काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत परोपकारी भावनाको स्मरण भएको बताएका छन्। नेपाल संवत ११३९ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले गौरवशाली विगतको मूल्य र मान्यतालाई अक्षुण राख्न पनि सांस्कृतिक पर्वको महत्व रहेको बताएका छन्। शुभकामना सन्देश यथार्थ वा किंवदन्ती जे भए पनि नेपाल सम्वतको सुरुवातको घटना हामी सबैका लागि प्रेरणदायी छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले ११३८ वर्षअघि ऋणमा…
काठमाडौँः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ। विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ। सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस
गाब्रिएल जेससको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा साख्तर डोनेस्कलाई ६-० ले पराजित गरेको छ। यस्तै स्पानिस क्लब रियल मड्रिडले भिक्टोरिया प्लेजनलाई ५-० ले हरायो। फराकिलो जितपछि दुबै टोली दोस्रो चरण नजिक पुगेका छन्। समूह इ अन्तर्गत घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउन जेससले ह्याट्रिक गरे। यस्तै डेभिड शिल्भा, रहिम स्टर्लिङ र रियाद महारेजले एक-एक गोल गरे। जितपछि चार खेलबाट ९ अंकसहित…
भादगाउँः मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय सगरमाथा स्कुल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैत्यश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो। लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छन्। सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीहरुमा सहिष्णुता,…
काठमाडौँः यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी…
काठमाडौँः उपसभामुख शिवमाया तुम्बाहाम्फे बेलायत प्रस्थान गरेकी छन्। महिलालाई मताधिकार प्रदान गरिएको १०० वर्ष पुगेको सन्दर्भमा यही कात्तिक २२ र २३ गते बेलायतमा हुने महिला सांसदको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन्। उक्त सम्मेलनमा उपसभामुख तुम्बाहाम्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम छ। उनले बेलायतमा नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छिन्। यही कात्तिक २४…
युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ। क्रिस्टियानो रोनाल्डोले पूर्व क्लबविरुद्ध गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए पनि अन्तिम चार मिनेटभित्र दुई गोल गर्दै युनाइटेडले जित हात पारेको हो। ९०औँ मिनेटमा युभेन्ट्सकै खेलाडी लियोनार्दो बोनुचीको आत्मघाती गोलपछि युनाइटेड २-१ ले विजयी भएको हो। यसअघि युनाइटेडको घरेलु मैदानमा भएको खेल…
क्रिकेट खेलमा एक ओभरमा कति रन बन्ला। एक ओभरमा ६ बल फालिन्छ। प्रत्येक बलबाट पाउने धेरै रन भनेको ६ रन हो र सबै बलमा छक्का प्रहार गर्दा पनि एक ओभरमा ३६ रन मात्र आउँछ। तर क्रिकेटमा कहिलेकाँही त्यो भन्दा पनि बढी रन एक ओभरमा बन्छ। क्रिकेटलाई अनिश्चितताको खेल त्यसै भनिएको होइन। एक ओभरमा ६ बल मात्र हुने भएपनि बलरले गल्ती…
काठमाडौँ : सन् २०२० मा थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको लागि छनोट चरणको ड्र सार्वजनिक भएको छ। एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने छनोट प्रतियोगिता एसियाका कुल ४४ टोलीले सहभागिता जनाउने छन् र ती टिमलाई ११ समूहमा विभाजन गरिएको छ। एएफसीले बुधवार सार्वजनिक गरेको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ। समूह ए मा रहेको नेपालले कतार, ओमन र…
काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक अन्तर्गत महिला फुटबल प्रतियोगिताको लागि एसियाली छनोटको समूह सी को खेलहरु भोलीबाट म्यानमारमा सुरु हुँदैछ। यस समूहमा नेपालसहित दक्षिण एसियाली राष्ट्रद्वय भारत र बंगालदेश तथा आयोजक म्यानमारले प्रतिस्पर्धा गर्नेछन्। भारत र बंगलादेश नेपालको लागि परिचित प्रतिद्वन्दी हो। यी दुई टिमसँग नेपालले धेरै पटक खेलिसकेको छ। तर नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको…
काठमाडौं : चार वर्षअघि विद्युत प्राधिकरणले सरकारी अखबार गोरखापत्रको पहिलो पेजमा सूचना छाप्दै उर्दी जारी गर्यो- झिलिमिली उत्सव बत्ती नबाल्नू, बाले लाइन काट्न सकिनेछ। पिक आवरमा बढी विद्युत खपत हुने उपकरण नचलाउन त्योभन्दा अघि पनि प्राधिकरणले सूचना जारी गर्ने गर्थ्यो, तर तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परालाई नै चुनौति दिँदै उपभोक्ताको लाइन समेत काट्ने धम्की भने पहिलो पटक दिइएको थियो। अरुलाई…
काठमाडौँ: तिहारको अवसरमा विक्री वितरण गर्ने ल्याइएका १० लाख रुपैयाँ बराबरको पटाका प्रहरीले नष्ट गरेको छ। बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानबाट बरामद भएको पटका तथा विस्फोटनजन्य पदार्थ नष्ट गरेको हो। बरामद पटकालाई परिसरमा रहेको पानीको इनारमा हालेर नष्ट गरिएको थियो। तिहारको अवसरमा पटका बिक्री वितरण गर्ने ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान समेत गरिएको परिसरका प्रमुख वसन्त…
'तिहारै आयो लौ झिलिमली...' यो गीत नबजेसम्म धेरैका लागि तिहारै सुरु हुँदैन। यो गीत कसरी बन्यो, यसबारे २०१७ अक्टोबर १९ मा प्रकाशित सामाग्री सान्दर्भिक भएकोले पुनः प्रकाशित गरिएको। फिल्मकी मुख्य पात्र सावित्री (गौरी मल्ल) आफूलाई मन परेको केटा राम (शिव श्रेष्ठ)लाई हेर्न आतुर हुन्छिन्। केही टाढा रहेको केटाको गाउँसम्म पुग्न भैलो गज्जब बहाना बन्छ। त्यस्तोमा सावित्री आफ्नो साथीहरुसँग भैलो खेल्दै…
काठमाडौं : प्रतिक्षित मानिएको बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान'को एडभान्स बुकिङ खुल्ला गरिएको छ। आमिर खान अभिनित फिल्मले नेपाली मल्टिप्लेक्समा अधिकांश सो पाएको छ। बिहिवार क्यूएफएक्स अन्तर्गतका हलले फिल्मलाई २८ सो दिएको छ। त्यस्तै शुक्रबार भने फिल्मले क्यूएफएक्समा २९ सो पाएको छ। शुक्रबार क्यूएफएक्स छायाँमा फिल्मले ७, लबिममा ६, सिभिलमा ६, कुमारीमा ५ र जय नेपालमा ४ सो पाएका छन्। त्यस्तै…
काठमाडौं : फिल्म 'सुश्री सम्पति'को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा अभिनेत्री प्रियंका कार्की, सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी फिचर्ड छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको 'झुम्की'बोलको गीतमा मिना निरौला र राजन इशानको स्वर छ। गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन्। सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन र बिनोदसँगै सारा सिर्पालीको मुख्य अभिनय छ। फिल्मलाई भरत रेग्मीले…
वासिङटन: अमेरिकी तल्लो र माथिल्लो सदनका लागि सम्पन्न भएको मध्यावधि निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचनलार्इ राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आगामी निर्वाचन पूर्वको जनमतसंग्रह भएको बताइएको छ। सोमबार कंग्रेसको तल्लो सदन प्रतिनिधि सभाका ४३५ र माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ स्थानका लागि निर्वाचन भएको थियो। साथै ३६ राज्यमा गभर्नरका लागि समेत निर्वाचन भएको थियो। निर्वाचनको नतिजाले…
काठमाडौँः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। लक्ष्मीपूजा…
चितवनः भ्रमणबाट विद्यार्थी लिएर फर्किँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ना ६ ख ९३६६ नम्बरको बस बिहान १ः१५…
काठमाडौँः कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज कैद छुटको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका हुन्। शोभराजको वारेसमा उनकी सासु एवं अधिवक्ता शकुन्तला थापा रहेकी छन्। कारागार नियमावलीको प्रावधान विदेशी नागरिकले पनि बिना भेदभाव पाउनुपर्ने मागसहित शोभराज सर्वोच्च पुगेका हुन्। कुनै पनि अपराधका…