PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • जिब्रोको स्वादलाई शब्दको साथ : राणाजीका भान्सामा आखिर के पाक्थ्यो?

    जिब्रोको स्वादलाई शब्दको साथ : राणाजीका भान्सामा आखिर के पाक्थ्यो?

    पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको घरमा खटिएका सैनिक जवानहरू हरेक दिन खाना खाने समय भएपछि 'ब्रेक' लिन्थे र पुग्थे ब्यारेक। लकडाउनसम्म दैनिकी यसैगरी चल्यो।     जब सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु गर्‍यो, आवत् जावत् ठप्प रह्यो। त्यसपछि भने राणाकै आवास क्षेत्रमा पकाउने र खाने गर्न थाले उनीहरूले।  लकडाउनको अवधिमा मानिस रोग र भोकसँग नराम्ररी सताइएका…

    विस्तृतमा पढ्नुस्

  • सोसल मिडियाबाट विद्रोहमा सेन्ट मेरिजका विद्यार्थी : कपालको आकारले छेड्यो बहस

    सोसल मिडियाबाट विद्रोहमा सेन्ट मेरिजका विद्यार्थी : कपालको आकारले छेड्यो बहस

    मार्च १७ मा सेन्ट मेरिज विद्यालयकी छात्रा श्रुती (नाम परिवर्तन) नयाँ ‘हेयर स्टाइल’सहित स्कूल पुगिन्। छोटो बनाएर काटेको कपालबारे साथीहरूले फरकफरक प्रतिक्रिया जनाए। प्रतिक्रियाले दिएको उत्साह धेरै समय भने रहन पाएन। कारण अध्यापक भारती देवानको प्रश्न - ‘तिमीलाई केटीजस्तो देखिएको छैन। के तिमीलाई केटी मान्छे हुनुमा गर्व छैन?’ श्रुती कराँते खेलाडी पनि। पढाईसँगै खेलकुदमा समय दिन पर्ने भएकाले लामो कपाल…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको सिकार बनेको त्यो जमीन : 'कागज कारखाना'को खाका पूरा नहुँदा 'कलाघर'ले लियो आकार

    राजनीतिको सिकार बनेको त्यो जमीन : 'कागज कारखाना'को खाका पूरा नहुँदा 'कलाघर'ले लियो आकार

    मन लगानी गरेर बनाएको 'कलाघर'मा कहिल्यै समय बिताउन पाएका थिएनन् विनोद चौधरीले। 'सोचिन्छ एउटा। भइदिन्छ अर्कै'- यसैलाई भाग्य मान्छन् उनी। भाग्यले उनलाई त्यो कलाघरमा लगभग ३० वर्षपछि उभ्याइदियो। उनी उभिएको ठाउँ त्यही हो जहाँ उनी कुनै समय उद्योग खोल्न चाहन्थे। तर, चाहेजस्तो भएन। नेपालको एकमात्र फोर्ब्स सूचिकृत अर्बपतिले पनि चाहेको सबै कुरा पूरा नहुँदो रहेछ। कस्तो अनौठो संयोग! त्यही असफल…

    विस्तृतमा पढ्नुस्

  • प्रश्नको 'फिलिङ्गो' : पूर्ण भएरै पनि किन रित्ता लाग्छन् महिला?

    प्रश्नको 'फिलिङ्गो' : पूर्ण भएरै पनि किन रित्ता लाग्छन् महिला?

    घडीको सुईसँगै दौडनुपर्ने दैनिकी। हरेक बिहान उस्तै हस्याङ्फस्याङ्। सधैं उस्तै हतारो। ठीक समयमा काममा नपुगे बिरानो ठाउँमा अडिने खर्च कहाँ पुग्नु? समय, पैसा र बफादारीको हिसाब हुने ठाउँमा 'बिस्तारै पुगौं, केही मिनेट ढिला भएर केही हुँदैन' भन्न नैतिकताले पनि दिन्थेन प्रभा बराललाई। त्यसैले अघिल्लो दिनको कामले लोथ बनाएको शरीरलाई जबरजस्तीा ओच्छ्यानबाट उठाएर कामसम्म पुर्याेउँथिन् उनी।  काममा पुगेपछि मान्छेले आफैलाई बिर्सने…

    विस्तृतमा पढ्नुस्

  • साइकलको पाइदान घुमाउँदै खाना ओसार्दै सुरज, बुझ्दैछन् काठमाडौंको स्वाद

    साइकलको पाइदान घुमाउँदै खाना ओसार्दै सुरज, बुझ्दैछन् काठमाडौंको स्वाद

    खानेकुराको अनेक प्रकार हुँदा रहेछन्। कतिको त नामधरी पहिलो पटक सुने उनले। कुनैकुनै त उच्चारण गर्न समेत अप्ठ्यारो हुने। त्यसैले, होटलमा अर्डर दिनुअघि कागजमा लेख्छन्, नेपालीमा - आफूले बुझ्नेगरी, बोल्न सक्नेगरी। त्यसपछि छेउमा बिसाएको ठूलो झोला काँधमा भिर्छन् र हुइँकिन्छन्। होटलका स्टाफले अर्डरअनुरुप खानेकुराको बट्टा तयार गरिदिन्छन्। त्यसलाई मगाउने मानिसको ढोकासम्मै पुर्‍याउनु उनको काम। अँ ! यो कथा डेलिभरी ब्वायकै…

    विस्तृतमा पढ्नुस्

  • धैर्य र प्रेमले बनाएको 'वेटर', डाउन सिन्ड्रोमसहित माथि उक्लदै छन् प्रितम

    धैर्य र प्रेमले बनाएको 'वेटर', डाउन सिन्ड्रोमसहित माथि उक्लदै छन् प्रितम

    त्यस बिहान प्रितम धेरैबेर कोठाभित्रै सामसुम गरिरहे। बाहिरबाट आमा, बाबा र बहिनीले पटकपटक बोलाउँदा पनि अस्पष्ट आवाजमा भन्दै थिए, 'एकछिन।' उनी कोठामा के गर्दैछन्? कसैलाई पत्तो थिएन। जिज्ञासु बनेर पर्खिरहेका थिए सबै। जब ढोका खुलेको आवाज आयो, सबैको ध्यान त्यतै मोडियो। अनि छायो स्तब्धता। चिटिक्क मिलाएर लगाएको लुगा। छोटो कपाललाई ठाडो बनाउन गरेको मेहेनत प्रष्टै झल्कन्थ्यो। अनुहारमा रगडिन बाँकी पाउडरको…

    विस्तृतमा पढ्नुस्

  • अर्थ नलागे पनि नेपालको राजनीति अर्थ्याउने नाटक

    अर्थ नलागे पनि नेपालको राजनीति अर्थ्याउने नाटक

    छिमेकी देशको योजनासहित एक सैनिक गोप्य भ्रमणमा आए। साँझमा दरबार पसेका उनी मध्यरातसम्म महाराजसँग कुराकानीमा व्यस्त रहे। उनलाई पुर्‍याउन ढोकासम्मै पुगेका महाराजको फर्कँदा शरीरबाटै सुरुवाल गायब। अर्धनग्न हुँदा पनि उनको मुहारमा सरमको नामोनिशान देखिन्न। बरु छिमेकी सैनिकले उपहार दिएको कालो रङको कट्टुप्रति गर्व गरिरहे। त्यसैले लाज ढाकिदिएकोमा प्रशन्न रहिरहे। हल्ला राज्यभर। राजाका सल्लाहकारहरू स्पष्टिकरण दिन अघि सरे। उनीहरूले महाराजको सुरुवाल हराएको…

    विस्तृतमा पढ्नुस्

  • रेप मेसिन : समाजलाई प्रश्न, सरकारलाई व्यङ्ग्य

    रेप मेसिन : समाजलाई प्रश्न, सरकारलाई व्यङ्ग्य

    पृष्ठभूमिमा बजिरहेको धुनसँगै सल्बलाउन थाल्छन् तीन युवतीका ‍औंलाहरू। उनीहरू हाउभाउसहित आफ्ना रुची र रहरहरू अभिव्यक्त गर्न थाल्छन्। शब्दको प्रयोग बिनै थाहा हुन्छ – उनीहरूको अनुभूति क्षणभरमै बद्लिरहेको छ। उनीहरू कहिले खुशी हुन्छन् त कहिले दु:खी। एकछिन अघिसम्म दङ्ग देखिएका उनीहरू केहीबेरमै निराश हुन्छन्, घुर्क्याउन थाल्छन्। ती युवतीहरू निख्खर सेतो कुर्ता र कालो सुरुवालमा उभिएका छन्। सेतो र कालोको बिचमा उनीहरूको…

    विस्तृतमा पढ्नुस्

  • व्यवसाय र राजनीतिको सम्बन्धबारे खुले विनोद चौधरी, वाइवाइको सेयर निस्कासनको सुनाए योजना

    व्यवसाय र राजनीतिको सम्बन्धबारे खुले विनोद चौधरी, वाइवाइको सेयर निस्कासनको सुनाए योजना

    नेपालको निजी क्षेत्रका सर्वाधिक चर्चित व्यक्ति हुन् विनोद चौधरी। व्यवसायदेखि राजनीतिसम्म जोडिएका उनी फोब्स म्यागेजिनमा सूचीकृत नेपालका एकमात्र डलर अर्बपति हुन्। उनी यो उचाईमा कसरी पुगे त? फाइन प्रिन्ट फिभर अन्तर्गत शुक्रवार उनकै फार्म हाउस उन्नती कल्चर भिलेजमा धेरैले यो जिज्ञासाको उत्तर पाए। चौधरीका अनुसार कुनैबेला आमाले दिएको एक सुका लिएर निस्कन्थे उनी। सार्वजनिक गाडी चडेर सरकारी स्कूल पुग्नु उनको दैनिकी…

    विस्तृतमा पढ्नुस्

  • देवकोटादेखि समसम्म जोडिएका यस्ता गीतकार जो अहिले गीत नै सुन्दैनन्

    देवकोटादेखि समसम्म जोडिएका यस्ता गीतकार जो अहिले गीत नै सुन्दैनन्

    जीवनको छन्द कहाँ कविता सरह मिलाउन सकिँदो रहेछ र? भोगाइका गीतहरूको लय पनि सधैं आफूले सोचेजस्तो नहुँदो रहेछ। त्यसैले त नेपाली संगीत क्षेत्रलाई मीठामीठा गीत दिएका एक गीतकारले आजभोलि गीत सुन्दैनन्। गीत संगीतको मात्र कहाँ हो र? शहरको चोकमा उभिएका उनी यहाँको कोलाहलबारे पनि बेखबर छन्। जोरपाटी चोकमा छ घर। सडकको धुलो सजिलै उडाएर कोठासम्म ल्याउँछ बतासले। त्यसैले सिसाको झ्‍याल…

    विस्तृतमा पढ्नुस्

  • सरकारी विद्यालयमा १५ रुपैयाँको खाजा : मेनु आकर्षक तर पुर्‍याउँछन् कसरी?

    सरकारी विद्यालयमा १५ रुपैयाँको खाजा : मेनु आकर्षक तर पुर्‍याउँछन् कसरी?

    काठमाडौं : सरकारले देशभरका सामुदायिक विद्यालयका निम्न माध्यमिक तहका विद्यार्थीलाई खाजा खुवाउन थालेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई दिउँसोको खाजा स्कूलमै दिने कार्यक्रम सुरु भएको हो। त्यसका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ। विद्यालयका विद्यार्थीको लागि दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको पक्षबाट महत्वपूर्ण रहेको भन्दै दिउसो विद्यालयमै खाजा खुवाउने योजना अघि सरेको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कमा गुञ्जन्छ २० वर्षअघि भागेर आएको त्यो धुन …

    नयाँ बसपार्कमा गुञ्जन्छ २० वर्षअघि भागेर आएको त्यो धुन …

    दाइसँग रोइकराइ गरेपछि किनिदिएको साइकल सुटुक्क बेच्नुको थक्थकी। बिरानो बाटो हुँदै गर्न लागेको यात्रा। साथमा अरु केही थियो त डर र थोरैथोरै ग्लानी। रातको ११ बजे, घरका सबै निदाइसकेका थिए। कुकुरहरू एकोहोरो भुक्न थालेपछि सुटुक्क निस्किए हरि। आफ्नो उद्देश्यले डोहोर्‍याएकाले हुनसक्छ उनलाई गैंडाको बिगबिगीले पनि तर्साएन। भिरेको झोलामा केही जोर लुगा। त्यही लुगाको खातमा पट्याएर राखेको साप्ताहिक पत्रिकाको एउटा अंक।…

    विस्तृतमा पढ्नुस्

  • शक्ति प्रदर्शनमा ‘जनयुद्ध’का लडाकु र ‘राजाको सेना’बीच भएको त्यो रोचक सडक संवाद

    शक्ति प्रदर्शनमा ‘जनयुद्ध’का लडाकु र ‘राजाको सेना’बीच भएको त्यो रोचक सडक संवाद

    काठमाडौं : नरसिंह प्रसाद काहार मंगलवार साँझ आफ्ना वडाका करिब ८० जना मानिसलाई लिएर काठमाडौंका लागि हानिए। नवलपरासीको प्रतापपुर गाउँपालिका - ३ का वडा सदस्य हुन् उनी। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा बुधवार दिउँसो सडकमा भेटिए उनी। त्यहाँ उनी न धेरै उत्साही थिए न निराश नै। सँगै थिए साथीहरु। शक्ति प्रदर्शन गर्न नवलपरासीबाटै आएका धीरेन्द्र थारुको…

    विस्तृतमा पढ्नुस्

  • १५ सेकेन्डको 'टिकटके जमाना'मा किन बन्दैछ १५ मिनेट लामो म्युजिक भिडियो?

    १५ सेकेन्डको 'टिकटके जमाना'मा किन बन्दैछ १५ मिनेट लामो म्युजिक भिडियो?

    हर रात सपनीमा ऐंठन हुन्छ गाउँमा सायद पहिरो गयो कि… २०५६ सालमा विप्लव प्रतीकले लेखेको कविता गीत बन्यो। संगीत र स्वर दिए दीप श्रेष्ठले। गीतले चर्चा बटुल्यो, हिट्स एफएमको ४ वटा अवार्डसहित। नेपाली भाषी र संगीत प्रेमी भएका हरेक ठाउँबाट गीतको तारिफसहित खबरहरू आए। त्यतिबेला गीत सफल हुनुको अर्थ थियो - गायक, गीतकार वा संगीतकार सबै सफल हुनु। स्रोताले ती…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको 'जात्रा'मा भूईंमान्छेको व्यापार

    सत्ताको 'जात्रा'मा भूईंमान्छेको व्यापार

    काठमाडौं : सधैं रत्नपार्कको एउटा कुनामा बस्थिन् बेलकुमारी घिमिरे। त्यहाँ उनी चुरोट, गुट्खा, सुपारी, मधू आदि बेच्थिन्। लकडाउन यता मास्कको पनि राम्रै व्यापार हुन थालेको छ। दैनिक हुने ६० देखि एक सय रुपैयाँ कमाइ हुन्छ। त्यो रकम ७० वर्षीया घिमिरे र उनका ७२ वर्षीय श्रीमान कृष्णप्रसादको तरकारी खर्च हो। शुक्रवार बिहान साबिकै जसो रत्नपार्कमा आएर सामान फिजाइन्। तर, न कुनै गाडी…

    विस्तृतमा पढ्नुस्

  • आमसभाका सहभागीको प्रश्न : हामी बुढाबुढीलाई कम्मल पनि दिन्छन् कि खानामात्र हो? 

    आमसभाका सहभागीको प्रश्न : हामी बुढाबुढीलाई कम्मल पनि दिन्छन् कि खानामात्र हो? 

    सुगा रङको धोती। हरियोमा बुट्टे बर्को टाउकोदेखि गमलङ्ग ओढेकी थिइन् वागमतीदेवी माझीले। बर्कोमा 'प्राइस ट्याग' प्रष्टै देखिन्थ्यो । काठमाडौं जाने भनेर मङ्गलवारमात्र टुङ्गो लाग्यो। बुधवार नै बिरुवा बजार पुगेर किनेकी हुन्, त्यो बर्को।  हिजो साँझ उनीहरू चढेको गाडी राजधानीका लागि हिँड्यो।  वागमतीदेवी। शहरको रमझमबारे सुनेकी वागमती दङ्ग थिइन्। तर, उनलाई काठमाडौं आउनुको उद्देश्य चाहिँ थाहा रहेनछ। बस् यति भनिएको थियो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनापछि मानसिक स्वास्थ्य : यो शरीरमा लागेको चोट होइन, पाकेपछिमात्र दुख्छ

    कोरोनापछि मानसिक स्वास्थ्य : यो शरीरमा लागेको चोट होइन, पाकेपछिमात्र दुख्छ

    झ्यालबाट हिँडिरहेका मानिसहरू देखिन्थ्यो। गाडीहरू गुडिरहेको हुन्थे। फोटो पत्रकार प्रविन कोइराला भने अस्पतालको एउटा सानो कोठामा थुनिन बाध्य थिए। लकडाउनमा सुनसान सडकदेखि अस्पतालसम्मको फोटोहरू खिच्दै हिँडेका उनलाई अस्पताल बसाई सकस बनेको थियो। कोरोना महामारी फैलिएको सुरुवाती दिनमा त्रास त थियो। तर, काममा खट्नु 'फ्रन्टलाइनर'को जिम्मेवारी। आवश्यक सुरक्षा सामाग्रीको प्रयोग गर्दै काममा खटे। भदौ पहिलो साता उनमा कोरोना भाइरसको संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • ब्याक स्टेजको एउटा कथा : 'घुम्ने मेचमाथि हुन्छ अन्धै मान्छे'

    ब्याक स्टेजको एउटा कथा : 'घुम्ने मेचमाथि हुन्छ अन्धै मान्छे'

    वक्ताहरुको भौतिक उपस्थिति र दर्शकको अभौतिक सहभागिताका बिच धेरैखाले विषयले ठाउँ पायो सराङकोटमा भएको नेपाल लिटरेचर फेस्टिभलमा। सबै विषय महत्वपूर्ण भए पनि केही विषयहरु मेरा लागि थप रोचक बनिरहेका थिए। औपचारिक सेसनमात्र होइन, त्यसभन्दा बाहिरका घटनाक्रमले मलाई खिचिरहेको थियो। त्यही क्रममा मलाई सौगात वाग्लेको सक्रियताले खिचिरहेको थियो। 'युवाको नजरमा नेपाल' शीर्षकको छलफलका वक्ता थिए सौगात। उनले राखेका विचारहरू समाचारको शीर्षकमात्र बनेन…

    विस्तृतमा पढ्नुस्

  • तरकारी बेच्दै कविताको खेती : अश्रुदेखि असीम सागरसम्मको एउटा अद्भुत गहिराई

    तरकारी बेच्दै कविताको खेती : अश्रुदेखि असीम सागरसम्मको एउटा अद्भुत गहिराई

    राष्ट्रिय कविता प्रतियोगितामा २०६८ सालदेखि कुनै पनि वर्ष भाग लिन छुटाएनन् उनले। निरन्तरताको प्रतिफल भने मिल्यो २०७३ सालमा। प्रतियोगितमा उनको कविता 'टेको' तेस्रो ठहरियो। यो जित नै थियो जसले उनका लागि एकल कविता बाचनको ढोका खोल्यो। पहिलो एकल वाचन। शब्दशब्दमा बटुले वाहवाही। खुशी नहुने कुरै भएन। तर, त्यहीँ बजेको तालीको गड्‍गडाहटबीच कसैले गरेको प्रश्नले उनलाई नमीठो गरी चिमोट्यो। कसैले बोली…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिको छायाँमा त्रसित फिल्म उद्योग : महामारीपछि अस्थिरताको आशंका

    राजनीतिको छायाँमा त्रसित फिल्म उद्योग : महामारीपछि अस्थिरताको आशंका

    अभिनेत्री केकी अधिकारी फिल्म निर्माणको तयारीमा छिन्। उनको अभिनय समेत रहने फिल्म ‘बोक्सीको घर’ युनिट आउँदो फागुनबाट छायाँकनका लागि निस्कने योजनामा छ। तर, देशको राजनीतिक परिस्थितिका कारण सबैकुरा योजना अनुरुप चल्छ कि चल्दैन? भन्ने प्रश्न युनिटभित्र उठ्न थालेको छ। केही समय अघिसम्म फिल्मको लेखन, अभिनय, कलाकार, आर्थिक एवं प्राविधिक पाटोसँगै कोरोना संक्रमणको जोखिमलाई कसरी कम गर्ने? छायाँकन स्थल वा अन्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell