काठमाडौँः ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। सय दिनभन्दा लामो अनुसन्धानपछि विशेष अनुसन्धान टोलीले आफ्नो प्रतिवेदन बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो। सनम शाक्य हत्या र ३३ किलो सुन एकाएक हराएपछि सरकारले गत चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। समितिले…
काठमाडौं : संसदीय सुनुवाई विशेष समितिका सदस्यको सुरक्षाका लागि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) खटाइएको छ। मंगलवारदेखि उनीहरुका लागि पिएसओ खटाइएको हो। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीमाथि सुनुवाई समितिले आज निर्णय दिँदैछ। दिउँसो ३:३० बजे समितिको बैठक बोलाइएको छ। समितिका सदस्यको सुरक्षाका लागि पिएसओ खटाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए। पहिलोपोस्टसँगको कुराकानीमा एसएसपी थापाले भने, ' मंगलवारदेखि पिएसओ खटाइएको हो।'…
काठमाडौं : सशस्त्र प्रहरीबलमा कार्यरत सुरक्षाकर्मीले राजीनामा दिने क्रम ह्वातै बढेको छ। गएको तीन महिनामा मात्र ७ सय ८६ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। असार महिनमा राजीनामा दिनेको सङ्ख्या गएको दुई महिनाभन्दा झन्डै चार गुणाले बढेको छ। असारमा एक प्रहरी निरीक्षक सहित ५ सय २६ जनाले राजीनामा दिएका हुन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुरामा पाण्डेले समयमा नै कर्मचारीको…
काठमाडौँ : कारागारभित्रै विष उत्पादन अनि परीक्षण! ‘गिनी पिग’ बन्छन् कारागारभित्र कै निर्दोष कैदी। सुन्दा अपत्यारिलो लागे पनि तीतो सत्य। यो विदेशमा होइन नेपालकै सबैभन्दा बढी सुरक्षित ठानिएको उपत्यकाभित्रकै शान्त जिल्ला ललितपुरको घटना हो। ललितपुरस्थित नख्खु कारागारमा कैदीले नै जेलभित्र बनाएको विष खाएर गत वैशाख २२ गते कैद भुक्तान गरिरहेकै भक्तबहादुर सुनुवारको अकालमै ज्यान गयो। कैदी मनोजकुमार चौरसिया र अभिषेक…
काठमाडौं : तपाईँ कति समय फेसबुक चलाउनुहुन्छ? फेसबुकबाटै च्याट अनि फोटो र आफ्ना कुरा पोस्ट पनि गर्नुहुन्छ होला। फेसबुकमा नयाँ साथी बनाउनु पनि अनौठो होइन, सबैले बनाएकै हुन्छन्। सामाजिक संजालले तपाईँका पुराना मित्रलाई जोडेको पनि होला। ज्ञान र जानकारी पनि नपाउने कुरै भएन यसबाट। तर, त्यही फेसबुकले कतिलाई यति दुख दिएको छ कि तपाईँ अन्दाज गर्न पनि सक्नुहुन्न। फेसबुकले धेरैको…
काठमाडौँः ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ। सय दिनभन्दा लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुगेकाले केही दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी भइरहेको छ। समितिका एक सदस्यले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'हामीलाई दिएको समयभित्र भएका अनुसन्धानको प्रतिवेदन लगभग तयार पारिसेका छौँ। प्रधानमन्त्रीज्यूको समय मिल्ने बित्तिकै बुझाउने तयारीमा छौँ।' सनम शाक्य…
काठमाडौ : दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्ग बहादुर सुनार बुधवार आफ्नो सुन लुटिएको भन्दै प्रहरीको शरणमा पुगे। बुधवार राति गोंगबुस्थित राप्ती पाहुना घरबाट सुनारले आफ्नो १ किलो सुन र २ लाख १७ हजार रुपैयाँ लुटिएको उजुरी दिएका थिए। राजधानीबाट नै सुन लुटिएको उजुरी परेपछि प्रहरी सक्रिय भयो। बुधवार साँझबाट नै प्रहरी लुटेराको खोजीमा लागिहाल्यो । काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल समेत फिल्डमा…
काठमाडौँ: हतास अनुहार लिएर एकजना व्यक्ति महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगे। उनले प्रहरीसँग भेट हुने बित्तिकै समस्या सुनाउन थालिहाले- “मसँग मोबाइलमा व्यालेन्स छैन, एकदम आवश्यकता परेको छ। तुरुन्तै रिचार्ज नम्बर पठाइदिनुहोला,' भनेर मेरो फेसबुकबाट साथीभाइलाई म्यासेज गर्ने गरेको पाइयो। सर, मेरो त इज्जत नै बाँकी रहने भएन। के गर्ने होला?” प्रहरी कहाँ यस्तो समस्या लिएर जाने पात्र अरू कोही थिएनन्,…
काठमाडौँ: राजधानीबाट नै एक पुरुषको अपहरण। बिहीबार दिनभर काठमाडौँ प्रहरीलाई यो घटनाले निकै टाउको दुखाइको विषय बन्यो। तनहुँ घर भएका २५ वर्षीय शिवराज घिमिरेको अपहरण भएको उजुरी आएको थियो। नयाँ बसपार्कमा इलेक्ट्रिक पसल गर्दै आएका शिवराज बिहानै काममा निस्किए। उनकी १७ वर्षीय श्रीमती भने कोठा नै भातभान्छाको तयारीमा लागिन्। 'तपाईँको श्रीमान् अपहरणमा परेका छन्,' एक्कासी अपरिचित नम्बरबाट फोन आएपछि शिवराजकी…
काठमाडौं : 'सुनसरी जिल्लामा सस्तोमा जग्गा किनेर महँगोमा बेच्यो भने फाइदै फाइदा।' मनोज कुमार चौरसियाले अभिषेक सिंहलाई सुनाए। उनीहरुले सस्तो जग्गा भन्दै कीर्ते कागज बनाएर महँगोमा बेच्ने रणनीति बुन्दै थिए। जग्गा किन्ने ब्यक्तिले कीर्ते भएको थाहा पाएर पुलिस केस गरे के गर्ने नि? प्रश्न उठ्यो। यत्तिकैमा सिंहले अर्को योजना फुराए - हत्या गर्ने। फेरि अर्को प्रश्न कसरी? विष खुवाएर। सिंहले…
काठमाडौं : गत वैशाख २१ गते राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भयो। कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो। मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। परिसरले मात्र होइन यो मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा पुग्यो। लामो…
काठमाडौँ : १० दिनदेखि सीमान्त गुरुङ प्रहरीको हिरासतमा छन्। ओडिसी नेपालका सञ्चालक गुरुङमाथि बलिउड कलाकार सलमान खान ल्याउने भन्दै टिकट बिक्री गरेर ठगी गरेको आरोप छ। टिकट बिक्री गरेको रकम फिर्ता नगरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई असार २९ गते पक्राउ गरेको थियो। प्रहरीको लिखित बयानमा भने गुरुङले आफुले रकम ठगी नगरेको र सबै रकम फिर्ता गरेको बताएका…
काठमाडौँ: गत बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्ला प्रहरी कार्यालय जुम्लाका एक प्रहरी निरीक्षकले आफ्नोतर्फ एक प्रहरीको मृत्यु भएको माइकिङ गरे। तर वास्तवमा यो सही थिएन। प्रहरीले अनसनरत डा. गोविन्द केसीलाई हेलिकप्टरमा राखेर काठमाडौँ ल्याउन एउटा प्रोपोगाण्डा गरेको थियो। यसको डिजाइनर को थियो? थाहा भए, तर कलाकार भने प्रहरी नै बन्यो। एक प्रहरी निरीक्षक। जनताको शान्ति सुरक्षामा खटिएको प्रहरीले पनि…
काठमाडौँ : सार्वजनिक स्थान तथा निषेधित क्षेत्रमा हुने प्रर्दशन तथा भिड नियन्त्रण गर्न प्रहरीले विशेष प्रविधिको वाटर क्यानन ल्याउने भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा पाँच वटा वाटर क्यानन ल्याउन लागिएको हो। प्रहरी स्रोतले दिएको जानकारी अनुसार दुई महिना भित्र पाँच वटा वाटर क्यानन आउन लागिएको हो। स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रहरीले भिड तथा प्रर्दशन नियन्त्रण गर्न पहिलो…
काठमाडौँः सुन तस्करी प्रकरण र सनम शाक्य हत्याको अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीको पछिल्लो पटक थप गरेको समय सोमबारबाट सकिएको छ। गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गत चैत ३० गते गठन भएको समितिले अहिलेसम्म गरेका कामहरूको प्रतिवेदन तयार पारिरहेको छ। छानबिन समितिका एक सदस्यले पहिलोपोस्टसँगको कुराकानीमा भने,' सोमबारदेखि समितिको थप भएको म्याद सकिएको हो। हाम्रो अनुसन्धान…
काठमाडौँ : ३३ किलो सुन प्रकरणमा इन्टरपोलमार्फत् प्रहरीको खोजी सूचीमा रहेका रमेश उप्रेति पक्राउ परेका छन्। त्यहाँको प्रहरीले केही साता अगाडि उप्रेतिलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले बताए। उप्रेतिलाई युएईको अबुधाबीमा…
काठमाडौँ: दोलखाका ६१ वर्षीय केशव शिकाकोटी आइतबार बिहानै कलंकीबाट नयाँ बसपार्क आउन गाडी चढे। गाडी नम्बर थियो बा २ ख ९१३६। शिवाकोटी कलंकीबाट गाडीमा चढ्नुअघि नै केही यात्रु थिए। केही समयपछि तीन/चार जना युवाको समूह पनि बसमा चढ्यो। शिवाकोटीलाई छोरीको विवाहको लागि बसपार्क पुग्नु थियो। बिहानको करिब साढे सात बजेको थियो। गाडी बालाजु वनस्थली पुगेको थियो। केही समय अगाडि गाडीमा…
काठमाडौं : सीमान्त गुरुङ पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई शुक्रवार पक्राउ गरेको हो। सलमान खान लगायतका बलिउड स्टार नेपाल ल्याउने भन्दै झुक्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए। एसएसपी सिंहले भने, 'गुरुङले सलमान खान लगायत अन्य व्यक्ति ल्याउने भन्दै टिकट बेचेर ठगी गरेको देखिएको छ। थप…
काठमाडौं : बिहीवार बिहान बालुवाटारबाट गुन्डागर्दीमा सामेल भएको भन्दै सत्यमान लामा पक्राउ परे। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले लामालाई पक्राउ गरेको थियो। पक्राउ परेको केही घन्टा बित्न नपाउँदै लामा जमानीमा रिहा भए। लामालाई जमानीमा रिहा गर्न प्रहरी परिसर पुगेकी थिइन् प्रतिनिधि सभा सांसद नविना लामा। ‘गुन्डा’ का रुपमा कुख्यात सत्यमान रिहा भएपछि सांसद लामाको आलोचना सुरु हुन थाल्यो। सांसद…
काठमाडौं : सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गराएको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा सम्मेलन हुँदैछ। पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका कोइरालालाई त्यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा…