काठमाडौँः काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपि, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने…
परासीः पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी ५६ एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उनीहरुको साथबाट स्पास्मो…
काठमाडौँ : प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमार्फत् फैलिएपछि प्रहरीले कारबाही सुरु गरेको छ। यस क्रममा आज पाथीभरा अनलाइन डट कमका अध्यक्ष तथा सञ्चालक हरिप्रसाद मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार स्याङजाको हरिनाथ गाउँपालिका घर भएका ४६ वर्षका मानन्धरलाई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरिएको हो। उक्त अनलाइनमा भ्रमपूर्ण…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले 'गेट वेल सून' सन्देश पठाएका छन्। सोमबार बिहानदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भई उपचार गराइरहेका ओलीलाई पूर्वराजाले आफ्ना मुख्य सचिव पशुपतिभक्त महर्जनमार्फत् स्वास्थ्य लाभको कामना गरेका हुन्। महर्जनले आज दिउँसो अस्पताल गई पूर्वराजाको सन्देश सुनाउँदै प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए। उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरिरहेका डाक्टर अरुण सायमिका…
काठमाडौँः भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु प्रमोदकुमार श्रेष्ठ र रत्नबहादुर बागचन्दको इजलासले उनले भ्रष्टाचार गरेको ठहर गरेको हो। उनलार्इ १ करोड १८ लाख ६६ हजार ५ सय जरिवान र एक वर्ष कैद हुने भएको छ। अध्यक्ष श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय…
काठमाडाैँः त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन् । केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए। 'सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी…
यौन दुर्व्यवहारविरुद्धको अभियान ‘मिटू’लाई मजाकको विषय बनाउँदा नेपाल आइडल टिम आलोचनाको शिकार भएपछि प्रसारण संस्था माफी माग्न बाध्य भएको छ। बिहीबारको कार्यक्रममा मिटू पदावलीको गलत प्रयोग गरिएको र विश्वव्यापी अभियानमाथि मजाक गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो। अन्नपूर्ण मिडिया नेटवर्क सबै प्रकारका यौन हिंसा/दुर्व्यवहारको सदैव विरोध गर्छ। गत बिहिबार नेपाल आइडलको एपिसोडमा आगन्तुक कलाकार सन्दीप क्षेत्रीसँगको प्रहसन संवादमा मिटू शब्दावलीको प्रयोग…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा विखण्डनकारीहरु बढ्दै गएको भन्दै उनीहरूकाे नागरिकता खारेज गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबले साेमबार काठमाडौंमा आयोजना गरेकाे कार्यक्रममा नेता भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग पनि गरे। उनले देशमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँचआउने खालका काम गर्नेहरुको नागरिकता खारेज हुनु पर्ने बताए। भण्डारीले भने,‘संसारमा यती…
काठमाडाैँः राष्ट्रिय जनता पार्टी, नेपालले सरकार संघीयतालाई कमजोर बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ। सरकार समर्थक राजपाका नेता महेन्द्रराय यादवले संघीयतालाई कमजोर बनाउने गतिविधिमा सरकार संलग्न रहेको दाबी गरेका हुन्। मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर बढाएको, महंगी नियन्त्रण गर्न नसकेको, निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे। नेता यादवले संवैधानिक व्यवस्था अनुसार…
काठमाडौंः उत्तरी छिमेकी चीनमा एकै पटक १८ देशका राष्ट्र/सरकार प्रमुखहरूले भ्रमण गर्न लागेका छन्। चीनले आयोजना गरेको पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी हुन विश्वका विभिन्न देशबाट राष्ट्र तथा सरकार प्रमुखहरू चीनमा आउन लागेका हुन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनीहरू चीन आउन लागेका हुन्। सांघाइमा नोभेम्बर ५ देखि १० सम्म हुन लागेको एक्स्पोमा सहभागी हुनका लागि चेक रिपब्लिकका राष्ट्रपति…
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा चीन लैजान लागेकाे सवा एक लाख अमेरिकी डलरसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनिया नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। राहदानी नम्बर इडी ४८२९४७८ बाहक इआशालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौंबाट चीनको गोन्जाओ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त…
काठमाडौँ : सन् २०१९ मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू१९ वुमन्स च्याम्पियनसिपको लागि पहिलो चरणको क्वालिफायर खेलहरु समाप्त भएका छन्। २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीन बाहेक २७ राष्ट्रले पहिलो चरणको क्वालिफायर खेले। त्यसबाट उत्कृष्ट ८ टिम दोस्रो चरणको छनोटका लागि छनोट भएका छन्। आयोजकको हैसियतले थाइल्याण्ड भने सिधै अन्तिम चरणमा खेल्न पाउँनेछ। तरपनि थाइल्याण्डले…
मिस मिस अर्थको १८ औं संस्करणको ‘लङ गाउन’ प्रतियोगिता सोमबार भयो। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी प्रिया सिग्देल पनि प्रस्तुत भइन्। उनी सेतो रङको गाउनमा देखिएकी थिइन्। लङ गाउन कम्पिटिसनमा फायर ग्रुप अन्तर्गत मिस थाइल्यान्डले गोल्ड मेडल, मिस डोमिनिकन रिपब्लिकले सिल्भर मेडल र मिस रोमानियाले ब्रोन्ज मेडल जिते। मिस अर्थमा सहभागी ८८ सहभागीहरुलाई एयर, वाटर र फायर गरी तीन वटा समूहमा…
स्पानिस जायन्ट रियल मड्रिडले क्लबको मुख्य प्रशिक्षक पदबाट युलेन लोपेटगुईलाई बर्खास्त गरेको छ। लोपेटगुई प्रशिक्षक भएयता क्लबले राम्रो प्रदर्शन गर्न नसकेको र एल क्लासिकोमा बार्सिलोनासँग लज्जासपद हार बेहोरेपछि लोपेटगुई प्रशिक्षक भएको साढे ४ महिनापछि नै पदबाट बर्खास्त परेका हुन्। रियल एल क्लासिकोमा ५-१ ले पराजित भएको थियो। सोमबार रियलको बोर्ड बैठक बसेको थियो। बैठकले लोपेटगुईलाई बर्खास्त गर्ने निर्णय गरेको रियलको आधिकारिक…
काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिका ४ मा आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एक जनाको मृत्यु भएको हो। झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो। सर्लाहीका जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलका अनुसार महतोको गोली लागेर मृत्यु भएको हो। त्यस्तै अन्य केही गोली लागेर घाइते भएका छन्।…
काठमाडौँः पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले उपचारत प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। मंगलबार विहानै प्रम ओलीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका पूर्व प्रधानमन्त्री भट्टराईले स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गर्दै चिन्ता गरिरहनु नपर्ने बताएका थिए। उनले प्रम ओलीलार्इ भेटिसकेपछि शिघ्र स्वास्थ्य लाभको कामनसहित ट्विटरमा लेखेका छन् 'प्रमलाई अस्पतालमा भेट्दा निकै…
काठमाडौं: पछिल्लो समय सर्ट फिल्महरु धेरै बन्न थालेका छन्। यसैबीच गीतकार मनिष बसिस्ठको रुचि पनि सर्ट फिल्ममा देखिएको छ। उनले हालै फिल्म 'काल मेरो साथी' बनाएका छन्। पछिल्लो समय उनले 'पखेटा' र 'मुखौटा'बोलको गीत सार्वजनिक गरेका थिए। 'काल मेरो साथी'मा रङ्गकर्मी जीवन भट्टराई र दीपेन्द्र शाहीको अभिनय छ। कथा लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ दिएकी छिन्। फिल्मलाई ज्ञानेन्द्र शर्माले छायाँकन…
काठमाडौं: 'मिस एभिएशन क्विन–२०१८'का प्रतिस्पर्धिहरुले भैरहवामा प्रतिभा प्रस्तुत गरेका छन्। एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका २० जना सुन्दरीले ट्यालेन्ट राउण्डमा प्रतिभा प्रस्तुत गरेका हुन्। कार्यक्रममा अधिकांशले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरे। प्रतियोगिहरु एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले नृत्य प्रस्तुत गरे। अनिशा न्यौपाने,…
काठमाडौँः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको रनवे पिच गर्ने काम आजबाट सुरु भएको छ। अबको ६ महिनाभित्र रनवेको पिच सम्पन्न हुने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए। सन् २०१९ अगष्ट सम्ममा विमानस्थल निर्माणको कार्य सम्पन्न भई सञ्चालनमा आउने उनले बताए। विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले ठेकेदारले चार महिनामै कालोपत्रको काम सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए। अधिकारीका अनुसार धावनमार्गको लम्बाई तीन किलोमिटर…
लक्ष्मीप्रसाद सापकोटा- पर्वतः पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीमा रहेको विश्व ज्योति माध्यमिक विद्यालय भवन निर्माणमा लापरबाही भएको पाइएको छ। भवन ढलानका क्रममा ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयले विरोध गरेपछि नगरपालिकाले खटाएको प्राविधिक टोलीले रड बुनाई र ढलानमा लापरबाही भएको जनाएको छ। भवनको छत ढलान गर्दा सामान्यतः पाँच इन्च मोटाइ हुनुपर्नेमा तीन इन्च पनि नभएको र ढलान ठाउँठाउँबाट खसिसकेको देखिएकाले ढलान…