काठमाडौँ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश गरेको छ। नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। उनले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका…
काठमाडौं : नेपाल प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको सरुवाको तयारी गरेको छ। गृह मन्त्रालयले बुधवार एसएपीहरुको सरुवाको सिफारिस प्रहरी प्रधान कार्यालय पुर्याएको हो । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवाको तयारी भएको हो। गृहमन्त्रालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा गरिने भएको छ। एसएसपी पोखरेल गत माघ २८ गतेदेखि…
काठमाडौँ : ३३ किलो सुन हराउनु र त्यससँगै जोडिएर सनम शाक्यको हत्या भइसकेपछि सरकारले गत चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोली तीन महिना लगाएर अनुसन्धान गर्यो। समितिले ७ सय ५२ पेजको सुझाव सहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ। तर ७५ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गर्दा पनि ३३ किलो सुन भेटिएन। सुन कहाँ…
काठमाडौँ: पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' पाँच दिनदेखि प्रहरी हिरासतमा छन्। अर्ध भूमिगत पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्डलाई चन्दा असुलीको अभियोगमा पक्राउ गरिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनले ७ करोड रुपैयाँ चन्दा संकलन गरेका दाबी छ। पाँच करोड विभिन्न शीर्षकमा खर्च भए पनि अहिले विश्वकर्मासँग दुई करोड रुपैयाँ रहेको प्रहरीको दाबी छ। प्रतिनिधिसभा र प्रदेशसभा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्राध्यापक डाक्टर गोविन्द केसीबीच शनिवार प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको छ। सरकारले डाक्टर केसीसँग गरेको सम्झैताको विषयमा छलफल भएको हो। छलफलमा सरकारले गरेको सम्झौता अक्षरस पालना नभए फेरि पनि १६ औं पटक अनशन बस्ने केसीले चेतावनी दिएका हुन्। पहिलोपोस्टसँगको कुराकानीमा केसीले भने, 'प्रधानमन्त्रीलाई हामीसँग भएको सम्झैताको विषयमा सम्झाउन गएको थिएँ। चिकित्सा शिक्षा विधेयक…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादललाई बिहीवार प्रहरीले गत सोमवार भएको ‘इन्काउन्टर’ सम्बन्धी जानकारी गराएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह लगायतको टोलीले गृहमन्त्रीलाई अपहरणकारीसँगको जम्काभेटमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको दावी गरेको हो। गृह मन्त्रालयका एक अधिकारीले भने, 'प्रहरीको टोलीले घटना इन्काउन्टर नै भएको भन्दै जानकारी दिएको हो। बाहिर आए जस्तो होइन।' गत सोमबार प्रहरीको गोली लागेर…
काठमाडौः साउन २४ गते विश्व आदिवासी दिवसका दिन प्रदेश नम्बर १ मा सार्वजनिक विदा दिने भनी प्रदेश सरकारले गत वर्षको चैतमा नै घोषणा गरिसकेको थियो। प्रदेश सरकारको राजपत्रमा चैतमा नै त्यसबारे सूचना पनि प्रकाशित भइसकेको थियो। बुधवार प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदा स्मरण गराउँदै प्रदेशका १४ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुसहित केन्द्रको गृह मन्त्रालयलाई समेत…
काठमाडौं : पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा उर्फ प्रकाण्ड पक्राउ परेको खबर एकाएक आयो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अर्धभूमिगत पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्ड आखिर किन पक्राउ परे त? रोचक के रह्यो भने प्रकाण्ड माओवादी ‘जनयुद्ध’का क्रममा अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सहयात्रीसमेत हुन्। धेरैले पक्राउ प्रकरणलाई पूर्वाग्रहसँग पनि जोडेर हेरेका छन्। पक्राउमा पूर्वाग्रहको भाग…
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन्। २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रकाण्डसहित चन्द्र आचार्य र मानबहादुर श्रेष्ठ पनि पक्राउ परेको जानकारी दिए। श्रेष्ठ प्रकाण्डका गाडी चालक हुन्। पोखरेलले उनीहरुलाई काठमाडौंको दक्षिणमा रहेको चाल्नाखेलबाट…
आइतबार काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परे। त्यसको केही समयमा अपहरणकारीले बालकका परिवारसँग ४० लाख रुपैयाँ फिरौतीको माग्दै सम्पर्क गरे। खड्का परिवार ४० लाख फिरौती बुझाउने हैसियतको थिएन। परिवारले प्रहरीलाई खवर गर्यो। अपहरणकारी र बालकको खोजीमा प्रहरी जुट्यो। सोमवार मध्यान्हमा बालकको शव गाडिएको अवस्थामा फेला पर्यो। त्यसको केही समयमा नै दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मृत्यु भएको प्रहरीले…
काठमाडौँ : सोमबार प्रहरीले इन्काउन्टर दावी गरेको घटनामा दुई जनाको ज्यान गयो। घटना इन्काउन्टर थियो कि थिएन भन्ने विषयमा अब प्रश्न उठ्न थालेको छ। मंगलबारको नयाँ पत्रिका दैनिकका अनुसार बिहान ७ बजे नै प्रहरी अपहरणकारीहरूको डेरामा पुगेर ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिटेको थियो र उनीहरुबाटै जानकारी पाएपछि लाश गाडेको ठाउँमा पुगेको थियो। ११ बजे आरोपी दुवैलाई आँखामा…
काठमाडौँ : ‘तपाईँको छोरा हामीसँग छ। छोराको माया भए ४० लाख रुपैयाँ लिएर आउनू।‘ आइतबार राति ९ बजे अपरिचित नम्बरबाट आएको फोनबाट यस्तो धम्की आउँदा चमेली खड्काको होसहवास गुम्यो। काडाँघारीमा चिया पसल चलाएर गुजारा गरिरहेकी आमा चमेलीलाई छोरा अपहरण भएको पत्तै थिएन। आइतबार दिउँसो साढे ४ बजे ११ वर्षीय बालक निशान खड्का अपहरणकारीको फन्दा परिसकेका थिए। सामान्य दिन झैँ कहीँ…
काठमाडौं: काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणमा संलग्न दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। अपहरणकारी २३ वर्षीय अजय तामाङ र २२ वर्षीय गोपाल तामाङको प्रहरीको गोली लागी मृत्यु भएको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए। सूर्यविनायक ८ स्थित पाइलट बाबाको आश्रम जानेबाटोमा प्रहरी विच इन्काउन्टर भएको थियो। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र दुई थान गोलीसमेत…
काठमाडौं: काठमाडौको काँडाघारीबाट अपहरणमा गरिएको भनिएका ११ वर्षीय निशान खड्काको हत्या भएको खुलेको छ। खड्काको शव थिमिमा भेटिएको प्रहरीले जनाएको छ। निर्माणाधीन घरभित्र गाडिएको अवस्थामा बालकको शव भेटिएको छ। अपहरणकारी भाग्न खोज्दा प्रहरीले फायरिङ खोलेको थियो। गोली लागि दुई जना घाइते समेत भएका छन्। उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए। अजय…
काठमाडौँः काठमाडौँ काँडाघारीबाट ११ वर्षीय एक बालक अपहरणमा परेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई परिवारसँग काँडाघारी बस्दै आएका निशान खड्काको अपहरण भएको छ। आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेकाे र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले भने 'बालक हराएको भन्ने जानकारी आएको छ। हामी खोजी गरिरहेका छौँ। परिसरका…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए। यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो। लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका…
काठमाडौँ : गृहमन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्व मन्त्री लगायत उच्चतहका कर्मचारीको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड (पिएसओ) मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय नै गरेर फिर्ता गर्ने तयारी गरेको छ। पिएसओ फिर्ताका लागि गृह मन्त्रालयले पटक-पटक आह्वान गरेपनि धेरैले गरेका छैनन्। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने…
गत साउन १० गते। राजधानीबाट नै एक पुरुषको अपहरणको खबरले प्रहरी अधिकृतहरुको मथिङगल नै हल्लायो। तनहुँ घर भएका २५ वर्षीय शिवराज घिमिरेको अपहरणको उजुरी प्रहरीको टेबुलमा आएको थियो। मोबाइल ट्रयाक रेकर्डको आधारमा प्रहरी अपहरित घिमिरेको खोजीमा जुट्यो। पहिलो लोकेसन कलङ्की, दोस्रो पटक काडाँघारी अनि धुलिखेल हुँदै बनेपासम्म। लोकेसनको पदचाप पहिलाउँदै काठमाडौं प्रहरीको टोली बनेपासम्म पुग्यो। अपहरित घिमिरेको खोजीमा सिंगो दिन…
काठमाडौं : नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले ‘नक्कली नोटको कारोबार गरेकोमा’ गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो। निर्माता वाग्लेले २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। उच्च अदालत पाटनको आदेशअनुसार उनले धरौटी बुझाएका हुन्। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहित विरुद्ध नक्कली नोटको कारोबारमा ‘खोटा चलन’मा…
“दूध किन्न बजार गएकी थिएँ। फर्केर घरको गेटमै आएपछि अपरिचित व्यक्तिले रोके। बाटो छेकेरै रोकेपछि उनले मेरो छातीमा पेस्तोल तेर्स्याए। भोलिको बैठकमा जाने हैन भनेर चेतावनी दिए। भोलिको बैठकमा गए ‘तेरो बाउ खड्गे’ले पनि तँलाई जोगाउन सक्दैन भनेर भन्यो। उसले मेरो मोबाइल पनि लग्यो।“ बुधवार संसदीय सुनाई समितिमा सांसद् निरु पालले सुनाइन् घटनाको अंश हो यो। घटना मङ्गलवार रातिको थियो।…