
काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संसदमा पेश भएको छ। अर्थमन्त्री शर्माले ठूलो आकारको बजेट कार्यक्रम पेश गरेका हुन्।
जसमा चालु शीर्षकमा ७ खर्ब ५३ अर्ब ४० विनियोजन गरिएको छ। यो कुल बजेटको ४२ प्रतिशत हो। पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन गरिएको छ। प्रदेश र स्थानीय तहको लागि ४ खर्ब २९ अर्ब ८३ कररोड विनियोजन गरिएको छ।
राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने अनुमान छ। अनुदानबाट ५५ अर्ब र वैदेशिक ऋणको सिमा २ खर्ब ४२ अर्ब २६ करोड राखिएको छ। यस्तै आन्तरिक ऋण २ खर्ब ५६ अर्ब राखिएको छ।
८ आर्थिक वर्षमा बजेट आकार दोब्बर भएको छ। पछिल्लो ८ आर्थिक वर्षमा बजेट आकार दोब्बर बनेको हो। चालु आर्थिक वर्षमा प्रतिस्थापन विधेयक मार्फत १६ खर्ब ३२ अर्बको बजेट संसदमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए।
यस्तै आर्थिक वर्ष पूर्वअर्थमन्त्री युवराज खतिवडाले २०७७/७८ मा १४ खर्ब ७४ अर्बको बजेट ल्याएका थिए। यस्तै आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३३ अर्ब थियो। आर्थिक वर्ष २०७५/७६ मा १३ खर्ब १५ अर्ब को थियो। यस्तै आर्थिक वर्ष २०७४/७५ मा १२ खर्ब ८९ अर्ब रहेको थियो।
आर्थिक वर्ष २०७३/७४ मा १० खर्ब ४८ अर्ब बजेट आकार थियो। यस्तैं आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब १९ अर्बको बजेट आएको थियो।
बजेट सम्बन्धि सामाग्री :