PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • किन बज्दैन अरुण थापाको अन्तिम गीत !

    किन बज्दैन अरुण थापाको अन्तिम गीत !

    कहिले हाँस्छु पागल सरी रुन्छु घरि घरि… तिम्रै यादले सताउँछ अचेल किन फेरि मुडमा आएर गीत सुनाए उनले । गीत सकाएर लामो सास तान्दै भने,‘यो नै अरुण थापाको अन्तिम रेकर्डेट गीत हो। म आफैँ उहाँसँग रेडियो नेपाल गएर यो गीत रेकर्ड गराएको हो।तर, आजसम्म मैले यो गीत सुन्न पाएको छैन।’ यो गीत खोजिदिन उनको आग्रह। विश्व साइकल यात्री पुष्कर शाह…

    विस्तृतमा पढ्नुस्

  • ‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!

    ‘ड्रगिस्ट’को ‘डोज’ बन्दै क्यान्सरको औषधि!

    भक्तपुर बालकोटका मनोज थापा (नाम परिवर्तन) गत आइतबार एकाएक बेहोस भए। उनलाई लिएर परिवार अत्तालिँदै भक्तपुरकै कोरियन मैत्री अस्पताल पुगे। अस्पतालको इमर्जेन्सीमा उपचारपछि थाहा भयो –  उनको शरीरमा क्यान्सरका बिरामीले सेवन गर्ने औषधिको ओभरडोज परेको छ। मनोजलाई क्यान्सर छैन। लागू औषधको कूलत छ। नशालु पदार्थ सजिलै नभेट्दा उनले सहजै किन्न पाइने पेनकिलर रोज्न थालेका रहेछन्। अन्यभन्दा तुलानात्मक रुपमा सस्तो हुने…

    विस्तृतमा पढ्नुस्

  • रेजिडेन्ट डाक्टरले ८ महिनासम्म पाएनन् तलब, आन्दोलनमा उत्रिँदै

    रेजिडेन्ट डाक्टरले ८ महिनासम्म पाएनन् तलब, आन्दोलनमा उत्रिँदै

    काठमाडौं : आठ महिनासम्म रेजिडेन्ट डाक्टरहरुलाई तलब रोक्ने कुनै कारण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले रेजिडेन्ट डाक्टरहरुले अबको केही दिनमा तलब पाउने पनि बताए। उनले भने, ‘प्रक्रियामा ढिलाइ भएको हो। अर्थ मन्त्रालयले अख्तियारी दिइसकेकाले आजै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई रकम निकासाको लागि पत्र पठाउने तयारी गरिँदैछ। तलब रोक्नु पर्ने अन्य कुनै कारण छैन।’ रेजिडेन्ट डाक्टरहरुले…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा हाजिरपूर्व फेरि गोविन्द केसीको नयाँ कदम? के फेरि बस्छन् अनशन?

    अदालतमा हाजिरपूर्व फेरि गोविन्द केसीको नयाँ कदम? के फेरि बस्छन् अनशन?

    काठमाडौँ : प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) का डिनलाई त्रिवि पधाधिकारी तथा शिक्षा मन्त्रालयले काम गर्न अवरोध गरेको आरोप लगाएका छन्। भोलिसम्म डा अग्रवाललाई काम गर्न अवरोध गरे नयाँ कदम चाल्ने केसीले बताए। तीर्थ खनियाँ र गोपाल पराजुलीको मिलेमतोमा काममा अवरोध पुगेको आक्षेप लगाउँदै उनले नयाँ कदम चाल्ने चेतावनी दिएका हुन्।   ‘त्रिवि पधाधिकारी तथा शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमै २५ रुपैयाँमा एक प्लेट मोमो : सस्तोमै दिँदा पनि आम्दानी लाखभन्दा बढी!

    काठमाडौंमै २५ रुपैयाँमा एक प्लेट मोमो : सस्तोमै दिँदा पनि आम्दानी लाखभन्दा बढी!

    ‘कति प्लेट’   २ प्लेट! ‘ल एकछिन पख्नुस् है। पाक्दैछ। उहाँहरु सबैजना कुरिरहेको हो।’ त्यतिकैमा अर्कोले भन्छ— ‘ठूलो सटर लिएर मान्छे राखेर  पसल चलाउनु बाजे तपाईँलाई धेरै फाइदा हुन्छ।’ ‘सानै पसलमा २५ रुपैयाँ प्लेट बेच्दा फाइदा भइरा'को छ। मलाई मर्ने बेलामा किन चाहियो ठूलो भाग,’ बाजेको जवाफ। यस्ता संवाद प्रायजसो ‘प्याफल’ टोलमा सुनिने गर्छ।  वसन्तपुरबाट अलिकति भित्र छिरेपछि ‘प्याफल’ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीले ५ हजार नपाउने, स्वास्थ्यले मापदण्ड बनाउन सकेन

    क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीले ५ हजार नपाउने, स्वास्थ्यले मापदण्ड बनाउन सकेन

    काठमाडौँ : पुस १३ गते मन्त्रिपरिषदको बैठकले  गम्भीर रोगका विरामीहरुलाई दिने भनेको राहत एक महिना नपुग्दै अर्थ मन्त्रालयले रोकेको छ। प्रस्ट मापदण्ड नपुगेको भन्दै  अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई बजेट दिन रोकेको हो। स्वास्थ्य मन्त्रालयले अर्थसँग बजेट मागे पनि मापदण्ड बनाएको छैन।  सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • ७ वटै प्रदेश प्रमुखको कार्यालयमा खटिए ९३ निजामती कर्मचारी

    ७ वटै प्रदेश प्रमुखको कार्यालयमा खटिए ९३ निजामती कर्मचारी

    काठमाडौँ : सरकारले सातवटै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा ९१ जना कर्मचारी खटाएको छ।  एउटा प्रदेश प्रमुख कार्यालयमा सचिवदेखि सवारी चालक गरेर १३ जनाको दरले कर्मचारी खटाएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। यससँगै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनको काम सकेको हो। न्यौपानेका अनुसार प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सह-सचिवस्तरका कर्मचारी हुन्। सह-सचिवको रुपमा प्रशाशन तर्फका तृतीय श्रेणीको…

    विस्तृतमा पढ्नुस्

  • इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

    इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

    ‘बधाई छ तपाईँलाई!  इबोला भाइरसजस्तो भयानक रोगको औषधि पत्ता लगाउन योगदान दिनुभएकोमा।’ उताबाट रिप्लाई आयो–  ‘डिफेनेट्ली वाज अ पर्सनल  माइलस्टोन फोर मी। अ ड्रिम कम ट्रु।’ यतिबेला संसारको खतरनाक मानिने  ‘इबोला’  भाइरसको औषधि पत्ता लागेको खबर विश्वभर चर्चामा छ। औषधि पत्ता लगाउने ११ जना वैज्ञानिकको टिममा छन्, नेपाली युवा वैज्ञानिक सुदीप खड्का। उनको चर्चा पनि विश्वभर चुलिँदै गएको छ।  ‘कस्तो…

    विस्तृतमा पढ्नुस्

  • मधेशको मसिहा बन्दै डाक्टर गोविन्द केसी, अनशन र आन्दोलनपछि झरे तराई

    मधेशको मसिहा बन्दै डाक्टर गोविन्द केसी, अनशन र आन्दोलनपछि झरे तराई

    काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी विद्यार्थी र डाक्टरहरुको टोली लिएर रौतहट पुगेका छन्। रौतहटको गढीमाई नगरपालिकामा इट्टाभट्टा क्षेत्रमा रहेका सर्वसाधारण लागि न्यानो कपडा र ३ सय ब्याल्याङ्केट लिएर डाक्टर केसीको टोली हिजो रौतहट पुगेको हो। जाडोको कारण तराईको जनजीवन कष्टकर बनेपछि कपडा र औषधि वितरण गर्न डा केसीको टोली रौतहट पुगेको हो। सर्वोच्च अदालतका प्रधान न्यायाधीशविरुद्ध अनशन…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको शिक्षामा पेमा, छिरिङ र मिलनको संघर्ष

    डोल्पाको शिक्षामा पेमा, छिरिङ र मिलनको संघर्ष

    काठमाडौं: विकट जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा छ -उपल्लो डोल्पा। ९० प्रतिशतभन्दा बढी मानिस त्यहाँ नेपाली नै बोल्न जान्दैनन्। त्यत्तिकै हाराहारीमा छन् पढ्न नपाएकाहरु। विकास निर्माण सुस्त छ, केही छ भने जान्नेबुझ्नेले गर्ने भ्रष्टाचार। विकास निर्माणमा गएको बजेट विकास नै नभइ सकिन्छ। सरकारी दरबन्दीका शिक्षक स्कुल नगइ नै तलब थाप्छन्। निराशा नै व्याप्त लाग्छ। तर कालो बादलको फेरमा चाँदीको घेरा झै…

    विस्तृतमा पढ्नुस्

  • मुक्तिनाथ अधिकारी हत्याको १६ वर्ष : न्यायको खोजीमा भौँतारिँदै छोरा

    मुक्तिनाथ अधिकारी हत्याको १६ वर्ष : न्यायको खोजीमा भौँतारिँदै छोरा

    काठमाडौँ : आजभन्दा १६ वर्षअघि २०५८ माघ ३ गते दिउँसो १ बजेतिर मुक्तिनाथ अधिकारी कक्षा ९ मा विज्ञान पढाउँदै थिए।  त्यति नै बेला माओवादी पार्टी, लमजुङ जिल्ला समिति सदस्यको नेतृत्वमा आएको टोलीले ‘सर दुई मिनेट काम छ’ भनेर कक्षाबाट तानेर बाहिर लगे। अधिकारी लमजुङ जिल्लाको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक थिए। विद्यालयको प्रधानाध्यापक भएको धेरै समय भएको थिएन। नयाँ जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

    छोरीको आन्दोलन, सहभागी आमा : किन रोइन् मायादेवी?

    काठमाडौं : फरक विषय र फरक एजेण्डासहित माइतीघर मण्डलामा धेरै किसिमको आन्दोलन हुने गर्छ। यस पटक त्यस्तै फरक दृश्य देखियो। सेता पोशाक लगाएका नर्सहरु ११ बुँदे मागसहित आन्दोलनमा उत्रिए। उनीहरु मुखमा कालो पट्टी,  पाखुरामा कालो फेटा र हातमा प्ले कार्ड बोकेर उत्रिएका थिए। सेता ड्रेसधारी नर्सहरुको बीचैमा एकजना अधवैशे महिला डाँको छाडेर रुन थालिन्। उनका छेवैमा भएका नर्सहरु आन्दोलनमा थिए,…

    विस्तृतमा पढ्नुस्

  • नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए

    नर्सको तलब पाँच हजार! श्रमशोषण बन्द गर भन्दै यसरी आन्दोलनमा उत्रिए

    काठमाडौं: ८ दिनदेखि ११ बुँदे माग  राखेर आन्दोलनरत नर्सहरु आज माइतीघर मण्डलामा उत्रिएका छन्।  मुखमा कालो मास्क,  पाखुरामा कालो पट्टी र हातमा पम्प्लेट बोकेर उनीहरु सडकमा उत्रिएका हुन्। आठ दिनदेखि आन्दोलन गर्दा सरकारले वार्ता गर्न पहल नगरेको कारण सडकमा उत्रिन बाध्य भएको नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले बताइन।  यसअघि उनीहरुले दिनको एक घण्टा र ३ घण्टाको दरले ड्युटी छोडेर क्रमश…

    विस्तृतमा पढ्नुस्

  • ३१ दिनदेखि किस्ट मेडिकल कलेज बन्द, मुद्दा पुग्यो अदालत

    ३१ दिनदेखि किस्ट मेडिकल कलेज बन्द, मुद्दा पुग्यो अदालत

    काठमाडौं : ३१ दिनदेखि बन्द भएको किस्ट मेडिकल कलेजको मुद्दा उच्च अदालत पाटन पुगेको छ। पारिश्रमिक वृद्धि लगायत अन्य माग राखेर कर्मचारीहरुले कलेज बन्द गरेपछि कलेज प्रशासन अदालतसम्म पुगेको हो।  कलेज प्रशाशन र कर्मचारी संगठनबीचको पटकपटकको वार्ता असफल भएको छ।  कर्मचारीहरुले कलेज बन्द गरेपछि सुनसान भएको किस्ट मेडिकल कलेजमा कार्यरत प्रशिक्षार्थी डाक्टर अरुण उप्रेतीले बताए। भने, ‘महिनादिन देखि ल्याव, एक्स…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई उनकै समर्थकबाट बचाउ, सत्रुलाई उनैले जित्‍न सक्छन्

    डा केसीलाई उनकै समर्थकबाट बचाउ, सत्रुलाई उनैले जित्‍न सक्छन्

    न्युटनको चाल सम्बन्धी तेस्रो नियमले भन्छ, ‘हरेक क्रियामा बराबर तर, विपरित प्रतिक्रया हुन्छ।’  चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) को डिन विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्राध्यापक डा गोविन्द केसीले कडा ‘रियाक्सन’ दिए। त्यसलाई लिएर सर्वोच्चले ‘र्यापिड रियाक्सन’ जन्मायो।   घटना अदालमा गएर मात्र टुंगिएन। सर्वोच्च अदालतका प्रधानन्यायाधीशप्रति अदालतमै र सडकमा गम्भीर नाराहरु घन्किए – सम्भवत प्रधानन्यायाधीश विरुद्ध यस्तो भाषा प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसी भर्सेज गोपाल पराजुली; यस्ता रहे सकसका ७२ घण्टा

    गोविन्द केसी भर्सेज गोपाल पराजुली; यस्ता रहे सकसका ७२ घण्टा

    काठमाडौं: आइतबार अपराह्न चिकित्शा शास्त्र अध्ययन संस्थान (आइओएमका) डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछिका ७२  घण्टा अत्यन्तै निकै रोचक भए। शर्माको पुनर्बहालीसँगै उत्पन्न भएका एकपछि अर्का परिस्थिति अनुमान विपरीत थिए। ७२ घण्टापछिको परिणामले पनि धेरैलाई आश्चर्य नै बनायो। डा. शर्मा पुनर्बहाली भएसँगै वरिष्ठ प्राध्यापक समेत रहेका केसीले पत्रकारहरुसँग प्रधानन्यायाधीश गोपाल पराजुली ‘माफियाको मतियार’ भएको प्रतिक्रिया दिए। प्रधानन्यायाधीश नै भ्रष्ट…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीका समर्थकको आरोप : एमाले अध्यक्ष ओलीले जोगाए माफिया

    गोविन्द केसीका समर्थकको आरोप : एमाले अध्यक्ष ओलीले जोगाए माफिया

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरुले अबको निसाना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने बताएका छन्। केसीको मुद्दामा समर्थन जनाउँदै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सलले माइतीघरमा प्रदर्शन गरिरहेको छ। त्यही बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, 'अबको मिसन ओलीविरुद्ध हुनेछ किनकि उनले केसीविरुद्ध अभिव्यक्ति दिएका छन्।' ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अर्यालले भने, 'ओलीको २०२८…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश विरुद्ध प्रर्दशनमा केपी ओलीलाई चूनौती : कमरेड ओली, दिनगन्ती सुरु गर्नुस्

    प्रधानन्यायाधीश विरुद्ध प्रर्दशनमा केपी ओलीलाई चूनौती : कमरेड ओली, दिनगन्ती सुरु गर्नुस्

    काठमाडौं : डा गोविन्द केसीको समर्थन तथा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग गर्दै माइतीघर मण्डलामा भएको प्रर्दशन एमाले नेता केपी शर्मा ओली विरुद्ध सोझिएको छ।  अधिवक्ता ओम प्रकाश अर्यालले एमाले अध्यक्ष ओलीको २०२८ सालदेखिको ट्रयाक रेकर्ड आफूसँग भएको भन्दै अबको निशानामा केपी ओली रहेको बताए। उनले भने, 'केपी ओली माफियाको मतियार मात्र हैन, हत्यारा पनि हुन्। गोविन्द केसी विरुद्ध अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • कार्यकालको अन्तिम ४ दिन डिन बनेका डा शशी शर्माको गोविन्द केसीलाई ४ चुनौती

    कार्यकालको अन्तिम ४ दिन डिन बनेका डा शशी शर्माको गोविन्द केसीलाई ४ चुनौती

    चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम) डिनमाथिको विवाद गएका ४ दिन राष्ट्रिय मुद्दा बनिरह्यो। चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन प्राध्यापक डा शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै अर्का प्राध्यापक डा गोविन्द केसी अनशनमा बसे। अनशनसँगै अदालतको अवहेलनामाथि चर्को बहस भयो, सर्वोच्च अदालतका न्यायाधीशसमेत विवादमा नराम्ररी मुछिए। डा केसीको अनशनलाई सर्वोच्च अदालतले ‘र्‍यापिड रियाक्सन’ गरेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली धर्म संकटमा…

    विस्तृतमा पढ्नुस्

  • आइओएममा चार दिनको चलखेल :  डा जगदीश अग्रवाल (अन्तर्वार्ता)

    आइओएममा चार दिनको चलखेल :  डा जगदीश अग्रवाल (अन्तर्वार्ता)

    चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम) यतिबेला डिन विवादले तातेको छ। चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन डा शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै शर्माले पदवहाली गरिसकेका छन्। अदालतले पुरानोलाई पुनर्वहाली गरेपछि आफूमात्रै डिन भएको अडान छ शर्माको। शर्मालाई ४ दिनको लागि डिन बनाउँदा अर्का पनि डिन बहालवाला नै छन् - डा जगदीश अग्रवाल। अदालतको फैसला नयाँ डिन बनाउने खेलका रुपमा पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell