PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • भरतपुर १९ मा शुक्रबार मतदान हुने, मौन अवधि सुरु, च्यातिएका मतपत्र आजै जलाइने

    भरतपुर १९ मा शुक्रबार मतदान हुने, मौन अवधि सुरु, च्यातिएका मतपत्र आजै जलाइने

    चितवन : भरतपुर वडा नम्बर १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुने भएको छ।  मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आज डाकेको सर्वदलीय बैठकमा पुनः मतदानको मिति तोकिएको हो। निर्वाचनका लागि मौन अवधि आजैदेखि लागू भएको छ। मौन अवधिमा सभा, सम्मेलन र प्रचार प्रसार गर्न तथा झण्डा प्रदर्शन गर्न पाइँदैन।   नेपाली कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठले सर्वदलीय बैठकको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा च्यातिएका मतपत्र जलाइयो, हेर्नुस् फोटो र भिडियो

    भरतपुरमा च्यातिएका मतपत्र जलाइयो, हेर्नुस् फोटो र भिडियो

    चितवन : भरतपुरमा च्यातिएका ९० मतपत्रहरु आज दलका प्रतिनिधिहरुको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जलाएर नष्ट गरेको छ।  मतगणना भइरहेका बेला मतपत्र च्‍यातिएपछि यहाँको मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वोच्चमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन।  मुद्दाको सुनुवाईका क्रममा च्यातिएका मतपत्रको पोको सर्वोच्च अदालत मगाइएको थियो।  यसै साता सर्वोच्चले निर्वाचन आयोगकै निर्णय कानुनसम्मत…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा पोथी गैंडाको मुत्यु

    चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा पोथी गैंडाको मुत्यु

    चितवनः चिततवन राष्ट्रिय निकुञ्जमा फेरि दुर्लभ एक सिङ्गे पोथी गैंडाको मुत्यु भएको छ। निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमलटारीघाट नजिक वयश्क पोथी गैंडा मरेको  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द अर्यालले जानकारी दिए। अमलटारीघाट नजिक गैंडा मरेको देखेपछि स्थानीयले निकुञ्जमा खबर गरेका थिए। निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा.कमल गैरेले गैंडाको मलद्वार र योनीबाट रगत बगेको पाइएको र थप जानकारी पोष्टमार्टमपछि मात्र भन्न…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एक सातामा १३ जना स्क्रब टाइफसका विरामी भेटिए, परीक्षण गर्न किट अभाव

    चितवनमा एक सातामा १३ जना स्क्रब टाइफसका विरामी भेटिए, परीक्षण गर्न किट अभाव

    चितवनः चितवनमा एक साताको अवधिमा नै १३ जना विरामीमा स्क्रब टाइफस देखिएको छ। पछिल्लो तीन महिनामा चितवनमा २२ जना विरामीमा स्क्रब टाइफस देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक राम केसीले जानकारी दिए। विरामीको संख्या बढेपछि गत साल जस्तै यो बर्ष पनि महामारी फैलिने त्रास स्थानीयमा देखिएको छ। साउनमा ५४ जनामा परीक्षण गर्दा १३ जनामा स्क्रब टाइफसको समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • चितवनकी एक महिलामा चिकनगुनिया भएको पुष्टि

    चितवनः वर्षा सुरु हुनासाथ चितवनमा यो वर्ष फेरि एक महिलामा चिकनगुनिया भएको पुष्टि भएको छ।  पूर्वी चितवनको खैरहनी नगरपालिकाकी एक महिलामा चिकनगुनिया भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जानकारी दिए।  जेठ १९ गते विरामी भई नारायणी सामुदायिक अस्पाालमा उपचार गर्न आएकी महिलामा रगत परीक्षण गर्दा चिकनगुनिया भएको पुष्टि भएको झाले बताए। उनको उपचार सकिएपछि मात्रै जनस्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • विप्लव माओवादीको दावी : चितवनमा गर्‍यौं ८४ बिघा जमिन कब्जा

    विप्लव माओवादीको दावी : चितवनमा गर्‍यौं ८४ बिघा जमिन कब्जा

    चितवनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको खैरहनी १२ मा रहेको मार्कन्टायलको ८४ बिघा जग्गा  पार्टीको झण्डा गाडेर कब्जा गरेको दाबी गरेको छ।  पार्टी  जिल्ला इन्चार्ज लालबहादुर बिसीले विज्ञप्ति जारी गरी २०५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले पुनः आफनो पार्टीको कव्जामा लिएको जनाएका छन्। जग्गामा सिसौका बिरुवा रहेकोमा ती बिरुवा…

    विस्तृतमा पढ्नुस्

  • ‘देवी र रेणुको भाग्य’ बुद्ध एयरको जहाजमा, च्यातिएका मतपत्र काठमाडौं पठाइयो

    ‘देवी र रेणुको भाग्य’ बुद्ध एयरको जहाजमा, च्यातिएका मतपत्र काठमाडौं पठाइयो

    चितवन: सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र काठमाडौँ पठाइएको छ। प्रहरीको सुरक्षा घेराभित्र बुद्ध एयरको नियमित उडानबाट मतपत्र काठमाडौँ पठाइएको हो। अदालतको आदेश अनुसार मतपत्र इजलासमा पेस हुनेछन्। मंगलबार बिहान बुद्ध एयरको ८ः१५ को नियमित उडानबाट मतपत्र काठमाडौं लगिएको हो।  अदालतको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन–नारायणगढ सडकखण्डमा प्रहरी भ्यान पुरियो: दुई प्रहरीको मृत्यु, दुई अझै बेपत्ता

    मुग्लिन–नारायणगढ सडकखण्डमा प्रहरी भ्यान पुरियो: दुई प्रहरीको मृत्यु, दुई अझै बेपत्ता

    चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले प्रहरी भ्यान पुर्दा बेपत्ता भएका दुई प्रहरीको शव भेटिएको छ। दुई जना बेपत्ता छन्।   कालीखोला चारकिलो नजिकै प्रहरीको ना १ झ १३९३ नम्बरको भ्यान पहिरोले पुर्दा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।   जवान सन्दीप कार्की र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell