PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • संसद्मा महिला र दलितको कमजोर उपस्थिति, ९ जना महिला र एक जना मात्रै दलित निर्वाचित

    संसद्मा महिला र दलितको कमजोर उपस्थिति, ९ जना महिला र एक जना मात्रै दलित निर्वाचित

    काठमाडौं : प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ। एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधिसभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै : नयाँ दलको लागि संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्यो संसद सचिवालय

    संसद बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै : नयाँ दलको लागि संसदीय दलको कार्यालय व्यवस्थापनमा जुट्यो संसद सचिवालय

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ। प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सङ्कटमा रेडपान्डाको बासस्थान, गाउँ पस्दा हुन्छन् कुकुरको सिकार

    सङ्कटमा रेडपान्डाको बासस्थान, गाउँ पस्दा हुन्छन् कुकुरको सिकार

    जाजरकोट : मंगलवार दिउँसो जाजरकोट कुशे गाउँपालिका-९ पैङ्क गाउँमा रेडपान्डा भेटियो। स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो। प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डाको केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो। बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए। बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा पसेपछि उद्धार गरिए पनि जिउँदो रेडपान्डालाई सुरक्षित स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुका एक हजार परिवार पाँच दिनदेखि बिजुलीविहीन

    सोलुखुम्बुका एक हजार परिवार पाँच दिनदेखि बिजुलीविहीन

    सोलुखुम्बु : सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन्। जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन्। महाकुलुङ गाउँपालिका-५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ। महाकुलुङको वडा नम्बर ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै…

    विस्तृतमा पढ्नुस्

  • अतिक्रमण गरी बनाइएका संरचना हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणको आग्रह

    अतिक्रमण गरी बनाइएका संरचना हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणको आग्रह

    काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ। प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र  विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो। उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

    पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

    डम्मर बुढामगर- ढोरपाटन : हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन। घिमिरेले तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्। दुईपटक त उनले बञ्जीजम्प गरिसके। परिवारसहित घुम्न…

    विस्तृतमा पढ्नुस्

  • मतदाता शिक्षा प्रभावकारी भएको दाबीका बिच बैतडीमा १९ हजार बढी मत बदर

    मतदाता शिक्षा प्रभावकारी भएको दाबीका बिच बैतडीमा १९ हजार बढी मत बदर

    बैतडी : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार चार सय ६० मत खसेका थिए। जसमध्ये चार हजार नौ सय…

    विस्तृतमा पढ्नुस्

  • चन्दा जुटाएर सङ्ग्रहालय निर्माण, लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्य

    चन्दा जुटाएर सङ्ग्रहालय निर्माण, लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्य

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ। ८० लाख रुपैयाँ खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको १३ लाख रुपैयाँबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो। करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुन सङ्ग्रहालय सञ्चालन गरिएको हो। सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मङ्गलवार उद्घाटन गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • धान-गहुँ फल्ने खेतमा फलिरहेको छ बेसार, दाङमै उद्योग खुलेपछि बेसारखेतीमा किसान झन् आकर्षित

    धान-गहुँ फल्ने खेतमा फलिरहेको छ बेसार, दाङमै उद्योग खुलेपछि बेसारखेतीमा किसान झन् आकर्षित

    दीपक बोहरा- तुलसीपुर : कुनै समय धानका बाला झुल्थे। गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो। तर, अहिले ती खेतमा बेसार फलिरहेको छ। तुलसीपुर-७ मिलनचोकका कुमार भण्डारीले पहिले-पहिले खेतमा धान, गहुँखेती गर्थे। तर, अहिले उनले बेसारखेती गरेका छन्। यस्तै, सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा बेसारखेती गरेका छन्। उनीहरुमात्रै होइन दाङमै बेसार उद्योग…

    विस्तृतमा पढ्नुस्

  • सोमवार राति बेपत्ता भएका राउतको हत्या गरिएको अवस्थामा शव फेला

    सोमवार राति बेपत्ता भएका राउतको हत्या गरिएको अवस्थामा शव फेला

    सप्तरी : सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ। उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

    उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

    कटारी : उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्। यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। मतपरिणामअनुसार तीन हजार…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका मतदाताले अधिकांश नयाँ उम्मेदवारलाई दिए ‘चान्स’, निर्वाचित १२ मध्ये ८ नयाँ अनुहार

    सप्तरीका मतदाताले अधिकांश नयाँ उम्मेदवारलाई दिए ‘चान्स’, निर्वाचित १२ मध्ये ८ नयाँ अनुहार

    सप्तरी : सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन्। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये आठ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन्। सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बनेका छन्। राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार नौ सय ७९…

    विस्तृतमा पढ्नुस्

  • तोलामा एक सयले सस्तियो सुन

    तोलामा एक सयले सस्तियो सुन

    काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार चार सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार हरुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा प्रभावकारी देखिएन मतदाता शिक्षा, यसअघिभन्दा दोब्बरले मत बदर

    नुवाकोटमा प्रभावकारी देखिएन मतदाता शिक्षा, यसअघिभन्दा दोब्बरले मत बदर

    त्रिशूली : यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत खसेको थियो। ती मतगणनाका क्रममा आठ हजार नौ सय १९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार एक लाख २१ हजार एक सय ८२…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा पराजित भएपछि नियमित सेवामा फर्किए डा अधिकारी

    निर्वाचनमा पराजित भएपछि नियमित सेवामा फर्किए डा अधिकारी

    चितवन : मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गरेका छन्। उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए। भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए। अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा अधिकांश पुरानै अनुहारलाई जनताले गरे अनुमोदन

    महोत्तरीमा अधिकांश पुरानै अनुहारलाई जनताले गरे अनुमोदन

    महोत्तरी : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरीमा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा ९ जना यसअघिकै दोहोरिएका छन्। महोत्तरी ३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी २ बाट लोसपाकै…

    विस्तृतमा पढ्नुस्

  • झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

    झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

    झापा : झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ। निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र

    पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र

    सोलुखुम्बु : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ। पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो। केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन्। पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङबाट यस वर्ष निकासी भयो ५० करोड बढीको स्याउ

    मुस्ताङबाट यस वर्ष निकासी भयो ५० करोड बढीको स्याउ

    म्याग्दी : मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २०…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबिच 'पावर सेयरिङ' बारे छलफल

    बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबिच 'पावर सेयरिङ' बारे छलफल

    काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबिच भेटवार्ता र छलफल सुरु भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच आज नयाँ सरकार गठनबारे छलफल भएको हो। प्रधानमन्त्री देउवासँग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell