PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • अनि यसरी भयो भीषण आगलागी…

    अनि यसरी भयो भीषण आगलागी…

    काठमाडौं : पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी भएको खबर पौने १० बजे नै फैलियो। खबर सुन्नासाथ हामी घटनास्थल पुग्यौं। घटनास्थल पुग्दा आगोको मुस्लो छुटिरहेको थियो। पाचौं तल्लामा रहेको एनआइसी कन्सल्टेन्सीमा दन्किएको आगोको मुस्लो छेउछाउका घरतिर सर्दै थियो। मानिसहरु के गर्ने कसो गर्ने आत्तिँदै थिए।   आगो निभाउन दमकल भर्खर आएको थियो। सडकभरि सर्वसाधारण आगोको असर हेर्दै थिए। सडक खाली…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षपछि सरकारी सिटामोल

    सात वर्षपछि सरकारी सिटामोल

    काठमाडौं : नेपाल औषधि लिमिटेडले बन्द भएको सात वर्षपछि सिटामोल उत्पादन सुरु गरेको छ। औषधि लिमिटेडका महाप्रबन्धक रोवस कुसुम सुवेदीले ८० हजार सिटामोल ट्यावलेट परीक्षणमा लैजाने तयारी गरेको बताए। यो उत्पादनको एक चौथाइ हो।  अबको एक सातामा परीक्षणको नतिजा आउने सुवेदीले बताए। भने, ‘परीक्षणको नतिजा पछि कमर्सियल ब्याच उत्पादन गर्छौं। जनताको हातमा औषधि फागुनभरमा पुग्छ।’ सिटामोलको माग धेरै भएकाले अन्य…

    विस्तृतमा पढ्नुस्

  • फेरि ती दिन सम्झन चाहन्न …!

    फेरि ती दिन सम्झन चाहन्न …!

    काठमाडौं : रत्न राज्यलक्ष्मी क्याम्पसको रुम नम्बर ३। स्नातक तह प्रथम वर्षको कक्षामा छिन्, सीमा बस्नेत। छुट्टी भइसकेको क्लासमा साथीसँगै छिन् उनी। पोलिटिकल साइन्स र सोसोलोजी उनको मुख्य विषय।   ‘यसरी नै क्लासमा पढ्दै गर्दा अचानक एसिड परेको थियो,’ साथीलाई सुनाउँछिन्। त्यो दिन आजकै मितिको थियो — फागुन १०। तीन वर्षअघि। साथीहरु अनौठो मान्दै सुनिरहेका छन्।   फागुनको महिनाको दिन।…

    विस्तृतमा पढ्नुस्

  • जन्ममिति त्रुटि भएको स्वीकारे डा केसीले: भने-म विरुद्ध तीर्थ खनियाको ‘डिजाइन’

    जन्ममिति त्रुटि भएको स्वीकारे डा केसीले: भने-म विरुद्ध तीर्थ खनियाको ‘डिजाइन’

    काठमाडौं: प्राध्यापक डा गोविन्द केसीले आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजानिक गरेका छन्। शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो बारेमा आएको भ्रामक समाचारको खण्डनसमेत गरे।  सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ रहेको डाक्टर केसीले प्रष्ट पारेका छन्। चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गतेको जन्ममिति रहेको उनले स्विकार गरेका छन्।  डा केसीले चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिका कारण सेवा दिन…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा प्राध्यापक डाक्टर गोविन्द केसीको लिखित बयान : मेरो अभिव्यक्तिमा दृढ छु

    सर्वोच्च अदालतमा प्राध्यापक डाक्टर गोविन्द केसीको लिखित बयान : मेरो अभिव्यक्तिमा दृढ छु

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अबहेलना नहुने दावी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। आज मध्यान्ह सर्वोच्च पुगेका केसीले ९ बुँदामा लिखित जवाफ सर्वोच्चमा पेश गरेका हुन्। 'न्यायालयको सुद्दिकरण र सुशासनको प्रत्याभूतिका लागि मैले दिएका अभिव्यक्तिका सम्बन्धमा म दृढ छु,' डाक्टर केसीले जवाफमा भनेका छन्, 'मेरो भनाइ गलत…

    विस्तृतमा पढ्नुस्

  • 'कीर्तेमा कीर्तिमान, गोपाल पराजुली श्रीमान्' भन्दै नारा लगाएपछि केसीका समर्थक पक्राउ

    'कीर्तेमा कीर्तिमान, गोपाल पराजुली श्रीमान्' भन्दै नारा लगाएपछि केसीका समर्थक पक्राउ

    काठमाडौं : सर्वोच्च अदालतमा हाजिर हुन पुगेका डाक्टर गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्दै डाक्टर केसीको समर्थनमा जुटेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  अदालतको अवहेलना मुद्दामा हाजिर हुन डाक्टर केसी आज सर्वोच्च अदालत पुगेका थिए। उनले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका थिए। उनले न्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको पेशी बुझेनन् डा केसीले: कारण यस्तो छ

    सर्वोच्चको पेशी बुझेनन् डा केसीले: कारण यस्तो छ

    काठमाडौं: अदालतको मानहानीको मुद्दामा  फागुन ८ गते तारिख पाएका डाक्टर गोविन्द केसीले सर्वोच्चको पेशी अस्वीकार गरेका छन्।  प्रधान्यायाधीश गोपाल पराजुली पदमा रहँदासम्म पेशी नलिने भन्दै डाक्टर केसीले पेशी अस्वीकार गरेका हुन्। प्रधान्यायाधीश पराजुलीको निर्देशन बमोजिम फागुन १६ मा मुद्दा सक्ने डिजाइन भएको कारण मुद्दा अस्वीकार गरेको अधिवक्ता ओमप्रकाश अर्यालले बताए। अर्यालले भने, ‘यो मुद्दामा बहस पराजुलीविरुद्ध हुने हो। पराजुली प्रधान्यायाधीशको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्ध सिडिओ कार्यालयअगाडि नाराबाजी

    प्रधानन्यायाधीशविरुद्ध सिडिओ कार्यालयअगाडि नाराबाजी

    काठमाडौँ : अदालतको मानहानीको मुद्दा खेपिरहेका डा गोविन्द केसीले सर्वोच्च अदालतबाट फागुन ८ को तारिख पाएका थिए। उनी ओमप्रकाश मिश्र र डाक्टर अभिषेकराज सिंहसहित अदालत पुगे। लिखित बयान दिए। त्यसपछि लागे जिल्ला प्रशासन कार्यालय काठमाडौँतर्फ प्रधान न्यायाधीश गोपाल पराजुलीको कीर्ते नागरिकता खारेज गर्न निवेदन दिन। डा. केसी जिल्ला प्रशासनको गेटबाट भित्र छिर्नासाथ। केही युवा नारा लगाउँदै आए। एकछिन अघिसम्म सुनसान रहेको…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको कुटाइले डाक्टर बेहोस: ‘जेल विद्आउट बेल’ कानुन कार्यान्वयनको माग

    बिरामीको कुटाइले डाक्टर बेहोस: ‘जेल विद्आउट बेल’ कानुन कार्यान्वयनको माग

    काठमाडौं: ‘जेल विद्आउट बेल’ को माग गर्दै डाक्टरहरुले लामो समय गरेको आन्दोलनले सार्थकता नपाएको देखिन्छ। डाक्टहरुमाथि दिनहुँ हातपातको घटना बढ्छै छ।  आइतबार डोटीको जिल्ला अस्पतालमा भएको घटनाले डाक्टरहरुको ज्यानमाथि खतरा भएको पुष्टी गरेको छ। आइतबार डोटी जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंहलाई बिरामीले नै मरणसन्न हुने गरी कुटेका छन्।   डा सिंह कुटाइ खाएर बेहोस भएको बताउँछन्। उनको शरीर रगताम्मे…

    विस्तृतमा पढ्नुस्

  • सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा

    सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा

    सागर बुढाथोकी गगन थापा मिति : २०७३ कार्तिक ३ समय : रातको १२ बजेर ४५ मिनेट। स्थान : भक्तपुर, सूर्यविनायक भक्तपुर सूर्यविनायकबाट १० किलोमिटर पूर्वतिरको बस्ती मध्यरातमा जागा नै छ। जेनेरेटरको कर्कसलाग्दो आवाज चर्कोसँग आइरहेको छ। जताततै इँटाका चाङ। भट्टाको चिम्नीबाट निस्किरहेको धुँवाको मुस्लोले कार्तिकको कालो रातमा झन् कालो पोतिरहेको छ।       इँटा बनाउँदा निस्केको ढ्याक — ढ्याक आवाजले…

    विस्तृतमा पढ्नुस्

  • फार्मेसीवाला नै डाक्टर ! औषधिले नै गर्छ घातक असर

    फार्मेसीवाला नै डाक्टर ! औषधिले नै गर्छ घातक असर

    घटना १ : बालकोटकी सरिता थापालाई रुघाखोकी लाग्यो। भाइरल ज्वरोको मौसम भएकाले तुरुन्तै मेडिकल पुगिन्। एन्टिकोल्ड ट्याब्लेट माग्न गएकी उनलाई फार्मेसीवालाले ५ दिनलाई पुग्ने ५ सय एमजीको एजिथ्रोमाइसिन, २ सय एमजीको सेफिक्जिम र पारासिटामोल भिराइदिए। तातो पानीले नै ठीक हुने रुघाले एकै छिनमा १ हजार ५ सय चट पार्‍यो।   घटना २ : खोकी लागेर फार्मेसी पुगेका बानेश्वरका सुरज कार्कीलाई…

    विस्तृतमा पढ्नुस्

  • युएनएचसिआरको गेटमा रोहिंगाको धर्ना, भन्छन् : परिचयपत्र देउ

    युएनएचसिआरको गेटमा रोहिंगाको धर्ना, भन्छन् : परिचयपत्र देउ

    काठमाडौं : बन्द रहेको गेटसामु निलो त्रिपालमुनि बुर्का लाएका महिलाहरु। तिनका काखमा खेलिरहेका बच्चा। नजिकै झोक्राएर बसेका पुरुषहरु। सधै सुनसान हुने यो ठाउँ एकाएक भरिएको छ। गेटमा पुगेर बालबालिकाहरु ढकढक्याइरहेका छन् - भित्र आउन दिनुस्। गेट भित्रबाट आवाज आउँछ - ‘हामी भित्र छिर्न दिन्नौं। जे गर्छौ गर।’  यो दृश्य हो राष्ट्रसंघीय शरणार्थी आयोग (युएनएचसीआर)को काठमाडौं स्थित कार्यालय अगाडिको। धर्नामा रहेकाहरु…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा बाबाजीलाई नै 'नो इन्ट्री', नागा बाबाका कारण गौशालामा जाम

    पशुपतिमा बाबाजीलाई नै 'नो इन्ट्री', नागा बाबाका कारण गौशालामा जाम

    काठमाडौँ : अघिल्लो वर्ष शिवरात्रीमा पशुपति जानुभएको थियो? यो साल पनि त्यस्तै माहोलको अपेक्षा गर्नुभएको छ? यो साल पुरानै अपेक्षा लिएर पशुपति पुग्नेहरु निराश भएर फर्केका छन। शिवजीको बुटी खाएर झ्याप हुन पशुपति पुग्ने धेरै खल्लो मन लिएर फर्केका छन्। कोही सडकमै झ्याप हुने सुरसारमा छन्। तर, प्रहरीको कडा निगरानीले धेरैलाई हैरान बनाएको छ। बिहानदेखि भरिभराउ हुने पशुपति क्षेत्र यो…

    विस्तृतमा पढ्नुस्

  • मृगौला रोगीले जस्तै कलेजो रोगीले राहत पाउन नेता नै रोगी हुनुपर्ने?

    मृगौला रोगीले जस्तै कलेजो रोगीले राहत पाउन नेता नै रोगी हुनुपर्ने?

    डा सुधांशु केसी कलेजो रोगको क्षेत्रमा चिनिएको नाम हो। वीर अस्पतालमा कार्यरत उनी कलेजो विशेषज्ञ मध्यका एक हुन्।  नेपालमा कलेजो रोगको उपचारमा उनको विशेष योगदान छ। विभिन्न नयाँ प्रविधि सरकारी अस्पतालमा भित्राएर जटिल मानिने कलेजो उपचारलाई उनले सहज पार्न महत्वपूर्ण भुमिका खेलेका छन्।  सोही कारण मेडिकल क्षेत्रका जानकारहरु उनलाई ‘फादर अफ मोडर्न हेपाटोलोजिस्ट’ भन्छन्। उसो त डा केसी दूर्गम क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • आइओएमको डिनमा डा. अग्रवालकै निरन्तरता, त्रिविले दियो पत्र

    आइओएमको डिनमा डा. अग्रवालकै निरन्तरता, त्रिविले दियो पत्र

    काठमाडौँ : डा. जगदीशप्रसाद अग्रवालले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा निरन्तरता पाएका छन्। डिनका रुपमा निरन्तर काम गर्न त्रिभुवन विश्वविद्यालयले पत्र दिएको अग्रवालले बताए। त्रिविले अग्रवाललाई आज नै पत्र दिएको हो। 'कानुनी रुपमा म नै डिन थिएँ। तर, त्रिविले मलाई काम गर्न अवरोध गरेको थियो। चलखेल गर्न असफल भएपछि मलाई नै डिन बनाए। अब आधिकारिक रुपमै डिन भएँ,' अग्रवालले…

    विस्तृतमा पढ्नुस्

  • बिरामीलाई मासिक ५ हजार: यस्तो छ छनोट प्रक्रिया 

    बिरामीलाई मासिक ५ हजार: यस्तो छ छनोट प्रक्रिया 

    काठमाडौं: मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले  गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो। छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार पाउनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस…

    विस्तृतमा पढ्नुस्

  • ‘सुनसान भवन’लाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिने यी १७ अनुहार: जो कारबाहीको सिफारिसमा परे

    ‘सुनसान भवन’लाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिने यी १७ अनुहार: जो कारबाहीको सिफारिसमा परे

    काठमाडौं: मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जना मध्ये १७ जना काठमाडौंस्थित नेसनल कलेजलाई सम्बन्धन दिन भूमिका खेल्नेहरु रहेका छन्।  चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा मेडिकल शिक्षामा अनियमितता गर्ने ४३ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।  प्रतिवेदन औपचारिक रुपमा सार्वजानिक भइनसके पनि केही अंश बुधबार मिडियामा लिक भइसकेको छ।  त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मेडिकल काउन्सिलका पदाधिकारी तथा…

    विस्तृतमा पढ्नुस्

  • लोकमानदेखि तीर्थ खनियाँसम्म ४२ जना: जसलाई चिकित्सा शिक्षा जाँचबुझ आयोगको गर्‍यो कारबाहीको सिफारिस

    लोकमानदेखि तीर्थ खनियाँसम्म ४२ जना: जसलाई चिकित्सा शिक्षा जाँचबुझ आयोगको गर्‍यो कारबाहीको सिफारिस

    काठमाडौं: स्थापना भएको १० महिनापछि चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले मेडिकल शिक्षामा  अनियमितता गर्ने ४२ जनालाई कारबाहीको लागि सिफारिस गरेको छ।  विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष, डा उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका सह–सचिव सूर्यप्रसाद गौतम सदस्य सचिव रहेको आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाएको हो। सरकारले प्रतिवेदन सार्वजानिक गरेको छैन। डाक्टर केसीले प्रेस विज्ञप्ती जारी गर्दै  जाँचबुझ…

    विस्तृतमा पढ्नुस्

  • 'अवैध डाक्टर' प्रहरी हिरासतमा: अस्पतालमा विरामीको चाप उस्तै!

    'अवैध डाक्टर' प्रहरी हिरासतमा: अस्पतालमा विरामीको चाप उस्तै!

    काठमाडौँ: चुच्चेपाटीस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टरमा बिरामीको चाप छ। भित्र रहेका बेड भरिभराउ छन्। बाहिर बिरामीको चाप उस्तै। रिसेप्सन डेस्क खाली छ। प्रशासनमा कोही मान्छे छैनन्। अस्पतालमा एकजना पनि डाक्टर देखिँदैनन्। जम्मा एउटा नर्सले अपरेशनको ड्रेसिङ गर्ने काम गरिरहेकी छन्।   नयाँ आउने बिरामीको नाम टिप्न समेत उनी एक्लैले भ्याएकी छिन्। फोनको घण्टी उस्तै बजिरहेको छ। फोनबाटै बिरामीको नाम टिपेर उनको…

    विस्तृतमा पढ्नुस्

  • नर्सको व्यथा कसलाई के थाहा!

    नर्सको व्यथा कसलाई के थाहा!

    काठमाडौं : १० दिनअघि  माइतीघर मण्डलामा सेता पोशाक लगाएका नर्सहरु आन्दोलनमा थिए। मुखमा कालो पट्टी,  पाखुरामा कालो फेटा र हातमा प्ले कार्ड। सडकमा उत्रिनु उनीहरुको बाध्यता। आन्दोलनको आठौँ दिनसम्म सरकारले वार्ता गर्न पहल नगरेकाले बाध्य भएर सडकमा नारा लगाइरहेका थिए उनीहरु। नर्सिङ संघको महासचिव लक्ष्मी केसी कतै ५ हजार तलब र कतै विना बेतन नर्सहरु काम गर्न बाध्य भएको सुनाउँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell