बत्तीको मधुरो प्रकाशसँगै देखिने कोठाको खाटमा छन् एक जोडी। कोठामा टेबल, कुर्सी, ड्रेसिङ टेबल, पियानो, टेलिफोन देखिन्छ। त्यही असरल्ल जुत्ता र लुगा छरिएका छन्। पुरुष खाटबाट निस्किएर लुगा लगाउन थाल्छ। लगत्तै महिला पनि उठ्छिन्। दुवै संकोच मान्दै मान्दै गफिन थाल्छन्। उनीहरुको संवादसँगै सुरु हुन्छ नाटक- ‘सेम टाइम नेक्स्ट इयर।' मञ्चमा देखिएका यी दुई पात्र न त श्रीमान् श्रीमती हुन् न…
रसियन कल्चर सेन्टरको सभा हलमा शुक्रबार देखिएको दृश्य अस्वभाविक लाग्छ। मञ्चमा दुईवटा सेतो खाली क्यानभास राखिएको छ। अघिल्तिर कुर्सी पनि। केहीबेरमा दुई चित्रकार आउँछन्। ब्रस समाउँछन् र क्यानभासमा रङ भर्न थाल्छन्। बिस्तारै एउटामा चराको आकृति देखिन थाल्छ र अर्कोमा हिमालको। यो सबै दृश्य एकटक नियाली रहेको दर्शकदीर्घाबाट तालीको लामो गुञ्जन सुनिन्छ। सकिएपछि कुर्सीमा बसेको एक चित्रकार बैसाखी समाएर उभिन्छ र…
पोखराको गगनगौंडा टोल। विवाह भएको लामो अवधि बित्दा पनि सन्तान नजन्मिँदा चर्चामा थियो एक जोडी। बाहिरबाट हेर्दा ठीकठाक लागे पनि सन्तान नभएको विषयले उनीहरुको कुरा काटिन्थ्यो। जिस्क्याउने पनि गर्थे कतिले। उनीहरु पनि निराश देखिन्थे। त्यहीको गोगन माध्यमिक विद्यालयमा पढ्ने एक किशोर यी सबै घटनालाई अनौठो मानेर हेर्थे। आमा बन्ने अधिकारबाट किन बञ्चित छिन् ती महिला? समाजलाई किन यतिसम्म चासो उनीहरुको?…
त्यतिबेला पुष्पन प्रधान चर्चाका लागि मिडियामा जान्थे, गीत बजाइदिन आग्रह गर्थे, अन्तर्वाताको लागि गुहार्थे। व्यवसायिक बजार भित्रको चलखेल, उठबस र समग्र प्रवृत्तिले उनलाई विरक्त बनायो। भाषा, भावना र भविष्यको खोजीमा नेपाल आएका पुष्पन विरक्तिए। 'आफ्नो गीत बजाउन मरी नमेट्। बरु तेरो गीत सुनेर उनीहरुले तँलाई बोलाउन्,’ कलाकार अनुपम शर्माले उनलाई सम्झाए। त्यसपछि आत्मशान्तिका लागि गाउँछु,आफ्नो गीत सुनाउन खर्च गर्दिनँ भन्ने अठोट बोकेर डुवर्स फर्किए। भारतको पश्चिम बङ्गालस्थित…
रत्नराज्य क्याम्पसको कोठा नम्बर २९। भित्र छिर्ने ढोका अगाडि गोविन्दप्रसाद आचार्य उभिएका छन्। कक्षा सुरुको घन्टी बजेको ५ मिनेट बितिसक्दा पनि बिए दोस्रो वर्षको ऐच्छिक नेपालीको कक्षामा एकजना पनि विद्यार्थी आएनन्। भर्खरै लामो विदा सकिएकाले क्याम्पसमा चहलपहल कमै देखिन्थ्यो। केही बेर कुरेपछि भने, 'अब भोलि आउनुपर्ला।' त्यही एउटा कक्षाका लागि बिहानै कीर्तिपुरदेखि भृकुटीमण्डप आएका थिए उनी। उनी आए तर,…
काठमाडौं : गौरीघाट, गुह्येश्वरी वरपर बत्ती र फूलको सजावट भव्य देखिन्छ। भत्किएका सडक पिच गरिएका छन्, खाल्डाखुल्डी पुरिएका छन्। बाटो र पर्खालहरु मात्र होइन वागमतीको बीच भाग पनि उस्तै सुन्दर देखिन्छ। नदी थुनेर पोखरी बनाइएको छ। दुईवटा मूर्ति राख्ने छठ घाटसहित। खोलाको बीच भागमा पुग्न अस्थायी पुल पनि बनाइएको छ। उदाउँदो र अस्ताउँदो सूर्य तथा छठी माईको पूजा गरेर मनाइने…
काठमाडौं : फिल्म 'छक्का पञ्जा ३' ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको रेकर्ड ब्रेक भएको खबर सार्वजनिक भयो। कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमार्फत फिल्मले १७ दिनमा १६ करोडको 'ग्रस कलेक्सन' गरेको जानकारी दिए, जुन रकम फिल्मको पहिलो भागको 'लाइफ टाइम कलेक्सन' थियो। फिल्म रिलिज भएको एक महिना बितिसक्दा फिल्मले २३ करोड माथिको व्यापार गरेको दाबी गर्छन् वितरक…
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको झोलामा एउटा आइप्याड कतै जाँदा पनि छुट्दैन। उनी अति धेरै खुशी हुँदा होस् या धेरै दु:खी हुँदा त्यो आइप्याड निकाल्छन्, हेर्छन्। त्यसमा उनकी बहिनीको फोटोहरु छन्, बहिनीलाई मनपर्ने गीतहरु छन्। तिहार नजिकिँदै गर्दा फेसबुकमा अरुका दाजु बहिनीले एक अर्कालाई ट्याग गर्ने पोस्टहरु देखिन थाले। भाइले दिदीको खुट्टा ढोगेको, टीका लगाएको, दक्षिणा वा…
संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुम्बहालमा रहेको घरमा देउसी भैलो खेल्न मान्छेहरु आउँदैन थिए। नेवार समुदायले स्वन्तिको रुपमा मनाउने तिहारमा देउसी भैलो खेल्ने चलन नै थिएन। आजभोलि भने बस्तीमा रैथाने नेवारहरु मात्र छैनन्। नयाँ बासिन्दा उत्तिकै थपिएकाले उनको टोलमा पनि तिहारको समय देउसी र भैलोका गीतहरु गुञ्जिन्छ। जीवनको लामो कालखण्डमा सबैखाले सांस्कृतिक समिश्रण र परिवर्तन भोगिरहेका छन् उनले। अब उनको टोलमा…
काठमाडौँः मखन गल्लीमा पुराना घरहरु छन्। टाँसिएर रहेका घरहरुमध्ये धेरैलाई टेको लगाइएको छ। केही नयाँ घरहरु पनि बन्दैछन्। नयाँ पुराना सबै घरैपिच्छेका पसल र बाहिरसम्म राखिएका पसलका सामानले गल्लीलाई साँघुरो बनाउँछ। त्यसमाथि मान्छेको भीड। तिहारको पूर्वसन्ध्यामा यो गल्लीमा खुट्टा राख्न समेत गाह्रो पर्छ। गल्ली छिर्ने कुनादेखि निस्किने ठाउँसम्म भाइ मसलाको बास्ना चल्छ। पाइलै पिच्छेका पसलहरुमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल…
म ११ वर्ष जतिकी थिएँ होला। त्योभन्दा कम उमेरको हुन्थें भने यो घटना याद नहुन सक्थ्यो। हिउँदे बिदामा मामाघर गएको थिएँ। आफ्नो उमेरका सबै स्कूल जान्थे। मेरो लागि साथी भनेकै हजुरआमा, माइजुहरु वा दिउसो मामाघरमा आउने मान्छे हुन्थे। तीनै मध्येका एक थिए हीरा अंकल। अंकल। किनकि मामाका छोराछोरीले उनलाई हीरा अंकल भन्थे। मलाई उनी भान्जी भनेर बोलाउँथे, किनकि मामा माइजुले…
पाँचथरका मदनप्रसाद दाहाल १२ वर्षअघिदेखि काठमाडौँको शंखमुलबाट युएनपार्क जाने बाटोमा टहरो बनाएर बस्दै आएका छन्। ८ वर्षसम्म कुनै दिन पनि सास्ती नखेपी सुकुम्वासी बस्ती नजिकको टहरादेखि चोकको पसल जान वा गाडी चढ्ने ठाउँसम्म ओहोरदोहोर गर्न पाएनन्। हिलो छल्न कहिले नरकट काटेर फिजाउँथे त कहिले बालुवा ल्याएर हाल्थे। जुन, अस्थायी समाधान बाहेक केही बनेन। घरमा भएको मोटरसाइकल निकाल्न सकेनन्। त्यसैले हिलो…
'भक्त महिषासुर, म तिम्रो हजारौं वर्षदेखिको तपस्याबाट धेरै प्रसन्न छु। जो इच्छा छ वरदान माग।' -'हे जगतपिता, हे श्रृष्टिकर्ता मलाई मृत्युदेखि ज्यादै डर लाग्छ। यदि हजुर मदेखि साँच्चै प्रसन्न होइबक्सन्छ भने मलाई अमर बनाइ बक्सियोस् प्रभु।' 'बालक महिषासुर, संसारमा जन्म लिएपछि मर्नैपर्छ। जन्मपछि मृत्यु र मृत्युपछि जन्म धुव्र सत्य छ, त्यसैले अमर भन्दाबाहेक अरु केही माग बाबु।' - 'त्यसो हो…
भारत मेघालयको सिलोङमा जन्मिएका अंकित खड्का ८ वर्षको उमेरमा मात्र नेपाल आए। अंकितका चार दाजु र एक दिदी कोही पढ्थे, कोही काम गर्थे। बुवा कहिले कोइला खानीमा काम गर्थे त कहिले बाटो खन्न जान्थे। आमाको भने घरमै गाई पालन र अदुवा खेती थियो। उनलाई भारत बसाइको यतिमात्र याद छ। न कुनै पर्वको रौनक सम्झन्छन्, न कुनै घटना। आतंकवादीको त्रास थियो।…
माओवादी द्वन्द्व उत्कर्षमा थियो। २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन भएपछि जागिरको धुनमा रहेका धेरै युवाको ध्यान खिचियो। र, भर्ती भए, माओवादीविरुद्ध लड्न। यसरी सशस्त्रमा छिर्नेमध्येका एक हुन् धापासीका कपिन्द्र थापा। उनको दरबन्दी पर्यो सशस्त्र प्रहरी बलको श्रव्यदृष्य शाखामा। 'बन्दुक बोक्न आएको थिएँ क्यामेरा बोक्नेमा परेँ। प्रविधिमा रुचि भएकाले सक्दिन भन्ने लागेन। जिम्मेवारी पूरा गर्नका लागि काम गर्दै सिक्छु भन्ने…
‘दशैंमा के गर्दै हुनुहुन्छ त?’ ‘यस पटक त ट्रेनिङ गर्दैछु’ साबित्रा भण्डारी अर्थात् नेपाली महिला फुटबलकी साम्बाको यो जवाफले कुराकानी लम्ब्याउन उक्सायो। र, सुरु गर्यौं दशैं वार्ता। दशैंताका गाउँमा हुने खसी र भाले कपले उनको फुटबल करियरको भर्याङको काम गरेको थियो। घटस्थापनाअघि विभिन्न खेलकुद सम्बन्धी प्रतियोगिताहरु आयोजना हुन्थे। तर, सबै पुरुषका लागि मात्र। साबित्राको फुटबल खेल्ने रहरलाई महिला हुनुले रोकेन।…
१६ वर्ष भयो सरिता गिरी नाट्यकर्ममा लागेको। जबजब उनी पुरानो बानेश्वरबाट मैतिदेवी आरोलो झर्छिन् उनको नजर आफसेआप दायाँतर्फको ढिस्कोतिर पुग्छ। सरिताले जीवनको १० वर्ष बिताएको आरोहण गुरुकुल अहिले त्यो ढिस्कोमा छैन। हरेक पटक देख्दा त्यही उकालोजस्तै उजाडिन्छ उनको मन। 'आफ्नो सपना भत्किएर छरिएको ठाउँ हेर्न नसकिने रहेछ,' उनको बोलीमा गुरुकुल भत्कँदाको पीडा सुनिन्छ। उनी ती दिन सम्झन्छिन् जब उनीहरु…
आनन्द शुभमले सन् २००३ देखि २०१७ सम्मको समय ओशो तपोवनमा बिताए। २१ वर्षको उमेरमा विलासिताको जीवन छोडेर ध्यानमा मग्न भएका उनले बिर्सेका थिए 'आफूभित्रको चित्रकार'। 'फर्केर आएपछि कलम, कुची, क्यानभास र रङहरु समाएँ। म चित्र बनाउनुमा खुब रमाउँछु,' उनी सुनाउँछन्। सानैदेखि चित्रकलामा रुचि राख्ने उनले एक वर्षमा धेरै चित्रहरु कोरे। प्रायः हरेक काम आफ्नो लागि, आफ्नो तरिकाले गर्ने उनले यसपटक…
२०१७ जुलाई २० मा 'मिस ब्युटी क्विन २०१७' को फिनाले भयो। बेस्ट स्टाइलिस्टको टाइटल पाइन् एल्जिना राईले। भोलिपल्ट सबैतिर समाचार। टाइटल जितेको वधाईका खबरले उनको फेसबुक वाल भरिए। तर, त्यहाँ वर्षिएका वधाईका संदेशले उनलाई मख्ख बनाउनै सकेन। टाइटल अवार्ड हुँदा पनि खुशी बन्न नसक्नुका धेरै कारण रहे, एल्जिनासँग। भक्तपुरस्थित एल्जी ब्युटी पार्लरकी संचालक हुन् एल्जिना। त्यहीँ पुगेर आयोजकले प्रतियोगिताका लागि…
सर्ट फिल्म छायांकनका लागि खोटाङ पुगेकी नाट्यकर्मी सरिता गिरीको यस पटकको यात्रा फरक रह्यो। फरक यो अर्थमा - उनले कसैको डेलिभरी गराइन्। हिन्दी फिल्म थ्री इडियट्समा आमिर खानले बच्चा डेलिभरी गराएको दृश्य थियो। आँधीका कारण बत्ती निभेको र बाटो बन्द। प्रोफेसरकी छोरीलाई प्रसव पीडा सुरु। के गर्ने? उपाय केही थिएन। ल्यापटपको स्क्रिनमा वेबक्याममा जोडिएका करीना कपूरको निर्देशन अनुसार आमिर खानले…