PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

  • महिलामाथि गिद्दे नजर लगाउनेको हुर्किएको भर्सन : प्रसाइँ र मन्त्री तामाङको अभिव्यक्ति

    महिलामाथि गिद्दे नजर लगाउनेको हुर्किएको भर्सन : प्रसाइँ र मन्त्री तामाङको अभिव्यक्ति

    घटना एक: भर्खरै बीएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मिडियासँग बोलेको एउटा भिडियो सार्वजनिक भयो। उनले भनेका छन् –‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्।‘ छात्राको चरित्र माथि प्रश्न उठाउन प्रसाईं यहीँ रोकिएनन्। थपे –‘बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबीबीएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्?’ घटना दुई:  शनिबार काठमाडौंस्थित प्राक्सिस…

    विस्तृतमा पढ्नुस्

  • बनारस र नेपालको सेतु: साम्राजेश्वरी पशुपतिनाथ

    बनारस र नेपालको सेतु: साम्राजेश्वरी पशुपतिनाथ

    बनारस र नेपाललाई जोड्ने धेरै आधारहरू छन्। सम्बन्ध सेतुमा संस्कृति, शिक्षा र धर्म सबैभन्दा अग्रस्थानमा छन्। नेपालको राजनीतिमा ‘काशी’ कहिल्यै टुटेन। टुक्रे राज्यदेखि एकीकरणपछिको नेपालसम्म। अझ प्रजातान्त्रिक आन्दोलनसम्म पनि। त्यसैलाई बयान गर्छ वाराणसी नामले चिनिने यो आध्यात्मिक शहरका नेपाली मन्दिरहरूले। नेपालको राजनीतिक इतिहासका कालखण्डका पान्नाहरु यहाँ छ्यापछ्याप्ती छन्। नेपालका राजा र रानीका नाममा रहेका घाटले सिङ्गो नेपाललाई प्रतिनिधित्व गर्छ। यहाँ…

    विस्तृतमा पढ्नुस्

  • बनारसी सारी : कालिगढ भन्छन् 'मारी साडी वर्ल्ड वाइड फ्यामस'

    बनारसी सारी : कालिगढ भन्छन् 'मारी साडी वर्ल्ड वाइड फ्यामस'

    बनारससँग जोडिएको एउटा ब्रान्ड हो ‘सारी’। काशी विश्वनाथको यात्रा होस् या गंगा दर्शन, यहाँ पुग्ने नेपाली तीर्थयात्रापछि सपिङ गर्ने सोचमा छन् भने बनारसी सारी विना उनीहरूको किनमेल पूरा हुँदैन। त्यसैले पशुपतिको जात्रा सिद्राको व्यापार भने झैँ तीर्थ यात्रासँगै लाग्छन् किनमेलतिर। जसरी उनीहरू सारीको खोजीमा हुन्छन्, यहाँका सारी बिक्रेता र तिनका एजेन्ट त्यसरी नै ग्राहकको खोजीमा भेटिन्छन्।  चर्को कोलाहलसहितको बनारसका साँघुरा…

    विस्तृतमा पढ्नुस्

  • मुगुकी किशोरीहरुको युरोप यात्रा : समुद्रको पानी त नुनिलो हुने रैछ, बाटोमुनि रेल कुदने रैछ

    मुगुकी किशोरीहरुको युरोप यात्रा : समुद्रको पानी त नुनिलो हुने रैछ, बाटोमुनि रेल कुदने रैछ

    ‘आमा मुकन पनि फूटबल खेल्न जान्या हौ।’  मुगु चैनपुरकी पुष्पा शाहले पहिलोपटक आमालाई फूटबल खेल्नका लागि अनुमति मागिन्। जवाफमा आमाले ‘नाईं’ भनिन्।  जब खेल्नकै लागि विदेश लगिन्छ भन्ने खबर फैलियो तब उनले त खेल्ने अनुमति पाइन् नै साथै आफ्नो छोरीलाई टिममा सेलेक्ट गराउन सोर्सफोर्ससमेत लगाउन खोज्ने आमाबुवा थुप्रै निस्किए।  बामा गाउँको एउटा चौरमा भएको छनौट खेलमा विभिन्न मुगुको गाउँबाट आएका…

    विस्तृतमा पढ्नुस्

  • १७ अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा, अर्थात् नेपाली महिला फुटबलकी हिरो

    १७ अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा, अर्थात् नेपाली महिला फुटबलकी हिरो

    सन्दर्भ २०६५/ ६६ सालतिरको। ठाउँ लमजुङको सिम्बाली गाउँ। विशेषगरी गुरुङ समुदायभित्र नागरिकता बारे विवाद सुनिरहन्थिन् साबित्री। पछि थाहा पाइन्- छोरी बाठी हुन्छे, काम र पढाइका लागि टाढा जान्छे भन्ने डरका कारण अभिभावकले समयमा नागरिकता नबनाइदिँदा रहेछन्।  छोरी घरभित्रै सुरक्षित र संस्कारी हुन्छे भन्ने विश्वास गढेको थियो। छोरीहरु पनि प्राय: आमाबुवाले चाहेजस्तै भइदिन्थे- बिहान बेलुका घरको काममा सहयोग। कहिले घाँस दाउरा…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको समर्थन : दीपकराज गिरी

    अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको समर्थन : दीपकराज गिरी

    सन्दर्भ सन् २०१४ को विश्वकपको। नेपाल टेलिभिजनमार्फत् हाँस्य टेलिश्रृङ्खला 'तितो सत्य' चलिरहँदा ब्राजिलमा वर्ल्डकप जारी थियो। सिरियलका मुख्य दुई पात्र दीपक र दीपाका लागि भने विश्वकप कथाका लागि राम्रो खुराक बन्यो।  दीपा ब्राजिल समर्थक र दीपक अर्जेन्टिना। हाँस्य टेलिश्रृङ्खलाले फुटबल सम्बन्धि प्रसङ्ग जोडेर कथा बनाउनु मनोरञ्जनात्मक थियो। सामाजिक सञ्जालमा ट्रोलको ट्रेन्ड अहिले जस्तो चर्को भइसकेको थिएन। त्यसैले पनि टिभीमा आउने…

    विस्तृतमा पढ्नुस्

  • इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी'

    इतिहासको चर्चा गर्ने नृत्य नाटिका अर्थात्, 'राजेन्द्रलक्ष्मी'

    काठमाडौँ: १८ औँ शताब्दीको नेपाली समाज। तरबारबाजी वा घोडसवारी पुरुषबाहेकका लागि निषेध। साहसी मानिने यस्ता गतिविधि छोरी मान्छेले गर्नु अभद्रताको परिचय। समाजले बनाएको नियम नै यस्तै थियो। नियम बनाउने चाहिँ पुरुष। पालना गर्न बाध्य महिला। तर, पाल्पाकी राजकुमारी राजेन्द्रलक्ष्मीले ती नियमहरू भत्काइन्। पिता राजा मुकुन्द सेनसँग विद्रोह गरेर घोडचडीमा पारङ्गत भइन्, तरबार नचाउन पनि सिपालु, युद्धका तयारीमा पुरुष सरह सामेल…

    विस्तृतमा पढ्नुस्

  • फिल्म सञ्जुको 'कर हर मैदान फतेह…' का सर्जक शेखरको नेपाल नाता : आन्दोलित बनाउन लेख्थे नेपालीमै गजल

    फिल्म सञ्जुको 'कर हर मैदान फतेह…' का सर्जक शेखरको नेपाल नाता : आन्दोलित बनाउन लेख्थे नेपालीमै गजल

    खाने अनि देखाउने छुट्टाछुट्टै दाह्रा किन?  तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन? २०५९ सालतिर शेखर अस्तित्वको यो सेर गजलप्रेमीको जमातबीच चर्चित थियो। सत्तामा राजा थिए। प्रजातन्त्र मास्दै सुरु भएको अधिनायकवादविरुद्ध समाजका सबै तप्का विद्रोही बन्दै थिए। त्यसमा साहित्यकार पछि पर्ने कुरै थिएन। त्यही विद्रोहको बोली थियो – तैंले बोल्दा महावाणी, मैले बोल्दा नारा किन? विद्रोह नहोस् पनि नि किन…

    विस्तृतमा पढ्नुस्

  • कौशीबाट थिएटरको आयाम छुने 'आकांक्षा'

    कौशीबाट थिएटरको आयाम छुने 'आकांक्षा'

    म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,  कुनै कुरा थिएन थाहा, मस्त निदमा थिएँ,  मलाई घच्घच्याउँदै, उठाउँदै,  'ल हिँड्' भने अघोर मध्य रातमा  धुरुधुरु रुँदै गएँ  कक्रक्क परेर सुकेको बुढो रुखको जरा। जरामुनिको जमिनमा आमाको चिहान। जरामाथि टेकेर आफ्नी आमालाई अस्तु दिइरहेको एउटा मान्छे। पृष्ठभूमिमा मधुर संगीत अनि अधिश्री ढुङ्गानाको आवाजमा भीमनिधि तिवारीको कविता दागबत्ती।   नाटक 'दयालु रुख' यसरी…

    विस्तृतमा पढ्नुस्

  • नेमारले आज गोल हान्छन् : खगेन्द्र लामिछानेको सपोर्ट ब्राजिललाई

    नेमारले आज गोल हान्छन् : खगेन्द्र लामिछानेको सपोर्ट ब्राजिललाई

    पोखरा: कलाकार तथा फिल्म लेखक खगेन्द्र लामिछाने आइतबार राति अबरेसम्म पोखरा लेकसाइडमा छन्। ब्राजिल र स्विट्जरल्यान्ड बीचको विश्वकप भिडन्त हेर्न।  खेल रोचक हुनेवाला छ। किनकी उनी ब्राजिल समर्थक हुन् र आज उनले समर्थन गरेको टोलीको पहिलो गेम हुँदैछ। थप, आजको दिन पोखरामा हुनुले बेग्लै रौनकता थपेको छ।  खगेन्द्रले पहिलो चोटी सन् १९९८ मा वर्ल्डकप हेरेको थिएँ त्यो पनि पोखरामै आएर।…

    विस्तृतमा पढ्नुस्

  • 'थुक निलिस्? नयाँ लुगा छैन' : नाजिरका स्मृतिमा रोजाका दिन

    'थुक निलिस्? नयाँ लुगा छैन' : नाजिरका स्मृतिमा रोजाका दिन

    काठमाडौ : 'तैँले थुक निलिस्? अब तेरो रोजा सक्यो। तेरो कामना पूरा हुँदैन,' दाजुले यस्तो भन्नासाथ उनी आतिन्थे। र, हत्तपत्त थुक ननिलेको तर्क गर्थे। तर थुक त निलिएकै थियो। अरुका अगाडि ढाकछोप गरे पनि आफूलाई त थाहा थियो। उनलाई लाग्थ्यो – 'बरु घरमै बसेको भए बुबाले थुक ननिल्न सम्झाइरहनु हुन्थ्यो। त्यत्रो दिन भोकै बसेर गरेको कामना योपटक पनि पूरा नहुने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिभिजनबाट यसरी गरियो पहिलो पटक वर्ल्डकप प्रसारण

    नेपाल टेलिभिजनबाट यसरी गरियो पहिलो पटक वर्ल्डकप प्रसारण

    नीर शाह बेलायतमा टेलिभिजन एण्ड फिल्म म्यानेजमेन्ट पढ्दै थिए र बिदामा मात्रै नेपाल आउँथे। सन्दर्भ १९८२ को हो। त्यस वर्ष बिदा र विश्वकप फुटबल एकैसाथ पर्‍यो। नेपालमा टेलिभिजन सुरुवात नै भएको थिएन। विश्वकप हेर्नकै लागि नयाँ टिभी किनेर ल्याए। एन्टेना र बुस्टर राखेर विदेशी च्यानलको सिग्नल मार्फत टिभी हेर्ने चलन थियो त्यतिखेर। स्पेनमा भएको वर्ल्डकपको धमिलो यादमात्र बाँकी छ उनको…

    विस्तृतमा पढ्नुस्

  • एक जीवन, दुई जन्म : दुर्घटनाग्रस्त विमानभित्र रहेर पनि जोगिएका विनोद

    एक जीवन, दुई जन्म : दुर्घटनाग्रस्त विमानभित्र रहेर पनि जोगिएका विनोद

    गएको फागुन २८ गते बिहानैदेखि घरायसी काममा व्यस्त थिइन् आर्या। ढोकाको घण्टी बज्ला भनेर चनाखो थिइन्। ‘म १२ बजे आइपुग्छु अनि सँगै खाना खाउँला’ पति विनोदराज पौडेलले भनेका थिए। कतिखेर आइपुग्लान् र ढोका खोलुँला भन्दै बसेकी उनले सुनिन् फोनको घण्टी।  श्रीमान् भन्दा पहिले आयो एउटा अकल्पनीय खबर। खबर थियो -  बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरको विमान अवतरणका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • विकट मुगुका किशोरीहरु तयारीमा छन् एउटा 'अर्को विश्वकप'को लागि

    विकट मुगुका किशोरीहरु तयारीमा छन् एउटा 'अर्को विश्वकप'को लागि

    ८ घण्टा पैदल अनि २ दिनभन्दा बढी समय गाडीमा यात्रा गरेर मुगु, रोबाकी रोशनी कामी काठमाडौं आइपुगिन्। फूटबल खेल्न, आमाले नयाँ वर्षमा किनिदिएको नयाँ जुत्ता लगाएर गोल हान्ने धोकोसहित।  उनीजस्तै मुगुका विभिन्न गाउँका १५ वर्ष मुनिका १७ किशोरी काठमाडौं आएका छन्- लुगा, आमाबाले दिएको बाटो खर्च र चाउचाउ र बिस्कुटको पोको बोकेर। अर्को हप्तादेखि रसियामा विश्वकप फुटबल हुँदैछ। नेपालको विश्वकपमा…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षपछि 'फेयर एन्ड लभ्ली गर्ल'को मोडलिङमा 'कमब्याक'

    १६ वर्षपछि 'फेयर एन्ड लभ्ली गर्ल'को मोडलिङमा 'कमब्याक'

    फेयर एन्ड लभ्ली गर्ल अर्थात् रुपालक्ष्मी शाह यसपटक नेपाल आउँदा उनलाई भ्याइ नभ्याइ थियो। ११ दिनको बिदा अनि ४ वटा बिहेको पार्टीमा सहभागी हुनुपर्ने। विवाहको कार्यक्रमका लागि त समय जसो तसो मिलाइन् तर उनको ‘टु डु लिस्ट’मा अर्को महत्वपूर्ण काम थियो- मोडलिङमा 'कमब्याक'।   तर, व्यस्तताका बीच समय मिलाइन् र गराइन् फोटोसुट। विभिन्न रङ र डिजाइनका ब्राइडल ड्रेस लगाएर रुपालक्ष्मीले…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै भोगाइका 'प्लट' उन्दै नाजिरको नाटक: कुरुप हाँस

    आफ्नै भोगाइका 'प्लट' उन्दै नाजिरको नाटक: कुरुप हाँस

    बकर इदको माहोल। कुरबानीका लागि राखिएको खसी भएको घरमा सबै भेला हुने चलन। दादीजीदेखि फुपूहरु, काका अनि सबै एकै ठाउँमा। बली दिन घरमा राखिएको ठूलो रातो रङको खसी अझै सम्झन्छन्, नाजिर हुसेन। चहलपहल, मीठा परिकार र नयाँ लुगा पाउँदाको उत्साहित मन निराश भयो जब दादीले भनिन्, 'न भोजपुरी बोल्न जान्छ, न अनुहार मिल्छ। मुसलमनको बच्चा जस्तो छैन यो। सानो भाइ त…

    विस्तृतमा पढ्नुस्

  • जसले टुक्रिसकेका हरिवंशलाई सम्हालिन्

    जसले टुक्रिसकेका हरिवंशलाई सम्हालिन्

    जिन्दगीको यात्रा अनौठो कोही आउने कोही जाने न हो...  डाक्टर भोला रिजालको गीतका यी शब्दहरुले रमिला पाठकलाई घत पार्‍यो। फेरि बिहे नगर्ने ११ वर्ष पुरानो सोचलाई उल्टाइदियो। जिन्दगीको नयाँ यात्राका लागि परिवारले पनि साथ दियो। र, २०६९ सालको असारमा दोस्रो विवाह भयो। जीवन साथी बने हरिवंश आचार्य। चर्चित कलाकार। आचार्यले पनि भर्खरै पत्नी गुमाएका। गीतले भनेजस्तै उनको जिन्दगीको यात्राबाट पनि…

    विस्तृतमा पढ्नुस्

  • दुर्गन्ध, फोहर अनि बिरामीको चाप : यो हो देशको केन्द्रीय मानसिक अस्पताल

    दुर्गन्ध, फोहर अनि बिरामीको चाप : यो हो देशको केन्द्रीय मानसिक अस्पताल

    भैरहवा दीपक सुनारले एक्कासी अस्वभाविक व्यवहार देखाउन थाले। भैरहवामै कक्षा ११ पढ्दै गरेका उनी गत पुसदेखि शुरुमा कि त टोलाउँथे वा धेरै रिसाउँथे। केही पछि एकोहोरो बर्बराउन, बेहोसीमा हिँड्न, कपडा फुकालेर फाल्न थाले। उनलाई सुधार केन्द्रमा लगेर राखियो। तर, तीन महिना केन्द्रमा राखेर औषधी खुवाउँदा पनि ठीक भएन।   'डाक्टरले समयमा औषधी खुवाए ठीक हुन्छ भनेका थिए। पैसा खर्च भयो,…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: 'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’

    फ्राइडे रिलिज:  'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’

    काठमाडौं : यो साता तीन नेपाली फिल्म प्रदर्शन भएका छन् - 'लम्फू', ‘हिरोज’ र ‘मनाङ्गे नानी’। सामाजिक कथा बोल्ने लम्फूले गाउँबाट संघर्ष गर्न शहर पस्ने युवाको कथा भन्छ। फिल्ममा कविर खड्का, मरिश्का पोखरेल, कुशुम श्रेष्ठ, सलोन बस्नेत लगायतको अभिनय रहेको छ। फिल्मलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन्। अभिनेत्री पूर्णीमा लामाको निर्माणमा बनेको ‘हिरोज’मा कलाकारहरु करिश्मा मानन्धर, जयकिशन बस्नेत, मुकेश ढकाल,…

    विस्तृतमा पढ्नुस्

  • वाह क्या शृङ्गार छ!!

    वाह क्या शृङ्गार छ!!

    अर्धनग्‍न आकाशले सानो त्यान्द्रो बादललाई घरी यता घरी उता तान्दै, छोप्‍न खोज्दैछ आफ्नो लाज। बैरी नै सही छिमेकबाट  आउँदै छन् पाहुना उनैलाई रिझाउन सडक र गल्लीहरुमा पोतिँदैछन्  ठुस्स गन्हाउने इनामेल। चीर निन्द्रामा रहेका बल्ब  अनि खियाले खाएका ल्याम्प पोस्टहरु मौसमी विकासको साक्षी बन्दै रातरात भर जाग्दैछन्। बुङ्ग बुङ्ग… उड्ने,  सडक पेटीका फा-पाउडरहरु एकाएक कैद हुन थाले महङ्गा मेकप किटहरुमा। गरेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell