PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अनशनको २२ औं दिन : डाक्टर केसी वार्ताका लागि तयार, सरकारी हठ कायमै



प्रकाश भण्डारी

अनशनको २२ औं दिन : डाक्टर केसी वार्ताका लागि तयार, सरकारी हठ कायमै
फोटो : प्रितम सुवेदी

काठमाडौं: अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल माहाराजगञ्जमा अनशनरत केसी हाल बोल्न सक्ने अवस्थामा नरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै केसीलाई भेट्न बन्देज लगाइएको सुवेदीले बताए।

टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर

यस्तो छ केसीको हेल्थ रिपोर्ट

डा केसीको शनिवार दोस्रोपटक कोभिड-१९ को परीक्षणका लागि स्वाब लिइएको थियो। आइतवार नेगेटिभ रिपोर्ट आयो। कोरोनाका संक्रमण नभए पनि उनको स्वास्थ्य अवस्था खराब बन्दै गएको केसीको स्वास्थ्य टिमका संयोजक प्राडा सुवास आचार्यले जनाएका छन्। मुटुको धड्कन बढुनुका साथै रगतमा सुगरको मात्रा घटदै गएको छ।

डा गोविन्द केसीको समर्थनमा उत्रेकालाई प्रहरीले गर्न दिएन प्रदर्शन, सडकमा उत्रनसाथ पक्राउ

रगतमा ह्वाइट ब्लड सेलको मात्रा घट्दै गएकाले केसीलाई संक्रमणको उच्च जोखिम देखिएको छ। उनको स्वास्थ्य अवस्था हेर्दा आइसीयुमा राखेर उपचार गर्नुपर्ने देखिएको संयोजक आचार्यले बताएका छन्। स्वास्थ्य अवस्था गम्भीर भए पनि केसीलाई साधारण सलाइनबाहेकको उपचार लिन नमानेको उनको भनाइ छ।

'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

वार्ताका लागि केसी तयार

सरकारले केसीका मागलाई सम्बोधन गर्न वार्ता टोली गठन गरे छलफलका लागि आफू तयारी अवस्थामा रहेको सुवेदीले बताए। तर हालसम्म सरकारले माग सुनुवाइका बारेमा कुनै पहल नगरेको उनको भनाई छ। 'वार्ता टोली गठन गरेर छलफल गरौं भन्यो भने हामी त तयारी अवस्थामै छौं,' उनले भने।

सरकारमाथि दबाव बढ्दो

'जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यू टावर' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

१९ औं अनशन थालेको २१ दिन भए पनि सरकारले उनको मागको बेवास्ता गरेको छ। सरकारले मागको बेवास्ता गरे पनि विभिन्न क्षेत्रका मानिसले केसीका मागलाई समर्थन गरेकाले सरकारमाथि दबाब बढिरहेको सुवेदीको भनाई छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिँदै माग चाँडो सुनुवाइ गर्न आग्रह गरेका थिए।

ओलीलाई देउवाको चेतावनी : गोविन्द केसीको जीवन रक्षामा ढिलाई गरे परिणाम गम्भीर हुन्छ

यस्तै पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बावुराम भट्टराईले पनि केसीलाई भेटेर माग चाँडो सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका काँग्रेस नेता गगन थापाले केसीका माग सम्बोधन गर्न सक्ने किसिमको भएको बताएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग वार्ता नगर्ने हठ कसेको उनको आरोप छ।

गोविन्द केसीको जीवन तलमाथि भयो भने यसको दोषी प्रम ओली : गगन थापा

केसीका मागलाई चाँडो सम्बोधन गर्नुपर्ने भन्दै शिक्षण अस्पतालका चिकित्सकले आइतवार धर्ना दिएका थिए भने माइतीघर मण्डलालगायतका ठाउँमा केसी अनशन बसेदेखि नै प्रदर्शन भइरहेको छ।

डा केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव, सरकारलाई गम्भीर भएर सोच्न आग्रह

यसपटक के होला?

पटक-पटक अनशन बस्दै तोड्दै आएका केसीले सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको आरोप लगाउदै आएका छन्। १९ औं अनशन जुम्लाबाट थालेका केसी ८ औं दिनमा काठमाडौं आएका थिए। यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने लगाएतका माग राखेर केसीले यो पटक अनसन थालेका हुन्।

'सरकारको नैतिकता गायब भयो' भन्दै माइतीघरमा बालियो मैनबत्ती, डा केसीको माग पूरा गर्न माग

केसी अनशन बस्दा सरकारले उनको अनसशनको औंचित्य नभएको बताए पनि यसअघि पनि अन्त्यमा उनका माग सम्बोधनमा सरकार लचिलो हुँदै आएको थियो। यसपटक भने २१ औं दिनसम्म सरकारले वार्ताका लागि पहलसमेत गरेको छैन। एकातिर केसीको स्वास्थ्य बिग्रँदै जानु र अर्कोतिर माग सुनुवाइमा सरकार उदासिन देखिनु उचित नभएको भन्दै सरकारको आलोचना भइरहेको छ।

झरीका बीच डा केसीको समर्थनमा भएको आजको प्रदर्शनका केही झलक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell