काठमाडौं : हाँस्य कलाकार जीतु नेपाल 'मुन्द्रे' नयाँ कार्यक्रम लिएर दर्शकमाझ आएका छन्। उनले संचालन गर्ने नयाँ कार्यक्रम हो 'मुन्द्रेको कमेडी क्लब'। नेपाल टेलिभिजनमा हरेक सोमबार राती ८:५० बजे यो कार्यक्रम प्रसारणमा आउनेछ। आधा घण्टाको कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौला, राजाराम पौड्याल, राजेन्द्र नेपाली, उमेश राई देखिनेछन्। कार्यक्रममा दर्शकले नेपालीपन भेटिने 'मुन्द्रे'को दावी छ। विगत २० वर्षदेखि दर्शकलाई हसाउँदै आएका 'मुन्द्रे' यस्तै…
काठमाडौं: केही समयअघि 'प्रेमलीला' अभिनेत्री दीपशिखा खड्काले फिल्मका लागि कपाल मुण्डन गरेकी थिइन्। उनी अहिले कपाल मुण्डन गरेर नै हिँड्छिन्। उनी अभिनित 'प्रेमलीला' माघ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार थालेको छ। प्रोमोसनका लागि टिमले 'तक्लु ब्युटी कन्टेस्ट'को आयोजाना पनि गरेको छ। 'महिलाका लागि कपाल पक्कै प्यारो छ। कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा…
काठमाडौं: फिल्म 'गुनगुन'लाई पुकार भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री सञ्चिता लुईंटेलको मुख्य अभिनय छ। निर्माण टिमले फिल्मको प्रचार सुरु गरेका छन्। फिल्म सामाजिक विषयमा वस्तुमा बनेको बताइएको छ। प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाईलगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन…
पोखरा : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल भोली हुँदैछ। कात्तिक ९ गतेदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगिताको १५ खेल सकिएको छ र अब फाइनल मात्र बाँकी छ। नेपाली घरेलु क्रिकेटमा सर्वाधिक धनराशीको पुरस्कार रहेको पीपीएलको उपाधिका लागि घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज भिड्दैछन्। अक्सनमा बलियो देखिएको दुई टोली नै लिग चरणमा…
प्रिमियर लिग आइतवार भएको खेलमा म्यानचेष्टर सिटी र चेल्सीले सहज जित हात पारेको छ। साउथह्याम्पटनलाई ६-१ ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिकएको छ। ३रेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई सहज जित दिलाउन रहिम स्टर्लिङले दुई तथा सर्जियो अगुएरो, डेभिड शिल्भा र लरेय सानेले एक-एक गोल गरे साउथह्याम्पटनका वेस्ले होएटले एक आत्मघाती गोल उपहार दिए। ड्यानी इङ्गसले साउथह्याम्टानलका लागि पेनाल्टीमा एक…
काठमाडौं: रमेश दुलाल 'कागे'ले काग सम्मेलन गरेको छ। काग तिहार दिन काठमाडौंको रत्नपार्कमा १५ औं काग सम्मेलन गर्दै उनले करिव ५०० काग बोलाएका थिए। रमेश विगत १४ वर्षअघिदेखि यसरी काग तिहार मनाउँदै आएका छन्। उनले भने 'म कागको भाषा बुझ्छु। आज पनि ५०० जति काग आए। यो मेरो काग तिहार मनाउने तरिका हो।' उनले बाल्यकालदेखि नै आफूले कागको आवाज निकाल्ने बताए। बिहान ६:३० बजे…
इरानमाथि अमेरिकी प्रतिबन्धले नेपालमा के पर्छ असर, भारतले नगरे तेलको संकट नेपालमा पनि आज अर्थात् नोभेम्बर ५ देखि इरानमाथि अमेरिकी प्रतिबन्ध लागू भएको छ। अमेरिकी प्रतिबन्धमाथि इरानी राष्ट्रपति हसन रुहानीले कडा प्रतिक्रिया दिइसकेका छन्। उनले इरानमाथि भएको षड्यन्त्रमा अमेरिका सफल नहुने प्रतिक्रिया दिएका छन्। इरानको अर्थतन्त्र पेट्रोलियम पदार्थको निर्यातमा आधारित छ। प्रतिबन्धका कारण इरानलाई तेल बेच्न गाह्रो हुनेछ। इरानसँग व्यापार…
कावासोतीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ। नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन्।…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानव अधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्। नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा एवं मानवअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनले मलाई दुःखित तुल्याएको छ । उहाँको महत्वपूर्ण योगदानको राष्ट्रले सदा स्मरण गरिरहनेछ । मुलुकलाई अपुरणीय क्षति पुगेको यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट…
सुनसरीको बर्जु ३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय चन्द्रकान्त रायको मृत्यु भएको हो। गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।
काठमाडौँः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ। यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार…
काठमाडौं: राजाको हातमा शासन। दलहरुमाथि प्रतिबन्ध। पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायतका लागि जनप्रतिनिधि चुनिन्थे। काठमाडौँमा दुई निर्वाचन क्षेत्र थिए। २०४३ सालमा भएको चुनावमा एउटा निर्वाचन क्षेत्रमा उम्मेदवार थिए पद्मरत्न तुलाधर। उनका प्रतिस्पर्धी थिए तत्कालीन गृह पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ। तुलाधर त्यतिवेला पञ्चायतले राजनीतिक दलका सदस्यहरुलाई थुनामा राखेको अवस्थामा उनीहरुको रिहाइको माग लिएर गठन भएको राजबन्दी विमोचन समितिका अध्यक्ष थिए। २०४३ साल…
राजु आचार्य- कोही असाध्यै बाठा भए 'कागको फुल चोर्ने' भनेर सङ्केत गर्ने चलन छ। बाठा मात्रै होइनन्, हाम्रो बालीनाली नोक्सान गर्ने यिनीहरू कुख्यात समेत छन्। जस्तो सुकै वातावरणमा बस्न सक्ने यी चराहरू 'सर्वहारा' हुन्, अर्थात् जे पनि खान्छन्। यिनले आफ्नो क्षेत्रमा अन्य चराहरूलाई आउन दिँदैनन्। यिनीहरू समूहमा बस्छन्, एक अर्कालाई पर्दा सहयोग पनि गर्छन्। नेपालमा कागका बारेमा अध्ययन तथा अनुसन्धानहरू…
काठमाडौं: दिवंगत पूर्वमन्त्री तथा स्वतन्त्र वामपन्थी, मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको अन्तिम संस्कार शोभाभगवतीको कर्णदीपमा भोलि दिउँसो हुने भएको छ। अन्तिम संस्कार अघि तुलाधरको निवास लाजिम्पाटबाट सोमबार दिउँसो १ बजे कमलाक्षी, असन, थायमदु (बांगेमुढा), क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा हुनेछ। शवयात्राअघि बिहान ७ बजेदेखि लाजिम्पाटमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ। तुलाधरको ७७ वर्षको उमेरमा नर्भिक अस्पतालमा आइतबार निधन भएपछि दिउँसो उनको शवलाई निवास…
काठमाडौं: '५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८'मा नेपालले अवार्ड जितेको छ। नेपालबाट अवार्डमा सहभागि भएका मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन्। विक्रम र रुविष्का श्रेष्ठले 'ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए' जिते। त्यस्तै अदीति अधिकारले 'फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट'…
अन्तर्रष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायन रुनीले आफ्नो देशका लागि अर्को महिना फुटबल खेल्ने भएका छन्। सन्यासबाट बाहिर आएर रुनीले इंग्ल्याण्डका लागि अमेरिका विरुद्ध 'फेयरवेल म्याच' खेल्न लागेका हद्दु। इंग्ल्याण्डका लागि सर्वाधिक ५३ गोल गरेका रुनीले सन् २०१६ नोभेम्वर यता थ्री लायन्सका लागि खलेका छैनन्। हाल अमेरिकन क्लब डीसी युनाइटेडबाट खेलिरहेका रुनीले उक्त खेलमा इंग्ल्याण्डको कप्तानी गर्ने सक्ने…
काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ' आज नै उनको निधन भएको हो।' उनको रगतको नशा ब्लक…
काठमाडौं: 'लिलिबिली'बाट रुचाएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म 'लभ स्टेशन'को काठमाडौंमा छायाँकन सुरु भएको छ। दार्जिलिङपछि काठमाडौंमा फिल्मको छायाँकन सुरु भएको हो। निर्माण टिम तिहारअघि फिल्मका दुई गीतका छायाँकन सकाउने तयारीमा छन्। फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत सकेको थियो। त्यसपछि इलामको पशुपतिनगर, फिक्कल एक, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकियो। तीहारसम्ममा…
काठमाडौं: हालै निर्देशक दीवाकार भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले आफ्नो प्रेम सम्बन्धलाई स्वीकारेका छन्। लामो समयदेखि प्रेम रहेका दुवैले फेसबुकमा तस्वीर सार्वजनिक गर्दै सम्बन्धलाई स्वीकारेका थिए। यसअघि उनी दुवैजना एउटै प्रोजेक्टमा थिए। दीपिकाको डेब्यू फिल्म 'ऐश्वर्य'का निर्देशक हुन् दीवाकर भट्टराई। उनैले दीपिकालाई फिल्ममा डेब्यू गराएको चर्चा पनि छ। प्रेम सम्बन्धलाई स्वीकारेपछि उनी दुई खुल्न थालेका छन्। केहि समयअघि उनीहरुका थाइल्याण्डका तस्वीर…
काठमाडौँ: नयाँ बानेश्वरमा एक युवतीको सुनको सिक्री लुटिएको छ। शनिवार साँझ नयाँ बानेश्वर बस्ने २५ वर्षीया समीक्षा राईको घाँटीमा लगाएको सिक्री लुटिएको हो। बाटोमा हिँड्दै गरेकी राईको नयाँ बानेश्वर पिपलबोट नजिकै मोटरसाइकलमा आएका दुई युवकले सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ। झन्डै डेढ तोलाको सुनको सिक्री लुटिएको युवती राईले प्रहरीमा उजुरी दिएकी छिन्। सिक्रीको बजार मूल्य झन्डै ९० हजार…