बाजुराः माछा मार्ने क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथको खोलामा चिप्लिएर मृत्यु भएको छ। बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर गएका उनी रातिसम्म नफर्केपछि खोज्ने क्रममा मृत्यु भएको पाइएको आफन्तले बताएका हुन्। उनी बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आएका थिए। रासस
बुटवलः प्रदेश नं ५ सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न “विद्यालयका लागि मेरो एक दिन” शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा उक्त अभियान सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए। यसैगरी बैठकले प्रदेशको प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको समान…
काठमाडौँ : पर्यटकीय नगरी पोखरामा आजबाट पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट आयोजना हुँदैछ। क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको टी-२० फर्म्याटको यो प्रतियोगितामा नेपालका विभिन्न ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्। आज घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच उद्घाटन खेल हुँदैछ। पोखराले शरद भेषावकरको नेतृत्वमा खेल्दैछ भने विराटनगरको नेतृत्वमा युवा स्टार सन्दीप लामिछानेले गर्दैछन्। पहिलो खेल भएकोले दुवै टोलीलाई आफ्नो…
युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगितामा दुई इंग्लिस क्लब चेल्सी र आर्सनलले शतप्रतिशत जित हात पारेका छन्। लण्डन क्लब चेल्सीले बाटे बारिसोभलाई ३-१ ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो। चेल्सीका लागि रुवेन लेफ्टस चिकले ह्याट्रिक गरे। चेल्सीका लागि कुनै पनि प्रतियोगितामा उनको यो पहिलो ह्याट्रिक हो। जितपछि चेल्सी ९ अंकका साथ समूह एलको शीर्ष स्थानमा छ। अर्को…
फिलिपिन्समा भइरहेको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया प्रिया सिग्देलले ट्यालेन्ट कम्पिटिसनमा सिल्भर मेडल जितेकी छिन्। बिहीबार भएको फायर ग्रुपको ट्यालेन्ट कम्पिटिसनमा प्रियाले परम्परागत नेपाली पहिरनमा दीपक बज्राचार्यको 'मन मगन' गीतमा मनमोहक नृत्य प्रस्तुत गरेकी थिइन्। हेर्नुस् भिडियो- मिस अर्थमा सहभागी ८८ सहभागीहरुलाई एयर, वाटर र फायर गरी तीन वटा समूहमा विभाजन गरी विभिन्न प्रि प्याजेन्ट एक्टिभिटीमा…
काठमाडौँ : आगामी नोभेम्वरमा म्यानमारमा आयोजना हुने ओलम्पिक एसियाली छनोट प्रतियोगितामा सहभागि हुने नेपाली महिला टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको छ। नोभेम्वर ८ देखि म्यानमारमा हुने ओलम्पिक छनोटअघि नेपाली टोलीले चीनमा तीन मैत्रीपूर्ण खेल समेत खेल्नेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र एन्फा पदाधिकारीहरुले सातदोवाटोस्थित एन्फा भवनमा बिदाइ गरे। नेपाली टोलीमा २२…
काठमाडौँ : साफ यू-१५ ब्वाइज च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि सुरु भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले पारजित गरेको हो। समूह ए मा रहेको नेपालले पहिलो खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यस समूहमा बंगलादेश पनि रहेको छ। नेपालले माल्दिभ्स विरुद्ध दुवै हाफमा दुई-दुई गोल गर्यो। जान लिम्बुले पेनाल्टी मार्फत गोल…
काठमाडौँ : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिता सुरु हुनु एक दिनअघि पोखराको फेवाताल किनारमा सहभागी ६ टिमका मार्की प्लेअरले ट्रफी सार्वजनिक गरे। गोलाकार ट्रफी जर्मन फुटबल लिग 'बुण्डेसलिगा' को विजेताले पाउने जस्तै छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा पहिलो पटक हुन लागेको पीपीएल भोलीदेखि कात्तिक २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन…
काठमाडौंः ताप्लेजुङका राज लिम्बु ‘बोबी हेरौं नर्वे घुमौं’ प्रतियोगिताको विजेता बनेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राइले गोलाप्रथामार्फत उनको नाम चयन गरे। फिल्म प्रदर्शन अघि ‘बोबी’ टिमले प्रतियोगिताको घोषणा गरेका थिए। प्रतियोगितामा सहभागी हुनेले फिल्म हेरेर टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’को आधिकारिक फेसबुक पेजमा पठाएका थिए। कार्यक्रममा स्टेजबाटै विजेता लिम्बुलाई फोन गरियो। ‘बोबी’ अभिनेत्री कबिता…
मोरङको लेटाङ्ग नगरपालिकामा विहीबारबाट ३ दिने आवासीय महिला सशक्तिकरण कार्यशाला सुरु भएको छ। युथ नेटवर्क र डब्लुआरआरसँगको सहकार्यमा झापा दमकका युवतीहरुले ‘परिवर्तनका निम्ति महिला सशक्तिकरण’ कार्याशाला आयोजना गरेका हुन्। देशका विभिन्न क्षेत्रबाट किशोरी तथा महिलाका लागि आवेदन खुला गरिएको कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका ३० जना सहभागी रहेका छन्। तीन दिनसम्म सबै एक ठाउँमा रही सैद्धान्तिक तथा प्रयोगात्मक…
फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अक्टोवर महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६१औँ स्थानमा पुगेको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये तेस्रो स्थानमा रहेको नेपालको अघिल्लो महिना १००४ अंक रहेको थियो भने यो महिना १००१ अंक छ। यसबीचमा नेपालले बंगलादेशमा भएको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप खेलेको थियो। जहाँ नेपालले समूह…
काठमाडौंः हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपालमा कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ। वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको स्पर्धामा भाग लिन चाहनेले बेलायती रक ब्यान्ड ‘क्वीन’को कुनै एक गीतमाथि कभर गीत निर्माण गर्नुपर्नेछ। ब्यान्डका लिड भोकलिस्ट फ्रेडी मर्क्युरीमाथि बनेको बायोपिक म्युजिकल फिल्म कात्तिक १६ गतेदेखि नेपाल प्रदर्शनमा आउनेछ। विजेताले कुनै एक नेपाली लोकप्रिय ब्यान्डसँग मिलेर पर्पल…
अमेरिका साउथ क्यारोलिनाको 'चारलेस्टन' भन्दा केही बाहिर रहेको एक सानो घरमा बनाइएको क्लिनिकमा सर्दा जोन लुबेकीसँग धेरै उपायहरू थिएनन्। उनी कुनै समय सेनामा आवद्द थिए। आफ्नो घर फर्केपश्चात उनले डरबाट हुने मानसिक रोग (पोस्ट ट्रामाटिक स्ट्रेस) सँग लड्नु पर्यो। सन् २००६ मा अस्थिरता र धार्मिक हिंसा चरम रूपमा बढ्दै जाँदा त्यहाँ आक्रमण भयो। उनी बसेको 'आउट हाउस' बाट एक प्रकारको…
स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको छ। कप्तान लियोनल मेसीबिना पनि बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २-० ले हरायो। ला लिगामा सेभियासांग खेल्दा हात भाचिएका मेसीले दर्शक बनेर खेल हेरेका थिए। डर्टमण्डले स्पानिस क्लब एट्लेटिको मड्रिडलाई ४-० ले पराजित गर्यो। यस्तै इंग्लिस क्लब लिभरपुलले सर्वियन क्लब जेज्दालाई ४-० ले नै…
काठमाडौँः उपत्यकाका चार स्थानमा ‘ओभरहेड व्रिज’ बन्ने भएका छन्। सडक विभाग अन्तर्गतको पुल महाशाखाले सर्वोच्च अदालत अगाडि, बबरमहल, बानेश्वर चोक, कोटेश्वर चोकमा ओभरहेड व्रिज निर्माण गर्न लागेको हो। यसका लागि डिजाइनको काम फाइनल गर्न लागिएको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। थापाका अनुसार केही दिनभित्रै डिजाइन फाइनल गरेर टेन्डर निकाल्ने तयारी भइरहेको छ। ‘डिजाइन फाइनल हुने अवस्थामा छ। हामीले…
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी बिनाका आयोजनालाई स्रोत सुनिश्चितताका नाममा जथाभाबी पैसा नदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। स्रोत सुनिश्चितताका नाममा बजेटको जथाभाबी वितरण भइरहेको प्रति आयोगको ध्यानाकर्षण भएको भन्दै बजेट विनियोजनमा ध्यान पुर्याउन निर्देशन दिएको हो। ‘तयारी बिनाका कार्यक्रममा स्रोत सुनिश्चितताका नाममा पैसा दिने निर्णय गर्ने र त्यसको उपलब्धि पनि नहुने गरेकोप्रति आयोगको ध्यानाकर्षण भएकाले त्यस विषयमा ध्यान दिन…
काठमाडौँः इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ। आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ। ट्रफी नेपालमा चार दिन राखिनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू,पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ। पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध…
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको उनले बताए। जीवनलाई भीमदत्तनगरबाट…
कात्तिक दोस्रो सातादेखि पोखरामा सुरु हुने ‘नमस्ते पोखरा प्रिमियर लिग’ सर्वाधिक पुरस्कार राशीको हुने भएको छ। प्रतियोगिताका विजेताले नगद २७ लाख रुपैयाँ पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ। उपविजेताले दश लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल दिइनेछ। प्रत्येक खेलमा प्लेयर अफ द म्याचले…
मस्कोः रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ। रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो। “म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,” रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग भने। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका…