PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ, लागू नगरे चर्को जरिवाना

    असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ, लागू नगरे चर्को जरिवाना

    काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई यति बेला देश दौडहामा छन्। औपचारिक रुपमा सुरु भए पनि व्यवहारिक रुपमा लागू हुन नसकेको बक्स अफिसमा देशभरिका सिनेमाघरलाई जोड्न उनी आफैँ दौडाहमा लागेका हुन्। 'देशभरका हलहरुमा इ-टिकेटिङ लागू गराउन हामी मोफसलमा आएका हौं,' प्रदेश नम्बर २ बाट टेलिफोनमा पहिलोपोस्टसँग उनले भने, 'सबै सिनेमा घरमा इ - टिकेटिङ लागू भएपछि बल्ल बक्स…

    विस्तृतमा पढ्नुस्

  • जात्रै जात्रा : यसरी छिचोले फिल्म बनाउँदाका 'जात्रा'हरु

    जात्रै जात्रा : यसरी छिचोले फिल्म बनाउँदाका 'जात्रा'हरु

    फिल्म 'जात्रा'को युट्युब रिलिजपछि त्यसको सिक्वेलबारे सोध्नेको सङ्ख्या ह्वात्तै बढ्यो। जम्मा सत्र दिनमा लेखिएको जात्राको कथालाई निरन्तरता दिनेबारे सोचेको पनि थिएनन्, लेखक तथा निर्देशक प्रदीप भट्टराईले। तर, फिल्मले समीक्षकमात्र नभएर दर्शकको पनि मन जित्यो। तिनै दर्शकको प्रश्नले नै उनलाई सोच्न् बाध्य बनायो। अघिल्लो संस्करणको कथा त पूर्ण बनाउनु थियो नै, साथै जात्रा ब्रान्डको साख जोगाउनु पर्ने चुनौती पनि उनीसामु थियो।…

    विस्तृतमा पढ्नुस्

  • के नेपाल क्रिमिनल हव हो? विवाद बलिउड फिल्म 'मस्ट वान्टेड'को

    के नेपाल क्रिमिनल हव हो? विवाद बलिउड फिल्म 'मस्ट वान्टेड'को

    काठमाडौं : मुम्बईमा श्रृङ्खलावद्ध बम आक्रमण हुन्छ। तर, आक्रमण कसले गर्‍यो पत्ता लाग्दैन। विस्फोट गराउने आतंककारी खोजीमा निस्कन्छन्, पाँच व्यक्ति। भारतको 'मस्ट वान्टेड' आक्रमकको खोजी गर्नेक्रममा उनीहरु आइपुग्छन् नेपाल। पर्यटक बनेर भित्रिने उनीहरुसँग कुनै परिचयपत्र समेत हुन्न। दृश्य हो फिल्म 'इन्डियाज् मस्ट वान्टेड'को ट्रेलरमा देखिएको। भारतबाट अपराधीको खोजीमा नेपालसम्म आइपुगेर यतै रुमल्लिएका पात्रहरुको कथामा केन्द्रित छ ट्रेलर। मुख्य कलाकार अर्जुन कपुर।…

    विस्तृतमा पढ्नुस्

  • दुर्व्यवहारलाई टपक्क टिप्दै जोडिएका नाटकहरु, प्रस्तुति फरक कथा उस्तै

    दुर्व्यवहारलाई टपक्क टिप्दै जोडिएका नाटकहरु, प्रस्तुति फरक कथा उस्तै

    २०७३ को साउन महिना। संगीतकर्मी चेतन सापकोटालाई आफ्नै साथीकी छोरीलाई बलात्कारको प्रयास गरेको आरोप लाग्यो। उनीसँगै तत्कालीन माओवादी निकट जनसांस्कृतिक महासंघका अध्यक्ष गणेश भण्डारी पनि आरोपित थिए। मादक पदार्थ सेवन गरेका यी दुवै राति बास बस्न चापागाउँस्थित साथीको घरमा पुगे। त्यहाँ उनीहरुको भेट भयो साथीकी छोरीसँग। संगीतमा रुची भएकी उनीसँग सामान्य गफगाफ भइरहँदा चेतनले गीत गाउन लगाए। र, गितार सिकाउने आश्वासन पनि…

    विस्तृतमा पढ्नुस्

  • छोरी ज्यूँदै लैजाने आशामा आएका लोचनको हातमा डेथ सर्टिफिकेट : सिरहामा मट्टितेलको आगो, काठमाडौंमा गयो सास

    छोरी ज्यूँदै लैजाने आशामा आएका लोचनको हातमा डेथ सर्टिफिकेट : सिरहामा मट्टितेलको आगो, काठमाडौंमा गयो सास

    पातलो शरीर, कालो वर्ण, झुस्स फुलेका दाह्री जुङ्गा। पहेँलो धोती र सेतो कुर्तामा गम्छा भिरेर घरि यता घरी उता गरिरहेका थिए, लोचन मण्डल। साँखुस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटलको करिडोरमा उनी हात जोडेर बसिरहेका थिए। आँखा रसाउँदा गम्छाको फेर समात्थे र पुस्थे। बेलाबेला बर्बराउँथे अनि भक्कानिन्थे। केहिबेरमा अस्पतालका कर्मचारीले उनलाई डाके र आइसियु नजिकको कोठामा लगे। ‘हामीले तपाईँकी छोरीलाई बचाउन सकेनौँ।…

    विस्तृतमा पढ्नुस्

  • जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु; पति फरार, सासु प्रहरी नियन्त्रणमा

    जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु; पति फरार, सासु प्रहरी नियन्त्रणमा

    काठमाडौं: सिरहामा मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहका एसपी जीवन श्रेष्ठका अनुसार घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्।पति बेचन फरार छन्। पतिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए। 'पीडितले बयान दिएका कारण हामीले पतिको खोजी गरिरहेका छौं। उनी अहिलेसम्म फरार रहेका छन्,' उनले भने। साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा जोखिम मोल्दै पुनर्निर्माण प्राधिकरणकै कर्मचारी

    सिंहदरबारमा जोखिम मोल्दै पुनर्निर्माण प्राधिकरणकै कर्मचारी

    काठमाडौं : २०७२ को भूकम्पपछि, सिंहदरबारलाई असुरक्षित भन्दै इन्जिनियरहरुले रातो स्टिकर लगाए। त्यहीँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो ठाउँ छोड्यो। नजिकै बनेको नयाँ भवन प्रधानमन्त्री कार्यालय बन्यो। जोखिममा रहेको पुरानो भवनमा कुनै कर्मचारी फर्कन मानेनन्। बरु पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोही जिर्ण भवनमा अड्डा बनायो, जोखिमकै बीच। त्यही भवनको पहिलो तला। भित्र छिर्नासाथ देखिन्छ, रातो बोर्ड। जसमा…

    विस्तृतमा पढ्नुस्

  • मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्

    मृत्यु स्टेसन : यहाँ सबैको यात्रा एकै हुन्न, कोही बित्छन् त कोही फर्किन्छन्

    भोजपुरकी दुर्गा खड्का (नाम परिवर्तन) ७६ वर्षकी भइन्। हाल उनी साहिला छोरा वीरबहादुरको परिवारसँग कपनमा बस्दै आएकी छिन्। चैत महिनाको पहिलो साता दुर्गालाई दोस्रोपटक पक्षघात भयो। तत्काल महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। तर, विडम्बना दोस्रो पटकको पक्षघातपछि उनको शरीर चल्न छोड्यो। त्यसमाथि निमोनियाले पनि समात्यो। अवस्था निकै गम्भीर भएपछि उनी बाँचिरहने आशा मर्‍यो। चैतको १२ गते सँगै बसेका छोरा र…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोको विद्रोह बोकेर इटालीकी डोरा, भन्छिन् : द्वन्द्वमा बेपत्ता पार्नु कायर रणनीति

    मेक्सिकोको विद्रोह बोकेर इटालीकी डोरा, भन्छिन् : द्वन्द्वमा बेपत्ता पार्नु कायर रणनीति

    सन् १९६० को दशक मेक्सिकोमा आर्थिक परिवर्तन, औद्योगिक विकास र आधुनिकरणसँगै आन्दोलन चलिरहेको थियो। यस्ता आन्दोलनका कारण त्यहाँ भएका विश्वविद्यालयसँगै अरु शैक्षिक संस्था सेनाले कब्जा गरे। त्यसको विरुद्धमा शैक्षिक संस्थामा स्वतन्त्रताको माग गर्दै विद्यार्थीहरु पनि प्रतिकारमा उत्रिए। त्यसबाटै स्थापना भयो नेशनल स्ट्राइक काउन्सिल। यही क्रममा नेशनल प्रिपेटरी स्कूलमा आक्रमण भयो। केही विद्यार्थी मारिए।  १९६८ सेप्टेम्बरदेखि द्वन्द्व निकै चर्कियो। अक्टोबर दुईमा मेक्सिको…

    विस्तृतमा पढ्नुस्

  • नाटकमय वर्ष : ५ नाटक जसले सबैभन्दा बढी प्रभाव छाड्यो

    नाटकमय वर्ष : ५ नाटक जसले सबैभन्दा बढी प्रभाव छाड्यो

    गत फागुनमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव भयो। नेपाली भाषा, विदेशी भाषा र भाषाको प्रयोग नै नगरिएका विभिन्न ३० भन्दा बढी नाटक मञ्चन भए। अन्तर्राष्ट्रिय नाटक महोत्सवले देशभर छरिएर काम गरिरहेका थिएटर साथै निर्देशकहरुलाई जोड्यो। थिएटर, निर्देशक र कलाकारहरुसँग दर्शकलाई जोड्यो। र, नेपाली रङ्गमञ्चलाई पनि अन्य सात देशको रङ्गकर्मसँग नजिक बनायो। काठमाडौं र मोफसलका थिएटरहरुले उठाउने विषय, कथा भन्ने शैली र नाटकमा…

    विस्तृतमा पढ्नुस्

  • सात दशक अघिकी किशोरीको चेतसँग ठोक्किँदा

    सात दशक अघिकी किशोरीको चेतसँग ठोक्किँदा

    भाइ शाश्वतले कक्षा चारमा पढिसकेका किताब र लेखिसकेका कापीहरु थन्काउँदै थिएँ। किताब कापीको बीचमा एउटा डायरी भेटेँ। 'ए फोर' साइज पेपर काटेछ र स्टिच गरेछ। प्रष्ट बुझियो, त्यो डायरी भाइले आफै बनाएको हो।   आवरणमा लेखिएको थियो 'बि ह्याप्पी, नट स्याड'। बीचमा खैरो कागज पनि टाँसेछ र लेखेछ 'वान ब्वाइ स्टोरी'। तल्लो भागमा एउटा चित्र, जसमा एउटा केटो छ र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली गीतहरु अब 'दामी'बाट सुन्न सकिने, भन्छन्, 'गीत हेर्न होइन, सुन्न बनेको हो'

    नेपाली गीतहरु अब 'दामी'बाट सुन्न सकिने, भन्छन्, 'गीत हेर्न होइन, सुन्न बनेको हो'

    काठमाडौं: पछिल्लो समय साथीजस्तै बनेको छ मोबाइल। हामी मोबाइलमै युट्युबबाट गीत हेर्छौ, सुन्छौं। रेडियोबाट गीत सुन्छौ। युट्युबमा छानीछानी गीतहरु हेर्न पाइन्छ। तर रेडियोमा त्यस्तो सुविधा हुँदैन। आफुले डाउनलोड गरेर राखेका गीतहरु पनि सुन्न सकिन्छ। तर, ती गीतहरु केही दिनमै पुराना भइसक्छन्। युट्युबमा गीत हेर्दा काममा अवरोध हुन सक्छ। यस्तो अवस्थामा विकल्प के त? केही समयअघिसम्म यसको विकल्पमा एनसेलले योन्डर एप ल्याएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग

    आफ्नै माटोको कथा उन्दै हिरा बिजुली : कर्णालीलाई यसरी जोड्दैछन् काठमाडौंसँग

    'गर्भ छिटा', नाटकमा सँगै आमा छोरी र मुगु श्यामे दमाइले आफ्नो बच्चाको गर्भ छिटा गरिदिएका थिए। ‘गर्भ छिटा’ अर्थात् कर्णालीमा बच्चा गर्भमै रहँदा उसको विवाह तय गरिदिने प्रचनल। पुरुषहरु मजाक मजाकमा आफ्नी श्रीमतीको पेटमा हुर्किरहेको बच्चाको बिहे तय गरिदिन्छन्। त्यस्तै भयो हिरा बिजुली नेपालीको हकमा पनि। बुबाले आफ्नो साथीलाई वचन दिए, सम्धी बन्ने।  छोरा जन्मन्छ वा छोरी मतलव छैन, जन्मिए…

    विस्तृतमा पढ्नुस्

  • विमलाको 'नलेखिएको मौन विद्रोह'

    विमलाको 'नलेखिएको मौन विद्रोह'

    गहुँगोरो अनुहार। होचो कद। अनि घुँडाभन्दा तल पुग्ने लामो कपाल। सोह्र, सत्र वर्षकी थिइन् विमला तुम्खेवा। त्यतिखेर निख्खर सेतो सारी वा कुर्ता उनको नियमित पहिरन हुने गर्‍थ्यो। त्यसरी पूरै सेतो लुगा 'विधुवा'ले मात्र लगाउँथे, हिन्दु झै लिम्बु संस्कारमा पनि। त्यसैले उनीसामू थुप्रै प्रश्न तेर्सिन्थे। गाली वर्षन्थे। कतिले कुरा काट्थे। बाटोमा भेटिने परिचित, अपरिचित सबैको जिज्ञासापूर्ण आँखा उनीतिरै पुग्थ्यो। केहीले त…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेलबाट तारमा झुन्डिँदै पाँचखाल : दुई नगर जोड्ने यस्तो छ 'जीप लाइन'

    धुलिखेलबाट तारमा झुन्डिँदै पाँचखाल : दुई नगर जोड्ने यस्तो छ 'जीप लाइन'

    काठमाडौं : खासाबाट आयातित सामान काठमाडौंसम्म ढुवानी गर्थे केदार थापा। २०७१ अघिसम्म गज्जब चलेको व्यवसाय २०७२ सालको वैशाखमा गएको भूकम्पपछि प्रभावित भयो। तातोपानी नाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल ठप्प। सडक भत्कियो, पहिरो र बाढीको चपेटामा पर्‍यो। आयात, निर्यात पनि बन्द। ल्याउँदै गरेको सामान पनि नाकामै रह्यो। केदार थापा भने खाली बस्न चाहेनन्। तुरुन्त नयाँ व्यवसायको योजनामा लागे। जसका लागि…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमै बोक्सी भन्दै कुटाइ खाएकी रश्मीको पीडा - 'मुखबाट रगत बगुन्जेल पिटे, धन्न आची र सिस्नु भेटिएन'

    राजधानीमै बोक्सी भन्दै कुटाइ खाएकी रश्मीको पीडा - 'मुखबाट रगत बगुन्जेल पिटे, धन्न आची र सिस्नु भेटिएन'

    गएको फागुन १४ गते रश्मी उपरकोटी महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। ३६ वर्षीया उपरकोटी प्रहरी परिसर पुग्दा उनको अनुहारभरि पोलेको दाग देखिन्थ्यो। शरीरभरी घाउ र नील डाम पनि उत्तिकै। आफूलाई माता बताउने कविता श्रेष्ठले ‘बोक्सी’ भएको आरोप लगाएपछि सुरु भएको यातनाले उनको स्वरुपलाई कुरुप बनाएको रहेछ। त्यसैले यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिन पुगेकी थिइन् त्यस दिन। घटना दुई दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • ज्यान हत्केलामा राखेर पनि नाट्य संघर्ष : विस्फोटकै बीच अफगानीको कलात्मक विद्रोह

    ज्यान हत्केलामा राखेर पनि नाट्य संघर्ष : विस्फोटकै बीच अफगानीको कलात्मक विद्रोह

    सन् २०१४ डिसेम्बर ११। इन्स्टिच्युट फ्रान्साइस (फ्रान्सेली केन्द्र) अफगानिस्तान, काबुल।  नाटक 'हर्ट बीट : साइलेन्स आफ्टर दि एक्सप्लोजन' मञ्चन हुँदै थियो। नाटक हेर्नका लागि काबुलस्थित फ्रान्सेली केन्द्रको हल खचाखच थियो, करीब चार सय दर्शकसहित। ६ महिना लामो तयारी, प्रचारप्रसार अनि मञ्चन। तालिवानी विद्रोही समूहको दबदबा रहेको काबुलमा बम विस्फोटनविरुद्ध थियो, नाटक। जुन विषय नाटकमा उठाउनु नै जोखिमको कारण बन्यो। अजदर…

    विस्तृतमा पढ्नुस्

  • 'टाटा आमा' भन्दै बाहिरिएका प्रभाकर जो कहिल्यै फर्केनन्

    'टाटा आमा' भन्दै बाहिरिएका प्रभाकर जो कहिल्यै फर्केनन्

    हरेक बिहान प्रभाकर केसी अफिस जान निस्कनुअघि उनकी आमा कल्पना घरको आँगनसम्म पुग्थिन्। घरमा बस्ने कसैले खाली भाडा बाहिर राखेका छन् कि भन्ने निगरानीका लागि। हिड्नु अघि खाली भाडा देख्नु अशुभको संकेत लाग्छ उनलाई।  २०७५ फागुन १५ गते।  प्रभाकरले बिहानै उठेर पूजा गरे। पाठ सकेर सधैं झै आमाले छानिदिएको लुगा र जुत्ता लगाए। अफिस जान तयार भए। र, जाँदाजाँदै सोधे,…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मल भत्कनु अनि थिएटर मल नै बन्नुको कथा

    थिएटर मल भत्कनु अनि थिएटर मल नै बन्नुको कथा

    रसियन कल्चर सेन्टरमा शैली थिएटरले साताको एक सो नाटक मञ्चन गर्थ्यो। सन्दर्भ २०६४/६५ तिरको हो। शैलीको साप्ताहिक मञ्चनबाहेक गुरुकुलमा मात्र नियमित नाटक मञ्चन हुन्थ्यो। नाटक देखाउनका लागि अहिलेजस्तो ५/६ वटा नाटकघर थिएन। त्यसैले दर्शक पनि कम थिए। रसियन कल्चर सेन्टरमा नाटकका दर्शक छिर्दैगर्दा सँगै रहेको सिटी सेन्टरमा भर्खरै बिग सिनेमा स्थापना भएको थियो। त्यहाँ फिल्म हेर्नेको अर्को लर्को हुन्थ्यो। रङ्गकर्मी…

    विस्तृतमा पढ्नुस्

  • मृत शहरको कथा : प्रकृतिले कोमामा पुर्‍याएको तातोपानी अब जुर्मुराउला त?

    मृत शहरको कथा : प्रकृतिले कोमामा पुर्‍याएको तातोपानी अब जुर्मुराउला त?

    २०७२ वैसाख १२ गते भूकम्पका कारण घरहरु भत्किए, केही चर्किए मात्र। डरलाग्दो सुसाउने भोटेकोशी, भिरतिरबाट खस्दो चट्टान र ढुङ्गाहरु, निरन्तर पहिरो अनि परकम्प। अवस्था भयावह बन्यो। स्थानीय कसैले ज्यान गुमाएनन्। तर, तातोपानी नुहाउन र किनमेल गर्न आएका बाह्य पर्यटक, व्यापारीहरुको मृत्युले त्रसित र स्तब्ध तातोपानी। कोदारी, लिपिङबासी सुरक्षा खातिर बसाई सरे, सबै चिज छाडेर। कोही काठमाडौंका विभिन्न चौरमा, कोही स्थानीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell