काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। यसअघि २०७२ सालमा पनि समितिले ११ बजेर ५५ मिनेटकै शुभ साइत तोकेको थियो। पोहोर भने ११ बजेर ५१ मिनेटमा र…
काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको एक वर्षअघि भएको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका तीनै जनालाई आज जेल चलान गरिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार गोली हान्ने अम्बरबहादुर राना मगर, रोशन बुढाथोकी, लोप्साङ भन्ने सोम तामाङलाई एसपी सोमेन्द्र राथौड नेतृत्वमा गएको टोलीले आइतबार भारतबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनै जनालाई महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै…
काठमाडौँ : पर्यटन बोर्डका तत्कालीन सिइओ सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आज निरौलाले जेलमा नबसीकन पनि मुद्दामा पुनरावेदन गर्न पाउने आदेश दिएको हो। अख्तियारले निरौलालई ३३ करोड भ्रष्टाचार गरेको अभियोग लगाएको थियो। तर विशेष अदालतले गत वर्ष फागुनमा निरौलालाई भ्रष्टाचार ठहर गर्दै ७ वर्ष कैद र ८०…
काठमाडौँ : म्यानमारमा यही नोभेम्वर दोस्रो साता हुने ओलम्पिक छनोट प्रतियोगितामा सहभागि हुनुअघि चीन भ्रमणमा गएको नेपालको राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेलमा मिश्रित नतिजा हात पारेको छ। नेपालले चीनमा खेलेका तीनमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित हासिल गर्यो। बुधवार भएको अन्तिम मैत्रीपूर्ण खेलमा नेपाल बेइजिङ फोनेनिक्ससँग २-१ ले पराजित भयो। यस्तै सोमवार सोही टिमसँगको पहिलो खेलमा नेपाल ४-१…
काठमाडाैँः छातीमा इन्फेक्सनका साथै शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको हो। अहिलेका रिपोर्टहरुले प्रधानमन्त्री केही दिनमा बालुवाटार फर्किने संकेत गरेको उनले बताएका छन्। स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै…
काठमाडौँ : नेपालले अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कात्तिक २८ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो। तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। 'प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने…
काठमाडौँ : सर्लाहीको रामनगर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपको घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा छानविन समिति गठन गरेको हो। समितिमा एक डिएसपी राकेश सिंह र प्रहरी निरीक्षक रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उतम सुवेदीले जानकारी दिए। केन्द्रीय अनुसन्धान…
काठमाडाैँः सन्दीप लामिछानेको टोली विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा पहिलो जित हात पारेको छ। यसअघि लगातार तीन खेल हारेको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो अंक जोडेको हो। लगातार दुई खेल जितेर उत्कृष्ट खसुरुवात गरेको सोमपाल कामीको टोली बुटवलको भने यो पहिलो हार हो। १४१ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १२८…
काठमाडौँः राष्ट्रपति विद्यादेवि भण्डारीले कतारसँग नेपालमा लगानी गर्न आग्रह गरेकी छिन्। कतारी आमिर शेख तामिम विन हमाद अल थानीसँगको भेटमा उनले कतरालाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन्। कतारको आमिर दिवानमा भएको भेटवार्तामा उनले नेपालको शिक्षा, कृषि तथा खाद्य सुरक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन्। भेटमा दुई देशबीचको द्वीपक्षीय सम्बन्धको विकासका विषयमा छलफल भएको थियो। त्यस्तै लगानीका विभिन्न क्षेत्रहरु, शिक्षा,…
काठमाडौं : अभिनेत्री चाँदनी शर्मालाई छोरी लाभ भएको छ। 'स्टूपिड मन'बाट फिल्ममा डेब्यू गरेकी चाँदनी आमा बनेकी छिन्। उनले प्रेमी अज्जु पोख्रलसँग बिहे गरेकी थिइन्। उनको पछिल्लो फिल्म 'लम्फू' हो। सामाजिक सञ्जाल फेसबुकमा उनले छोरीको फोटो पनि सार्वजनिक गरेकी छिन्।
काठमाडौँ: केही समयदेखि प्रहरी संगठनको आलोचना भइरहेकाले संगठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्मराज सुवेदीले संगठन सुधारको योजना थालिएको बताएका हुन्। एसएसपी सुवेदीले संगठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै संगठनको बदनाम हुने वातावरण सृजना भएको दाबी गरे। एसएसपी सुवेदीले भने,'एक अमुक व्यक्तिको…
काठमाडौँः नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। संयोजक भट्टराईले भ्रष्टाचार एवं महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्। बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औँ संघीय बैठकमा उनले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन…
काठमाडौं: 'आज हाम्रो भेट भाको दिन'बोलको गीत एक समय दर्शकले अत्याधिक रुचाएका थिए। दशक पहिले प्रदर्शनमा आएको फिल्म 'ज्वाला'को यस गीतमा बुद्धवीर लामाको शब्द र शिलाबहादुर मोक्तानको संगीत छ। अहिले यो गीतको रिमेक बनेको छ। फिल्म 'द ब्रेकअप' टिमले गीतलाई रिमेक गरेको हो। आशा भोस्ले र उदितनारायण झाको स्वर रहेको गीतको रिमेकलाई विराज गौतम र मेलिना राईले गाएका छन्। 'ज्वाला' कै…
काठमाडौंः पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनलार्इ मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको हो । यसअघि तुलाधरलार्इ गत शुक्रबार साँझ न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएको अस्पतालले जनाएको छ। यस्तै इन्फेक्सन बढ्ने खतराले उनलाई धेरै…
पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिगमा पहिलो जित हात पारेको छ। सुरुवाती दुई खेलमा पराजित भएको चितवनले बुधवार धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले हरायो। चितवनलाई पहिलो जित दिलाउन ब्याटिङमा हरी शंकर शाह र अनिल कुमार शाह तथा बलिङमा करण केसी र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे। हरी शंकरले अर्धशतक बनाए भने पटेलले ४ विकेट लिए। पहिलो…
जिरीः आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ। गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महिनापछि शेयर बाँडफाँड गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख…
काठमाडौँः छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बुधबार बिहान प्रधानमन्त्रीले दुई मन्त्रीसँग अस्पतालमा नै छलफल समेत गरेका छन्। बुधबार बिहानका परीक्षण रिपोर्टहरु पनि…
नवलपरासी : एकसिङ्गे गैँडा संरक्षण गर्नुपर्ने सन्देश प्रभाव गर्न पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुँदैछ। सो प्रतियोगिता बिहीबारदेखि अगामी कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा हुनेछ। प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए। वर्षेनी एकसिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज…
टर्कीले महत्वाकांक्षी परियोजनाका रुपमा सुरु गरेको विश्वकै सबैभन्दा ठूलो एयरपोर्ट आंशिक सञ्चालनमा ल्याएको छ। टर्कीका राष्ट्रपति रिसिप टेयिप एर्डोगानले इस्तानबुल विमानस्थलको पहिलो फेजको उद्घाटन गरेको इन्डिपेन्डेन्टमा उल्लेख छ। न्यूयोर्कको म्यानहटन टापुभन्दा पनि ठूलो क्षेत्रफलमा फैलिएको यस विमानस्थलमा पहिले कोइला खानी थियो। विमानस्थल इस्तानबुलको अर्नाभुतकोय जिल्लामा पर्दछ। विश्वकै ठूलो विमानस्थल बनेको यस क्षेत्रलाई महत्त्वपूर्ण हब मानिएको छ। विमानस्थल उद्घाटन गर्दै राष्ट्रपति…
बझाङः तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ। स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो। घाइते धामीको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मङ्गलबार मृत्यु भएको छ। घर…