जाजरकोट: जाजरकोटमा पाँचहजार भन्दा बढी मतदाता थपिएका छन्। निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्यांक अनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन्। यसमध्ये तीन हजार ७६ महिला र दुई हजार ३१८ पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ। प्रदेश तथा संघीय संसद्को चुनावलाई मध्यनजर गरी निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको…
सेल्टिक, सेभिया, नेपोली, ओलम्पियाकोस र मरिवर प्लेअफ जितत्दै युरोपियन च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका छन्। गएराती भएको दोस्रो लेग प्लेअफपछि विजयी हुँदै पाँच क्लब २०१७-१८ को प्रतियोगिताका लागि छनोट भएका हुन्। दोस्रो लेगमा अस्तानासँग ४-३ ले पराजित भएपनि समग्रमा ८-४ को जित हात पार्दै स्कटिस क्बल सेल्टिक च्याम्पियन्स लिगमा छानिएको हो। पहिलो लेगमा सेल्टिक ५-१ ले विजयी भएको…
काठमाडौं: नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषमा ३४ लाख ९९ हजार २६० रुपैयाँ हस्तान्तरण गरेको छ। यसअघि नेकपा एमालेले कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको थियो। बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बाढीपीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानमा देउवा भारत प्रस्थान गरेका हुन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत प्रस्थान गरेका हुन्। देउवाको भ्रमण टोलीमा पत्नी आरजु राणा, उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल सरकारका सचिव, निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, सचिवालयका कर्मचारी लगायत छन्। पाँच…
काठमाडौं: 'दोस्रो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड'मा अभिनेता अनमोल केसी र अभिनेत्री केकी अधिकारी उत्कृष्ट ठहरिए। कोलोराडोको डेनभर सहरमा सम्पन्न अवार्ड कार्यक्रममा यी दुईले दुई शिर्ष विधाको अवार्ड हात पारेका हुन्। अनमोल फिल्म 'गाजलु'का तर्फबाट उत्कृष्ट नायक र केकीले फिल्म 'लभ सासा'का तर्फबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेका हुन्। नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख…
काठमाडौः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा छाएको निराशा हटाउन सवै दल एक भएर लाग्नुपर्ने बताएका छन्। बुधबार विहान गणेशमान सिंह अस्पतालले स्थानीय निकायका जनप्रतिनिधिको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले अझै पनि राजनीतिक संक्रमणबाट मुलुक गुज्रिएकाले तीनै तहको निर्वाचन सम्पन्न गरिसकेपछि राजनीतिले नयाँ कार्स लिने बताए। उनले निर्वाचन सम्पन्न गराउनु अहिलेको प्राथमिकता रहेकाले त्यसका लागि सवै दल एक भएर…
काठमाडौं: फिल्म ग्याङस्टर ब्लूज प्रदर्शनरत छ। फिल्मका मुख्य अभिनेता आशिमान देशराज जोशी नयाँ प्रोजेक्टका लागि लिड अभिनेता रहने तय भएको छ। गत चैत १८ गते घोषणा भएको फिल्म 'ब्रेकअप'का लागि आशिरमान अनुबन्धित भएका हुन्। उनीसँगै अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा देखिने भएकी छिन्। आशिरमानको ग्याङस्टर ब्लूज डेब्यु फिल्म हो भने शिल्पा मास्के यसअघि मिलन चाम्सको फिल्म 'लिलिबिली'का लागि अनुबन्धित थिइन्।…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि पार्टीको व्यवस्थापनका लागि नेता विमलेन्द्र निधिलाई कार्यवाह सभापति तोकेका छन्। आज विहान बालुवाटारमा बसेको कार्य सम्पादन समितिको बैठकबाट सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेका हुन्। नेपाली कांग्रेसको विधान अनुसार उपसभापतिले कार्यवाहक पाउने व्यवस्था भएपनि देउवाले निधिलाई उपसभापति नियुक्त नगर्दै कार्यवाहक सभापति तोकेका हुन्। ०७२ साल चैतमा सभापति निर्वाचित भएका सभापति देउवाले निधिलाई…
काठमाडौं: पत्रकार ऋषि धमलाकी पत्नी अब फिल्म क्षेत्रमा सक्रिय हुने खबर सार्वजनिक भएको छ। एलिजा गौतमले आफ्नै निर्माणमा बनाउने फिल्ममार्फत डेब्यु गर्ने भएकी हुन्। अनटाइटल्ड प्रोजेक्टको केही क्रुको नाम सहित खबर सार्वजनिक भएको थियो। फिल्ममा गौतम स्वयंम नायिका रहनेछिन् भने मोडल दीपक घिमिरे उनको अपोजिटमा देखिने बताइएको हो। घिमिरे भन्छन्,'फिल्मको लागि कुरा त भएको हो। तर कुरा हुँदैमा काम हुन्छ…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्ट्स अवार्डका लागि डिसहोम एस्सन स्पोर्ट्ससँग एक वर्षको सम्झौता गरेको छ। बुधबार एक कार्यक्रमकाबीच एनएसजेएफका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका सिइओ सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। एक वर्षका लागि गरिएको सम्झौता अनुसार डिसहोमले एनएसजेएफलाई २ लाख ५० हजार नगरसहित ३ लाख ८० हजार बराबरको प्रायोजन गर्नेछ। डिसहोम एक्सन स्पोर्ट्सले विभिन्न ८…
बुटवलः रुपन्देहीमा ६२ हजार मतदाता थप भएका छन्। साउन एक गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा गरिएको मतदाता नामावली संकलनमा ६२ हजारले नाम लेखाएका हुन्। अन्य नगरपालिका तथा गाउँपालिकाको भन्दा बुटबल उपमहानगरपालिकामा ८ हजार ७ सय ९३ जनाले नाम लेखाएका निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिए। १० गाउँपालिका र ६ नगरपालिका…
काठमाडौं: फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी फिल्म युनिटले ट्रेलर युट्युबमार्फत सार्वजनिक गरेको हो। यसअघि फिल्मको 'साच्चै विषेश छौ’ र ‘ढाका चोली, ढाकाकै पटुकी’ बोलको गीत सार्वजनिक भएको थियो। सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ रमेश कोइरालाले निर्देशन गरेका हुन्। लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको कथा लेखन…
काठमाडौंः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्।सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो संगठन एक शैक्षिक परिवर्तनकारी संगठन भएको दावी गर्दै आफूहरुले सामाजवादी शिक्षाको परिकल्पना गरेको बताए। सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदका लागि रञ्जित…
काठमाडौँ: नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी निकट संगठन प्रेस युनियन र प्रेस सेन्टरका तर्फबाट उम्मेदवार बनेका आचार्य ७३२ मत ल्याई विजयी भएका छन्। एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको समर्थनमा उम्मेदवार बनेका तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरेका छन्। अधिकांश पदाधिकारीमा गठबन्धन नै विजयी भएको छ। उपाध्यक्षमा खुल्लातर्फ विपुल…
वालिङ: निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन्। जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन्। प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा सबैभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा…
अरुशा: तान्जेनिया सरकारले नयाँ गैरसरकारी संस्था (गैसस) दर्ता गर्न निषेध गरेको छ। गैरसरकारी संस्थाहरुले तोकिएको नियम पालना नगरेको आधिकारिक निकायहरुसँग पर्याप्त समन्वय र सहकार्य नगरेको तान्जेनियाका सरकारी अधिकारीहरुले बताएका छन्। सरकारले अहिले जथाभावी संस्था दर्ता नगर्न निर्देशन दिएपछि कतिपय कामहरु राम्रो र व्यवस्थित हुने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा
बाजुरा: साँफे–मार्तडी जोड्ने राजमार्ग अन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ। पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन। पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको स्थानीय मंगल सेरालाले बताए। पुल निर्माणका लागि…
गौशाला: चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ। जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन्। बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा,…
काठमाडौँ: नेपाल पत्रकार महासंघको २५औँ महाधिवेनको नयाँ कार्यसमिति चयनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार कार्यसमिति पदाधिकारीसहित अधिकांश पदमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन विजयी भएको छ। सत्तारुढ दल कांग्रेस र माओवादी निकट संगठनको गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। पदाधिकारीतर्फ गठबन्धनले क्लिनस्वीप गरेको छ। यी हुन् विजयी पदाधिकारी र सदस्यहरु अध्यक्ष गोविन्द आचार्य ७३२ तीर्थ कोइराला ६२७ …
काठमाडौँ: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्वन्धित विधेयक सैद्धान्तिक छलफल सकिएको दुई साता पुगेको छ। तर, दलीय विवादका कारण दफाबार छलफलको प्रक्रिया अघि बढ्न सकेको छैन। समितिले सबै सदस्यलाई कुनै पनि बेला बैठक बस्ने सूचित गरेको छ। तर, विवादका विषयमा राजनीतिकस्तरमा छलफल समेत भएको छैन। सभापति दिलबहादुर घर्तीले दफाबार छलफल प्रक्रियाअघि तीन विषयमा राजनीतिक तहमा छलफल गर्नुपर्ने भन्दै विधेयकको प्रक्रिया…