कञ्चनपुरः बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन्। पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो। कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने…
काठमाडौँः कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप चार जनाको डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ। शंकास्पद मानिएका चार जनाको परीक्षण रिपोर्ट प्रहरीले सार्वजनिक गरेको हो। चारै जनाको डिएनए रिपोर्ट नमिलेको हो। निर्मलाको भेजिनल स्वाबमा भेटिएको विर्यसँग नमूना नमिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर बहादुर कठायतले जानकारी दिए। चार जनाको महाकाली…
पर्वतः श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाएकी छन्। परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन्। पीडित परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक…
बेत्रावतीः किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ। स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले जबरजस्ती करणी अभियोगमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। ३२ वर्षीय श्रेष्ठ र २४ वर्षीय थापालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार…
अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहका तस्वीर पोस्ट गरेकी छिन्। सार्वजनिक दुई तस्वीरमा दीपिका र रणवीर सिंह विवाह पहिरणमा देखिएका छन्। उनीहरुले कोन्कानी र शिख रितिमा विवाह गरेका थिए। उनीहरुका दुई तस्वीरले अहिले सामाजिक सञ्जालमा भरिएको छ। फ्यानहरुले सामाजिक सञ्जालमा दुई तस्वीर राख्दै शुभ कामना दिएका छन्। दीपिका र रणवीरले इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा विवाह…
बाजुराः जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन्।…
काठमाडौँः नेपाल राष्ट्र बैंककले विभिन्न तह र पदमा ११४ जना जनशक्ति स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि बैंकले सहायक निर्देशकदेखि सूचना प्रविधि सहायकसम्मको दरखास्त माग गरेको हो। बैंकले सहायक निर्देशकमा प्रशासनतर्फ २१ जनाका लागि दरखास्त माग भएको छ। जसमा खुला १२, महिला २, आदिवासी जनजाति र मधेशी २/२, र दलित र अपाङ्गता…
कीर्तिमानी गोलकर्ता वायन रुनीले राष्ट्रको लागि खेलेको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी भएको छ। गएराती भएको रुनीको फेयरवेल म्यामा इंग्ल्याण्डले अमेरिकालाई ३-० ले हरायो। लण्डनस्थित वेम्ले मैदानमा भएको खेलको दोस्रो हाफमा रुनी मैदान प्रवेश गरेका थिए। ५८औँ मिनेटमा जेस लिनगार्डको स्थानमा मैदान छिर्दा रुनीले १० नम्बरको चर्चित जर्सी लागएका थिए। यस्तै कप्तानको आर्मब्याण्ड पनि रुनीले नै लगाए। त्यतिबेलासम्म फाबियन डेल्फले कप्तानी…
युइएफए नेशन्स कपमा अन्तर्गत लिग ंए को समूह डी को खेलमा क्रोएसियाले स्पेनलाई पारजित गरेको छ। टिन जेडभाजले इन्जुरी टाइममा गोल गरेपछि क्रोएसियाले स्पेनलाई ३-२ ले पराजित गरेको हो। त्यसअघि आन्द्रे क्रामारिक र जेडभाजकै गोलमा क्रोएसियाले दुई पटक अग्रता लिएको थियो। स्पेनका लागि डानी सेबालोस र सर्गियो रामोसले बराबरी गोल पर्काएका थिए। क्रोएसिया पहिलो लेगमा स्पेनसँग ६-० ले हारेको थियो। हारका…
काठमाडौँ : 'फेस्टिभल ब्रेक' पछि पल्सर सहिद स्मारक ए डिभिजन लिग शनिवारदेखि पुन: सुरु हुँदैछ। नेपालीहरुको ठूला चाडहरु दशैँ, तिहार अनी छठको अवधीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेलहरु स्थगित गरेको थियो। त्यसअघि गत असोज १३ गते सुरु भएको लिगको पहिलो चरणका ७ खेल सम्पन्न भइसकेको छ। त्यतिबेला नेपालको राष्ट्रिय टिमले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा भाग लिएकाले पनि बीचमा…
काठमाडौं : अमेरिका अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या बढेको छ। चालु वर्षमा यो संख्या १४.३ प्रतिशतले बढेको हो। आई आई ई र युएस स्टेट ब्युरो अफ एजुकेशन एण्ड कल्चरल अफेयरले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान प्रतिवेदन '२०१८ ओपन डोर रिपोर्ट' मा अध्ययनका लागि अमेरिका जाने नेपालीहरुको सख्यामा वृद्धि भएको देखिएको हो। हाल अमेरिकामा १३ हजार २७० नेपाली विद्यार्थी…
यो समाचारका सूचना पुष्टि हुन नसकेकोले हटाइएको छ। पाठकलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छौँ।
काठमाडौं : फिल्म 'भिलेन'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'च्यानाकुटी झ्याईं' बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन्। एकनारायण भण्डारीको शब्द तथा लाल कुमार बरालको संगीत रहेको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ। पौष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको हो। देबेन्द्र पाण्डेको…
काठमाडौँ : ललितपुरको ए डिभिजन क्लब च्यासल युथ क्लबले राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ। बिहीवार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टीसुटआउटमा ५-३ ले पारजित गर्दै च्यासल च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटको अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट भएको हो। च्याम्पियन च्यासलले ४ लाख ९९ हजार ५ सय ५५…
काठमाडौं : प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रतिवेदन बुझ्न काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताए। ईपीजीले गत जुलाईमै प्रतिवेदन तयार…
काठमाडौं : नगरकोटका व्यवसायीले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीवार काठमाडौंमा प्रर्दशन गरेका छन्। नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीयले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रर्दशन गरेका हुन्। स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसायनै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव…
काठमाडौँ : आगामी मङ्सिर २२ देखि पुष ७ गते (डिसेम्बर ८ देखि २२) सम्म हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले मान्यता दिएको छ। इपीएलको आयोजकले बिहीवारर प्रेस विज्ञप्ती जारि गर्दै प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जानकारी दिएको हो। आयोजकले त्यसका लागि २० हजार अमेरिकी डलर र आवश्यक डकुमेन्टहरु पठाएपछि आइसीसीले इपीएललाई आइसीसीको मान्यतासहितको पत्र…
काठमाडौँ : सन् २०२० मा हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएको छ। पहिलो चरणको छनोटअतर्गत म्यानमारमा भएको समूह सी को खेलमा तेस्रो स्थानमा रहँदै नेपाल दोस्रो चरणमा पुगेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्लसिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
दुबर्इ जाँदै हुनुहुन्छ भने तपार्इँले आकाशमा कोही उडी रहेको देख्नुभयो भने सचेत हुनु। दुबर्इ प्रहरीले निकट भविष्यमा फ्लाइङ मोटरबाइक (उड्ने मोटरसाइकल) बाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ। हाल भने प्रहरीले उड्ने मोटरसाइकलको प्रशिक्षण गरिरहेको छ। क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षणमा अहिले दुबर्इ प्रहरी व्यस्त छ। तर दुबर्इमा उड्ने मोटरबाइक परीक्षण गरेको यो…
इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायन रुनीले राष्ट्रको लागि अन्तिम खेल खेल्दा १० नम्वरको जर्सी लगाएर खेल्ने छन्। अमेरिका विरुद्ध बिहीवार हुने हुने खेलमा रुनीले चर्चित १० नम्वरको जर्सी लगाउनेछन्। अमेरिका विरुद्धको खेल रुनीको फेयरवेल म्याच भएकोले उनको लागि यो विशेष खेल हुनेछ। खेलअघि रुनीलाई गार्ड अफ अनर समेत प्रदान गरिनेछ। अमेरिका विरुद्धको खेलमा इंग्ल्याण्डको कप्तानीमा फाबियन डेल्फले गर्नेछन्। प्रशिक्षक गारेथ साउथगेटले…