फेब्रुअरी ६, दिउँसो करिब तीन बजे। नेपाली महिला नेत्रहीन क्रिकेट टोली जेट एयरवेजको प्लेनमा थियो। ल्याडिङ हुनु केही बेर अघि नै मुना अर्यालले गोजीबाट मोबाइल निकालिन्। अन गरिन् र डायल गरिन् आमालाई। खुशीको खबर सुनाउनुको हतारमा उनले ल्यान्डिङ अघि फोन अन नगर्ने निर्देशन बिर्सिएकी थिइन्। पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेर टिमसँगै फर्किएकी थिइन् उनी। जितको खबर देश…
रणकला स्वयम्भू, सुन्धारा रुटकी टेम्पु चालक हुन्। छोरी सात वर्षकी भइन्। श्रीमान् ६ वर्षदेखि साउदीमा। श्रीमान फर्कोस् भन्ने चाहन्छिन्, फोन पर्खन्छिन्। हरेकपटक उनको फोन आउँदा रिङटोन बज्छ- ‘मेरो जीवनबाट जाने भए जाऊ, तर अन्तिमपल्ट भेट्न आऊ।’ रणकलालाई अन्तिमपटक भेट्नका लागि उनको पति विदेशबाट आउँछन् कि आउँदैनन् होला? प्रश्न अनुत्तरित रहन्छ। एयरपोर्टको प्रतीक्षालयसम्म पुराएर छोडिदिन्छन् फिल्म ‘बुलबुल’ निर्देशक विनोद पौडेलले। रणकलाको…
उपन्यासकार फ्रान्ज काफ्कालाई अनिद्राले सतायो। कुरा सन् १९१० ताकाको हो। राति निद्रा पर्न छाडेको एक वर्षपछि उनले आफ्नो अनिँदो रातबारे अनुभव लेखे- 'म विश्वस्त छु मेरो लेख्ने बानीका कारण नै म राति सुत्न नसकेको हुँ। थोरै वा खराब जस्तो लेखे पनि मलाई स-साना कुराले अत्यन्त संवेदनशील बनाउँछन्।' अमेरिकन कवि लिंडा पास्टनले त उनको किताबको नाम नै 'इम्सोनीया' राखिन्। उनी अनिँदो…
दिनभर क्यामेरा र कम्प्युटरको स्क्रिनमा घोत्लिन थाकेका थिए सन्नी प्रधान। साँझ फ्रेस हुने बहानामा ‘बोस’ कपिल बर्मासँगै अफिसबाट निस्किए र दुबईस्थित मल अफ द एमिरेट्स गए। घुम्दै गर्दा बोसले अचानक भने- अमेरिकन टुरिस्टरका लागि सुटको तयारी गर्नुछ। सन्नी दुबईको मास्टरकपी फिल्म प्रोडक्सनका लागि काम गर्छन्। उनी त्यहाँ फोटोग्राफर र सिनेमेटोग्राफर हुन्। बोसले अमेरिकन टुरिस्टरको सुटिङबारे सुनाउनु उनको लागि नौलो विषय थिएन।…
शुक्रबार मेरा पैतालाहरुको आधा हिस्सा अडिएका थिए, फलामे पातामा। आधा आधारहीन ठाउँमा थिए। जिउको भार असन्तुलित रुपमा पछाडितिर जान खोजिरहेथ्यो, कुर्कुर्चाले टेकेतर्फ। धेरै कौतुहलता अनि उत्तिकै डर। मलाई आफ्नै खुट्टा हेर्न मन लाग्यो। 'तल नहेर्नु है। उ पर डाँडामा हेर्नु' - बन्जी मास्टर भोला श्रेष्ठले यस्तै केही भने। मैले सुनेँ पनि। उनको निर्देशन मान्न पनि मुन्टो निहुर्याउन मिलेन। आँखा जबर्जस्ती तलतिर…
विकेट किपर रेडी?' 'रेडी' 'फिल्डर रेडी हो?' 'रेडी' 'ब्याट्स वुमन रेडी?' 'रेडी' बलरले पालैपालो सोधिन्। सबैले तयार रहेको बताए। त्यसपछि बल फालिन्। फाइल फोटो। यहाँ दृश्य फरक लाग्छ। क्रिकेट खेल्दा बलरले बल स्पिन गरेर कुममाथि लैजाँदै फालेको सबैले देखेका छन्। अनि ब्याट्सम्यानको दृष्टि पूरा उसको हात र बलमा रहन्छ, ब्याटिङका लागि। तर, यहाँ बलरले स्पिन गरिनन्। पिचमा गुडाएर बलिङ गरिन्। 'रेडी'…
स्वाती श्रीवास्तवको मागी विवाह हुने भयो। बुबा आमाले खोजेको केटा, आदित्यलाई उनले पनि भेटिन्। केटा मन पनि पर्यो। एक-दुई पटकको भेट र नियमित कुराकानीपछि दुईजना नजिकिए। केही महिनामै उनीहरुको विवाहको मिति तय भयो। विवाह तय भएसँगै स्वातीलाई एउटै कुराले निकै पिरलेको थियो। त्यसअघि उनी अर्कै पुरुषसँग प्रेम सम्बन्धमा थिइन् जोसँग उनी शारीरिक सम्पर्क राख्थिन्। विवाहपूर्वको यौन सम्पर्कलाई स्वीकार नगर्ने पारिवारिक एवं सामाजिक…
केही अघि सुदाम सिके खुट्टामा उल्टो चप्पल लगाएर हिँड्थे - दायाँ खुट्टाको चप्पल बायाँमा र बायाँको दायाँमा। त्यसरी उल्टो चप्पल त केटाकेटीले लगाउँछन्। देख्नेहरूले सिकाउँछन्- 'चप्पल उल्टो भएछ। त्यो खुट्टामा यो लगाऊ अनि अर्को खुट्टामा यो।' सुदामलाई चाहिँ कसैले त्यसरी नै सचेत गरायो कि गराएन होला? अथवा उनको खुट्टामा उल्टो चप्पल देख्नेहरूले के सोचे होलान्? सोच्नेहरूले के प्रतिक्रिया दिए? वा…
प्रिय काठमाण्डू, म ठस्स गनाउँदै पाको खाग खोज्न काठमान्डु आएको थिएँ। तर, शहरको रमझममा मैले पाको खाग र जंगलको सौन्दर्य बिर्सिएँ। पसिनाजीवी स्वयम् खागतस्कर रहेछन्। जंगलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रै’छ। पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रै’नछ। मलाई लाग्थ्यो - इमान भनेको…
तेह्र वर्षअघि ईश्वरी थापा गैह्री गाउँमा मासु पसल चलाउँथिन्। मासुका लागि उनले सिन्धुपाल्चोकबाट ८५ वटा खसी, बोका ल्याएकी थिइन्। हरेक दिन दिउँसो तिनलाई चराउन तीनकुनेको खाली चौरमा लैजान्थिन्। सधैं उनी खसी लिएर पुग्दा अर्की महिला कार लिएर आउँथिन्। उनले चौरमा खसी चराउँदा ती महिला भने कार घुमाउँथिन्। सडकमा महिलाले गाडी हाँकेको दृश्य निकै कम देखिन्थ्यो। त्यसैले हुनुपर्छ, गाडी सिकिरहेकी ती…
स्माइलवाला चिन्ह ब्रान्ड बन्दै थियो। मुस्काइरहेको मुहारलाई ब्याच बनाएर छातीमा भिर्दै 'नेपाल खुला छ' भन्दै जब सडकमा भर्खरका युवा उत्रिन्थे, एक किसिमको जोश आउँथ्यो। राजनीतिबाट टाढा रहन रुचाउने मजस्ता धेरैलाई मुस्कानसहितको ब्याचधारीले आकर्षित गरिरहेका थिए। संविधान बनाउन दवाव दिन सडकमा थाल ठटाउँदै हिँड्दा होस् या सामाजिक मुद्दालाई लिएर बालुवाटार घेर्दा, जाउँजाउँ लाग्थ्यो। राजनीतिमा म र मेरो पुस्तालाई चासो राख्नुपर्छ भन्ने…
दुईवटा तह भएको कोठा छ। केही खुड्किलो झरेर माथिल्लोबाट तल्लो तहमा पुगिन्छ। त्यहाँ प्रयान जोशी खेलिरहेको भेटिन्छन्। प्रयान, १४ महिने बालक। साथमा हजुरबुबा प्रेमकुमार श्रेष्ठ र हजुरआमा सन्तुमाया श्रेष्ठ छन्। उसलाई भेट्न आउनेहरु माथिबाट नै बोलाउँछन्। डाक्टरले इन्फेक्सनबाट बचाउन उसको वरपर नजान सुझाएका छन्। उसलाई आगोको रापले पोलेको हो। हात लगायत शरीरको विभिन्न भागमा घाउ आलै छ। उसलाई देख्ने सबैले…
सिन्धुपाल्चोक लागर्चेको लप्सेगाउँ। टिभी कसैको घरमा थिएन। प्रचलमा रेडियो थियो। गाउँकै वासुदेव खड्का रेडियो स्टेसनहरुको नामको लिस्ट बनाउँथे। कार्यक्रम सुन्थे। उनलाई लाग्थ्यो- आरजे जसरी म पनि बोल्न सक्छु। ठूलो भएर रेडियोमै काम गर्ने हो। एक समय रेडियोमा गायक यस कुमारका गीतहरु खुब बज्न थाले। एफएम सुन्ने बानी लागेको अंकित त प्राय गीत कण्ठस्थ पार्थे। गीत गाउँदा तारिफ कमाउँथे। त्यसपछि उनको…
पुस १० गते बिहान ४ बजे। शिव शंकर न्यौपाने निद्रामै थिए। अचानक उनको फोनको घण्टी बज्यो। काठमाडौंको बढ्दो चिसो, उठ्ने मन त थिएन। तर, कलेज जानु पर्ने समय भएको अनुमान गर्दै फोन हेरे - घरबाट रहेछ। बिहानको ४ बजे घरबाट फोन? उनी झसङ्ग भए। हतासमा फोन उठाइहाले। उताबाट आमाको आत्तिएको आवाज आयो - ‘बाबु बाबु आगो लाग्यो आगो’। फोन काटियो। …
पुस ६ गते शुक्रबार। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको गेटमा भेटिए रामबहादुर तामाङ। कोही सहयोगी पाइन्छ कि भन्दै बसेका रहेछन् उनी। उनको कोठा यहाँबाट थोरै पश्चिमतिरको नारायणटार चोक पार गरेर २ सय मिटर दक्षिणपूर्वतिर छ। २० मिटर चौडाइको सडक हुँदै गल्लीतिर लाग्ने हिम्मत नआएपछि उनी कसैको सहायता खोजिरहेका थिए। अर्थोपेडिक अस्पताल र नेपाल अपाङ्ग संघसमेत रहेको केन्द्रको कम्पाउन्डबाट बाहिरिएपछि सडकको अवस्था…
बुधवार बिहान राजेश हमाल नामको ट्विटर अकाउन्टबाट ट्विट आयो - फिल्मको पोष्टरमा मेरो फोटो मात्रै देखे पनि स्कुल नै छाडेर फिल्म हलतिर कुद्ने भुराभुरीहरुले समेत अहिले मलाई फलो ब्याक दिएनन् बा! फिल्मको पोष्टरमा मेरो फोटो मात्रै देखेपनी स्कुलनै छाडेर फिल्महलतिर कुद्ने भुराभुरीहरुले समेत अहिले मलाई फलोब्याक दिएनन् बा — Rajesh Hamal (@rajeesdaai) December 19, 2018 ढाका टोपी, दौरा र…
'यो नाटक डेस्टिनीको बारेमा हो। दु:ख खेप्नु पर्ने बाध्यताको बारेमा हो। महिला पुरुष सम्बन्धको बारेमा हो।' शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘शकुन्तलाको औंठी’मा सुनिने संवाद हो यो। संवादले भनेजस्तै नाटककले जिन्दगीका विभिन्न आयामबारे बोल्छ जहाँ कलाकारहरुलाई दुईवटा फरक समय भोग्न र बाँच्न लगाइन्छ। ती कलाकारले दुई युगको कथा भन्छन्, एउटा युग हामी बाँचिरहेको युगसँग पनि मेल खानेखालको छ। प्राचिन युगको…
असोज ८ गते सोमबार, मिलन राई बानेश्वरबाट साइकलमा हुइकिँदै ललितपुर महानगरपालिकाको कार्यालय पुगे। तर, कार्यालय बन्द रहेछ। जुन दिन उनी पुगेका थिए त्यो दिन इन्द्रजात्रा थियो भन्ने उनलाई चालै रहेनछ। उनी निराश भए। किनकि ठिक दुई दिनअघि त्यसैगरी हुत्तेर त्यहाँ पुग्दा शनिबार परेको थियो। करिब तीन महिनादेखि ललितपुरका सार्वजनिक पर्खाल र भित्ताहरुमा ‘भर्टिकल गार्डेन’ बनाउने प्रस्ताव लिएर त्यहाँ धाउन थालेका…
उमेरले १३ वर्षमा हिँडिरहेका तासी बौद्ध शिक्षाका लागि सोलुखुम्बुको जुन्बेसी गुम्बामा छन्। गुम्बाको नियम अनुसार उसले सत्य, शान्ति, बन्धुत्व, मित्रता र सद्भावको बाटो अपनाउनु पर्छ। कडा अनुशासन पालन गर्नुपर्छ। तर, उनी गुम्बाबाट भागेर परपर गाउँमा अरु मानिसहरुको भिडमा मिसिएर 'एक्सन फिल्म' हेर्न जान्छन्। सिनेमाको हिरोले जस्तै फाइट सिक्न चाहन्छन्। बन्दुक बोक्न चाहन्छन्। हिरोजस्तै देखिन कपाल लामो बनाउने रहर पनि छ, उनमा। …
डिसेम्बर ४ सोमबार। अबिन भोको मोबाइलमा एक्कासी नोटिफिकेसनको बाढी लाग्यो। फेसबुक, इन्स्टाग्राम, युट्युब सबैतिर। श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा पुगेको खबरसँग नोटिफिकेसनको वर्षा भएको थियो। श्रृङ्खलाले मल्टिमिडिया अवार्ड विजेता घोषणा भएसँगै आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत खुशी साटिन्। सबैलाई आभार प्रकट गरिरहँदा विशेष धन्यवादका पात्र बनेका थिए ‘अबिन भो’। भो तिनै हुन् जसले श्रृङ्खला चिनाउने भिडियो बनाएका थिए।…