चाबहिलकी २९ वर्षीया कल्पना मानन्धर घरकै सटरमा कपडा पसल चलाउँछिन्। उनको पसलमा सधैं रेडियो बजिरहन्छ। रेडियोमा बज्छ समाचार। त्यो समाचारमा दिनहुँ बज्न थालेको छ – बलात्कारको खबर। बारम्बार सुनेकाले नै होला उनीसँगै पसलमा कहिलेकाही बस्ने ८ वर्षका छोराले धेरैपटक सोधिसके - ‘बलात्कार भनेको के हो?’ हरेक पटक छोराको प्रश्नले झस्किन्छिन् कल्पना। ‘के भनेर बुझाउनु? म त गाली गरेर टार्छु,’ उनले…
'इन्टरनेटको माध्यमबाट यौनजन्य, अश्लील सामाग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुग्दछ तथा यौनजन्य हिंसा सिर्जना गर्न प्रेरित गर्दछ।' शुक्रबार अश्लील (पोर्न) साइटमा प्रतिबन्ध लगाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्योस। 'पोर्न साइट' बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा उक्त विषयमाथि विभिन्न टिप्पणी सुरु भयो। फिल्म निर्देशक दीपेन्द्र के…
झरीले वाग्मती नदी बढ्यो र साँघु भत्कायो। एक वृद्धा र एक युवती खोलावारी नै छुटे। वृद्धालाई पारी जान नदीले रोक्यो। युवतीलाई त रजस्वलाले पनि रोक्यो, समाजिक नियमले रोक्यो। त्यही, वृद्धाले युवतीलाई राजकुमारीको कथा भन्न सुरु गर्छिन्। र मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जालिनी’को गति लिन्छ। कथाको केन्द्रीय पात्र भएर पनि राजकुमारी जालिनी स्वतन्त्र रहिनन्। राजा जयस्थितिको महापुरुष बन्ने हठले उनलाई…
जन्मभूमि छ, घर छैन जिन्दगी छ, भर छैन हाँसो खुशी दुवै छन् तर पनि छैन आस रातदिनको यात्रा छ ठेगानको छैन बास रत्नपार्कदेखि काँडाघारी चल्ने बा २ ख ९५५९ नम्बरको मिनीबस पछाडि लेखिएको कविता हो, यो। यसलाई रचेका हुन् गाडीका चालक राजु मोक्तानले। उनलाई जीवनका अनुभूतिहरु, सुख, दु:खका कुरा भएको कविता, गजल, मुक्तक लेख्न र पढ्नमा रुची छ। ‘ड्राइभरको जिन्दगी,…
काठमाडौं : अमेरिकाका चर्चित डिजे डिप्लो, डेनिस गायिका मोदेखि दार्जिलिङका विपुल क्षेत्री र नेपाली र्याप स्टार आशिष राना ‘लाउरे’ एकैपटक गुञ्जिए। टुबोर्गको प्रोमोसनल गीतमा संगीत क्षेत्रका चर्चित कलाकारहरुको 'टिम अप' भएको हो। ‘स्टे ओपेन’ नामको भिडियो सार्वजनिक भएको एक साता नबित्दै १२ लाख भन्दा बढीपटक हेरिएको छ। सार्वजनिक म्युजिक भिडियो सामान्य लाग्दैन। किनकि गीत र भिडियोमा गरिएको प्रयोग बन्दै आएका प्रोमोसनल…
काठमाडौं : केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गर्दै आएको छ। २०७३ मा त अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना नै निकाल्यो। तर, सरकारीको निर्देशन अघिल्ला वर्ष झै यसपाला पनि बहिस्कृत भयो। महिनाभरि नै तीजको दरमा झुम्यो पार्टी प्यालेस। शहरका पार्टी प्यालेसहरुले २ दिनको…
'कन्यादान' फिल्मको लागि तीज गीत लेखिदिनु पर्यो।' ’किन किरण खरेल जीले लेखिदिनु भएन?' कन्यादान फिल्मका निर्देशक प्रकाश थापा र उनका छोरा विजय थापा गीतकार चेतन कार्कीको घर पुगेका थिए। कन्यादान फिल्मका लागि गीत लेखिदिनु पर्ने आग्रह सहित। त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउने गरेको कार्कीलाई थाहा थियो। त्यसैले छुच्चो बनेर गरेको प्रश्न थियो त्यो। जवाफ सरल आयो,…
काठमाडौँ: कलाकार बसुन्धरा भुसाल सानो छँदा आमा र दिदीहरुको लहलहैमा तीजको व्रत बस्थिन्। घण्टौं लाम बसेर पूजा गर्न पाउनुमा उनले छुट्टै आनन्द पाउँथिन्। त्यो समय उनलाई तीज खुब रमाइलो लाग्थ्यो। बाल कलाकार बनेर नेपाली रङ्गमञ्च छिरेकी उनले 'कन्यादान' फिल्ममा पनि काम गर्ने अवसर पाइन्। फिल्ममा एउटा तीजको गीत थियो, तीजको रहर आयो बरिलै। गीतमा बसुन्धरा भुसाल पनि नाचिन्। गीत सार्वजनिक…
हरेक बिहान हजुरआमाले हजुरबुबाको खुट्टा ढोगेर दिनको सुरुवात गरेको देख्थे। किन खुट्टा ढोग्नुहुन्छ थाहा थिएन। न त प्रश्न नै गरिन्थ्यो। पतिलाई परमेश्वर मान्ने परम्परामा हुर्किएकी उनकी हजुरआमालाई संस्कारी मानिन्थ्यो। आज उनी पनि खुट्टा ढोगेरै दिनको थालनी गर्छन्। सुन्दा अनौठो लाग्छ। 'कसैलाई आफ्नो भगवान मानेपछि खुट्टा ढोग्नु सामान्य हुँदो रहेछ,' उनले सुनाए, 'मेरो पनि त दिन खुट्टा ढोगेर नै सुरु हुन्छ।'…
कलाकार सन्दीप क्षेत्री पाटन अस्पतालमा थिए। बच्चा डेलिभरिका क्रममा उनकी श्रीमती समीक्षा पोख्रेलको स्वास्थ्य बिग्रियो, अवस्था गम्भीर बन्यो। आशासँगै चिन्ता र डर थपियो क्षेत्री परिवारमा। घटना तीन वर्षअघिको हो। सन्दीप क्षेत्री मान्छे हँसाएरै चिनिन थालिसकेका थिए। उनलाई देखेपछि अस्पतालमै पनि मानिसहरु नजिकै आउँथे र उनलाई हेरेर हाँस्थे। कोही त फोटो खिच्न समेतपछि पर्थेनन्। ‘मेरी श्रीमतीको अवस्था क्रिटिकल थियो। म दु:खमा…
माइतिघरको ब्लिस स्टुडियोमा केही साता यता बिहानै घुइँचो लाग्छ। १०/११ जनाको टोलीका लागि त्यहाँको एउटा कोठा सानो छ। तर, अपर्याप्त पक्कै होइन। उपस्थित सबै कोठाको ढोका बाहिर जुत्ता चप्पल खोल्छन् र आफ्नो लागि निर्धारित ठाउँमा गएर बस्छन्। तबला, हार्मोनियम, गीतार, बाँसुरी मिलाएर राखिएको हुन्छ। सँगै चकटीहरु। गायकको लागि राखिएको माइकहरुको अगाडि नीशा देशार र हरि लम्साल बस्छन्। त्यस्तै तबलामा कुमार…
गाउँ विकास समितिले सीपमुलक तालिम संचालन गर्दा रीता बस्नेतको रोजाई देखेर गाउँलेहरुले ओठ लेप्र्याए। काठमाडौंको दक्षिणी भेगको सेतीदेवी गाउँमा महिलाहरुका लागि सीपमुलुक तालिम संचालन भएको थियो त्यहा रीताको रुची अरुसँग मिलेन। उनीजस्ता सबैजसो महिलाको रोजाइमा ब्यूटिसियन देखि सिलाइबुनाइ, अचार र बेकरी उत्पादनमा चासो थियो। महिलाले गर्ने काम भन्दै चिनिएका यस्तै क्षेत्रमा तालिम लिनेहरुको बीचमा रीताले रोजिन्- ड्राइभिङ। इन्जिन र अटो…
'मलाई त सबै कुरा अचम्म लाग्न थालेको छ,’ फिल्म ‘मिस्टर भर्जिन’को फस्ट डे फस्ट सो हेरेर निस्किँदै गर्दा कलाकार विजय बराल भन्दै थिए। फिल्मको फिडव्याकका लागि उनीसामु आउनसक्ने सम्भावित प्रश्न बोकेका क्यामेरापर्सनहरुको भिडभन्दा पर थिए। सँगै रहेका सीमित मानिससँग भने उनी केही गम्भिर सुनिए, ’अब आफ्नो भूमिका बारे सोच्न पर्ने बेला भएछ।' कबड्डीको विके नामक पात्रको भूमिकापछि चर्चामा आए विजय।…
कलाकार तथा निर्देशक दीपाश्री निरौलाकी आमाले सधैं भन्ने गर्थिन्- 'छोरी धेरै पढेर सुब्बा बन्छे'। पढे राम्रो जागिर पाइन्छ भन्ने आशा आमाको जस्तै दीपाको पनि थियो। सन् १९९० तिरको कुरा हो, दीपाश्री निरौलाले खबर सुनिन्- ‘स्नातक तह दोस्रो* वर्षको परीक्षा आउन लाग्यो। कलाकारितामा केही गर्छु भन्ने अठोट लिएर काठमाडौंमा रहेकी उनी काम थाँती राखेर बिराटनगर पुगिन्, परीक्षाको फर्म भर्न। तर, दुर्भाग्यबस्…
काँधसम्म पुग्नेगरी अग्ला भएका मकै बारीभित्र मान्छेको भीडले घेरिएको थियो एउटा शरीर। सेतो धोती र सेतै रङको कमिजभित्रको शरीर मकैबारीभित्र पसारिएको थियो। कोही रुँदै थिए, कोही कराउँदै। अनि त्यही कोलाहलमा केही चर्को विवाद गर्दै थिए। बारीभित्र मारिएका व्यक्ति अरुण सदाका माइला हजुरबुवा थिए। जीविकोपार्जनका लागि हरुवा-चरुवा बनेर जिन्दगीको ६० वर्षभन्दा बढी बिताएका उनले एउटा साहुलाई छाडेर अर्काकोमा काम थालेका के…
काठमाडौं : छायाँकनका तयारीमा पूरा भएको भनिएको फिल्म ‘गोपी’का मुख्य दुई कलाकारले नै प्रोजेक्टबाट हात झिकेका छन्। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीले फिल्म छोडेका हुन्। वर्षा सिवाकोटी तीन साता अघिमात्र फिल्ममा अनुबन्धित भएकी थिइन्। उनले वर्कसप हुँदाहुँदैको अवस्थामा स्क्रिप्टमा चित्त नबुझेको भन्दै फिल्म छोडेकी हुन्। उनले आइतबार राति फेसबुकमा समेत उक्त विषयलाई लिएर स्टाटस पोस्ट गरेकी थिइन्। लेखेकी…
महङ्गी र कर वृद्धिको चर्चा नेपालमा अहिले नौलो विषय होइन। यसको चर्चा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै छ। कर र महँगीकै विषयमा संघीय, प्रदेश र स्थानीय सरकार विरोधी स्वर पनि जताततै सुनिन्छ। तर, आफ्नो अधिकारका लागि अनावश्यक मूल्य र करवृद्धिको विरोध भइरहँदा हामीले आफ्नो दायित्वको पाटोलाई चाहिँ कति ध्यान दिएका छौं त? यही मुद्दालाई नाटकको विषय बनाएर उठाएका छन् नाट्यकर्मी विकास…
गाढा नीलो सर्ट, सेतो जिन्सको बेली पाइन्ट। सर्टको कलरबाट देखिने गर्दनको ट्याटु। जेल हालेर माथितिर फर्काइएको कपाल। फेसनका सौखिन देखिने यी युवा हुन् बनारसका दीपक सहानी। उमेर २६ वर्ष। डुंगा व्यवस्थापन यिनको पेशा। बेला मौकामा यहाँ आएका पर्यटकका गाइड बन्न पनि भ्याइहाल्छन् यिनी। अनि बनारस शहर घुम्न आएकाहरुलाई त्यहाँका मन्दिर, घाट, गल्ली घुमाउँछन्। यसरी काम गर्न थालेको केही महिनामात्र भयो।…
असार २९ गते फिल्म 'बोबी' सार्वजनिक भयो। फिल्मले तीन सातासम्म हल पाउँदा व्यापार राम्रो गरिरहेको अनुमान स्वभाविक हो। किनकि सँगैका अन्य फिल्महरु पानी पनि भन्न नपाई उत्रिएका थिए। दोस्रो साताको अन्तिम दिन फिल्म वितरक गोविन्द शाहीसँग कलेक्सन जानकारी लिइयो। उनले फिल्मले काठमाडौं भित्रबाट मात्र ४० लाख हाराहारी कमाएको बताए। भनेका थिए, '४० लाख जति पुग्न लाग्यो। मोफसलको मलाई थाहा छैन,…
घाम डुब्नै लाग्दा किनारामा स्थिर भइसकेका डुंगा एकाएक सलबलाउन थालेका छन्। अध्यारो बढ्दै जाँदा गंगामाथि डुंगामा तैरिनेहरु पनि ह्वात्तै बढेका छन्, नदीको बीचसम्मैडुंगाका ताँती लागेको छ। किनारामा पनि उत्तिकै छन् मानिसहरु। गंगा तटमा धनुषाकार बनाएर रहेका ८४ घाटहरुमा एकएक गर्दै बत्ती बल्न थालेपछि गंगाको चमक नै फेरिएको छ। गंगाको पानीमाथि बत्ती र दियोका प्रकाश प्रतिविम्वित हुँदै गर्दाको दृश्य लोभलाग्दो देखियो।…