म्याग्दीः १८ महिनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ। पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए। पुरानो सम्झौता रद्द भएपछि बाँकी…
क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा पुनरागमन जित हात पारेको छ। शनिवार भएको खेलमा युभेन्ट्सले एक गोलले पछि परेको अवस्था उल्टाउँदै एम्पोलीलाई २-१ ले हरायो। पहिलो हाफमा १-० ले पछि परेको युभेन्ट्सका लागि रोनाल्डोले दुवै गोल दोस्रो हाफमा गरे। उनले ५४औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए भने ७०औँ मिनेटमा गरेको गोल…
एट्लेटिको मड्रिड रियल सोसिडाडलाई पराजित गर्दै ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा एट्लेटिकोले सोसिडाडलाई २-० ले हरायो। एट्लेटिकोका लागि डिएगो गोडिनले पहिलो हाफ र फिलिपे लुइजले दोस्रो हाफमा गोल गरे। जितपछि १० खेलबाट १९ अंक जोडेको एट्लेटिको बार्सिलोनालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लको हो।
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा असोज १३ देखि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ। असोज १३ गतेदेखि शुरु भएको भएको लिग बङ्गबन्धु गोल्डकपका कारण दुई दिनपछि नै स्थगित भएको थियो। त्यसपछि लिग तालिका परिमार्जित गरेर दशैँ अगाडीसम्म पहिलो चरणका खेल भएका थिए। दशैँ र तिहारका कारण…
काठमाडौँ : थाइल्याण्डमा भइरहेको एएफसी यू-१९ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा नेपालले आइतवार पाकिस्तानलाई पराकिलो गोल अन्तरले पराजित गरेको छ। क्वालिफायरको समूह बी अन्तर्गत भएको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हरायो। समूहको पहिलो खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको नेपालले त्यसपछि भारत र पाकिस्तानलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। लगातार दोस्रो जितपछि नेपालले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।…
कोलम्बो : श्रीलङ्काको राजनीतिक सङ्कटसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको बैठकलाई स्थगित गरेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौति पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन्। राजापाक्षेमाथि मानवअधिकार हनन तथा भ्रष्टाचार गरेको आरोप लागेपछि पछिल्लो…
लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा कार्डिफ सिटीलाई ४-१ ले पारजित गर्दै लिभरपुलले म्यानचेष्टर सिटीसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ। घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि साडियो मानेले दुई तथा मोहमद सलाह र जेर्दान शाकिरीले एक-एक गोल गरे। यस सिजन अपराजित रहेको लिभरपुलले जितपछि १० खेलबाट २६ अंक जोडेको छ। यसक्रममा लिभरपुलले ८ खेल…
काठमाडौं: फिल्म ‘बुलबुल’ युनिटले फ्ल्यास मोब शैलीमा फिल्मको पहिलो गीत सार्वजनिक गर्ने भएको छ। यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन्। खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो। फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा…
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद (राखेप) खेलकुद विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा १० दिने विशेष युवा खेलाडी प्रशिक्षण कार्यक्रम शनिवार काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युथ खेलाडीहरुको क्षमतामा अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिधा तेक्वान्दो, कराते,…
काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। निलम्बित क्यानको आज बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी…
काठमाडौँ : काभ्रेपलाञ्चोककै मण्डनदेउपुर नगरपालिका-६ गैह्रीबिसौना भागेटार भन्ने स्थानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा जिपमा सवार काभ्रेकै नमोबुद्ध नगरपालिका १० का २५ वर्षीय जीवन पराजुली र ४४ वर्षीय विनोद कार्की रहेका छन्। दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइते ४ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। आज दिउँसो ३…
काठमाडौँ : काभ्रेको पाँचखाल नगरपालिका-६ तिनपिप्लेमा टिपरको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक महिलाको मृत्यु भएको छ। आज दिउँसो पौेंने ४ बजे अरनिको राजमार्गमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ भने मोटरसाइकल चालक उनका श्रीमान् ६५ वर्षीय कमलप्रसाद गौतमको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
निमेषराज सापकोटा बदलिरहेको छ जीवन जसरी हराइरहेको छ जीवनको नवजात स्मृति जस्तो कि यो आकासको शान्त समुन्द्रमा चल्मलाइरहेको विचारको यो बादल, आँखा अघिको परिवेश उजाड बनिदिन्छ, फेरि अर्को यामको लहर यसरी फैलन्छ कि आशाकौ सुनौलो लहर बोकेर उम्रन्छ परिवेश, म हरेक परिवर्तनको मध्यस्थता बिच सक्किरहेको छु, प्रत्येक नयाँ परिवर्तन सँगै म पुरानो अवशेष जस्तो विलिन भइरहेको छु यस…
काठमाडौँ : घरेलु टोली नेपाल र बंगलादेश समूह चरणको एक खेल खेल्नुअघि नै साफ यू-१५ ब्वाइज च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। सातदोबाटोमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि बंगलादेशसँगै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अघिल्लो खेलमा नेपालसँग ४-० ले पराजित भएको माल्दिभ्स भने लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको छ। अब…
काठमाडौँ : भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ। सबैले एक-एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ। पोखरा रंगशालामा टस जितेर पहिले…
आज भृकुटीमण्डपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को चियापान भइरहेको छ। ५० हजार जनालाई निम्तो बाँडिएको छ। पार्टीका एक अध्यक्षका रुपमा पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यक्रममा उपस्थित छन्। ६ वर्षअघि पनि यही ठाउँमा यस्तै चियापान कार्यक्रम भएको थियो। त्यतिबेला पनि त्यहाँ प्रचण्ड उपस्थित थिए- माओवादी पार्टीका अध्यक्षका रुपमा। त्यो चियापानमा एउटा नसोचेको घटना भयो। प्रचण्ड मञ्चमा बसेर अतिथिहरुसँग हात…
काठमाडौँ : नेपाली क्रिकेटमा देखिएको विवाद समाधानतर्फ अगाडी बढेको छ। आइसीसीले लगाएको निलम्बन फुकुवा गर्न नेपाल क्रिकेट संघ क्यानले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। आइसीसीले निलम्वन गरेको क्यानले निलम्वन फुकुवाका लागि बाटो खुकुलो पार्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई विपक्षी बनाएर झण्डै तीन वर्षअघि दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। क्यान केन्द्रीय कार्यसमितिको शनिबार काठमाडौंमा…
काठमाडौँ : पाकिस्तान साफ यू-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज भूटानलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा खेलको २४ औँ मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई शुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि…
काठमाडौं : भृकुटीमण्डपमा जारी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापान कार्यक्रमलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बहिस्कार गरेका छन्। ने क पाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त निमन्त्रणासँग उनले एकै खाममा यी दुवै नेताका बेग्ला बेग्लै शुभकामना कार्ड पनि पाएका थिए। त्यसै खाममा पार्टीका महासचिव विष्णु पौडेलको शुभकामना पनि रहेको भट्टराईले खुलाएका छन्। ब्यङ्ग्यात्मक रुपमा…
इ. किशोर थापा- हरेक परिवारको अनिवार्य आवश्यकता हो, आवास जुन पूरा गर्न जो कसैले आफ्नो जीवनको सम्पूर्ण साधन र स्रोत खर्चिनुपर्ने हुनसक्छ। जग्गा, पूर्वाधार तथा निर्माण सामग्री र ज्यालाको आकाशिँदो मूल्यसँगै घर निर्माणको काम अत्यन्त महँगो हुनेगर्छ। धेरै देशमा नागरिकका लागि उनीहरूको हैसियत र आवश्यकता अनुसारको आवास उपलब्ध गराउने जिम्मा सरकारले लिएको हुन्छ। सरकारले नै आवासीय क्षेत्रको विकास गरेर सहुलियत…