PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • लैनचौरमा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

    लैनचौरमा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किए, मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँः काठमाडौँको लैनचौरमा मंगलबार बिहान माइक्रो बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नुवाकोटका प्रकाश तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बा २ ख २०६८ नम्बरको माइक्रो बस र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल बिहान ६ बजे लैनचौर कपुरधारामार्गमा ठोक्किएका थिए। घटनामा घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारः खोकी कम हुँदै, अस्पतालले १० बजे स्वास्थ्य अवस्थाबारे जानकारी दिने

    प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारः खोकी कम हुँदै, अस्पतालले १० बजे स्वास्थ्य अवस्थाबारे जानकारी दिने

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। सोमबार साँझ ६ बजे अस्पतालले प्रधानमन्त्री ओलीको पछिल्ला परीक्षणका रिर्पोट सुधारोन्मुख  र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको थियो। उपचारमा संलग्न चिकित्सक डा. सन्तकुकार दासले मंगलबार बिहानसम्म खोकी कम हुँदै गएको बताए। दासले भने ‘स्वास्थ्यमा सुधार हुँदैछ। खोकी कम भइरहेको छ। चिन्ता लिनुपर्ने अवस्था छैन।’ अस्पतालले प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र र प्रदेश सरकारबीच दुरी बढ्दो, अन्तर प्रदेश परिषद् बैठक अझै अनिश्चित

    केन्द्र र प्रदेश सरकारबीच दुरी बढ्दो, अन्तर प्रदेश परिषद् बैठक अझै अनिश्चित

    काठमाडौँ: संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न अन्तर प्रदेश परिषद्को कल्पना संविधानले गरेको छ। तर संघ र प्रदेशबीच विवाद देखिए पनि परिषद्को बैठक बस्न सकेको छैन। यसअघि भदौ २४ गते बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बैठक बस्ने तयारी भइरहेको बताएका छन्। ‘परिषद्को बैठक आवश्यक रहेकोले बस्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा, रियाद महारेजको निर्णायक गोल

    प्रिमियर लिग : टोटनहमलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा, रियाद महारेजको निर्णायक गोल

    म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत गएराती भएको खेलमा सिटीले टोटनहमलाई १-० ले पराजित गर्‍यो। रियाद महारेजले खेलको छैटौ मिनेटमा गरेको गोल नै सिटीलाई जित दिलाउन निर्णायक बन्यो। जितपछि सिटीले १० खेलबाट लिभरपुल समान २६ अंक जोडेको छ। गोल अन्तरमा अगाडी रहँदै सीटी शीर्ष स्थानमा उक्लिएको हो। दशौँ चरणको खेल समाप्तीपछि सिटी र लिभरपुलसँगै चेल्सी गरी…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीमा वडाध्यक्षमाथि आक्रमण, मोटरसाइकल तोडफोड

    सर्लाहीः रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ। सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए। आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका : राष्ट्रपति समर्थकको हत्या आरोपमा पूर्व मन्त्री पक्राउ, राजापाक्षेले सम्हाले कार्यभार, नयाँ मन्त्रिपरिषद् गठन

    श्रीलंका : राष्ट्रपति समर्थकको हत्या आरोपमा पूर्व मन्त्री पक्राउ, राजापाक्षेले सम्हाले कार्यभार, नयाँ मन्त्रिपरिषद् गठन

    कोलम्बो: श्रीलंकामा राजनीतिक संकट झनै बढ्ने सम्भावना बढेको छ। गत शुक्रवार श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल बिक्रमासिङ्गेलार्इ अपदस्थ गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकाको राजनीति अस्थिर हुँदै गएको छ।  अपदस्थ गरिएका बिक्रमासिङ्गेको पक्षमा उभिएका श्रीलंकाली संसदका सभामुख करु जयसुर्याले राष्ट्रपति सिरिसेनाले संसद संचालन गरी राजनीतिक संकट समाधान नगरे देशमा नरसंहार मच्चिन सक्ने बताएका छन्।   बिक्रमासिङ्गेले आफूसँग…

    विस्तृतमा पढ्नुस्

  • बिर्तामोडको एनएमबी बैंकभित्रैबाट कसरी चोरियो १७ लाख रुपैयाँ?

    बिर्तामोडको एनएमबी बैंकभित्रैबाट कसरी चोरियो १७ लाख रुपैयाँ?

    काठमाडौँ : आइतबार अपराह्न शेरबहादुर गुरुङ झापाको बिर्तामोडस्थित एनएमबी बैंकमा रकम जम्मा गर्न पुग्छन्। गुरुङ डिपोजिट भौचरमा विवरण भर्न व्यस्त हुन्छन्।  भौचर भरिसकेर अर्को कुर्सीमा आफूले राखेको झोला हेर्दा त्यसमा पैसा हुँदैन। ताप्लेजुङका गुरुङ १६ लाख ९९ हजार चोरी भएको भन्दै प्रहरीकोमा पुग्छन्।  प्रहरीले बैंकको सिसिटिभी क्यामेराको दृश्य हेर्दा चोरी भएको पुष्टि हुन्छ। बैंकमा दुई जना सेक्युरिटी गार्ड भए पनि…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : पारस खड्काको टोलीको लगातार दोस्रो हार, पोखरा ५ विकेटले विजयी

    पीपीएल : पारस खड्काको टोलीको लगातार दोस्रो हार, पोखरा ५ विकेटले विजयी

    काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट को लागि अक्सनमा पारस खड्काको चितवन राइनोज र शरद भेषावरकको पोखरा पल्टन बलियो टोलीको रुपमा देखिएको थियो। पोखराले पहिलो खेल जित्दै त्यसलाई सही सावित गरेको पनि थियो थियो तर पारस खड्काको चिवतन भने पहिलो खेलमै बुटवलसँग हार्‍यो। पोखरा र चितवनबीचको खेललाई सबैले प्रतिक्षा गरेका थिए। सोमवार यी दुई टिमबीच खेल भयो। जसमा…

    विस्तृतमा पढ्नुस्

  • साफ यू­-१५ च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, पाकिस्तानसँग सेमिफाइनल खेल्ने

    साफ यू­-१५ च्याम्पियनसिप : बंगलादेशसँग हारेपछि नेपाल समूह उपविजेता, पाकिस्तानसँग सेमिफाइनल खेल्ने

    काठमाडौँ : घरेलु टोली नेपालले साफ यू-१५ च्याम्पियनसिपको सेमिफाइनलमा पाकिस्तासँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको अन्तिम खेलमा दश खेलाडीमा झरेर खेलको बंगलादेशसँग २-१ ले पराजित भएपछि नेपाल उपविजेता भएको हो। पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको नेपाल एक जित र एक हारपछि समूह ए को उपविजेता बन्यो। समूहको दुवै खेल जितेको बंगलादेश समूह विजेता बनेको छ। बंगलादेशले अब समूह बी…

    विस्तृतमा पढ्नुस्

  • सञ्चिता र सन्नी फिचर्ड 'चम्क्यो तारा चमक्क' सार्वजनिक

    सञ्चिता र सन्नी फिचर्ड 'चम्क्यो तारा चमक्क' सार्वजनिक

    काठमाडौं:  फिल्म 'गुनगुन'ले प्रचार थालेको छ। निर्माण टिमले फिल्मको दोस्रो गीत सार्वजनिक गरेको छ। प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत रहेको 'चम्क्यो तारा चमक्क' बोलको गीतमा गायिका मेलिना राई र दौलत राईको स्वर छ। गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री सञ्चिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन्। रामजी लामिछाने निर्देशित फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ। फिल्ममा सञ्चिता र सन्नीसँगै निर्देशक पुकार भट्टराई ,…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्याको एक वर्षपछि समातिए तीन अभियुक्त, गुन्डा नाइकेलाई गोली हान्ने लोप्साङ पनि पक्राउ

    गौचन हत्याको एक वर्षपछि समातिए तीन अभियुक्त, गुन्डा नाइकेलाई गोली हान्ने लोप्साङ पनि पक्राउ

    काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनकाे हत्या संलग्न मुख्य तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन्।  महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोशन बुढाथोकी, लोप्साङ लामा र अम्बरबहादुर राना मगरलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। यसबारे जानकारी दिन प्रहरीले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दैछ।  २०७४ असोज २३ गते ल्यान्डक्रुजर प्राडोमा चढी सवार गौचनलाई बानेश्वरमा गोली हानी हत्या…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ मंसिर १ गतेदेखि पुन: सुरु हुने ‘ए डिभिजन लिग’को खेल तालिका

    यस्तो छ मंसिर १ गतेदेखि पुन: सुरु हुने ‘ए डिभिजन लिग’को खेल तालिका

    काठमाडौं: मंसिर १ देखि पुन: सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले दोस्रोदेखि दशौँ राउन्डसम्मको खेल तालिका सार्वजनिक गरेको हो। असोज १३ गतेदेखि सुरु भएको लिगको पहिलो राउन्डका खेलहरु दशैं अगाडि नै सम्पन्न भएको थियो। दशैं र तिहारको ब्रेकपछि लिग पुन: सुरु हुन लागेको हो। नेपालको राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपमा…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी हुने

     जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी हुने

    काठमाडाैंः फूलैफूलको पर्व मानिने तिहारकाे अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी ललितपुरस्थित जावलखेल खेल मैदानमा आगामी विहीबारदेखि १२ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी गराएको हो। गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनी आयोजना गर्न लागिएको एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एव‌ं प्रर्दशनी आयोजक…

    विस्तृतमा पढ्नुस्

  • आमिरको 'ठग्स अफ हिन्दुस्तान'लाई पाँच हजार पर्दामा बाइस हजार सो

    आमिरको 'ठग्स अफ हिन्दुस्तान'लाई पाँच हजार पर्दामा बाइस हजार सो

    आमिर खान अभिनित फिल्म 'ठग्स अफ हिन्दुस्तान' दर्शकमा प्रतिक्षित बन्दै गएको छ। फिल्ममा आमिरसँगै अमिताभ बच्चन, फातिमा साना र कट्रिना कैफको मुख्य अभिनय छ। फिल्म एकसाथ ५००० पर्दामा रिलिज हुँदैछ। दर्शकको माग अनुसार फिल्मको सोहरु बढ्दै गएको बताइएको छ। मल्टिप्लेक्समा फिल्मले प्रतिदिन ५-६ र सिंगल स्क्रिनमा ४-५ सो पाउने कुरा छ। फिल्मले भारतमा मात्र २२,००० सो पाउने कोइमोइमा उल्लेख छन्।…

    विस्तृतमा पढ्नुस्

  • एयरपोर्ट नजिकै रहेको कल्भर्टमा आगोले जलेको युवकको शव भेटियो

    एयरपोर्ट नजिकै रहेको कल्भर्टमा आगोले जलेको युवकको शव भेटियो

    काठमाडौं : त्रिभुवन विमानस्थल नजिकै आज बिहान शव फेला परेको छ। सिनामंगल र विमानस्थल गेटको बीचमा रहेको कल्भर्टभित्र शव फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनिल मल्लले जानकारी दिए। अन्दाजी २० वर्षीय युवकको जलेको अवस्थामा शव फेला परेको हो। 'युवकको शरीर आगोले जलेको छ। लुगा समेत जलेको अवस्थामा छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,' डिएसपी मल्लले भने। घटना नजिकै सलाई…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : काठमाडौँको दोस्रो जित, विराटनगरको लगातार तेस्रो हार

    पीपीएल : काठमाडौँको दोस्रो जित, विराटनगरको लगातार तेस्रो हार

    काठमाडौँ : काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। सोमवार पोखरा रंगशालमा भएको खेलमा काठमाडौँले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो। काठमाडौँको जितमा अलाउण्ड प्रदर्शन गर्दै भारतीय खेलाडी गौरव तोमरले २ विकेट लिनुका साथै अर्धशतक बनाए। विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौँले ४ बल बाँकी छदा ५ विकेट गुमाएर पुरा गर्‍यो। जितपछि ज्ञानेन्द्र मल्लको टोलीले अपराजित…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं मल अगाडि स्वस्तिमा अभिनित 'बुलबुल' टिमको 'फ्ल्यास मोब'

    काठमाडौं मल अगाडि स्वस्तिमा अभिनित 'बुलबुल' टिमको 'फ्ल्यास मोब'

    काठमाडौं:  अभिनेत्री स्वस्तिमा खड्का अभिनित 'बुलबुल' टिमले फिल्मको प्रचार थालेको छ। निर्माण टिम अहिले फ्ल्यास मोब शैलीमा फिल्मको एक गीत सार्वजनिक गर्ने तयारीमा छ। यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन्। फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिँदै छिन्। ‘खुद्रा खाद्री’ बोलको गीत कात्तिक १५ गते काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाका मन्त्रीले गरे पशुपतिको दर्शन

    मलेसियाका मन्त्रीले गरे पशुपतिको दर्शन

    काठमाडौँः नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन्। करिब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपतिनाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए। मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए। सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवर्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा वामपन्थी दललाई पराजित गर्दै उग्र दक्षिणपन्थी नेता बोल्सोनारु राष्ट्रपतिमा विजयी

    ब्राजिलमा वामपन्थी दललाई पराजित गर्दै उग्र दक्षिणपन्थी नेता बोल्सोनारु राष्ट्रपतिमा विजयी

    काठमाडौँः ब्राजिलमा उग्रदक्षिणपन्थीको उदय भएको छ। ब्राजिलमा भएको राष्ट्रपतिको निर्वाचनमा उग्रदक्षिणपन्थी नेता जैर बोल्सोनारु विजयी भएका छन्। दक्षिण अभेरिकाको धेरै जनसंख्या र ठूलो अर्थतन्त्रमा लामो समय देखि वामपन्थी नेतृत्व रहँदै आएको थियो। त्यहाँको निर्वाचन आयोगले दिएको अन्तिम नतिजा अनुसार बोल्सोनारुले वामपन्थी वर्कस पार्टीका फर्नान्डो ह्याडेगलाई पराजित गर्दै राष्ट्रपतिमा विजयी भएको अलजजिराले जनाएको छ। मतगणना सकिँदा बोल्सोनारुले ५६ प्रतिशत मत हासिल गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी, आर्सनल रोकियो

    प्रिमियर लिग : चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी, आर्सनल रोकियो

    प्रिमियर लिगमा आइतवार भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड विजयी भएका छन्। आर्सनल भने बराबरीमा रोकिएको छ। लण्डन क्लब चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो। चेल्सीका लागि अल्भारो मोराटा, रोस बार्कले, विलियन र रुवेन लोफ्टस चिकले गोल गरे। जितपछि १० खेलबाट २४ अंक जोडेको चेल्सी अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट २६ अंक जोडेको लिभरपुल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell