PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

नोवेल कोरोना भाइरस 'आउटब्रेक इपिसेन्टर'बाट को को फर्किँदै छन् नेपाल?



विधुर ढकाल

नोवेल कोरोना भाइरस 'आउटब्रेक इपिसेन्टर'बाट को को फर्किँदै छन् नेपाल?
चीनको छन्दुमा वुहानबाट आएका यात्रीलाई क्वारेन्टाइनमा राखी जाँच गरिँदै। फोटो : Xinhua

काठमाडौं : चीनमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (२०१९ एनसीओभी)बाट मृत्यु हुनेको संख्या ३६२ पुगिसकेको छ। २७ देशमा फैलिएको यस भाइरसबाट हालसम्म १७ हजार ३९३ जना संक्रमित भइसकेका छन्। त्यस्तै पछिल्लो तथ्यांक अनुसार ४८७ जना उपचार पछि घर फर्किएका छन्।

कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तमा नेपालीहरुलाई उद्धार तयारी भइरहेको छ। बेइजिङस्थित नेपाली दूतावासले उद्धार गर्ने नेपालीहरुको नाम सार्वजनिक गरेको छ। दूतावासले आइतवार बिहानसम्मको समय दिएर दूतावासमा आवेदन फारम बुझाउन आह्वान गरेको थियो।

सोही अनुरुप दूतावासले नेपाल फर्किनका लागि १८० जनाले आवेदन दिएका छन्। जसमध्ये वुहानबाट मात्र ५९ जना रहेका छन्। त्यस्तै जिङ्च्वबाट ५०, सियानबाट २८, अनसीबाट २९, जिङ्मनबाट ९ र यीचाङबाट ५ नेपाली नेपाल फर्किने छन्।

उनीहरु सबैलाई तेहान्ह इन्टरनेसनल एयरपोर्टबाट फिर्ता पठाइने छ। त्यसअगाडि विमानस्थलसम्म यात्रा गर्न दूतावासले त्यहाँको स्थानीय सरकारसँग सहकार्य गरिरहेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए। 

उनीहरुलाई विमानस्थलमै स्वास्थ्य परीक्षण गरिने छ। उनीहरुको उद्धारका लागि नेपालमा विमान तयारी अवस्थामा राखिएको छ। चिनियाँ पक्षले अनुमति दिनासाथ विमान त्यसतर्फ उड्ने छ।

नेपाल फर्किन दूतावासमा आवेदन बुझाउनेको सूची

सम्बन्धित समाचार  

पाँच वर्ष अघि इबोला फैलिँदा अफ्रिकाबाट फर्किएकालाई राखिएको थियो टोखामा, चीनबाट फर्कनेलाई चाहिँ कुन ठाउँ?

वुहानमा रहेका नेपालीलाई तीन दिन भित्र उद्धार गरिने, बेइजिङस्थित दूतावासले थाल्यो तयारी

चीनबाट फर्किएका नेपालीको पीडा : आफ्नैले समेत हेयको व्यवहार गर्छन्

कोरोना भाइरस अनुसन्धानका लागि 'ज्याक मा' फाउन्डेशनद्वारा १०० मिलियन युआन सहयोग

वुहानबाट आफ्ना नागरिक फिर्ता लैजाँदै विभिन्न देश, नेपालीको उद्धार कहिले होला?

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

कोरोना भाइरसको विश्वव्यापी प्रभाव, विश्व स्वास्थ्य संगठनले गर्‍यो आपतकालको घोषणा

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell