PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • बस्तीका निरीहहरूका आशा : हाम्रो लागि केही गर्छन् कि?

    बस्तीका निरीहहरूका आशा : हाम्रो लागि केही गर्छन् कि?

    करिव दुई महिना अघि वनस्थली, राष्ट्रिय मिर्गौला उपचार केन्द्र पुग्दा भेटिइन् मीना मल्ल। आफ्नो १५ वर्षीय छोरा गणेशलाई डायलासिस मेसिन छेउको शय्यामा सुताएर निस्किएकी रहेछिन्। त्यसैले उनी हतारमा थिइन्। फटाफट कोठासम्म पुगेर, खाना खाएर फर्कनु थियो। उपचार केन्द्रमा छोराको कुरुवा बस्न। हाम्रो प्रश्न र जिज्ञासाले रोक्यो उनलाई। निषेधाज्ञाले मिर्गौला बिरामीको उपचार र नियमित डायलासिसमा पारेको प्रभावबारे बुझ्नु थियो। तर, समस्या,…

    विस्तृतमा पढ्नुस्

  • 'अँध्यारोबाट उज्यालोमा आउँदा आँखा थोरै तिरमिरायो'

    'अँध्यारोबाट उज्यालोमा आउँदा आँखा थोरै तिरमिरायो'

    खरायो र कछुवाको दौडको कथा। कथामा खरायोको जस्तै गति थियो उनीहरूको हतारोको। अनि, कछुवाको गतिजस्तै सुस्त चल्‍दै थियो समय। वर्षौ भएको थियो उनीहरूका लागि समय ढिला चल्न थालेको। दिन, साता, महिना र वर्षको हिसाब भारी भएको। बादल लागेकाले हुनुपर्छ सोमबार त घाम पनि ढिलामात्रै देखियो। हरेक पटक घडी हेर्दा सुई नै बिस्तारै हिँडेजस्तो लाग्दै थियो। यस दिन विशेष थियो उनीहरूका…

    विस्तृतमा पढ्नुस्

  • 'तपाईँलाई पर्खिराखेको मान्छेको मन नदुखाइदिनुस्, प्लिज'

    'तपाईँलाई पर्खिराखेको मान्छेको मन नदुखाइदिनुस्, प्लिज'

    २०६७ कार्तिक ३० गते, मंगलवार बिहान। चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्‍याउँदा रसुको शरीर स्ट्रेचरमा थियो। देब्रे खुट्टा चाहिँ झोलामा! शरीर नै छाडेको खुट्टा जोड्न मिलेन। त्यतिमात्र होइन, उनको दाहिने खुट्टा पनि काटेर…

    विस्तृतमा पढ्नुस्

  • कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

    कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

    कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति? कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर नियन्त्रणको चर्चा सुरु भएको छ। विज्ञ तथा चिकित्सकहरूले नयाँ लहरले…

    विस्तृतमा पढ्नुस्

  • 'पैसा नहुनेले त बहुलाउन पनि दश पटक सोच्नुपर्छ'

    'पैसा नहुनेले त बहुलाउन पनि दश पटक सोच्नुपर्छ'

    अर्धनग्न शरीर। लट्टा परेको कपाल। हातमा दुई चारवटा झोलाका पोका र मैलो खास्टो। बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन्। फोहोरको थुप्रोमा केही खोजिरहेकी मनकुमारीलाई गाउँलेले देखेपछि पुर्‍याए खबर – तपाईंकी बहिनीलाई…

    विस्तृतमा पढ्नुस्

  • 'तँलाई जेसुकै होस्, मतलव छैन, काममा हन्ड्रेड पर्सेन्ट चाहियो!'

    'तँलाई जेसुकै होस्, मतलव छैन, काममा हन्ड्रेड पर्सेन्ट चाहियो!'

    मसँग जुरुक्क उठेर हिँड्नुको विकल्प थिएन। बस्‍न मन हुने कुरै भएन। भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन। त्यतिबेला थियो त केवल एउटा आकृति, ठीक अघिल्तिर अनुहारभरि आक्रोश बोकेर बसेको। मेरा आँखा टिलपिल हुनुअघि उसले भनेको थियो – 'मलाई कसैको 'मेन्टल, इमोसनल स्टेट'को मतलव छैन। बस्…

    विस्तृतमा पढ्नुस्

  • हेलिकप्टरबाट उद्धार भएपछि मात्र अनुभूति भयो पेटभित्र चल्मलाएको जीवन...

    हेलिकप्टरबाट उद्धार भएपछि मात्र अनुभूति भयो पेटभित्र चल्मलाएको जीवन...

    हेलिकप्टरले भुईँ छाड्यो। केही माथि पुगेपछि बल्ल उनले आँखा खोलिन्। आँट गरेर सिसाबाहिर हेरिन् र मुन्टो निहुराइन्। निकै कहाली लाग्दो थियो, दृश्य। कहाँ खेत? कहाँ बस्ती अनि कहाँबाट बग्छ खोलो? खुट्याउनै मुश्किल। लेदोले पुरिएको थियो सबै। हरिया थुम्काहरूको बिच बिचमा माटो, ढुङ्गा र रुखहरू ठाउँ छोडेर खसिरहेका देखिन्थे। आधा पुरिएका घर। मान्छे सुतेजसरी सर्लक्क पल्टिएको संरचना। बगर बनेको बस्ती। निकै…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को खोपले महिनावारीमा असर : अध्ययन नहुँदा यकिन गर्न कठिन

    कोभिड-१९ को खोपले महिनावारीमा असर : अध्ययन नहुँदा यकिन गर्न कठिन

    महिनावारीको समयमा उषा केसीलाई साह्रै गाह्रो हुन्छ। उनमा शारीरिक कमजोरी र मानसिक तनाव एकैसाथ बढ्छ। शान्त रहन कठिन हुन्छ। स-साना कुरामा झिँजो लाग्नु र रीस उठ्नुले परिस्थिति सम्हाल्न सक्दिनन् कहिलेकाहीँ। यस पटक त उनको तनाव झनै बढ्यो। किनकि महिनावारी हुनुअघि देखिने लक्षणहरू देखिए। अर्थात्, प्रिमेन्सट्रुअल सिन्ड्रोम (पीएमएस) सुरु भयो। तल्लो पेट दुख्यो, शरीर गल्यो र 'मुड स्वीङ्ग' हुन थाल्यो। तर,…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिको जग्गा, सुकुम्बासीको व्यापार : अवैध घर टहरामा नगरपालिकाको नम्बर प्लेट!

    पशुपतिको जग्गा, सुकुम्बासीको व्यापार : अवैध घर टहरामा नगरपालिकाको नम्बर प्लेट!

    ४४ वर्षीया तारा भुजेलले आफ्नो दु:ख र अभावको कथा सुनाइन् तयार भइन्। सडक पेटीमा तरकारी बेच्ने उनले निषेधाज्ञाका कारण बेच्न ल्याएको तरकारी सबै कुहिए रे! तरकारी त फाल्नु पर्‍यो नै, सँगै ठप्प भयो उनको कमाइको बाटो पनि। आम्दानी नभएपछि कोठा भाडा तिर्न सकस हुने भइहाल्यो। घरबेटीको निरन्तर दवावपछि श्रीमान् र छोरीसहित झिटिगुम्टा बोकेर कोठा छाडेको बताउँछिन् उनी। हाल उनी कागेश्वरी…

    विस्तृतमा पढ्नुस्

  • सुन्दर मानवीय मुल्य झल्किएको एउटा दुखद् खेल : एरिक्सनको अवस्थाले यसरी जोड्यो दुनियाँलाई

    सुन्दर मानवीय मुल्य झल्किएको एउटा दुखद् खेल : एरिक्सनको अवस्थाले यसरी जोड्यो दुनियाँलाई

    शनिवार यूरोकप अन्तर्गत शनिवार फिनल्याण्ड र डेनमार्कको खेल थियो। खेलको ५९ औं मिनेटमा जोएल पोह्यानपालोले फिनल्याण्डका लागि निर्णायक गोल गरे। दर्शकदीर्घामा रहेका फिनल्याण्डका समर्थक उत्साहित हुँदै उफ्रिए, कराए। देशको झण्डा र समर्थनको नारा लागि रहँदा, जोएल स्वयंले भने गोलको उत्सव मनाएनन्। उनी कुद्दै गोलपोस्टदेखि केही पर पुगे। उनको मुहारमा न हाँसो देखियो न निर्णायक गोल गर्नुको खुशी नै। कारण – केहीबेरका…

    विस्तृतमा पढ्नुस्

  • भारतमा विवादित 'कोरोनिल' : नेपालमा भने आयुर्वेदिक औषधिको मान्यता पाउने प्रक्रियामा?

    भारतमा विवादित 'कोरोनिल' : नेपालमा भने आयुर्वेदिक औषधिको मान्यता पाउने प्रक्रियामा?

    काठमाडौं : गत साता पतञ्जलि योगपीठले नेपाललाई कोभिड-१९ विरुद्धको किट उपलब्ध गरायो। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले उक्त सहयोग बुझे। पतञ्जलिले स्वासारी ट्याब्लेट, कोरोनिल ट्याब्लेट र नाकमा राख्ने अणु तेलको १५ हजार प्याकेट मन्त्रालयलाई सहयोग गरेको हो। तर, उक्त किटमा समावेश कोरोनिल नेपालमा दर्ता भएको छैन। दर्ता नभएको औषधि बिक्री तथा…

    विस्तृतमा पढ्नुस्

  • अनि छोरी रोएको खबरले खुशी चुलियो …

    अनि छोरी रोएको खबरले खुशी चुलियो …

    दीपकको कालो रङको झोलामा दूध हाल्ने सानो बट्टा छ। केही रसिद र रिपोर्टहरू पनि। तर, पनि हलुका छैन त्यो झोला। हरेकपटक काँधमा भिर्दा जिम्मेवारी र डरको भारीले थिच्छ उनलाई। जोरपाटीबाट स्कुटर लिएर निस्किँदा हतारो हुन्छ उनलाई। पुग्नुपर्ने पाटन अस्पताल। चिन्ता हुन्छ ­– निषेधाज्ञा कडा बनाउन तैनाथ भएकाहरूले कति ठाउँमा रोक्लान्? अनि कतिलाई रिपोर्ट देखाउँदै भन्नु पर्ला – आमाको दूध भर्खर…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ मुक्त हुँदा पनि रोकिँदैन जोखिमको शृङ्खला, अनुशासनको विकल्प देख्दैनन् चिकित्सक

    कोभिड १९ मुक्त हुँदा पनि रोकिँदैन जोखिमको शृङ्खला, अनुशासनको विकल्प देख्दैनन् चिकित्सक

    जेठ १७ गते विवेकशील साझाका पूर्व अध्यक्ष उज्वल थापाको कोरोना भाइरस पीसीआर रिपोर्ट नेगेटिभ आयो। उनको स्वास्थ्य लाभको कामना गरिरहेका सबैका लागि सकारात्मक सङ्केत थियो त्यो। तर, नेगेटिभ रिपोर्ट आएकै भोलिपल्ट उनको मृत्यु भयो। उनी संक्रमणमुक्त त भए तर समस्या मुक्त भएनन्। उनको स्वास्थ्य जटिलता बढ्दै गयो। उपचाररत् मेडिसिटी अस्पतालका अनुसार थापाको शरीरका अंगहरुले काम गर्न सकेका थिएनन्। जटिल संक्रमणको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीमाथि आक्रमण गरे चार वर्षसम्म कैदको प्रस्तावः अभियुक्त थुनामै रहने, प्रस्तावित अध्यादेशमा यस्ता छन् व्यवस्था

    स्वास्थ्यकर्मीमाथि आक्रमण गरे चार वर्षसम्म कैदको प्रस्तावः अभियुक्त थुनामै रहने, प्रस्तावित अध्यादेशमा यस्ता छन् व्यवस्था

    काठमाडौंः सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण गरे चार वर्षसम्म कैद सजाय हुनेगरि नयाँ कानुन प्रस्ताव गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्ने अध्यादेश मस्यौदा तयार पार्दै कारबाहीको दायरा बढाउने प्रस्ताव गरेको हो। कसुरदारलाई दुई लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव पनि अध्यादेशमा गरिएको छ। तत्काल प्राप्त प्रमाणले कसुरदार ठहर…

    विस्तृतमा पढ्नुस्

  • बिरामीका आफन्त सोझै हातपातमा उत्रिँदाको मार : ‘जेल विदाउट बेल’ खोजिरहेका चिकित्सकको पूरा होला माग?

    बिरामीका आफन्त सोझै हातपातमा उत्रिँदाको मार : ‘जेल विदाउट बेल’ खोजिरहेका चिकित्सकको पूरा होला माग?

    काठमाडौं : भेरी अस्पतालमा चिकित्सक र नर्सहरू कुटिए। उपचाररत् कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको आफन्तले आईसीयू वार्डमै पसेर उनीहरूमाथि प्रहार गरे। जेठ १३ गते रातिको घटना त्यही अस्पतालमा घट्यो जहाँ कोरोना भाइरस संक्रमणको दोस्रो लहरले शय्या र अक्सिजन अभाव मच्चिएको थियो। संक्रमितको चाप धान्न अस्पतालको जनशक्ति पनि पर्याप्त थिएन। हाहाकार बिच खटिएका थिए चिकित्सक, नर्सलगायत अन्य कर्मचारी। तर, जसका लागि…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितका लागि बनेका आइसोलेसन खाली, विरामी चाहिँ घरमै

    संक्रमितका लागि बनेका आइसोलेसन खाली, विरामी चाहिँ घरमै

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो भने मृत्युदर उच्च। एकाएक अस्पतालहरूमा शय्यामा अभाव देखियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालदेखि अन्य सरकारी एवं निजी अस्पतालमा बिरामीलाई बाहिरै राखेर उपचार गरिएको दृश्यहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम भरि छायो। स्वास्थ्य अवस्था गम्भीर भएकाहरू आईसीयू र भेन्टिलेटर पाउन मुस्किल भयो। त्यसबाहेक कोरोना संक्रमण पुष्टि भए लगत्तै बेडको माग…

    विस्तृतमा पढ्नुस्

  • छुट्यो दोस्रो खोपको तालिका, अब पाउने कसरी? जेष्ठ नागरिक पनि कुरेको कुर्‍यै

    छुट्यो दोस्रो खोपको तालिका, अब पाउने कसरी? जेष्ठ नागरिक पनि कुरेको कुर्‍यै

    वैशाख पहिलो साता कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाए काठमाडौं बस्ने बुद्धिमान लिम्बुले। त्यतिबेला देशमा संक्रमणको दोस्रो लहर उकालो लाग्दै थियो। संक्रमण नियन्त्रणका लागि वैशाख १३ गते, उपत्यकाभित्रका तीन जिल्लामा १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा भयो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख थियो – 'काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका।' निजी कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने बुद्धिमानका छोरा…

    विस्तृतमा पढ्नुस्

  • सबैलाई हँसाउने कमेडियन आदर्श शोकमा, उपचारमा समय कटौतीले लियो उनको बुवाको प्राण!

    सबैलाई हँसाउने कमेडियन आदर्श शोकमा, उपचारमा समय कटौतीले लियो उनको बुवाको प्राण!

    मंगलवार बिहान साढे ९ बजे आदर्श मिश्रले ट्वीट गरे – म मेरो बुवालाई गुमाउन चाहन्न।  त्यसको केही घण्टामा खबर सार्वजनिक भयो – कमेडियन आदर्श मिश्रको बुवा रहेनन्।  उनले सुरुमा 'टिम जितपुर'मा आफूसँगै काम गरिरहेका साथी सोनु जैसवाललाई फोन गरेर दिएका थिए यस्तो दु:खद् खबर। भक्कानिँदै भनेका थिए – 'अस्पतालको लापरवाहीले पापालाई मार्‍यो ।'  चार वर्षअघि देखि आदर्शका बुवा विनोद मिश्रको…

    विस्तृतमा पढ्नुस्

  • एउटा यस्तो बस्तीको कथा जहाँ मानिसहरू निरीह भएर सोध्दैछन् : हामीलाई नै किन लैजाँदैन कोरोनाले?

    एउटा यस्तो बस्तीको कथा जहाँ मानिसहरू निरीह भएर सोध्दैछन् : हामीलाई नै किन लैजाँदैन कोरोनाले?

    काठमाडौंमा एउटा यस्तो बस्ती छ जुन यतिखेर रोगसँग फिटिक्कै डराएको छैन। किनकि डराएर, रोएर र कराएर केही हुँदैन – उनीहरूको अनुभवले यस्तै भन्छ। हरेक बिहान बस्तीमा घन्कने रेडियोले उस्तै समाचार दिन्छ – देशभर संक्रमण बढ्यो। संक्रमणले मान्छे मरे। बिरामीलाई सास फेर्न गाह्रो भएको छ तर अस्पतालमा बेड छैन। अक्सिजन छैन। बस्तीको बासिन्दा एकअर्कासँग प्रश्न गर्छन्‍ - यो देशमा सरकार चाहिँ…

    विस्तृतमा पढ्नुस्

  • प्लाज्मा थेरापीबारे डाक्टरहरूकै राय बाझियो, संक्रमितको उपचारमा निम्तियो द्विविधा

    प्लाज्मा थेरापीबारे डाक्टरहरूकै राय बाझियो, संक्रमितको उपचारमा निम्तियो द्विविधा

    काठमाडौं : 'मेडिकल काउन्सिलले प्लाज्मा नचढाउने भनिसक्यो। अझै डाक्टरहरूले नै प्लाज्मा माग्छन् कि हामी आफै आत्तिएर प्लाज्मा थेरापीका लागि डाक्टरलाई दबाव दिन्छौं?'  बुधवार दमकका गोविन्दराज कट्टेलले आफ्नो द्वविधा सुनाए। कोरोना भाइरस संक्रमितका लागि प्लाज्मा जुटाउने उद्देश्यले खोलिएको मेसेन्जर समूहमा सोधिएको प्रश्नको जवाफ भने कसैले दिएनन्।  बरु सोही समूहमा सुजन खरेलले लेखे : 'प्लाज्मा थेरापीले केही काम नगरेर भारतमा त बन्द भएछ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell