काठमाडौँ : भुटानको थिम्पुमा भएको साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नगदसहित सम्मान गरेको छ। आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको ५० हजार प्रदान गरे। सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका…
काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल टुइटर मार्फत उनले फिल्म 'पासवर्ड'लाई प्रतिक्षित लेखेकी छिन्। उनले लेखेकी छिन् 'म धेरै खुशी छु प्रतिक्षित नेपाली फिल्म 'पासवर्ड'को डान्सिङ गीतको लागि'। I am so happy to be part of this amazing dance Number from the most awaited upcoming Nepali Film “Password” !! Produced…
काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको सुरुवाती दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको बुटवल ब्लास्टर्सले त्यसपछि लिग चरणमा लगातार तीन खेल हारेको छ। शुक्रवार भएको आफ्नो अन्तिम लिग खेलमा बुटवल काठमाडौँ रोएल्ससँग ३७ रनले पराजित भयो। लगातार तेस्रो हारपछि पाँच खेलबाट ४ अंक रहेको बुटवल पाँचौ स्थानमा झरेको छ। लिग चरणमा चार खेल मात्र खेलेको काठमाडौँ भने तेस्रो…
काठमाडौं: ललितपुर महानगरपालिकाले ललितपुर जिल्लामा भएका ए, बी र सी डिभिजन लिग क्लबलाई प्रवत्सहानका लागि नगद पुरस्कार वितरण घोषणा गरेको थियो। शनिबार कार्यक्रम आयोजना गरी ललितपुरमा रहेको थ्री स्टार क्लबलाई विशेष सम्मान र अन्यलाई सम्मान गर्ने भनिएको थियो। तर, ललितपुरका अन्य चार ए डिभिजन क्लबले भने उक्त कदमको विरोध जनायो। च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र बिर्गेड…
काठमाडौं : विवादमा फसेका प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि स्थापितलाई बरखास्त गरेका हुन्। प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा स्थापितको काममाथि मुख्यमन्त्री पौडेलले प्रश्न गरेपछि स्थापितले अश्लिल शब्द प्रयोग गरेका थिए। चर्को विवादले नै अन्तत: काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका मन्त्री स्थापितले…
काठमाडौँ : दीपेन्द्र सिंह ऐरीले कप्तानी इनिङ्स खेलेपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै पोखरा प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। कप्तान दिपेन्द्रले अन्तिम ओभरमा आवश्यक १३ रन प्रहार गर्दै धनगढीलाई तेस्रो जित दिलाए। उनले नटआउट ४९ रन बनाए। २६ बल खेलेका दीपेन्द्रले ४ चौका र ४ छक्का प्रहार गरे। लिग चरणको पाँच वटै खेल खेलिसकेको धनगढीले यो…
बलिउड अभिनेता नाना पाटेकर 'हाउसफूल ४'बाट निकालिएका छन्। उनको भुमिकामा अब राणा दग्गुबती देखिँदैछन्। दग्गुबतीले फिल्मको छायाँकन नै थालिसकेका छन्। नाना विरुद्ध अभिनेत्री तनुश्रीले १० वर्षअघि ह्यारेसमेन्ट गरेको आरोपमा मुद्दा लगाएकी थिइन्। ३३ वर्षिय नानाले 'हर्न ओके प्लिज'को छायाँकन सेटमा तनुश्रीलाई ह्यारेसमेन्ट गरेको आरोप छ। त्यस्तै फिल्मका निर्देशक साजिद खानलाई दुई अभिनेत्रीले ह्यारेसमेन्ट कै आरोप लगाएपछि उनले 'हाउसफूल ४'…
ललितपुर : आरआर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड सर्ट मुभी ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’विषयमा गरिएको चलचित्र प्रतियोगितामा ५० हजार नगद सहित पहिलो पुरस्कार पाएको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना छोटो भिडियो प्रतियोगितामा आठ फिल्मलाई उछिन्दै फष्ट ब्लडले पुरस्कार हात पारेको हो। डिसिए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो…
काठमाडौंः फिल्म 'अनुग्रह'ले प्रचार थालेको छ। हालै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्यो। कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई कुमार केसीले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय छर प्रमुख अभिनय छ। फिल्ममा विक्रम डीसीको छायाँकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत छ। फिल्मले सामाजिक मुद्दा उठाएको निर्माण टिमले बताएको छ।
काठमाडौंः फिल्म 'बुलबुल'को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'खुद्राखुद्री' बोलको गीतलाई फ्ल्यास मोबमा सार्वजनिक गरिएको हो। भिडमा रहेका कलाकार गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नु फ्ल्यास मोब हो। काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकसाथ फ्ल्यास मोब शैलीमा फिल्मको गीत रिलिज भएको हो। काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा…
काठमाडौंः यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। दीपेन्द्र के. खनाल निर्देशित 'चङ्गा चेट', रेखा थापा निर्देशित 'मालिका' र एरिक भ्यालीको 'बियोन्द द क्लाउड्स' एकैदिन प्रदर्शनमा आएका फिल्महरु हुन्। दुई हलिउड फिल्म पनि नेपाल प्रदर्शनमा छन्। ‘बोहिमियन रप्सोडी’ र 'द नटक्रेकर' नेपाल प्रदर्शनमा आएका फिल्महरु हुन्। 'चङ्गा चेट'मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी श्रेष्ठ, परमिता राज्य लक्ष्मी राणा, सुरक्षा पन्त,…
घोराहीः देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ। दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो। अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। यसअघि उक्त अदालतमा ११७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेका छन्।…
काठमाडौँः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमलप दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्। स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको र डिस्चार्जको तयारी भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भेट्न अस्पताल पुगेका हुन्। सोमबार बिहान अस्पताल भर्ना गरेका दिन पनि प्रचण्डले प्रधानमन्त्री भेट्न अस्पताल पुगेका…
भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ। सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ। घटना डोडा जिल्लाको किस्तवाड कस्बेमा भएको हो। घर फर्कंदै गर्दा दुबैमाथि गोली प्रहार भएको हो। जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै एक उच्च…
म्यानचेष्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राहिम डियाजको दुई गोल मद्दतमा फुलह्यामलाई २-० ले पराजित गर्दै प्रिमियर लिग क्लब सिटीले अन्तिम आठमा स्थान बनाएको हो। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई विजयी बनाउन डियाजले १८औँ र ६५औँ मिनेटमा गोल गरे। सिटीले अब क्वाटरफाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ।
राजु आचार्य - अहिले अमेरिकाको मिडियामा एउटा लाटोकोसेरोको चर्चा छ। २१ वर्षीय यो लाटोकोसेरोको नाम एलाइस हो। यिनले २० वर्षसम्म पुर्याएको योगदानको अनुसन्धानकर्मी, संरक्षणकर्मी, पर्यटन व्यवसायी, राजनीतिज्ञ सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। अब यिनले विदा लिँदैछिन्। रिटायर हुँदैछिन्। यिनको विदाइको लागि अन्तर्राष्ट्रिय लाटोकोसेरो केन्द्रले शनिबार (नोभेम्बर ३ तारिख) मिनोसोटाको होस्टेनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विशेष कार्यक्रम नै राखेको…
काठमाडौँ : नेपालको ए डिभिजन क्लब सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब भारतको सिक्किममा जारी गभरनर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। गान्तोकस्थित पाल्चोर रंगशालामा बिहीवार भएको सेमिफाइनलमा भारतको कोलकाता एटिकेलाई ६-२ ले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो। मनाङको शानदार जितमा डोना थापाले ह्याट्रिक गरे।अन्जन विष्ट, सुजल श्रेष्ठ र विमल रानाले एक-एक गोल गरे। बाई पाएर सिधै क्वाटरफाइनल खेलको मनाङले भारतकै…
काठमाडौं : प्रदेश २ को सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थ नियुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले विहीबार कायस्थलाई सुरक्षा सल्लाहाकारमा नियुक्त गरेका छन्। विहीबार नै कायस्थले पत्र बुझेका छन्। आफूलाई सुरक्षा सल्लाहकार नियुक्त गरेकोमा खुशी व्यक्ति गर्दै उनले पहिलोपोस्टसँग भने,‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। आठ महिना जति एआइजी भएर प्रदेश दुईमा बस्दा मैले गरेको कामको शैली…
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार सबै क्षेत्रमा असक्षम सावित हुँदै गएको बताएका छन्। विहीबार रिपोर्टस क्लवको साक्षात्कारमा कांग्रेस नेता महतले अघिल्लो वर्षको तुलनामा यस वर्ष ७५ प्रतिशत लगानी घटेकाले सम्वृद्ध मुलुक बनाउने सरकारको नारा नारामै सिमित भएको बताए। जनताको शान्ति सुरक्षा कायम गर्ने सवालमा असक्षम देखिएको सरकार पछिल्लो समय लगानी भित्र्याउँदै मुलुकलाई आर्थिक सम्वृद्धिको…
काठमाडौँ : घरेलु मैदानमा भइरहेको साफ यू-१५ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको धोको यो पटक पनि पुरा हुन सकेन। एन्फा कम्प्लेक्समा भइरहेको प्रतियोगितामा नेपाल सेमिफाइनलमै पराजित भएको हो। बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाललाई पाकिस्तानले ४-० ले हरायो। पहिलो हाफमा नेपालले पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा पाकिस्तानले ४ गोल गरेको हो। पाकिस्तानका लागि मोहिव उलाहले पेनाल्टीमा दुई गोल गरे भने मोइन…