PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

  • नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

    नवलपरासी २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत, विष्णु कार्की विजयी

    नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका दलको साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन्। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले…

    विस्तृतमा पढ्नुस्

  • बारामा एमाले : क्षेत्र नम्बर १ बाट मैनाली र ३ बाट साह निर्वाचित

    बारामा एमाले : क्षेत्र नम्बर १ बाट मैनाली र ३ बाट साह निर्वाचित

    कलैया : बारा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरे। त्यस्तै, बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी…

    विस्तृतमा पढ्नुस्

  • कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

    कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

    कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजी प्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन्। पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • काभ्रे १ (ख)मा कांग्रेसका तीर्थ लामा तीन मतले निर्वाचित

    काभ्रे १ (ख)मा कांग्रेसका तीर्थ लामा तीन मतले निर्वाचित

    धुलिखेल : काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए। कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन परिणामबारे ओलीको टिप्पणी : मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो

    निर्वाचन परिणामबारे ओलीको टिप्पणी : मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो

    झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै उक्त धारणा राखेका हुन्। पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • देउवाका प्रिय पात्र विश्व पौडेललाई हराउँदै चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित

    देउवाका प्रिय पात्र विश्व पौडेललाई हराउँदै चितवन १ बाट रास्वपाका ढकाल निर्वाचित

    भरतपुर : चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्। ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ…

    विस्तृतमा पढ्नुस्

  • धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

    धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

    धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्। अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे। दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ। धादिङ क्षेत्र नं २ मा एक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका श्याम घिमिरेले एमालेका कटुवाललाई प्रदेशको बदला लिए संघमा जितेर

    कांग्रेसका श्याम घिमिरेले एमालेका कटुवाललाई प्रदेशको बदला लिए संघमा जितेर

    कमलामाई : प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै घिमिरे निर्वाचित भएका हुन्। निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मत पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • चर्चामा डा तोसिमा कार्कीको जित, ‘स्वास्थ्य, शिक्षा, स्वरोजगार सुनिश्चितताको आधार बन्ने छु’

    चर्चामा डा तोसिमा कार्कीको जित, ‘स्वास्थ्य, शिक्षा, स्वरोजगार सुनिश्चितताको आधार बन्ने छु’

    पाटन : नयाँ अनुहारको रुपमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा तोसिमा कार्की प्रतिनिधिसभामा प्रवेश गरेकी छन्। उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। प्रदेशसभा सदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमालेका उपमहासचिव निर्वाचित

    माओवादीका महासचिव देव गुरुङलाई हराउँदै एमालेका उपमहासचिव निर्वाचित

    लमजुङ : लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत पाउँदा देव गुरुङले ३१ हजार सात सय ८१ मत पाए।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

    कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

    रुपन्देही : रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरत कुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन्। गत आइवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १० बाट कांग्रेसका राजन केसीको ह्याट्रिक जित

    काठमाडौं १० बाट कांग्रेसका राजन केसीको ह्याट्रिक जित

    काठमाडौं : काठमाडौं–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी 'राजन' निर्वाचित भएका छन्। निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार केसी १४ हजार चार सय ५८ मतसहित निर्वाचित भएका हुन्। प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ। एमालेका केसीले…

    विस्तृतमा पढ्नुस्

  • अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

    अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

    अछाम : अछाम क्षेत्र नम्बर १ मा लोकतान्त्रिक-वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन्। नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अछाम क्षेत्र नम्बर १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

    गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

    गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका-३ तर्फ जाँदै गरेको लु २ च ५३४० नम्बरको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको हो। दुर्घटनामा परी सत्यवती गाउँपालिका-३ का ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहडी, ४७ वर्षीय रनबहादुर सिंजापती, ३० वर्षीय मिलन…

    विस्तृतमा पढ्नुस्

  • शशाङ्क कोइरालाले बढाए अग्रता, पछ्याउँदै एमालेका कृष्ण

    शशाङ्क कोइरालाले बढाए अग्रता, पछ्याउँदै एमालेका कृष्ण

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन्। एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमान सिंहको चौथो पटक संसदमा इन्ट्री

    प्रकाशमान सिंहको चौथो पटक संसदमा इन्ट्री

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन्। प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमानले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन्। सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र…

    विस्तृतमा पढ्नुस्

  • बैतडी जिप दुर्घटना अपडेट : चार जना प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

    बैतडी जिप दुर्घटना अपडेट : चार जना प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

    बैतडी : बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • निङलाडी खोलामा जिप दुर्घटना : घाइते प्रहरीको उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै

    निङलाडी खोलामा जिप दुर्घटना : घाइते प्रहरीको उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै

    बैतडी : जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ। प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरुको सनाखत हुन बाँकी रहेको छ। घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • मतपेटिका पुर्‍याएर फर्कदै गरेको जिप निङलाडी खोलामा दुर्घटना, तीन प्रहरीको मृत्यु

    मतपेटिका पुर्‍याएर फर्कदै गरेको जिप निङलाडी खोलामा दुर्घटना, तीन प्रहरीको मृत्यु

    बैतडी : बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटना हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, ‘तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ,…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा मतगणनाको तयारी हुँदै

    पर्वतमा मतगणनाको तयारी हुँदै

    पर्वत : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो। यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०, फलेवास नगरपालिकामा २३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell