प्रहरी अनुसन्धान स्थानीयले पत्याएनन्? शंकाका चार आधार

    निर्मला हत्या : किन प्रहरी अनुसन्धान स्थानीयले पत्याएनन्? शंकाका चार आधार

    काठमाडौँ : गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर घरबाट बिहान ११ बजेर १५ मिनेटमा आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ।  साइकलको चेन बिग्रिएकाले साथीको घरमा पुगेर उनले हात धोइन्। करिब ३ घण्टा निर्मलाले रोशनीकै घरमा समय बिताइन्। २ बजेर १५…

    विस्तृतमा पढ्नुस्

  • 'खाँदै नखाएको बिषले ज्युँदै मार्‍यो...'

    'खाँदै नखाएको बिषले ज्युँदै मार्‍यो...'

    काठमाडौं : शिवराम (नाम गोप्य राख्न चाहेकाले) यतिखेर धेरै खुसी छन्। उनको खुसीसँगै दुखेसो पनि उत्तिकै लुकेको छ। कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा पास हुनु उनका लागि चानचुने खुसीको कुरा थिएन। धेरै मेहनतपछि उनको कोरिया जाने सपना पूरा हुँदै थियो। ५० हजारले परीक्षा दिएकोमा पास गर्ने जम्मा पाँच हजारभित्र पर्नु चानचुने मेहनतको कुरा थिएन। देश, परिवार र…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलपम्प, अस्पताल र जग्गा प्लटिङबारे सेनाले भन्यो : हामीले व्यापार गरेको होइन

    पेट्रोलपम्प, अस्पताल र जग्गा प्लटिङबारे सेनाले भन्यो : हामीले व्यापार गरेको होइन

    काठमाडौं : पेट्रोलपम्प, अस्पताल, जग्गा प्लटिङ लगायतका क्षेत्रमा नेपाली सेनाले व्यापार नगरेको दावी गरेको छ।  बुधवार पत्रकार सम्मेलन गर्दै सेनाले व्यापार नगरेको बताउँदै सैनिकको कल्याणकारी काम गरेको दावी गरेको हो। पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले भने, 'पेट्रोल पम्प वा अस्पतालका नाममा सेनाले कुनै पनि व्यापार/व्यवसाय गरेको छैन। सेनाले विपद् र संकटको अवस्थामा सरकारबाट नै स्वीकृत लिएर…

    विस्तृतमा पढ्नुस्

  • सांसद नीरु पालमाथि तेर्स्याइएको गोली : अनुसन्धान कहाँ पुग्यो? किन सबै मौन? 

    सांसद नीरु पालमाथि तेर्स्याइएको गोली : अनुसन्धान कहाँ पुग्यो? किन सबै मौन? 

    काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीशको विषयले राजनीतिक मतभेद बढिरहेकै बेला वानेश्वरमा अप्रत्यासित घटना घट्यो। समिति सदस्य सांसद निरु पालले दावी गरिन् – उनीमाथि वानेश्वरमा पेस्तोल ताकियो। राजनीतिक मुद्दा र बहसका लेन्स एकाएक निरु पालको दावीतिर खिचिए। सार्वजनिक महत्वका अधिकांश मुद्दाहरु एकाएक छायाँमा पर्योा। एक सांसदमाथि तेर्स्याइएको बन्दुकको प्रकरण सानो हुने कुरै थिएन। तर, साउन १६ गतेको त्यो…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या :  छिमेकी गाउँका दिलिप विष्ट पक्राउ

    १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या :  छिमेकी गाउँका दिलिप विष्ट पक्राउ

    काठमाडौं: भीमदत्त नगरपालिका २ उल्टाखाम कक्षा नौ अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या अभियोगका मुख्य अभियुक्त ४१ वर्षीया दिलिपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका विष्टलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकृतले जानकारी दिए। उनी जेल परेर छुटेका व्यक्ति समेत हुन्। दश वर्ष अगाडी आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए। घटना कसरी भयो? निर्मला खाना…

    विस्तृतमा पढ्नुस्

  • भान्छाकै चक्कुबाट पूर्वराजदूत झाको हत्या : यी हुन् राजधानीका हाइप्रोफाइल हत्या घटना

    भान्छाकै चक्कुबाट पूर्वराजदूत झाको हत्या : यी हुन् राजधानीका हाइप्रोफाइल हत्या घटना

    काठमाडौँ : सोमबार बिहानै काठमाडौंमा पूर्वराजदूतको हत्या भएको घटनाले सबैलाई त्रसित बनायो। पूर्वराजदूत केशव झा हत्या गरिएको अवस्थामा आफ्नै घरको कोठामा फेला परे। उनको हत्या गर्न उनकै भान्छामा प्रयोग भएको चक्कु प्रयोग गरिएको थियो।  घटना चोरी, लुटपाट नभएर हत्याकै उदेश्यले गरिएको प्रहरीको दावी छ। अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंह भन्छन्, 'हत्या गर्ने नै उद्देश्य देखिन्छ। कुनै चोरी, लुटपाट होइन।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, प्रहरी भन्छ 'घटना शंकास्पद छ'

    पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, प्रहरी भन्छ 'घटना शंकास्पद छ'

    काठमाडौँः पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। झा'माथि छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अाशंका प्रहरीले गरेको छ। प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएकाे अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले बताए। लामाले भने 'कोठा भित्रबाट लक गरिएको छ। एउटा झ्याल काटिएको छ। घटनाको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री र आइजीको विश्वास जितेर पाएको पोस्टिङ हो, काठमाडौंलाई सुरक्षित बनाउँछु : काठमाडौं प्रहरी प्रमुख

    गृहमन्त्री र आइजीको विश्वास जितेर पाएको पोस्टिङ हो, काठमाडौंलाई सुरक्षित बनाउँछु : काठमाडौं प्रहरी प्रमुख

    २०४९ सालमा प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका थिए वसन्त लामा। २ दशक भन्दा बढी संगठनमा रहेका लामा अहिले काठमाडौँ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।  रोल्पा, सिन्धुपाल्चोक, मकवानपुर, कास्की लगायतका जिल्ला प्रमुख भएर काम गरेको अनुभव एसएसपी लामासँग छ। अन्य जिल्लाको तुलानामा काठमाडौँको नेतृत्व गर्नु अवसर र चुनौतीको रूपमा लिइन्छ।  चुनौतिलाई अवसरमा बदल्ने अफिसरले काम र नाम दुवै पाएका…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले छोडेलगत्तै प्रहरीले फेरि समात्यो प्रकाण्डलाई

    सर्वोच्चले छोडेलगत्तै प्रहरीले फेरि समात्यो प्रकाण्डलाई

    काठमाडौं : सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई प्रहरीले पुन: पक्रेको छ।   नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि समातेको परिसरका डिएसपी मोहनकुमार थापाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell