PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बलात्कार आरोपित पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि पुर्‍याइयो अदालत



पहिलोपोस्ट

बलात्कार आरोपित पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि पुर्‍याइयो अदालत

काठमाडौं : १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डेविरुद्ध  अनुसन्धानको लागि म्याद थप गर्ने प्रकृयाको लागि सरकारी वकिल कार्यालय, काठमाडौंमा उपस्थित गराएको छ। त्यहाँबाट उनलाई जिल्ला अदालत काठमाडौं लगिएको छ।

प्रहरीले पाण्डेलाई शनिवार पक्राउ गरेको थियो। सार्वजनिक बिदाबाहेक २४ घण्टाभन्दा बढी कसैलाई अदालत/ जिल्ला प्रशासन कार्यलयबाट म्याद नलिइ हिरासतमा राखेर अनुसन्धान गर्न पाँइदैन। त्यसैले प्रहरीले पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रक्रियाको लागि म्याद थप गर्दैछ।

यसअघि  मानव बेचबिखन तथा ‌ओसारपसार ऐन, २०६४ अन्तर्गत प्रहरीले म्याद लिने तयारी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा मानवबेचिखन र बालबालिकाविरुद्धको कसुरमा दुईवटा जाहेरी परेका छन्।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले किशोरीको बलात्कार गरेको आरोप लागेको छ। उनलाई शनिवार काठमाडौंको स्वयम्भूबाट प्रहरीले पक्रेको थियो। गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एकजना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दवाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

आइतवार आफूलाई पनि यौन शोषण गरेको भन्दै एक युवती पाण्डेविरुद्ध उजुरी दिन प्रहरी कहाँ पुगेकी छिन्। त्यस्तै, अर्की एक युवती पनि उनैबाट पीडित भएको भन्दै प्रहरीको सम्पर्कमा आएकी छिन्।

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

आरोपित पाण्डे त समातिए, अब कसरी अगाडि बढ्छ किशोरी बलात्कारको यो प्रकरण?

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell