PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • भरतपुर अस्पतालमा सुरु भयो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा

    भरतपुर अस्पतालमा सुरु भयो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा

    चितवनः  ५६ वर्ष अघि  स्थापना भएको चितवनको भरतपुर अस्पतालमा मुटु,फोक्सो तथा रक्त नली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा सुरु भएको छ। मेडिकल कलेज साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारी भरतपुर अस्पताल विकास समितिमा आवद्ध भएपछि अस्पतालले यो सेवा सुरु गरेको हो। सरकारी अस्पतालमा यो सेवा नहुँदा विरामीहरु निजीमा जान बाध्य थिए। हरेक नागरिकको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

    पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

    चितवन: गएरातिको अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको चार किलो, पाँच किलो, नौ किलो, भालुढुंगा, तथा जलविरे लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। चारकिलोमा पहिरोको कारण सडक समेत भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक दुई मिटर भासिएको र साँझसम्म मर्मत गरि यातायात सञ्चालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख,…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर बसपार्कमा प्रहरी जवानमाथि खुकुरी प्रहार

    भरतपुर बसपार्कमा प्रहरी जवानमाथि खुकुरी प्रहार

    चितवनः चितवनको नारायणगढमा ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार भएको छ।  नारायणगढ बसपार्कमा ड्युटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथि खुकुरी प्रहार भएको हो। पोखरेलमाथि बुधबार दिउसो बसपार्कमा दिलिप सुनारले खुकुरी प्रहार गरेका हुन्।  खुकुरी प्रहारबाट पोखरेलको टाउको र बायाँ कुममा चोट लागेको छ। उनको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ।   टाउकोमा चोट लागेको भए पनि पोखरेल खतरामुक्त…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा पर्यटककाे चहलपहल सुरु, २ साताभित्र ९० प्रतिशत होटल सञ्चालनमा आउने

    सौराहामा पर्यटककाे चहलपहल सुरु, २ साताभित्र ९० प्रतिशत होटल सञ्चालनमा आउने

    चितवन :  चितवनको पर्यटकीय नगरी सौराहामा फेरि पर्यटकीय चहलपहल सुरु भएको छ। दुई साताअघिको बाढीका कारण सौराहामा पर्यटकको चहलपहल ठप्प प्रायः भएको थियो।  व्यवसायीले बाढी घटेको दुई दिनपछि नै सरसरफाई गरि होटल तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका थिए। पर्यटकहरुको सुविधालाई ध्यान राखी व्यवसाय संचालन गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी बताए। पर्यटकको चहलपहल सुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी सुरु…

    विस्तृतमा पढ्नुस्

  • घरमुलीलाई नै बाढीले निलेपछि लालाबालाकै विचल्ली

    घरमुलीलाई नै बाढीले निलेपछि लालाबालाकै विचल्ली

    चितवनः  मजदुरीको भरमा परिवार पाल्दै आएका चितवनका एक चेपाङको बाढीले बगाएर मृत्यु भएपछि परिवारको विचल्ली भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–३ ओरेकमा बाढीमा परि मृत्यु भएका कमल बहादुर चेपाङको परिवार बिचल्लीमा परेको हो। मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएका २२ वर्षीय कमलको साउन २८ गते खान्दीवाङ खोलाले बगाएर मृत्यु भएको थियो।   उनी घरको कमाउन सक्ने एक मात्र मुली उनी…

    विस्तृतमा पढ्नुस्

  • फार्मेसीबाट भरतपुर अस्पतालको आम्दानी एक करोड भन्दा बढी, आफैंले सञ्चालन गर्दा फाइदा

    फार्मेसीबाट भरतपुर अस्पतालको आम्दानी एक करोड भन्दा बढी, आफैंले सञ्चालन गर्दा फाइदा

    चितवनः चितवनको भरतपुर अस्पतालले फार्मेसीबाट एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। विरामीको सुविधाका लागि सस्तोमा औषधि विक्रि गर्दा गतवर्षको कात्तिकदेखि साउन महिनासम्म १ करोड ७ लाख ५० हजार रुपैयाँ आम्दानी भएको अस्पतालले जनाएको छ। यसअघि अस्पतालले निजी फार्मेसीलाई  मासिक १७ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो। अस्पतालले आफैंले फार्मेसी संचालन गरेपछि आउने भाडा भन्दा तीन लाख रुपैयाँ भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरमा राहत वितरणमा एकद्वार नीति, अटेर गरे कार्वाही गर्ने मेयरको चेतावनी

    भरतपुर महानगरमा राहत वितरणमा एकद्वार नीति, अटेर गरे कार्वाही गर्ने मेयरको चेतावनी

    चितवन : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेकी छन्। विपद् व्यवस्थापन राहत कोष स्थापना गर्दै मेयर दाहालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेकी हुन्। मेयर दाहालले वर्षाले महानगरका विभिन्न वडाहरुमा क्षति पुर्याएको हुँदा बाढी प्रभावित व्यक्ति र क्षेत्रहरुमा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि ईच्छुक नागरिक तथा संघसंस्थाहरुलाई सहयोग गर्न अनुरोध गरिन्। उनले भनिन्,‘जथाभावी राहत वितरण…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा, पार्किङमा राखिएका कारसमेत बगायो

    सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा, पार्किङमा राखिएका कारसमेत बगायो

    चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा राप्ती नदी पसेको छ। राती ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि सुरुमा नदी किनारको होटल, रेष्टुरेन्टहरु डुबाएको थियो। पछि विस्तारै राप्तीको सतह बढेपछि सौराहाका दर्जन बढी पब रेष्टुरेन्टहरु समेत बाढीले डुबाएको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो। बाढीको कारण सौराहाको पब रेष्टुरेन्टमा पार्किङ्ग गरिराखेका कारहरु समेत बगाएको व्यवसायीहरुले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा बाढीले जलमग्न होटल, हेर्नुस् भिडियोमा

    सौराहामा बाढीले जलमग्न होटल, हेर्नुस् भिडियोमा

    चितवनः शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी र मध्य तराई जलमग्न भएको छ। पश्चिम तराईका केही जिल्लामा पनि बाढीको प्रभाव परेको छ। भित्री तराईको जिल्ला चितवनमा पनि बाढीले वितण्डा मच्चाएको छ। पर्यटकीय नगरी सौराहाका होटलमा पानी पसेको छ। ५ फिटसम्म पानी जम्मा भएको छ। अधिकांश होटहरु डुबानमा परेका छन्।  सौराहामा होटलमा पसेको बाढी हेर्नुस् भिडियोमा:  

    विस्तृतमा पढ्नुस्

  • डुबानमा परेको चितवनको जगतपुरस्थित बालगृहबाट बालबालिकाको उद्दार हुन सकेन, हेलिकप्टर माग

    डुबानमा परेको चितवनको जगतपुरस्थित बालगृहबाट बालबालिकाको उद्दार हुन सकेन,  हेलिकप्टर माग

    चितवनः पश्चिम चितवनको जगतपुरमा रहेको एउटा बालगृह राप्ती खोलामा आएको बाढीले डुबानमा परेपछि उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको छ। भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा रहेको आशा बालृगृह डुबानमा परेपछि उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको हो। बालगृह डुबानमा परेपछि उनीहरु घरको छतमा उद्दारको पर्खाइमा छन्। प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको टोली त्यहाँ पुगेपनि उद्दार गर्न नसकेपछि केन्द्रबाट हेलिकप्टर मगाइएको हो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • बाढीले माडीमा पुल बगायो, यातायात अवरुद्ध, ३० घर डुबानमा

    बाढीले माडीमा पुल बगायो, यातायात अवरुद्ध, ३० घर डुबानमा

    चितवन : बाढीले चितवनको माडीको चितै पुल बगाएपछि सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ देखि परेको झरीपछि आएको बाढीले पुल बगाएपछि यातायात सेवा अवरुद्ध बनेको छ। बाढीले माडीको गटुवा, बनकट्टा, कुन्तीपुर, सन्तपुर लगाउतका ठाउँमा करिब ३० भन्दा बढि घर डुबानमा परेका छन्। मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वडा न १, २, ४ र ६ नम्बर…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेणुले मेयरको शपथ लिइन्, एमालेबाट निर्वाचित प्रतिनिधिहरुले गरे बहिस्कार

    भरतपुरमा रेणुले मेयरको शपथ लिइन्, एमालेबाट निर्वाचित प्रतिनिधिहरुले गरे बहिस्कार

    चितवन : भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेणु दाहालसहित १ सय ४५ जनप्रतिनिधिले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। एमालेको तर्फबाट विजयी भएका उम्मेदवारहरु सपथ गर्न आएनन्। उनीहरुले आजको कार्यक्रम बहिष्कार गरेको र भोलि मात्रै मुख्य निर्वाचन कार्यालयको परिसरमा सपथ लिने जनाएका छन्।  जिल्ला समन्वय समिति चितवनको सभा हलमा एक भव्य समारोहका बीच प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नवनिर्वाचित मेयर,…

    विस्तृतमा पढ्नुस्

  • यस्तो गरिन् मेयरको कुर्सीबाट रेणुले पहिलो निर्णय

    यस्तो गरिन् मेयरको कुर्सीबाट रेणुले पहिलो निर्णय

    चितवन : भरतपुर महानगरपालिकाको मेयर पदमा पदबहाली भएपछि रेणु दाहालले महिला बिरामीलाई बहिरंग बिरामी दर्ता निःशुल्क गर्ने पहिलो निर्णय गरेकी छन्। आर्थिक अभावले उपचारमा प्रतिकूल प्रभाव नपरोस् भन्दै भरतपुर महानगरपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको मेयर रेणु दाहालले बताइन्। यो निःशुल्क सेवा भरतपुर अस्पतालबाट पाइनेछ। भरतपुर अस्पतालमा वार्षिक १ लाख ९८ हजार…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस, हेर्नुस् फोटोहरु

    भरतपुरमा कांग्रेस र माओवादीको संयुक्त विजय जुलुस, हेर्नुस् फोटोहरु

    चितवन : भरतपुर महानगरपालिकाको गएराति मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आइतबार संयुक्त विजय जुलुस निकालेका छन्।  भरतपुरको चौबिकाठीदेखि मुख्य बजार क्षेत्रमा विजय जुलुसले परिक्रमा गरेको थियो।  मेयर निर्वाचित माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर निर्वाचित कांग्रेसकी पार्वती शाह एउटै गाडीमा रहेका छन्।  आजै अपराह्न ३ बजे निर्वाचित पदाधिकारीहरुले जिल्ला समन्वय समिति चितवनको सभाहलमा शपथ ग्रहण गर्दैछन्। 

    विस्तृतमा पढ्नुस्

  • ६ हजार भोटले गर्नेछ देवी र रेणुको भाग्यको फैसला

    ६ हजार भोटले गर्नेछ देवी र रेणुको भाग्यको फैसला

    चितवन : भरतपुर महानगरपालिकाको मेयरको कुर्सीमा एमाले उम्मेदवार देवी ज्ञवाली बस्छन् कि माओवादी केन्द्रकी उम्मेदवार रेणु ज्ञवालीको फैसला भोलिसम्म भइसक्नेछ।  देवी र रेणुको भाग्यको टुङ्गो लगाउनेछ करिब ६ हजार भोटले।  भरतपुर महानगरपालिकामा पहिलो चरणमा मतदान भएको हो। तर राजनीतिक र कानुनी विवादका कारण दोस्रो चरणका सबै मतपरिणाम सार्वजनिक भइसक्दा पनि भरतपुरले जनप्रतिनिधि पाउन सकेको छैन।  भरतपुर महानगरपालिकाका अन्य सबै वडाको…

    विस्तृतमा पढ्नुस्

  • दुई हजार मतगणना हुँदा देवी ४१७ मतले रेणुभन्दा अगाडि

    दुई हजार मतगणना हुँदा देवी ४१७ मतले रेणुभन्दा अगाडि

    चितवन : भरतपुरमा भइरहेको मतगणनामा वडा नम्बर १९ का २ हजार ७ वटा मतगणना भइसक्दा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै रहेको छ।  हालसम्मको मतगणना अनुसार देवीको मत ४१ हजार ६६९ छ भने माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार रेणु दाहालको मत ४१ हजार २५२ रहेको छ।  दुवैको मत अन्तर ४१७ रहेको छ।  वडा नम्बर १९ र २० गरी करिब ६…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ को मतगणना सकियो, रेणु–देवीको मतान्तर २२१ मात्र 

    भरतपुर १९ को मतगणना सकियो, रेणु–देवीको मतान्तर २२१ मात्र 

    चितवनः भरतपुर वडा नम्बर १९ मा मतगणना सकिएको छ। वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता २२१ छ।  ज्ञवालीले ४१ हजार ९४६  र  काग्रेस र माओवादी केन्द्रकी संयुक्त उम्मेदवार रेणु दाहालले ४१ हजार ७२५ मत प्राप्त गरेकी छन्। उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ६२३, र एमालेकी दिव्या शर्मा आचार्यले…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर १९ मा पुनः मतदान हुँदा रेणुलाई पाँच सय मतको 'फाइदा'

    भरतपुर १९ मा पुनः मतदान हुँदा रेणुलाई पाँच सय मतको 'फाइदा'

    चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान हुँदा माओवादी केन्द्र र कांग्रेस गठबन्धनका मेयर उम्मेदवार रेणु दाहाललाई पाँच सय चानचुन मतको 'फाइदा' भएको छ।  वडा नम्बर १९ मा गत जेठ महिनामा पहिलो ६ सय मत गन्दा रेणुको अग्रता २० भोटले मात्र देखिएको थियो। १८०९ भोट गनिसक्दा ७३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। त्यति नै बेला मतपत्र…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरको फैसला वडा नम्बर २० को ३३ सय मतले गर्ने

    भरतपुरको फैसला वडा नम्बर २० को ३३ सय मतले गर्ने

    चितवन : सामान्यभन्दा लामो एक्स्ट्रा टाइमसम्म तन्किएको भरतपुर महानगरपालिकाका मेयरको फैसला वडा नम्बर २० को ३ हजार ३ सय २ मतले गर्दैछ।  शनिबार वडा नम्बर १९ को मतगणना सकिँदासम्म सबै वडाको कूल मतमा माओवादी- कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहाललाई २ सय २१ मतको अन्तरले एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम राखेका छन्। वडा नम्बर २० मा खसेका ३ हजार ३…

    विस्तृतमा पढ्नुस्

  • ४ सय मत गन्दा रेणु र देवीको अन्तर १७०, अझै २९ सय मत गन्न बाँकी

    ४ सय मत गन्दा रेणु र देवीको अन्तर १७०, अझै २९ सय मत गन्न बाँकी

    चितवन :  भरतपुर महानगरपालिकाको वडा नम्बर २० को ४ सय २ मत गन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर घटाउन सफल भएकी छिन्। उनी र एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीबीच अब १ सय ७० को मत अन्तर रहेको छ। यसअघि भरतपुरको १९ को मतगणना सकिँदासम्म दुईबीच २ सय २१ को मत अन्तर थियो।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell