काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री बन्ने बितिक्कै किन भारत जानुपर्ने बाध्यता रहेको भनी प्रश्न गरेका छन्। व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै केसीले भदौ सात गते भारत भम्रणमा जाँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवालार्इ देश अप्ठ्यारोमा परेका बेला भारत किन जान लागेको भन्ने प्रश्न गरेका हुन्। नेपालमा नयाँ प्रधानमन्त्री चयन हुने वित्तिकै भारत जानै पर्ने बाध्यताले ‘के नेपाल स्वतन्त्र राष्ट्र…
काठमाडौं : घरेलु टोली नेपाल र भारत साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। यता लगातार दोस्रो हारपछि माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ। समूह ए अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ६-० ले हराएपछि नेपाल भारतसँग खेल्नुअघि नै अन्तिम चारमा पुगेको हो। माल्दिभ्स पहिलो खेलमा पनि भारतसँग हारेको थियो। नेपालको जितमा बिर्जेश चौधरीले २ तथा कप्तान रोसन राना मगर,…
फिल्म 'सीक्रेट सुपरस्टार'को पहिलो गीत सार्वजनिक भएको छ। बलिउड स्टार आमिर खानको नयाँ फिल्मको ट्रेलर शुक्रबार युट्युबमार्फत भिडियो सहित रिलिज भएको हो। कौसर मुनिरले लेखेको 'मैं कौन हुँ?' बोलको गीतमा अमित त्रिगेवीले संगीत दिएका हुन्। गीतमा मेघ्ना मिश्रको स्वर रहेको छ। फिल्म आमिर खानले निर्माण गरेका हुन्। उनले फिल्ममा अभिनय समेत गरेका छन्। आमिरसँगै दंगलकी कलाकार जायरा वसीम प्रमुख भूमिकामा देखिएका…
काठमाडौं : दोलखालाई केन्द्र बनाएर आज साँझ परकम्प गएको छ। सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.६ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।
नयाँ दिल्ली: दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन्। बाढी र पहिरोमा परी विस्थापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ। वर्षापछि विपद्मा फसेका व्यक्तिको उद्दार तथा उनीहरूलाई सुरक्षित स्थानमा बसोबास गराउने काम भइरहेको छ। अगस्टको दोस्रो सातादेखि बाढी र पहिरो जान…
लहान: पोखरीमा डुबेर सिरहाको लहान नगरपलिका– १३ दम्दाह टोलमा एक बालकको मृत्यु भएको छ। घरबाट शनिबार दिउँसो खेल्न निस्किएका स्थानीय जगवीर यादवको आठ वर्षीय छोरा राजु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो। राजु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट १० मिटर टाढाको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यसैगरी अविरल वर्षासँगै आएको बाढीका कारण विस्थापित भएका सप्तरीको तिलाठी…
काठमाडौँ: संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा आज पनि दफाबार छलफल हुँदैछ। साउन ३२ गते विधेयक दफाबार छलफलका लागि संसदमा पेस भएको थियो। ३२ गते संशोधनकर्ताबाट एमालेका रेवतीरमण भण्डारीले छलफलमा भाग लिएका थिए। आइतबार पनि संशोधनकर्ताले छलफलमा भाग लिने समय पाउँनेछन्। सरकारले दर्ता गरेको संविधान संशोधन मूल विधेयकमा ५० पूरक संशोधन दर्ता भएका छन्। सत्तारुढ गठबन्धन र प्रतिपक्ष दल दुबैबाट संयुक्त र सांसदहरुका…
लण्डन क्लब आर्सनल नयाँ सिजनमा प्रिमियर लिगको दोस्रो खेलमै पराजित भएको छ। आर्सनलाई स्टोकी सिटीले पराजित गरेको हो। अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले हराउदै पहिलो जित हासिल गरेको छ। पहिलो खेलमा लेस्टर सिटी विरुद्ध रोमाञ्चक जित हात पारेको आर्सनल दोस्रो खेलमा भने उही प्रदर्शन गर्न सकेन। स्टोकका लागि यसै सिजन पिएसजीबाट स्टोक पुगेका जेसे रोड्रिग्वजले गोल गरे।…
एथ्लेटिको मड्रिड ला लिगाको पहिलो खेलमा शनिबार नवप्रवेशी गिरोनासँग बराबरीमा रोकिएको छ। एन्टोनी ग्रीजमनले रातो कार्ड पाउनुका बावजुत एथ्लेटकोले उत्कृष्ट कमब्याक गर्दै गिरोनासँग २-२ गोलको बराबरी खेलेको हो। क्रिस्टियन स्तुअनीले २२औँ र २५औँ मिनेटमा गोल गर्दै गिरोनालाई २-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा दुई गोलले पछि परेको एथ्लेटिकोलाई ६७औँ मिनेटमा अर्को झड्का लाग्यो। स्ट्राइकर एन्टोनी ग्रीजमनले दोहोरो पहेँलो (रातो) कार्डको…
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) दल दर्ता सनाखतका लागि निर्वाचन आयोग नजाने भएको छ। दर्ता सनाखनमा आयोग जानुअघि सर्वोच्चमा दल दर्ता आदेश माग गर्दै रिट दर्ता गरेको पार्टी सर्वोच्चको अादेश कुर्दै सनाखतका लागि नजाने भएको हो। राप्रपा प्रजातान्त्रिकलाई सनाखतका लागि अायोगले दिएको समयसीमा अाज सकिँदैछ। राप्रपा प्रजातान्त्रिकका नेता तथा सांसद् सुनीलबहादुर थापाले…
नरहरि पौड्याल पोखरा : एकसाता अघि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको जिम्मेवारी सम्हालेका एसपी अशोक सिंहले पोखरामा मौलाउँदै गएको जुवातास नियन्त्रण अभियान थालेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवा खेल्ने, खेलाउने कार्यमा सलग्न करिव आधादर्जन जुवाखालमा छापामारी प्रहरीले त्यसमा संग्लग्नलाई जुवा ऐनअन्तर्गत कारवाही सुरु गरिएकाे छ। साउन ३० गते पहिलोपटक पोखरा लेखनाथ नगरपालिकाको महेन्द्रपुलस्थित भुपेन्द्र भट्टचनको घरको पाचौं तलामा…
काठमाडौं : एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै लाईफ कम्प्यूटर आयोजना गरेको वेवसाइट प्रतियोगिता रिज्वान अम्हाद उत्कृष्ट घोषित भएका छन्। २०७३ मा एसइइ दिएका कूल ६३ विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए। पहिलो चरणबाट १७ प्रतिस्पर्धीलाई अन्तिम चरणमा छनोट गरेर पुन: प्रतिस्पर्धा गराइएको थियो। त्यसमध्येबाट रिव्वान अम्हादले उत्कृष्ट हुँदै एक थान ल्यापटप प्राप्त गरेका हुन्। यसबाहके अन्तिम १७ मा परेका…
काठमाडौंः थप आठ जना राज्यमन्त्रीहरुलाई मन्त्रिपरिषद्मा सामेल गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्तारुढ दल कांंग्रेस-माओवादीले मन्त्रीहरु छनौट गर्न बनाएको कार्यदलका सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका तर्फबाट उसले पाएका ८ मन्त्रालय अनुसार एक-एक राज्यमन्त्री नियुक्त हुन लागेका जानकारी दिए। माओवादी केन्द्रबाट थपिन लागेका ८ राज्यमन्त्रीहरुमा श्यामकुमार श्रेष्ठ गृह, रामसिंह यादव…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले भोलि संसदमा निर्णयार्थ पेश गर्न लागेको संविधान संशोधन विधयेकको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ। साउन २२ मा वरिष्ठ नेता पशुपति शम्शेर राणाले दल बिभाजन गरेसँगै सत्तारुढ गठबन्धनप्रति आक्रोशित बनेको राप्रपाले अन्ततः भोलि मतदान गर्ने तयारी गरिएको संविधान संशोधन विधयेकको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। हेटौडामा सम्पन्न केन्द्रीय समिति वैठकले नै सरकार, सत्तारुढ…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र टर्नपाइक इभेन्ट प्राली बीच राष्ट्रिय फुटसल लिग गर्न ५ वर्षको लागि सम्झौता भएको छ। आइतबार राजधानीमा भएको कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र ह्याण्डओभर गरे। पहिलो पटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्न लागेको नेपालले त्यसैका लागि राष्ट्रिय फुटसल लिग गर्दैछ। सोहि प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन…
काठमाडौं : नेपालमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपमा बंगलादेश र भुटान सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भुटानले श्रीलंकालाई ६-० ले पराजित गरेपछि बंगलादेश र भुटान एक खेल खेल्नु अघि नै समूह ए बाट अन्तिम चारमा प्रवेश गरेका हुन्। भुटानको लागि दर्जी कान्डो र केल्ज्यान जिग्मीले २-२ गोल गरे भने किङ्गा वाङचुक र सिद्धार्थ गुरुङले १-१ गोल…
काठमाडौं : अमेरिकामा हुने छैटौं विश्व जुनियर पौडी च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। अगष्ट २३ देखि २८ तारिखसम्म इन्डियानामा हुने प्रतियोगिताका नेपालबाट युगेन शेर्पा, एलेक्जन्डर शाह, गौरव महर्जन, वेदाज्ञराज जोशी, टीसा शाक्य, अक्शरा सिंह र ओसिना भारतीले विभिन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। पौडी च्याम्पियनसिप खेल्न नेपालका ७ खेलाडीसहित १० सदस्यीय टोली आइतबार अमेरिकाको इन्डियाना प्रस्थान गरेका छन्। टोलीको सेभ दि…
नवप्रवेशी हडल्शफिल्ड टाउनले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। घरेलू मैदानमा आरोन मोएले गरेको एक मात्र गोलको मद्दतमा हडल्शफिल्डले आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई १-० ले पराजित गरेको हो। घरेलु मैदानमा हडल्शफिल्डका लागि गोल गर्ने मोए पहिलो खेलाडी समेत बनेका छन्। उनले ५०औँ मिनेटमा गरेको गोल नै हडल्शफिल्डलाई ३ अंक दिलाउन पर्याप्त भयो। पहिलो खेलमा हडल्शफिल्डले क्रिस्टल प्यालेसलाई…
मार्कोस अलोन्सोले दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन चेल्सीले लण्डन डर्बीमा टोटनहमलाई पराजित गरेको छ। यस सिजनको पहिलो जित हात पार्ने क्रममा चेल्सीले टोटनहमलाई २-१ ले हरायो। चेल्सीका लागि अलोन्सोले दुवै गोल गरे। टोटनहमका लागि पनि चेल्सीकै खेलाडीले आत्मघाती गोल गरे। भ्रमणकारी टोली चेल्सीको लागि अलोन्सोले २५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। घरेलु मैदानमा गोल फर्काउन संघर्षरत टोटनहमका लागि…
पुस्तक छापिनेबित्तिक्कै झापाको दमकमा त्यसको परिचर्चा कार्यक्रम गरियो। परिचर्चा पछिको अनौपचारिक कुराकानीमा साहित्यकार लोकेन्द्र बन्जाराले फ्याट्टै भनिदिए, ‘तपाईंको पुस्तकले मदन पुरस्कार पाउँछ, नपाए पनि उत्कृष्ट १० मा अवश्य पर्छ।’ त्यसपछि झल्याँस्स भएँ म। कविता सङ्ग्रह छापिनेबित्तिकै चर्चाको स्पिड बढिरहेको थियो तर मदन पुरस्कारका बारेमा मैले कल्पना पनि गरेकी थिइन। बन्जाराजीको कुरामा धेरैले सही थापे। यसपछि मलाई लाग्यो, मदन पुरस्कारका लागि…