काठमाडौँ: प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ। यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले जानकारी दिए। “कुशे औँसी पर्व पनि…
नेपालगन्ज: नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट प्रहरीले करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा शनिबार राति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो। क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक…
गौशाला: बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए। पक्राउ परेका टेक्निसियन साह जलेश्वर…
काठमाडौं: चौथो छायाँछवि म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ। आइतबार सम्पन्न कार्यक्रममा गायिका टीका पुनले उत्कृष्ट तीज गायिको उपाधि हात पारेकी छिन्। त्यस्तै पूर्णकला बिसीको गीत ‘माइतीघर’ उत्कृष्ट तीज गीत बन्न सफल भएको छ। टीका पुनले 'युकेको सारी' बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन्। त्यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा 'नदी तिरैमा' बोलको…
काठमाडौँ: नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले पत्रकार महासंघको जारी महाधिवेशनमा अध्यक्षका उम्मेदवार उजिर मगरलाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। संगठनको निर्णय विपरीत बागी उम्मेदवार बनेको भन्दै सेन्टरले मगरलाई कारबाही गरेको महासचिव विष्णु सापकोटाले जारी गरेको विज्ञतिमा उल्लेख छ। सेन्टरले महासचिवमा निर्वाचित भएपछि उनले गरेका काम, कारबाही र कार्यशैलीका कारण संगठनलाई क्षति समेत पुर्याएको विज्ञप्तिमा उल्लेख…
ब्राजिलियन फरवार्ड नेमारले उत्कृष्ट प्रदर्शन निरन्तरतादिएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा गएराती टुलुजलाई ६-२ ले पराजित गरेको हो। दश खेलाडीमा झरेर पनि उत्कृष्ट प्रदर्शन गरेको पिएसजीका लागि नेमारले दुई गोल गर्नुका साथै दुई गोलका लागि सहयोग गरे। यसै सिजन मात्र स्पानिस क्लब बार्सिलोनाबाट विश्व कीर्तिमान रकममा सरुवा भएका नेमारले लगातार दोस्रो खेलमा गोल गरेका हुन्। म्याक्स एलेइन…
विराटनगर: डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ। विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो। सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो। अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो। सोमध्ये एक हजारको नोट एक लाख…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सोमबार भ्रमण कार्यतालिका सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार यही बुधबारदेखि प्रधानमन्त्रीको औपचारिक भ्रमण सुरु हुनेछ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री देउवाले यसअघि पूर्वप्रधानमन्त्रीसँग पनि परामर्श गरेका थिए। भ्रमणका दौरान प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा…
पोखराः प्रहरीले पोखराबाट दश जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले जुवा तास खेलिरहेका बेला १० जनालाई पक्राउ गरेको हाे । पोखरा लेखनाथ महानगरपालिका २७ स्थित मीनाकुमारी पुनको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा केशर पुन, गिमान पुन, रेमबहादुर पुन, हिमाल पुन, हिमाल पुन, कुमार पुन, करुणा थापा, निरा पुन, विष्णु पाइजा, कुमारी पुन, मीनाकुमारी पुन छन् । जुवाखालबाट प्रहरीले…
काठमाडौँ: संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आज निर्णयार्थ पेस हुँदैछ। प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम आइतबार सकिएको छ। सोमबार संशोधन छलफलमा भाग लिन चाहने सांसदलाई समय दिइनेछ। दफाबार छलफल सकिएपछि विधेयकलाई मतदान प्रक्रियामा लगिनेछ। संसद् सचिवालयले विधेयकलाई आज निर्णयार्थ पेस गर्ने तयारी गरेको छ। मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस हुनेछन्। संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो गरिनेछ। मत विभाजन माग…
काठमाडौं : नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचित भएको १५ दिनपछि शपथ ग्रहण गरेका छन्। नागपोखरीस्थित एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीलाई आइतबार शपथ गराएका हुन्। नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले एनएमएको गरिमालाई थप उचो बनाउन निर्वाचनका बेला गरिएका प्रतिबद्धता शत्प्रतिशत कार्यान्वयन गर्ने बताए। निर्वाचन सम्पन्न भएको केही दिनमै अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचन धाँधली भएको भनी…
काठमाडौं: अस्कर अवार्ड-२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपालबाट फिल्म सेतो सूर्य छनोट भएको छ। अस्करका लागि दुई फिल्म सेतो सूर्य र बिजुली मेसिन मध्य सोसियल ड्रामा सेतो सूर्य छानिएको हो। नेपालका लागि अस्कर चयन समितिले सामाजिक विषयमा आधारित फिल्म चयन गरेको हो। फिल्ममा जनयुद्धको प्रभाव, जातिय विभेद, पारिवारिक विभाजन, राजनीतिक असरलाई देखाइएको छ। प्रतिस्पर्धामा रहेको अर्को फिल्म बिजुली मेसिन…
काठमाडौं: साहित्यकार हरिहर खनालका दुई कृति एकसाथ लोकार्पण भएका छन्। सनिबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरी पुस्तकहरुको विमोचन गरिएको हो। साहित्यकार निनु चापागाईंको सभाध्यक्षता र साहित्यकार आनन्ददेव भट्टको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा प्रा. राजेन्द्र सुवेदी र प्रा.डा अम्मराज जोशीले समीक्षात्मक मन्तव्य समेत राखेका थिए। विमोचित कृतिहरुमध्ये पहिलो कृति ‘चिठीपत्रमा’ हरिहर खनालका लागि लेखिएका १०१ वटा पत्रहरुको संगालो हो। उक्त…
काठमाडौँः भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन आज बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुर्इँचो लागेको छ। आजका दिन बाबु हुनेले घरमै राम्रो खान लाउन दिई खुसी बनाउने गर्छन्। बाबु दिवंगत भएका भक्तजनले भने गोकर्णेश्वर महादेव मन्दिरमा आई सम्झना गर्ने चलन छ। भाद्रकृष्ण औँशीका दिन गोकर्णेश्वरमा आई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले घर, मामाघर…
अक्षय कुमार स्टारर फिल्म 'ट्वाइलेट- एक प्रेम कथा'मा ऋतिकको छवटा औंलाको मजाक बनाएको दृश्य छ। जहाँ अक्षय कुमारको बुवाले आफ्नो छोराको लागि एउटा औंला बढी भएको केटी खोज्दै हुन्छन्। ज्योतिषले भने अनुसार एउटा औंला भएको केटी नभेटेर थकिक अक्षय र उनको भाइ बनेका दिन्यन्दु शर्मा ऋतिकको फोटो अगाडी उभिन्छन्। र शर्माले भन्छन्,'उनले केही सहयोग गर्न सक्छन् की।' तर फिल्ममा बनाइएको…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिएकी छन्। राष्ट्रपति भण्डारीले बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनाका लागि एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसैगरी, कोषमा राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, राष्ट्रपति कार्यालयका सचिवहरु (स्वकीय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकीय समेत) बाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु (स्वकीय…
काठमाडौः काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पतालको आधुनिक पोष्ट अपरेटिभ वार्ड आजदेखि संचालनमा आएको छ। सोमवार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले वार्डको उद्घाटन गरेका हुन्। १४ शैयाको अस्पतालको उक्त वार्ड १ करोड ३८ लाख रुपैयाँको लागतमा निर्माण भएको हो। कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरीका अन्य अस्पताललाईसमेत सुविधा सम्पन्न बनाउँदै लैजानुपर्ने बताएका थिए।
भारतिय फिल्म बिक्रेताहरुलाई 'जब ह्यारी मेट सेजल'मा भएको आर्थिक नोक्सानको ५० प्रतिशत रकम निर्माताले फिर्ता गर्ने खबर सार्वजनिक भैरहँदा नेपाली डिस्ट्रिब्युटरलाई पनि पैसा दिने भएका छन्। फिल्म 'जब ह्यारी मेट सेजल'मा शाहरुखको स्टारडम र अनुष्काको पढ्दो फ्यान फलोइङका कारण नेपालका लागि डिस्ट्रिब्युटर रहेको गोपीकृष्ण मुभिजले पनि राम्रै अपेक्षा गरेको थियो। तर नतिजा फरक पर्यो। फिल्म असफल ठहरियो। गोपीकृष्ण मुभिजका तर्फबाट…
काठमाडौंः नेकपा एमालेका नेता माधवकुमार नेपालले बाढीपहिरो पीडितलार्इ राहत वितरण राम्रो नहुनुको जिम्मेवारी ठूला दलले लिनुपर्ने बताएका छन्। व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता नोपलले दुर्इ नम्वर प्रदेशमा निर्वाचन ढिला भएकै कारण राहत वितरण प्रभावकारी नभएको र यसको जिम्मेवारी ठूला दलले लिनुपर्ने बताए। स्थानीय तहको निर्वाचन समयमै भएको भए अहिले बाढीपीडितलार्इ राहत वितरणको काम सहज हुने उनको भनाइ थियो ।
काठमाडौं : कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्लाईसमेत संविधान संशोधनका पक्षमा मत हाल्न ह्वीप जारी गरेका छन्। संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूसहित विपक्षमा जनमत तयार पारीरहेका वेला प्रमुख सचेतक श्रेष्ठले ह्वीप जारी गरेका हुन्। संसदमा विचाराधिन 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक -२०७४ लाई पारित गरियोस' भन्ने प्रस्तावको छलफलमा भाग…